Grab the widget  Get Widgets

Monday, 25 December 2023

लाइसेन्स हराएको बेला

बिहानको चिसो मौसममा कालिमाटीको दोबाटोमा सिरिर सिट्टी बजाए पछि रोकिनु पर्‍यो। ट्राफिक भाईले लाइसेन्स, बिल बुक सबै ठिक छ सर! खोइ निकाल्नुस त हेरुम, भन्नु भयो। मैले बिल बुक निकालेर दिएं, अनि लाइसेन्स खोज्दै थिएं, भेटिएन। र भनें, यतै थियो, भेटिन त!

ट्राफिक भाईले सोध्नु भयो, तपाईं रेडक्रसमा काम गर्नु हुन्छ? मैले जवाफमा रेडक्रसमा रगत दान गर्ने गर्छु। काम चैं पढाउने गर्छु भनें। मेरो बिल बुक फर्काउनु हुँदै मोटरसाइकलको अगाडिको नम्बर प्लेट हेर्नु हुँदै भन्नु भयो, तपाईंको मोटरसाइकलले त काठमाडौंको गल्ली गल्लीका खाल्डाखुल्डी सबै चिनिसके होलान हगी? 

मैले पनि फुर्ति लगाउंदै भने, हो नि, मैले बाटो नहेरी चलाए पनि, यो मेरो मोटरसाइकलले बाटो देखाएर अगाडिको खाल्डाखुल्डी छलेर मलाई बचाउंछ। त्यति अनुभबी छ मेरो मोटरसाइकल!

ट्राफिक भाइ: त्यति सारो त नहोला, हेर्न त आफैले हेर्नु परो नि होइन र सर! 

अलि बढी नै पो भनें की जस्तो लाग्यो, मलाई पनि।

ट्राफिक भाईले मलाई जानु भनेर संकेत गर्नु भयो, त्यतिन्जेल मैले मेरो लाइसेन्स भेट्न सकेन। धन्यवाद भन्दै अगाडि बढें। तर मनमा खुल्दुली भै नै रह्यो। मेरो लाइसेन्स कता मिसिङ भो? कुन ठाउँमा हराएं, होला! एकदम तनावमा कलेज पुगेर फेरि पर्समा खोतल खातल गरें, भेट्न सकेन। अब क्लास सकिए पछि फेरि हेर्नु पर्ला भनें। 
क्लास सकिए पछि, एउटा सम्झना आयो। अस्ति नेपाल पर्बतारोहण संघमा मैले मेरो लाइसेन्स देखाएको थिएं, त्यस पछि मैले लिएको याद आएन भनेर त्यो अफिसमा फोन गरें। फोनमा पुष्प राज ढकाल भाईले अफिसमा आउनुस न त, म खोजेर राख्दिम्ला भने पछि, खुरुर अफिस पुगें।

जाने बित्तिकै पुष्प भाईले पाइएन त सर, यहाँ सबै तिर खोजें। कतै अस्तिको कोटको गोजीमा त परेन? भने पछि घरमा श्रीमतीलाई कोटको गोजी छामछुम पार्न फोन गरें र मैले पनि मेरो बिल बुकमा नै पो छ कि भनेर खोतल्न थालें। 

थुइक्क! बेकारमा सबैलाई यता उता खोज्न लगाएको रैछु। त्यो लाइसेन्स त बिल बुक भित्रै लुकेर जिस्काउंदै रैछ।

लाइसेन्सले भयो, अरे, ए साहुजी! तिम्रो सुद्दी हराइ सकेछ। हेर त! म त यहीं लुकेर बसेको छु, तिम्रो बिल बुक संगै! तनाब खतम। अस्तु।

Saturday, 16 December 2023

सगरमाथा

AI ले लेखेको सगरमाथाको कविता, मलाई त मन पर्‍यो, तपाइँलाई कस्तो लाग्यो?

सगरमाथा, तिमीलाई नमस्कार
तिमी विश्वको सर्बोच्च शिखर
तिमीलाई देख्न लाखौं मानिसहरू आउँछन्
तिमीलाई छुन तिम्रो शक्ति अनुभव गर्न

तिमी नै हौं नेपालको गौरव
तिमी नै हौं हिमालयको रत्न
तिमी नै हौं प्रकृतिको चमत्कार
तिमी नै हौं शान्ति र सौहार्दको प्रतीक

Thursday, 14 December 2023

बेटरी झिक्नुस त!

बिमानस्थलको सुरक्षा जांचको एक्सरेबाट पास भएको ल्यापटप लिएर आर्को आन्तरिक सुरक्षा जाँचमा पुग्दा ग्वांग्रेलाई एकजना सरले सोध्नु भयो, यो झोलामा के छ?

ग्वांग्रे: ल्यापटप !
सर: ल्यापटपमा बेटरी छ? 

ग्वांग्रे: अरे सर! बेटरी बगेरको ल्यापटप कहाँ चल्छ त!

सर: बेटरी त हवाईजहाजमा लान मिल्दैन नि, थाहा छैन? ल बेटरी निकाल्नुस, निकाल्नै पर्छ!

ग्वांग्रे: एक छिन अक्क न बक्क भो। ए हजूर, यो ल्यापटप त बेटरी मै टांसेर बनाको छ, कसरी निकाल्ने? अहिले सम्म निकाल्न परेको छैन, अनि निकाल्न पनि आउंदैन, कां छ पनि था छैन। कुन चैं बेटरी हो भनेर। तपाईंलाई थाहा छ भने निकाल्नुस क्यारे! ग्वांग्रेले थाहा नै नपाको झैं भन्दियो।

अनि अस्ति काठमाडौंबाट आउंदा चैं ल्यापटप ल्याउन मिल्ने आज काठमाडौं जांदा चैं नमिल्ने? कुन किताबमा लेखेको छ? देखाउन सक्नु हुन्छ त, सर!

सर: किताब सिताब हैन, अस्ति एअरपोर्टमा बेटरी पर्केको थाहा छैन? 

ग्वांग्रे: ए! त्यो त पावर बैंक हो नि सर!

सर: त्यस्तो बैंक सेंक होइन बेटरी नै हो। ल! अब निकाल्न मिल्दैन भने जानुस। बेटरी त लान नमिल्ने हो क्यारे! 

ग्वांग्रे: ल्यापटप त लान मिल्छ नि सर जी! धन्यवाद! अस्तु।


Sunday, 10 December 2023

नानीकी आमा हराउंदा

हवाई जहाजबाट ओर्लने बेलामा एउटी भर्खर कि आमालाई निकै गार्‍हो भएको देखें आमाको कांधमा हिस्सी परेकी पुतली जस्ती स्यानी नानी पनि थियो। स्यानी नानी पनि बोक्न नसकेको अवस्थालाई अरु कसैले ध्यान दिएन।

मलाई भने त्यो बालिका आमाको काखबाट खस्ला कि जस्तो लागेर झट्ट बोकि दिएं। आमाले धन्यवाद अंकल भने। जहाजबाट आन्तरिक बिमानस्थलको बसमा उक्लंदा त्यो स्यानी पुतली बालिकाले मेरो अनुहार देख्न पाएको थिएन। मैले पनि मेरो अनुहार देख्यो भने रोइदेला भनेर मेरो अनुहार नदेख्ने गरी बोकेको थिएं। 
एकै छिन पछि सायद त्यो बालिकालाई बोकेको तरिका नमिलेर हो कि अलि चलमल गर्न थाल्यो र उसकी आमालाई देख्यो। तर रोइन। अनि फेरि मलाई हेर्‍यो र मेरो टाउकोमा भएको क्याप चलाएर रमाउन थाल्यो। त्यतिन्जेल आमालाई बिसन्चो भएर होला बोल्न सकेकी थिएन। आफ्नो बालिकालाई लिंदा पनि लिएन। मलाई भने त्यो बालिकाले सु सु गरेर पाइन्ट भिजाइदेला कि भन्ने तनाब भैराथ्यो। तर आमालाई बिसन्चो भएको देख्दा देख्दै तिम्रो नानी लेउ भनेर भन्न मैले सकेन।

बस एअरपोर्टको ग्राउन्डबाट आगन्तुक क्षेत्रसम्म आइ पुग्दा नानीको आमाले यताउता फोन गर्दैथ्यो। तर सम्पर्क हुन सकेको थिएन। निकै तनावमा रहेको भान हुन्थ्यो। आगन्तुक क्षेत्रमा बस रोकिना साथ नानीकी आमा खुरुर डौदेर गइन। बालिका मेरो काखमै छाडेर। म एकछिन अलमल्ल मै परें। के गरेकी हौली! पुतली जस्ती स्यानी बालिका मलाई छाडेर कता डौदेकी होली? कस्ती आमा होली? मनमा अनेक कुराको शंका उपशंका आयो। तनाव पनि भयो। त्यो अबोध बालिका लिएर म कता जाने होला? त्यो नानीकी आमालाई त्यो हुलमा कता खोज्ने होला? फेरि आफ्नो सामान पनि लिनुछ।

हत्तेरीका ! कसैलाई सहयोग गर्छु भन्दा यो के अप्ठेरो आइलाग्यो? त्यो नानीको आमाको नाम पनि थाहा छैन, ठाउँ ठेगाना पनि थाहा छैन। प्रहरीमा जाम भने हुलिया बताउन पनि गार्‍है छ। किन भने नानीकी आमाको अनुहार हेर्न पनि पाएको थिएन। मैले बालिका बोकेर सामान लिने ठाउँ यताउता हेरें। सामान लिने लाईनमा एक एक महिला पात्रहरुको अनुहार हेरें। मलाई त्यो बालिकाको आमाले गुलाबी रंगको ज्याकेट लगाएको याद आयो। अनि गुलाबी रंगको ज्याकेट तर्फ आँखा लगाउन लागें। बालिका म संग मेरो क्याप चलाएरै रमाई राखेको थियो। मेरो सामान आयो। त्यो बालिकाकी आमा आइनन। तनाव ! झन तनाव ! मेरो छोराले मलाई बाहिर कुरी बसेको छ। मेरो कांधमा बोकेको बालिका देखे पछि के सोच्ला? यो बुढेसकालमा कस्को बच्चा बोकेर आएको भन्ला? साथीभाईले के सोच्ला? प्रहरीले बच्चा चोर भन्यो भने? यस्ता यस्तै अनेक कु तर्कहरुको बाढी मन मस्तिष्कमा आयो। 

म निकै तनावग्रस्त भै सकेको थिएं। पर एक छेउमा गुलाबी रंगको ज्याकेट झुन्डिएको देखेर डौदेर गएँ। ज्याकेट त त्यही हो, तर मान्छे चैं छैन। अब झन असिन पसिन भएँ। एकछिन पछि रेष्ट रुमबाट मुख धोएर नानीकी आमा आइन। धन्यवाद अंकल मेरो छोरी हेर्दिनु भएकोमा। मलाई एकदम अप्ठ्यारो भएकोले बाथरुम तिर डौदेर गएं। यो ज्याकेट पनि त्यत्तिकै यहीं फालेर गएँ। अलिकति बान्ता भए पछि टाउको दुखेको पनि सन्चो भयो। भर्खर मुख धोईवरी आउंदा ढीला भयो सरी अंकल। तर धन्यवाद पनि। आउ छुनुमुनु, मेरो बाबा, हजुरबुबा संग ज्ञानी भएर बस्यौ? 

आम्मामा! मेरो शंका उपशंकाले लंका जलाइ दियो। धन्न प्रहरीमा उजुरी गरेन। बेकारमा नानीकि आमालाई शंका गरें। तनाव समाप्त। अस्तु। 

Friday, 8 December 2023

सूचनाको अभाव

कोठाको ढोका खोल्दा सप्पै सामान गायब! अनि मन खुलुल भयो। के भएको? मेरो आफ्नै कोठामा त आएको हो? कि आर्काको कोठामा पो पुगेंकी! जस्तो लाग्यो। आफुसंग भएको ल्यापटपको झोला एउटा कुनामा राखेर रिसेप्सनमा फोन गरेँ। 

नमस्ते म्याम! मेरो कोठाको सामान त एउटा पनि छैन नि! के भाको? 

रिसेप्सन: अं सर! तपाईंको कोठा सार्देका छौं। तपाईं बिहान देखि भेटिएन, हाम्लाई त्यै कोठा चाहिएकोले तपाईंको सामान सप्पै सार्देको छु। अब एकतला माथी मात्रै जानु भए हुन्थ्यो। 

अस्ति नै पहिलो तल्लामा कोठा राख्नु पर्ने नि भन्नु भएकोले त्यही तल्लामा सार्देकोछु है सर। सूचना दिन नपाएकोमा सरी! एकै सासमा फरर बोलीन। 

कोठा सारेको कुरा थाहा नपाउंदा मनमा अनेक कुरा आयो। मेरो अन्डर गार्मेन्टहरु, रुमाल, कपडा, जुत्ता, भएको झोला, औषधि, केही महत्त्वपूर्ण कागजातहरु सबै सत्यानास भयो भन्ठानेको। ढुकढुकी बढेर आम्मामा झण्डै बेहोस भाको! 
कोठाको सांचो लिएर जांदा सबै सामानहरु जस्ताको तस्तै मिलाएर राखि दिएका रैछ्न। धन्न लामो सास फेर्न पाइयो। अनि झ्याल तिर हेर्दा पारदर्शी पर्दा मात्रै रैछ। टेलिफोन त छ रैछ, तर हेर्नको लागि रैछ, च्या पकाउने कुनामा ट्रे मात्रै रैछ, किट्ली छैन रैछ, पहिलो कोठामा जे जे छ त्यो सबै राख्ने ठाउँ चैं रैछ, तर सामानहरु न रैछ। मैले पनि यहाँको स्थानीय भाखा जानेछु क्यार! 

फेरि रिसेप्सनमा फोन लगाउन फोन उठाएं। हातमा भएको रिसिभर कान सम्म लगें कानमा आवाज आएन, कान कोट्याएर फेरि सुने केही आवाज आएन, मतलब डायल टोन नै छैन रैछ। अब भने हरेक कुरा भन्न रिसेप्सन सम्म नै जानु पर्ने भयो। स्टाफहरुले मेरो स्वास्थ्यको ख्याल गरेर एक तला सम्म तल माथी गर्न सहज हुने भएकोले कोठा सार्देका रैछन। बल्ल बुझियो। अस्तु।

Wednesday, 29 November 2023

मेरो बुरी माहारानी! म माहाराज!

आच्या! तिमी त मेरो माहारानी पो हो त! तिमी माहारानी भए पो, मो पनि महाराज जस्तो ठान्छु क्या! मेरा साथीहरु सबैले तिम्रो बुरी त माहारानी जस्तै देखिन्छे भन्दा म दङ्ग पर्छु। हुन पनि किन नहुनु! मैले पनि त तिमीलाई माहारानी जस्तो केही काम गर्न नै दिन्न, हैन बुरी?

माहारानी बनाम्न के पो सारो हो र हैन बुरी? 

मेरो के नै काम छ र? बिहान एक ठाममा डिप्टीमा जाने, आफिसमा गएर च्या स्या पकाउने, हाकिम साकिमलाई च्या पस्केर दिने, भांडा सांडा धुने, यत्ति त हो काम! 

अरु के नै छ र! हाकिमहरु कैले काहीं रिसाए भने गाली साली गर्छन, त्यस्तो गाली खाने, त्यत्ति त हो! अरु के काम हुन्छ र? चांड्चांडो डिप्टीको काम सकाएर घरमा आउने त हो। 

तिमीलाई घरको काम लगायो भने त वरपरका छरछिमेकीले बुरीलाई नोकर्नी बनाएछ भन्ला, हैन बुरी? बरु मैले नै खाना साना बनाम्ला संगै खाम्ला। अनि पो तिमी माहारानी अनि म माहाराज जस्तो लाग्छ हैन र?

तिमी पनि माहारानी जस्तो बन्नु, दिनभरी टेलिभिजनमा भारतीय धाराबाहिक हेर्नु, समाजमा भएका घरघरका कहानीहरुको बारेमा मनन गर्नु, छर छिमेकीको कुरासुरा काट्नु, आफुमात्रै जान्ने, अरु सबै नजान्ने जस्तो बेबार गर्नु, नत्र माहारानी जस्तो देखिन्न क्या! 

तिम्लाई दिम्सो फुर्सद भएर फेरि बारीमा गएर काम गर्ला, नगर्नु नि! बारीमा काम गर्‍यो भने फेरि छिमेकीहरुले मलाई नै गाली गर्छ। हेर त बुरीलाई बारीमा काम गर्न लगाएर नोकर्नी बनाएछ भन्ला, अनि नोकर्नीको बुरा आफु पनि त नोकर नै होला नि भन्ला। 

दिम्सो मो आर्को अफिसको डिप्टीमा जाने त हो! मेरो खासै के काम हुन्छ र? दिनभरी च्या स्या बनाउने, हाकिमहरुलाई ख्वाउने, तलमाथि गर्ने, फाइल बोक्ने त हो। तर पियनहरुको त हाकिम नै हो नि। कम्ताको हो म?

मेरो बुरी! मेरो माहारानी! तिमीलाई समाजको समाचार सुन्न सारै मन पर्छ। मज्जाले सम्चार सुनेर, हेरेर बस। टेलिभिजन हेर्दा हेर्दै थाक्यौ भने आराम गर, फेरि तिमिले च्या स्या बनाएर बस्ला, तातो पानीले पोल्ला, च्या करा भएर तितो भयो भने तिम्रो केही गल्ती हुन्न है, च्या नै खराब हुन सक्छ, अथवा पानी खराब हुन सक्छ, वा आगो बढी बलेको हुन सक्छ, तिम्रो केही गल्ति हुन्न। सबै दोष अरुको मात्रै नै हुन्छ है!

म दिम्सो डीप्टीबाट फर्के पछि मैले नै खाजा बनाउँछु, तिमीलाई फुर्सद नहुन सक्छ, धाराबाहिक छुट्ला, नछुटाउने है! तिमी त मेरो माहारानी पो त! म माहाराज!

Sunday, 12 November 2023

ग्वांग्रे !

एक जनाको पैसाले खाने बस्ने र घर व्यबहार चलाउने, आर्को एक जनाको कमाईको पैसाले घर बनाउने आमाको निर्देशन र ग्वांग्रेको सहमति अनुसार ग्वांग्रेको कमाई जति सबै खाने बस्ने र घर ब्यबहारमा खर्च गर्ने, अनि ग्वांग्रेको बाउको कमाई जति संचय गरेर घर बनाउने काममा खर्च गरे। 

बर्सौं सम्म ग्वांग्रेको परिवार आनन्दले चल्यो, पैसाको कमी भएन। घर मर्मत र दराज सराज बनाउने काममा ग्वांग्रेले आफैले खर्च गरे । अनि घर ठ्ड्याउने काममा चैं ग्वांग्रेको काम खटन पटन र बाउको पैसाले घर बनाउने काममा खर्च गरे । समयको अन्तराल संगै भाई बहिनी हुर्काउने काममा पनि ग्वांग्रेले केही कसर बांकी राखेनन ।  आफुले सबैलाई सक्षम बनाउने काममा सघाउन पाउँदा र आफ्नो घरको जिम्मेवारी बहन गर्न पाएकोमा ग्वांग्रे एकदम खुशी थियो।

भाई बहिनीहरु आफ्नै खुट्टामा उभिन सकेर ग्वांग्रेले भन्दा बढी कमाउने भए पछि सबैजना आ आफ्नो बाटो लागे। दिदी बहिनीको बिहे भयो। भाईको बिहे अनि राम्रो काम पनि भयो।

समयको अन्तरालमा एकदिन ग्वांग्रेको आमा बा, दिदी बहिनीहरुले तैंले के गरिस जिन्दगीमा ? सबै कमाई खाएर त सिध्याइस, एउटा घर पनि बनाउन नसक्ने निकम्मा भइस भनेको देख्दा ग्वांग्रे आकाशबाट झरेको जस्तो भएछ । 

जिन्दगीभर आफ्नो कमाई घर परिवारलाई सुम्पेका ग्वांग्रे अहिले घरको न घाटको भएको छ। बाउको कमाई खान हुन्न, सकेसम्म घर परिवारलाई आफ्नो जिम्मेवारीबाट टाढा राख्न हुन्न भन्नेलाई सबैले छाडेर गएका छन् । बाउ आमा समेतले पहिले पहिले ग्वांग्रेले घर व्यबहार हेर्दिने भएकोले आनन्द भयो भन्ने गर्थे, अहिले कैले के गरिस र सबै बाउको पैसाले त गरेका छन नि भन्दो रैछ। 

सोझो ग्वांग्रेले कति पैसा घर बनाउंदा सकियो, कति भोज भतेरमा सक्यो हिसाब किताब राखेका छैनन् रैछ, त्यत्तिकै ग्वांग्रे नाम राखेको हैन रैछ।

जिन्दगीको उत्तरार्धमा आएर ग्वांग्रे एक्लो भएको छ । खाएको सबै चैत भैहाल्यो, अब ग्वांग्रे बाउको घरमा पो बसेको रैछ, उस्को आफ्नो घर नै छैन रैछ, दराज बनाएर के गर्ने, त्यो दराजमा सुट्न मिल्दैन रैछ, खात बनाएर के गर्ने आकाशलाई छाना बनाउन नमिल्ने रैछ। यहि कुरोले गर्दा छोराछोरी र श्रीमती समेतले ग्वांग्रेलाई नै दोष देखाउंछ। आफ्नो कमाई बलियो भएको बेलामा सबै घर परिवारलाई सुम्पेको फल अहिले देखिस नि! अब हाम्ले समेत यस्तो अवस्था भोग्न परेको छ भन्दै टाउकोमा हात हालेर बसेका छन् । बिचरा ग्वांग्रे! 

Friday, 13 October 2023

दशैं खर्च

ए बुढा! पल्लो घरमा खसी ल्याइ सक्यो, भाउजुले कति राम्रो साडी ल्याउनु भैसक्यो। हाम्ले चैं कैले किनमेल गर्ने?

मार्साब: के गर्नु बुढी! यसपालि पनि पोहोर परार जस्तै होला भन्ने तनाब भै राछ। स्कुलमा दशैंको छुट्टी भैसक्यो, लेखापाल बिरामी भा रैछ। अब बिरामीले हस्ताक्षर नगरी दशैं खर्चको पैसा न निस्कने रैछ। 
मास्टर्नी: त्यस्तो भनेर काँ पाइन्छ नि बुढा! दशैं जस्तो चाडबाडमा पनि पैसा पाएन भने त के का लागि काम गर्नु? हामीले सेवा मात्रै गरेर हुन्न क्यारे! पेट भर्नलाई सेवाले नहुने रैछ। लौ त्यो बिरामीको उपचार गरेर भए पनि हस्ताक्षर त लिनु पर्ला, अथवा आर्को बिकल्प पनि त होला नि। मेरि आम्मा हो! 

मार्साब: हस! अब झांक्री वा डाक्टर साब खोजेर संगै लिएर लेखापालको उपचार गराउन लै जाम्ला। आखिराँ दशैं खर्चको कुरो छ। मनाउनै परो कर! अस्तु।

Thursday, 5 October 2023

बिचरा ठुले

बा: ए ठुले ! एउटा टाइप गर्दे भनेको, यत्ति ५ पेज टाइप गर्न पनि कति टाइम लाको?

आमा: ए ठुले ! त्यो परेवाको गुंड सार्दे भनेको, त्यत्ति काम गर्न पनि कति समय लाउँछ? 

श्रीमती: ए बुढा ! तरकारी ल्याइदेउ भनेको के गर्दै छ ! त्यत्ति काम गर्न पनि कति समय लिएको?

सानो छोरा: बा ! एउटा फाराम भरम भरेको कति टाइम लिनु भा को?

ठूलो छोरा: टंकि सफा गरम भनेको साथी दिनुस न बा । कति समय लाउनु भाको ? 

छोरी: ए बा! डाइपर ल्याइ दिनुस भनेको एइले हो? त्यत्ति पनि ल्याई दिनु हुन्न भन्यां!
छिमेकी: के गर्छ यो घरमा कस्तो मान्छेहरु रैछन? कै काम गर्दैन कि क्याहो? संधै हल्ला खल्ला भै रहन्छ। काम नभएको मात्रै सुन्छु। काम चै कस्ले गर्ने रैछ? सबैले ठुलेलाई मात्रै काम अर्‍हाएको सुनिन्छ। सबै काम ठुलेले नै गर्दिए हुन्छ भनेर आशा गर्दा रैछन । बिचरा ठुले ! छोरा हो कि? बाउ हो कि? बुढा हो कि? काम गर्न राखेको मान्छे हो? खुट्याउनै गार्‍हो भो बा! अस्तु।

Tuesday, 3 October 2023

बचन

वचन पनि गज्जब हुंदो रैछ। खाना खान बोलाउंदाका केही बोली वचन यस्तो सुन्न पाइन्छ हाम्रो समाजमा।
१. सुन्नुस त ! खाना तयार भो !
२. हजूर ! भान्सा तयार भो। आइस्यो।
३. सुन त ! खाना रेडि भयो ! आउ है।
४. ओए ! खाना पाक्यो, खान आउ !
५. ओ ! खाना खान आइजे !
६. खाना पाकी सक्यो, कोठामै खान्छस कि? याँ मर्छस।
७. ओ ! भुक्कड, छिट्टो आइजे। घिचिस्यो !
८. अब खाना आफै हिंड्दैन क्यारे, खाने भए आइजे !
तपाईंले पनि थप्नुस न, है ! समाजको ब्यथा कथा संस्कार, कुसंस्कार सुसंस्कृत गर्न सकिएला कि? अस्तु!

Saturday, 30 September 2023

पाइन्टको प्वाल

बुढी: के हो बुढा? पाइन्ट लाउन आउंदैन? 
६० बर्षे बुढालाई आफ्नै बुढीले हपार्दै सोधेछ। 
बुढा: खोइ कता, के भो र बुढी? संधै लाइरा त हो नि! 
बुढाले कता के भो भेउ पाउन सम्म सकेन। 
बुढी: तिम्रो राजखानी निर हेर त! के ताल होला पाइन्टमा प्वाल पारेर आएछ। किन प्वाल पारेको हँ? उमेर गएसी दु:ख दिन्छन् भन्थे, हो क्यार! 
बुढा: मलाई के थाहा? कहिले कता प्वाल परेछ भनेर, न मैले जानी जानी प्वाल पारेको ! पुरानो भएसी पर्‍यो होला नि प्वाल। अनि मैले राजखानी मै प्वाल पार्छु होला त! 
बुढी: तिम्ले नपारेसी कस्ले पार्‍यो होला त? बूढो भएसी पात्तिन्छ भन्ने पनि सुनेको छु। पात्तेको बूढो! तिम्रो बानी राम्रो संग थाहा छ। मलाई नि! यत्रो बर्ष जेनतेन बिताई नै राछु क्यार!
बुढा: मतलब मैले नै प्वाल पारेको? 
बुढी: हो त !
बुढा: हो, हो, मैले पाइन्टलाई लगाउनु अगाडि सोधें, प्वाल पार्दिम? भनेर। पाइन्टले भन्यो, पार्दे, मेरो के जान्छ र, तैंले नै दुःख पाउने त हो नि भन्दैथ्यो। कता पार्दिम? भनेको त, कता पार्ने ? र राजखानी नीर पार्दे, सबैको आँखा तेतै जान्छ क्यार, भन्यो, अनि त्यैं प्वाल पार्दिएं। खेल खत्तम!
बुढी: मलाई त अघि नै शंका लागेकोथ्यो। यो बुढाको चालामाला अलि ठिक छैन भनेर। हेर त अहिले ठ्याक्कै मिल्यो। यसको दिमाग सहि छैन रैछ। पाइन्टमा प्वाल पारेर आएछ।
बुढाले केही बोलेन, चस्मा खोलेर, सियोमा धागो राख्ने प्रयास गर्‍यो, सियोमा धागो पसेन, आँखा मिचेर, कोशिश गर्‍यो, धागो पसेन, असिन पसिन भएर धागोको टुप्पो मुखमा लगेर, र्‍यालले भिजायो, नजीक हेर्ने चस्मा लगायो, बल्ल बल्ल छिर्‍यो। प्वाल परेको पाइन्ट झिक्यो, र सिलाउन थाल्यो, त्यति सानो प्वाल सिलाउंदा पांच पल्ट सियोले बुढाको औंलामा अरु प्वाल पार्दियो। बुढीलाई भन्न सकेन। सानो सानो प्वालबाट आएको रगत मुखमा लगेर च्वाप्प पार्‍यो। अस्तु।

Monday, 25 September 2023

गफै त हो

गफै त हो, ग्वांग्रे धेरै दिन पछि च्या पसलाँ देखा पर्‍यो अनि सबैले, के छ ग्वांग्रे? कता हराइस? तेरो अनुपस्थित खड्कियो नि यार! भनेको सुन्दा, ग्वांग्रे दंग पर्‍यो। ओहो! मान्छेहरुले ग्वांग्रेलाई मिस गर्दो रैछ।

अनि ग्वांग्रेले गफ दिन थाल्यो। के गर्नु यार! कति ब्यस्त भइयो? कति? तिमीहरूलाई के थाहा? मैले पनि तिमीहरूलाई मिस गरें नि। 

आजकाल तालिम दिन थालिरा छु। यो मास्टरहरुले हर्ताल गर्न थाल्यो, के गर्ने भनेर ठुल्ठुला नेताहरु आए, अनि के गर्ने? सिकाई दिनै पर्‍यो। त्यै काम सिकाउन तालिमेहरु खोज्दा खोज्दै दिन गएको थाहै भएन। 

कुरा मिल्यो त? 

के मिल्नु? यस्सो मिटिङ गरे जस्तो गर्नु, सहमति गरे जस्तो गर्नु, कार्यान्वयन नगरे भै हाल्यो नि! यति सानो तिनो कुरा नि मैले सिकाउन पर्छ? भनेर पठाई दिएं। खोइ त्यस्तै गरेछन, क्यारे! दुई चार जनालाई यस्सो मिलाए भै हाल्यो नि। चुप लागि हाल्छन नि भन्देको थिएं। त्यसै गरेछन क्यारे!

यो देशमा काण्ड मच्चिन थाले पछि मेरो काम नि बढ्छ। नेताहरु सबै कुरा मिलाउन नसके पछि मेरो आंगनमा भिख माग्न आए झैं सित्तैमा सल्लाह माग्न आउंछन क्यारे, के गर्ने? दिनै परो। तर मेरो सल्लाह अन्सार चैं कै काम गर्दैनन् । 

किन आउंछन त नेता? तं काँ भन्लास! हैन! मेरो त जंक्सन हो नि! सब नेता, फेताहरु काम नपाए पछि, यै ठाममा च्या खान आउंछन अनि नानाथरीका कुरा काट्छन। मैले नि सुनेको हुन्छु। मेरो कुरा उन्हरुलाई मिल्छ रे भन्छन। आफुलाई त गफै त हो जस्तो लाग्छ। भन्दिन्छु। सुन्ने ले सुन्छन, चाहिने ले लिन्छन, नचाहने ले गाली गलौज गरेर हावा गफ दियो भन्छन। मलाई बाल मतलब! गफै त हो!
#ग्वांग्रेकोगफ

Sunday, 24 September 2023

रहर हैन बाध्यता

रहर हैन बाध्यता रेन्त
हडताल गर्ने,
रहर हैन बाध्यताले,
पुलिसले डन्डा लाउने पनि
रहर हैन बाध्यताले,
घुस खाने,
रहर हैन बाध्यताले,
सुन भंसार छ्लेर वारपार गर्ने,
रहर हैन बाध्यताले,
नागरिकलाई गैर नागरिक बनाउने,
रहर हैन बाध्यताले,
ललिता निवास बेच बिखन गर्ने,
रहर हैन बाध्यताले।
सांच्चै कैले होला?
रहर पुर्‍याउने बाध्यताले।

Sunday, 17 September 2023

म को हो ? चिन्छस?

साला ! म को हो ? चिन्छ्स ?
हजुर, जो सुकै भए पनि कुपन त दिनु परो नि सर! 
म फलानो कम्पनीको VP हो!
बिचरा त्यो केटोलाई के थाहा? VP भनेको भालुलाई पुराण भन्ठानेछ। 
मुख छाड्ने राहु मान्छेले त्यो केटोलाई हपार्नु हपारेछ। खान नपाएर आएको हो? तेरो जागीर अहिले नै खाई दिन्छु। साला! म संग कुपन माग्छस? भनेर चर्को स्वरमा कराएछ। 
बिचरा त्यो केटोलाई गाली गर्नु गरेछ। 
आर्को एक जनालाई त्यो VP संग निहु खोज्न मन लागेछ। अनि भनेछ। तं को होस? तेरो घरमा तं जे सुकै भए पनि हाम्रो लागि त भालुलाई पुराण नै हो VP भनेको लौ जा! के गर्छस गर भनेर खुरुर भागेछ। यो ठाउँमा कुपन नदिईकन खान पाइन्न। बुझिस? बडा ठूलो भनेर घमण्ड गर्दो रैछ!
मुख छाड्ने राहु मान्छेको रक्सीको मातले छाडेछ । अनि बल्ल होसमा आएछ। म होइन यार ! रक्सी बोलेको रैछ । मेरो कम्पनीमा पो म VP, बाहिर त म आम मानिस नै हो नि। अस्तु। 

Sunday, 10 September 2023

बिदेशको रहर

तेरो बाउले उ बेला देखि नै बिदेशमा गुमाउन लैजान्छु भन्थ्यो, त्यै छिमेकी राष्ट्र बाहेक कतै लान सकेको छैन। अनि हेलिकप्टरमा कता कता लान्छु भन्थ्यो। त्यो पनि सपना नै भो। फुर्ती मात्रै गर्छ, गफ मात्रै दिन्छ, हिम्मतहारा, नामर्द भै सक्यो तेरो बाउ त। 

छोरा छोरीको अगाडि नै बुढीले यस्तो घोच पेच गरेको सुने पछि सुनिलले आफ्नो अहिलेको आर्थिक अवस्था ठिक छैन। घुमघाम गर्न त आफू संग जगेडा पैसा पनि त हुनु पर्‍यो नि भनेर आफु लाचार रहेको स्पष्ट जानकारी गरायो।

बुढीले आफ्नो साथीहरु, युरोप, अमेरिका, क्यानडा, अस्ट्रेलिया, गोसाइँकुण्ड, रारा अनि कता हो कता घुम्न गएको फोटो मात्रै हेरेर बस्ने त? उ त्यो साथीको बुढो बितेको यति बर्ष भयो, घुमेकै छ, आर्को साथीको बुढो बितेको एक दुई बर्ष मात्रै भयो, त्यो पनि घुमेकै छ। आफ्नो त बुढो जिउंदै छ नि। तै पनि कतै घुमाउन लै जांदैन।

साथीहरू भने बुढो भएको भए अझ कति रमाइलो हुन्थ्यो होला। खोइ हाम्रो बुढो त बितेर गयो। जता घुमे पनि खाली खाली जस्तो लाग्छ, साथी भन्छन् । आफ्नो भने बुढो मात्रै छ, संसार घुम्ने सपना मात्रै हुने भो। म त जसरी भए पनि एक पटक बिदेश त जान्छु जान्छु। आफ्नो त इज्जत नै गै सक्यो। कहिँ कतै लाने होइन, यस्तो निकम्मा बूढो!

सुनिललाई डाह भएछ। लौ अब तिमीलाई पनि संसार घुमाउने बाचा गरें। जसरी भए पनि म तिमीलाई घुमाउने जोहो गर्छु, भनेर आफ्नो सयन कक्ष तिर गयो। बुढीलाई भोलि सम्म केही बन्दोबस्त गरम्ला, म सुत्न गएं है! भनेर टेलिभिजन कोठाबाट उठेर गयो। राती सुत्ने कोशिश गर्दै थियो। अचानक उस्को छाती दुख्यो, तर आफ्नो बुढीलाई खबर गरेन। उस्ले खोक्न थाल्यो, अहं खोक्न पनि सकेन, ग्यास्टिक होला भनेर ग्यास्टिकको औषधी खायो र सुत्यो। निक्कै घोच्यो छातिमा, तर उस्ले बोलेन। 

बुढी धाराबाहिक हेरेर आएर बुढोलाई सुनाउंद, भोलि त केही गर्ला नि बुढो ! तिम्रो त बिश्वास नै लाग्न छाडिसक्यो, भनेर खुरुक्क सुती। तर, बुढोले जवाफ फर्काएन। बुढो सुतेछ भन्दै मेरो कुरा सुनेको नसुनै गर्‍यो भनेर उठाउन खोज्यो। 

भोलिको काम त याद छ हैन बुढो! कि भोलि पनि त्यै त होला नि। भन्दै झक्झक्यायो। अहं बुढोले केहि बोलेन। बुढीले फेरि भन्यो, यस्तो नाटक गर्छ भन्ने मलाई थाहा छ बूढो, भोलि कताबाट बन्दोबस्त गर्छौ, खाली फुर्ति मात्रै त हो। बुढो उठेन, बूढो त चिसो भएछ। नबोल्ने भएछ। हतार हतार अस्पतालमा लान पर्‍यो भन्यो। छोराछोरीलाई चिच्यायो। एम्बुलेन्समा अस्पताल पुर्‍यायो। तर बुढो उठेन। अस्तु।

Sunday, 27 August 2023

वाहियात

उ एउटा अचम्मको जिन्दगी जिउंदै छ। कहिले पनि सन्तोष लाग्दैन उस्लाई। संधै यो भए, त्यो भएन भनेर कम्ल्पेनको पोको बोकेर हिंडेको हुन्छ। उस्को हाकिमलाई यो अफिस बसेको घर भएन, यो गाडी भएन, उस्को श्रीमान लाई छोरा छोरीको लागि त्यो स्कुल भएन, संधै पसलबाट सामान किनेर ल्याउंदा पनि यो गतिलो भएन भन्छ। अनि हुन्छ चैं के?

हुंदैन र भएन भनेर मात्रै के गर्नु पर्छ त? भन्यो भने अलि राम्रो हुनु पर्‍यो, अलि मिलाउन पर्‍यो भन्छ। के मिलाउने? राम्रो भनेको मापदण्ड के हो? अलि राम्रो भनेको कति राम्रो? नाप जोख गर्न मिल्छ? 

अहं! त्यस्तो त केही छैन तर उस्लाई सन्तोष पार्न सक्ने मान्छे अहिले सम्म जन्मिन पनि सकेन कि क्या हो कुन्नि? भनेर उस्कै शाखा सन्तानहरुले समेत भनिरा सुन्छु।

यस्तो सायद रोग पनि हुन सक्छ होला, संधै अरुको मात्रै राम्रो देख्ने आफ्नो भएको सरसम्पत्ति नपुगेको जस्तो लाग्ने। आफ्नो औकात के हो भनेर नहेरी आर्काको सम्पत्ति र सम्पन्नता हेरेर डाहा गरेर बांच्नु त नचाहिने तनाव बोक्नु जस्तो भएन र? वाहियात!

Tuesday, 22 August 2023

घरमा अफिस

साथी मनोजले घरमा नै अफिस राख्दा सजिलो हुन्छ, परिवार पनि संगै हुन्छ, घरको रेखदेख पनि हुन्छ, अनि आनन्द हुन्छ भनेर अफिस घरमा नै राख्यो। घरमा राखेको अफिसको धुमधाम संग उदघाटन पनि गर्‍यो। पाहुना पासाहरुले सबैले राम्रो गर्‍यो पनि भन्यो। राम्रै हुने भो भनेर मनोज दंग पर्‍यो।

घरमा बिजुली बत्ति गयो, आमाले ए मनोज! बत्ती गयो, हेर त फ्युज गाको हो कि? बाहिरबाटै गाको हो? भनेर चिच्याउनु भयो। अफिसको कर्मचारीहरु दंग परो। सर घरमा अफिस राख्दा फाइदा नै हुंदो रैछ। आमाले कति ख्याल गर्नु हुंदो रैछ।

फेरि धारामा पानी आयो। ए मनोज! धारामा पानी आएछ, हेर त बल्ल बल्ल १० दिन पछि पानी आएछ, माथि तान्देउ त! कर्मचारी दंग पर्दै, सरको मेसिन कता छ? म गएर तान्दिम? भनिछे। 

तर तिमीलाई पाइप कता कता जोड्नु पर्छ थाहा हुन्न नि त। भैगो! मै जोड्छु, मै तान्दिन्छु। 

आमा: ए मनोज! ज्वाईंसाब आउनु भाछ, यस्सो मिठाई सिठाई लेराउनु त। मेजमानी मान्नु परो नि।
मनोजको अफिसमा हुने काम भन्दा धेरै त घरको काम ज्यादा देखे पछि मनोजका कर्मचारीहरुले अफिस कतै सार्न मिल्दैन र सर, भन्न थालेछन। अस्तु।

Monday, 21 August 2023

लाज

ओहो पासा! के हो? आज अफिस आउँदा आउंदै बिहानै मुख अँध्यारो छ त? फेरि पर्‍यो कि क्या हो? आज को संग पर्‍यो नि पासा? घरमा कि? बाटामा कि? अफिस पुग्दा पुग्दै? अस्मिताले अरुणलाई जिस्काउंदै सोध्यो। 

प्राय लफडा गरेकै हुन्छ अरुणले, कहिँ न कहिँ, लफडा नगरे सम्म खाएकै नपच्ने जस्तो उस्को स्वभाव छ। अस्ति एक जनाले साडी कार्गो गरेर पठाउंदा पाउने ले नपाए पछि हराएको कम्प्लेन गर्न आएको रैछ।

अरुणले यति लामो कथा भन्दियो कि त्यो मान्छेले हराएको कम्प्लेन नै गर्न सकेन। अनि त्यस्तै लफडामा परि रहने भएकोले उस्लाई जस्ले नि जिस्काउने र जिस्काउंदा पनि नरिसाउने उसको राम्रो बानी छ। आज बिहानै उस्को अँध्यारो मुख लाए पछि पक्का लफडा भएछ भनेर अनुमान लगाउन अस्मितालाई गार्‍हो भएन।

अरुण: आज त बिहान बिहान श्रीमती संग लफडा पर्‍यो नि पासा! के गर्ने, छोरोको अगाडि नै लफडा भयो नि। खासमा छोराछोरीको अगाडि लफडा गर्नु हुन्न भनेर आफु चुप्प लाग्नु पर्ने बाध्यता परो नि। नत्र यस्तो रिस उठेको थियो! के गर्ने? भन्न नहुने ब्यथा सार्‍हो भो पासा!
अस्मिता: श्रीमती चैं कस्को नि पासा?

अरुण: आर्काको श्रीमती नि, त्यै भएर त कै गर्न मिलेन नि। आफ्नी त त्यस्ती हकार्ने खाल कि पनि छैन। मेरी श्रीमती त गाई हो गाई! अति सोझिछे। बाङ्गो तिङ्गो कुरा पनि गर्दैन, छोराछोरीको अगाडि पनि कराउन्न। लाज पो भो त पासा छोराको अगाडि ! त्यस्ती स्वास्नीमान्छेले भन्नु नभन्नु भने नि छोराको अगाडि। खासमा मेरो गल्ती पनि थिएन। क्यार्ने? गाली गरि त सकि, मलाई नै औंला देखाएर। फर्काउन मन पनि लागेन बाबै! के लाई चलायो दुर्गन्ध भने झैं आफैलाई लाज। अस्तु।

Sunday, 13 August 2023

ग्वांग्रे फंसेछ।

एक जना बेपारीले अस्तिन फुर्ति फार्ती गरेर ग्वांग्रे संग काम लियो। पैसाको चिन्ता नगर्नुस। तपाईंको पैसा कम्पनीले दिएन भने मेरो खल्तिबाटै दिन्छु भन्यो। ग्वांग्रे न थहरियो, पत्याइ दियो। चार महिना मरिमेटी काम गर्दियो। काम फत्ते भयो। अनि अब पारिश्रमिक दिनु परो साउजी भनेर कुरा निकाल्दा अलिक दिन पर्खनुस भन्यो।

ग्वांग्रेले पनि पैसा दिई हाल्छ नि भनेर बीच बीचमा पैसाको कुरा पनि गरेन। काम सकेर एक महिना बित्यो, पैसा आएन, दुई महिना बित्यो पैसा आएन। अनि साउजीलाई सम्झाउन फोन गर्‍यो, अलिक समस्या परेको छ। तपाईको पैसा कहाँ जान्छ र भन्यो। ग्वांग्रेले पत्यायो। 

अब त अति नै भयो, अनि तनाब भयो भनेर ग्वांग्रेल फोन गर्न थाल्यो, फोनको जवाफ आएन, बिस्तारै बिस्तारै फोन उठ्न छाड्यो। फुर्ती फार्ती लगाउने साउजीले त्यति जाबो पैसाको लागि रात दिन फोन किन गर्छ होला। त्यस्को पैसा खाएर भाग्छु र मेरो काठमाडौंमा यत्रो सम्पत्ति छ। हैरान पार्छ भनेर अझै अरुलाई फुर्ती लाउंदै हिंडेको छ भन्ने ग्वांग्रेले थाहा पाए पनि के गर्ने र गन गन गर्ने त हो नि भनेर च्या पसलमा ग्राहकहरुलाई सुनाउंदै रैछ। काँ फसेछ ग्वांग्रे? अहिले टाउको समातेर बसेछ रे!

ए पैसावाला साउजी! ग्वांग्रेको कामको पैसा त दिनु परो नि! अस्तु।

Saturday, 12 August 2023

ठिक कि बेठीक ?

गज्जब लाग्छ, किन होला मैले गर्ने कामहरु संधै गलत हुन्छ? गौरवले गुनासो गर्दैथ्यो। 

रंजिता: किन र? के भो आज फेरि?

गौरव: हेर न हिंजो बिहानै मैले बारीमा काम गर्न जान लागेको थिएँ। आमा आएर अहिले बिहान बिहान किन बारीमा जानु पर्‍यो? लामखुट्टेले टोक्छ, भन्नुभो। अनि, आज मज्जाले सुतेर बसेँ। आमा आएर, अहिले सम्म सुतेर बस्छ्स? बारीमा यत्रो काम छ, भन्नुभो। 

रंजिता: हे! यस्तो कुरा त मलाई संधै हुन्छ। आखिरमा आमा त आमा नै हो नि! हिजो तिम्रो स्वास्थ्य ठिक थिएन जस्तो लाग्यो होला, डेङ्गु लाग्छ भन्ने भो होला आमालाई, आज तिम्रो फुर्सद छ, अनि धेरै सुते जस्तो लाग्यो होला, आज छोरा अल्छि भयो जस्तो ठान्नु भो होला। आमाको मन न हो। छोरालाई स्वस्थ्य र स्फुर्त राख्नु पर्छ भन्ने भाको होला। 

गौरव: होला, होला! मैले आमाको मनको कुरो नबुझेको होला। सायद आमाको मुटुको टुक्रा भएर होला।😂

Friday, 11 August 2023

यो कस्तो नाता?

जस्मीन: हैन तिमीलाई कति भन्ने यार! चिनी भाको कुरा नखाउ भनेर, तिम्रो श्रीमतीले रोक्दैन? आफ्नो स्वास्थ्यको त ख्याल गर्नु पर्छ नि यार! खोइ ल्याउ, छाड त्यो लालमोन। अनि त्यो पेग पनि छाडिहाल त!

हप्टन: के भन्छ यो केटी! तिमी त यार मेरी बुढी भन्दा नि चर्को रोकतोक गर्छौ यार! मेरी बुढीले कैले काहिँ खाए हुन्छ भन्छ। तिमीले त कैले पनि खानै दिन्नौ यार! तिम्रो बुढालाई पनि यस्तै गर्छौ?

जस्मीन: मेरो श्रीमान त मैले भनेको ठ्याक्कै मान्छ, तिमी जस्तो अटेरी छैन, यार! 

जस्मीन र हप्टन दुबैजना मास्टर डिग्री गरिरहेका दुई देशका नागरिक हुन। दुबै जना बिबाहित पनि हुन। दुबैका दुई दुई सन्तान पनि छ्न। तर आफ्नो डिग्री पढने बेलामा यिनीहरु असाध्यै मिल्ने साथी हुन। कतिले त यिनीहरूलाई श्रीमान श्रीमती पनि भन्दा रैछ्न। तर दुबै जना बिन्दास आ आफ्नो तालमा रमाएर पढदै छन्। कस्ले के भन्छ भन्ने कुरामा मतलव पनि गर्दैनन। 

एक आपसमा अन्तरंग कुराहरु शेयर गरेर मरिमरी हांसेको देख्दा यिनीहरुका बीचमा केहि सम्बन्ध त पक्कै छ जस्तो लाग्छ, जुन कुरा हामीले अनुमान मात्रै लगाउंदा पनि पाप लाग्छ जस्तो भान हुन्छ। यति मिलेका सम्बन्धलाई के नाम दिन मिल्छ? होला मैले त अनुमान लगाउन सकिन। पाठकबृन्दले नै नामाकरण गर्दिनुस है। अस्तु।

Thursday, 10 August 2023

त्रिगर

यो "त्रिगर" भन्ने पनि अचम्म नै रैछ। मलाई चित्त नबुझेको बेलामा कसैले पेट दुख्यो मात्रै भन्यो भने पनि "त्रिगर" हुन्छ यार! के भा को होला? ट्रेकिङ हिंडिरहेको केटोले आफ्नो पदयात्री सहयात्रीलाई सुनायो।

सहयात्री: यो त मलाई पनि हुन्छ। कैले काहिँ, मेरा बाले यसो नगर, त्यसो गर भने पनि "त्रिगर" हुन्छ मलाई त। सायद सबैलाई हुन्छ होला चित्त बुझेन भने।

केटो: खोइ! के हो? के हो? एकै छिन रिस उठेर, साम्य भए त हुने हो। मलाई त दिनभर नै एउटा "त्रिगर" ले दिमाग खराब गर्छ यार!
अनि टाउको दुखेर हैरान नै हुन्छ। आज बिहान त्यो खाजा खाने ठाउँमा साहुनीले याँ त बार्गेन गर्न पाउन्न सार! भन्यो। मलाई त्यो साहुनीको कुरोले अहिले सम्म "त्रिगर" भैराछ। कति हेपेको होला जस्तो पो भा छ त हो! 

सहयात्री: हैट! त्यस्तो सानो सानो कुरालाई पनि "त्रिगर" मान्न थाल्यो भने त तिमीले दु:ख दिन्छौ कि क्या हो पासा? यही भीरबाट हाम्फालम कि जस्तो त हुन्न?

केटो: कस्तो ठ्याक्कै मेरो मनको कुरो भनेको पासा! मलाई अहिले नै यस्तै भैराछ। 

सहयात्री: ओहो! हेर पासा! यस्तो पहाडमा हामी घुमीरा छम। यस्तो सुन्दर प्रकृति नजीक आ छम। तिम्रो "त्रिगर" लाई यहीँ छाडेर जाम। जिन्दगीमा धेरै हेर्नु छ, अ थाहा काम गर्नु छ, मरेर समस्या समाधान हुने हैन क्यारे! मरिलानु के छ र यार? यस्तो "त्रिगर" सिगरलाई परित्याग गरेर स्वच्छ जीवन बांच्नु पर्छ, अरुको मात्रै गल्ति देखेर हुन्न नि पासा! तिम्रो कस्ले, के बिगारेको छ र "त्रिगर" हुनलाई?

केटो: हो पासा! हो! तिम्ले वास्तविक कुरा भन्यौ। तिमी संग ट्रेकिङ आएको पनि फाइदै भो। वास्तवमा मेरो घरमा कुरा बुझ्दिने मान्छे नै छैन जस्तो लाग्थ्यो, मलाई! जैले नि सान्सानो कुरामा "त्रिगर" भै रहन्थ्यो। अब मैले आफैलाई बुझ्दैछु। यो पदयात्रामा देखेका कुरा र भोगेका परिश्रमहरुले मेरो मनको बोझ हल्का हुंदैछ। अनि तिम्रो साथले झन मेरो मन चंगा भएको छ।

पदयात्राले मानसिक तनावलाई हटाउन र परिश्रम गर्न सिकाउंछ भन्ने अनुभवमा आधारित यो कथा तपाईंहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। अस्तु।

Tuesday, 8 August 2023

ल्वांदे दाईलाई सापटी

ग्वांग्रेको गुनासो, त्यो मेरो ल्वांदे दाईलाई जति भने नि कुरै सुन्दैन। खत्तम छ! उहिले ए ग्वांग्रे! अलिकति पैसा ले न, खांच्चै भो, तंलाई भोलि नै फर्काउँछु भन्यो। अनि बिचरा दाईलाई निकै अप्ठेरो परेको रैछ, भनेर स्वास्नीलाई थाहै नदिई पैसा ल्याम्म दिई हालेँ। 

त्यो मोरो दाईको भोलि अहिले सम्म आएन। जैले नि तेरो पैसा खाएर मर्दिन, त्यति जाबो पैसा नि भनेर अझै उल्टो फुर्ति लाउन छाडेको छैन। अस्ति देखि त मेरो फोन पनि बलक हान्देको जस्तो पो छ त यार!

अस्तिनै, मेरी आफ्नै स्वास्नीले त्यो दाईको हालत खराब छ, पैसा सैसा नदिनु है भन्दैथ्यो, अनि हालत खराब भा बेला मै त सहयोग चाहिने हो नि भनेर स्वास्नी थर्काएको अहिले झल झल याद आउँछ। अहिले स्वास्नीले, मलाई किन नसोधेको भनेर दिन रात हकारेर होन्द्रो मच्चाएर हैरान छ।

त्यो ल्वांदे दाईलाई फोन गरेर मात्रै भएन, अब घर गएर नै माग्नु परो भनेर हिजो घर गएको त त्यो मोरो दाईले घर बेचेर पो गईसकेछ। घर बेचे पछि त अलिकति भे नि पैसा दिन्छ होला भनेको त सम्पर्क बिहिन भा छ। फोन पनि लाग्दैन, अनि कता गयो, गयो। 

अहिले सम्म सम्पर्कमा पनि आएन, मेरो ल्वांदे दाई। हरे! पैसाको  कारोबारले नाता तोडिन्छ भन्थे, के बुद्दिले सहयोग गरेको? अहिले आफै तनावमा छ, ग्वांग्रे! अस्तु।

Monday, 7 August 2023

साइको बाजे

पुन्टेको बाजे असाध्यै शंकालु छ। अनि अलि बढी नै साइको पनि रेछ। अस्ति पुन्टेको बाजेले रातभरि खोक्दै थियो। राति पुन्टेले अस्पतालमा जाने कि बाजे? भन्यो। 
बाजे: पर्दैन, अलि चिसो लागेको छ। कफ आइरा छ। म संग भाको बैधको ओखती खाएर सुतुम्ला। ठिक भै हाल्छ।

पुन्टे: लौ त लौ! जे भए पनि भोलि अस्पतालमा जानु पर्छ है बाजे!

बाजे: तेरो दिदीले ओखती जानेको छ, किनेर ल्या न! किन अस्पतालमा जानु पर्ने? 

पुन्टे: तेसो होइन! मैले नाम लेखाम्ला, भोलि त अस्पतालमा नै जाने हो।

बाजे: ल तंलाई जे मन लाग्छ गर!

भोलि पल्ट
अस्पतालमा डाक्टर जचाउंदा बाजेलाई निमोनियां भएको समाचार मात्रै के भनेको थियो, बाजेलाई ज्वरो आउन थाल्यो।

पुन्टे: बाजे लापरबाही नगर्नुस है, तपाईंलाई निमोनियाँ भाको छ।

बाजे: ए..! त्यै त मलाई ज्वरो आएको जस्तो भा छ। थकाइ पनि लाइरा छ। जाडो जाडो भाछ।

बाजेले स्विटर अनि ज्याकेट लगाएर बस्नुभो। पुन्टे छ्क्क परो।

पुन्टे: बाजे ! निमोनियाँ भन्ने बित्तिकै ज्वरो त आउंदैन नि। अस्ति भएको रे, अनि आज ज्वरो आउँछ? अनि डाक्टरले एन्टिबायोटिक चलाइ सके पछि त ज्वरो स्वरो आउंदैन भन्थ्यो त।

बाजे: भनेर हुन्छ, मलाई ज्वरो आको जस्तो भा छ।

पुन्टे: तेसो भए थर्मामिटर राखेर हेर्नुस त? 

ज्वरो नापेर हेर्दा ९८° मात्रै रेछ। बाजेले थर्मामिटर नै पो बिग्रेको होला भन्नुभो। अस्तु।

Sunday, 6 August 2023

चुपचाप दादा

दादा आजकाल चुपचाप बस्नु हुन्छ। संधै हंसी मजाक गर्नु पर्ने दादालाई आजकाल के भयो कुन्नि? बोल्न छाड्नु भएको छ। के भो भनेर सोध्दा, झर्केर बोल्नु हुन्छ, केहि भएको छैन। तैंले के गर्न सक्छस र भन्नु हुन्छ।

उता भाउजुलाई सोध्यो भने, खोई तपाईंको दादालाई के भा हो कुन्नि? मैले बोल्यो कि झर्किनु हुन्छ। बोल्नै नहुने भाको छ। मैले जे भन्यो सबै उल्टो बुझ्नु हुन्छ। 

बिहान देखि मैले सेवा नै गरेको छु, तपाईंको दादालाई! अफिस जाने एउटा काम त हो नि! अरु के नै गर्नु हुन्छ र! घरको एउटा सिन्का भांच्ने होइन क्यारे! सारा घर धन्दा मैले नै सम्हालेको छु। 

बिहान बिहान दूध, तरकारी किन्न जाने देखि खाना पकाएर अफिस पठाउने सबै काम मैले नै गर्देको छु। अझै रिसाएर नै बसेका हुन्छन्। झोक्राएर बसेका हुन्छन्। के भो भनेर सोध्यो भने तंलाई के मतलब? भन्नु हुन्छ। घरमा आएका पाहुनाहरुलाई यस्सो हेर्ने पनि गर्दैनन्। 
म त कायल नै भएको छु बाबु!  

के भाको? के भाको। मैले त बुझ्नै सकिन यो बुढेसकालमा, तपाईंको दादालाई। पहिले त यस्तो हुनुहुन्थेन। निकै रोमान्टिक पो थियो, तपाईंको दादा!

देवर: हो भाउजु ! पहिले त्यस्तो रोमान्टिक दादा आजकाल सुनसान भो भनेर नै चिन्ता हो। सबै काम भाउजुले नै गर्नु हुंदो रैछ। दादा त जाबो एउटा अफिसमा जाने रैछ। दिनभर अफिसमा आराम गरेर आउंदा पनि घरको सिन्को नभांच्ने दादा कामै नलाग्ने भाको पो रैछ।

जे होस! भाउजुले नै सबैथोक सम्हालेकाले अहिले सम्म यो परिवार धानिएको रछ, बुझें भाउजु ! बुझेँ ! दादा किन नबोलेको भनेर। बिचरा दादा!

Wednesday, 2 August 2023

कति आनन्द !

कुरुवा: डाक्टर साब! मेरो बिरामीलाई अपरेसन गर्नु पर्छ कि नाईं ?
डाक्टर: १०-२० लाख खर्च गर्‍यो भने अपरेसन हुन्छ, तर बिरामी निको नै हुन्छ भन्ने ग्यारेन्टी चैं दिन सकिन्न। अनि होस आउँछ नै भन्ने पनि हुन्न। रिस्क तपाईंहरुले नै लिने हो, हामीले त अपरेसन गरेर कोशिस सम्म गर्ने हो। 
कुरुवा: ट्वाल्ल परिरा अवस्था। खोइ के बुझ्ने? के गर्ने? १०-२० लाख भनेको कताबाट जुराउने? डाक्टरलाई कति आनन्द! भन्दियो पुगो।

अनर्थ

केटी: ओहो ! लाम्खुट्टेले टोकेको ठाउँमा कस्तो चिलाएको?
केटा: ए.. ! त्यसो भए त्यो किरा मार्ने ब्याटले हिर्काउ न !
केटी: ओहो! के बोलेको? आफुलाई कस्तो भैराछ, त्यसमाथि मलाई करेन्ट लगाउने?
केटा: हैन हो ! तिमीलाई चिलाएको ठाउँमा करेन्ट लगाउने भनेको होइन नि, लाम्खुट्टेलाई मार्न पो ब्याटले हिर्काउनु भनेको !

(मैले किरा मार्न भन्दैछु, तिमी आफुलाई भन्दैछौ, के अनर्थ लायौ ! हरे ! मैले के बिराएं ! सरकार ! मैले बोलेको, सबै के बोलेको ? भन्छौ ! हरेक पटक अनर्थ नै लाउंछौ, सरकार!)

Tuesday, 25 July 2023

अचम्मको मान्छे म

थाहा छैन किन हो किन? 
कहिलेकाहीँ लाग्छ, म अचम्मको मान्छे। 
कहिलेकाहीँ मलाई बोल्नै मन लाग्दैन,
कहिलेकाहीँ बोलेको बोलै हुन्छु म।
कहिलेकाहीँ कसैको कुरा सुन्दिन,
कहिलेकाहीँ सबैको कुरा सुनी रहुं जस्तो लाग्छ।
कहिलेकाहीँ आफुलाई सर्बश्रेष्ठ थान्छु,
कहिलेकाहीँ केहि नजान्ने थान्छु।
थाहा छैन किन हो कुन्नी?
कहिलेकाहीँ म आफैलाई,
अचम्मको मान्छे जस्तो लाग्छ।
सायद!
म अचम्मकै मान्छे पो हो कि?

Saturday, 22 July 2023

आजकाल के भो, भो!

आजकाल के भो, भो! 
बोल्नै नहुने भो! 
बोल्यो कि अनर्थ लाग्ने भो!
एउटा कुरा गर्‍यो,
आर्को अर्थ लागो,

आजकाल के भो, भो! 
बोल्नै नहुने भो! 
बोल्यो कि, किन बोलेको? भन्छ,
नबोले, 
तेरो बक्की के भो? 
बोल्नै छाडीस? भन्छ,

आजकाल के भो, भो! 
हेर्‍यो भने किन हेरिस? भन्छ,
हेरेन भने वास्तै गरिनस भन्छ।

आजकाल के भो, भो! 
लेख्यो भने किन लेखिस? भन्छ,
लेखेन भने तेरो कलम भांच्चियो? भन्छ।

आजकाल के भो, भो! 
घुम्न गयो भने कति घुम्छस? 
तेरो काम साम छैन? भन्छ,
घुम्न गएन भने,
तेरो घुमन्ते कथा आएन नि भन्छ।

खोइ! आजकाल के भो, भो! 
जे गरे नि अनर्थ हुने भो!
अस्तु।

Friday, 16 June 2023

तोरी हाकिम

आज च्या पसलाँ एकजना हाकिमले कर्मचारीलाई गुनासो गर्दैथ्यो |

हाकिम: (च्याको चुस्की लिंदै) तपाईंलाई लेख्न नै आउंदैन रैछ, तपाईले लेखेकै मिलेन भन्यो। 

कर्मचारी: (जुंगामा ताउ दिंदै भन्यो), त्यसो भए आफै मिलाएर लेख्नुस न सर!

हाकिम: मलाई लेख्न आको भए तपाईंलाई असिस्टेन्ट राख्ने नै थिएन नि।

ग्वांग्रेलाई मज्जा आयो रे यस्तो तोरी हाकिम देखेर। 
#ग्वांग्रेकोगफ #वाक्कदिक्कहाक्कथुक्क

Monday, 12 June 2023

बाठी बुढी

बुढी: खोइ के? खोइ के! नमिलेको! के हो यस्तो बुढा? कामबाट फर्किंदै गर्दा तरकारी सरकारी ल्याउनु पर्दैन? के खाने आज? यस्सो, तरकारी बजारबाट ताजा ताजा तरकारी ल्याए पो मैले बनाई दिन्थें। केहि नल्याउने अनि मैले के पकाई दिम त?

बुढा: हुन त हो क्यारे, बुढी! म अफिसमा सुट्न जान्छु नि! काम त सबै भौमानले गर्दिन्छ, क्यारे! हाकिम पनि भौमान नै छन् । कै काम लाउंदैनन। सुति सुति खा! घरमा तेरो बुढीले कच कच गरेर बसि खान दिन्न भन्ने कुरो म बुझ्छु भन्छ्न। अनि तंलाई सुतेर खान नै भौमानले जन्म दिएको हो, सुतेरै खा, भन्छन।

बुढी: तेसो भन्न खोजेको काँ हो र बुढा! अफिस र बाहिरबाट घर फर्कंदा तरकारी पसलाँ यस्सो कै कै किनेर ल्याए हुन्थ्यो। मेरो पनि त काम हुन्छ नि! दिम्सो अलि अलि सिरियल हेर्नै परो क्यारे! नत्र, तेत्रो पैसा तिरेको असुलउपर नै नहुने भो भनेर अस्ति तिम्ले नै भनेका हैनौ? अनि तिम्रो पैसा असुल्न टेलिभिजन हेर्दिने गर्दिरा नै छु क्यारे! नत्र त त्यो टेलिभिजन किनेको के सार भो र! कत्तिले टेलिभिजन हेर्दिने मान्छे नै छैन आजकाल घरमा भनिरा सुनिराछु। कम्सेकम तिम्रो घरमा त मैले टेलिभिजन हेरेर सदुपयोग गर्दिरा छु नि।
बुढा: हो है, बुढी! तिमीले टेलिभिजन हेर्दिएन भने मेरो पैसा असुल उपर नै नहुने रैछ। त्यो त काईदाको फाईदा भो। अनि तरकारी पसलमा गएर तिमीले किन्न गयो भने पैसा खर्च हुन्छ भनेर पनि बचाई दिएकै छौ क्यारे! मैले पनि किनेर ल्याएँ भने खर्च मात्रै हुने त हो नि भनेर पसलमा यस्सो हेर्दिने काम मात्रै गर्देको छु। मैले पनि बचत गर्न त जानेकै छु। आखिरमा कस्को बुढो? टेलिभिजन हेर्दिएर पैसा असुल गर्दिने श्रीमतीको बुढो हो नि म पनि! कम्ताको बाठी छे मेरी श्रीमती? त्यस्ताकी त बुढो म! अस्तु।

Tuesday, 6 June 2023

कसरी टोक्यो त कुकुरले?

आमा: लौ हेर हेर! तेरो दाइ त! कुकुरले टोकाएर बसेछ। अनि कुकुरले कसरी टोक्यो त?

दाई: कसरी टोक्यो भनुम खोइ! तीन वटा कुकुरहरु झगडा गर्दैथ्यो। उनीहरुको झगडाले सडक जाम होला जस्तो लागेर मैले हर्न बजाई दिएँ। टिँ .......टिँ..... त!  

एकै छिनमा तीनैवटा मिलेर मलाई झम्टिन आयो, अनि सल्लाह गरेर तंलाई टोकुम? भन्यो, तीन तीन वटाले टोक्यो भने त म खत्तम भैहाल्छु नि, कुकुर! भन्न भ्याएको थिएन, एउटाले घ्याप्प पारी हाल्योनी। ऐय्या ! 
कुकुर: हाम्रो नामको कुकुरको दाँत तेरो मुखमा पनि छ। हेर मैले टोकेको तेरो गोडाको घाउको दाग र तेरो मुखमा भएको दाग एउटै हुन्छ। भन्यो त्यो मोरो कुकुरले। 

अनि टेकु अस्पतालमा पनि तपाईंलाई त थर्ड डिग्री घाउ लागेको रैछ पो भन्दिरा भन्याँ। ऐय्या बाबा!
 

कुकुरको टोकाई

आफुलाई बिहान बिहान कुकुरले टोकेर हैरान भयो भनेर घर आको त! अनि कुकुरको अगाडि अगाडिबाट हिंड्नु पर्छ? जाँ, जाँ कुकुर छ, त्यतैबाट हिंड्नु पर्छ भनेर पो भन्छ बा! 

कुकुर खेलाएर बस्ने साउनीलाई रेबिजको सुई लाएको कुकुर हो साउनी! भनेको त। हो हो! अस्ति मात्रै सुई लाको हो, तर यो कुकुर मेरो होइन भन्दिरा अवस्था। 
खैर! सडकमा लखर लखर हिंड्दै झगडा गर्दै हिंडेका कुकुरको पछि लाग्नु भन्दा टेकु अस्पतालमा जानु कल्याण भनेर घर फर्केर छोरा सित अस्पताल पुगियो। 

इमर्जेन्सीमा कोहि छैन। झण्डै आधा घण्टा पछि डाक्टर र नर्स आईपुग्नु भो। घाउ गहिरो भएकोले थर्ड डिग्री भन्दो रैछ। घाउलाई डिटल पानीले पखालेर मल्हम लगाउनु तर नछोप्नु भन्नु भयो। 

जनावरहरुलाई मायाँ गर्दा जनावरहरुले पनि टोकेर मायाँ गर्छ कि क्या हो? पोहोर बांदरले मायाँ गर्‍यो। आज एक बर्ष २० दिन हुंदा कुकुरले मायाँ गर्‍यो।

आज दुइटा रेबिजको सुइ र एउटा टिटानस गरी ३ वटा सुइ लगाईयो। अब फेरि तीन दिन पछि दुइटा लाउन पर्ने भो। जनावरले टोकेको बेलामा आत्तिनु भएन। साबुन पानी, डेटल पानीले घाउ पखाल्न नबिर्सनु होला। अनि काठमाडौंमा भए टेकु अस्पतालमा तुरुन्तै जानु होला। पहिले डोज २४ घण्टा भित्र लगाएर आफु सुरक्षित रहनु होला। अस्तु।

Sunday, 4 June 2023

समय

हरि: त्यो मान्छेले मलाई दु:ख दिनु दियो नि! घरी यो मिलेन भन्छ, घरी त्यो मिलेन भन्छ, घरी अख्तियारले समाउंछ भनेर तर्साउंछ। आफ्नो हात तल परेको बेलामा सबै सहनु पर्छ भनेर मैले सहेरै बसें। अब त्यस्ले बल्ल चाल पाउन थालेछ, यो मान्छेको पनि पालो आउंदो रैछ भनेर। बिहान बेलुकी सभ्य भाषामा बोल्न थालेछ। अकस्मात त्यो मान्छेमा परिवर्तन आएको देखेर यो मान्छे पनि चकित भएछ। बुझिस रामे! 

रामे: के भयो त! अब बल्ल तेरो पावर त्यो मान्छेले बुझ्दै होला नि! समय संधै बलवान हुन्छ भन्ने बुझ्दैछस नि। मैले भनेको कुरोको महत्त्व अब त बुझिस होला नि! तं पनि त्यो बेलामा रिसाएर त्यो संग बाझाबाझ गरेको भए अहिले तंलाई बिहान बेलुकी हजूर का हजूर लाएर फोन गर्दैनथ्यो होला नि। धन्न त्यो बेला मेरो कुरा खाएछस। नत्र तेरो पनि त खैरियत थिएन नि!  

हरि: त्यो त हो! यति रिस उठेको थियो कि, मुक्का सुक्का हान्दिम जस्तो भाथ्यो! तैंले न रोकेको भए, नाक साक भांच्दिन्थें। धन्न, तं बिचमा आइस र रोकिस। नत्र म पनि कुटपिटमा झ्यालखानामा बसेको हुन्थेंकी। 

समय बलवान हुन्छ, समय सबैको आउँछ। सम्यम अपनाउनु पर्छ। अस्तु।

Saturday, 3 June 2023

मन मरेको मान्छे!

आजकल मन मरेको मान्छे भन्छन मलाई! तर, थाहा छैन मलाई नै, कैले देखि मेरो मन मरेको रैछ? तर पनि भन्नेले भन्न छाडेको छैन। जाने जति काम गर्देकै छु, सक्ने जति सहयोग गर्देकै छु। तै पनि मलाई मेरो मरेको छ भनेर आर्काले भन्दिन्छन।

अहिले त सांच्चै नै मेरो मन मरेको हो कि जस्तो पो लागेको छ। म तनाबमा पो छु कि? जस्तो लागेको छ। संधै होच्याउने मान्छेहरुले भनेको कुरो सांच्चै पो हो कि जस्तो भाको पो छ त! कतै मेरो मन मरेकै पो हो कि? कस्लाई पो सोधुम खोइ?
संजयले यस्तो कुरा गरेको देखेर मलाई पनि चित्त दुख्यो। बिचरालाई आफ्नै मान्छे भनाउंदाहरुले मन मरेको मान्छे भनेर बारम्बार होच्याउने गर्दा रैछन। संधै संधै एउटै कुरो दोहर्‍याएर भन्नाले सुन्ने मानिसको मगजमा तनाव बढदै जांदा सांच्चैकै मन मर्न सक्छ। 

संजयले मनको बह आफ्नो श्रीमतीलाई भनेको पनि रैछ। श्रीमतीले पनि, तिमी त त्यस्तै त छौ नि! भनेर झन मन मर्ने कुरा थपेको रैछ। धन्न मलाई सुनायो। मैले उसको कुरा ध्यान दिएर सुनेको देख्दा उसको मन हल्का भएछ। बास्तबमा उस्को मन मरेको हैन उस्का कुराहरु उसकै नजीकका मानिसहरुले बुझ्न नसकेर मन मरेको जस्तो मात्रै भएको रैछ।

मन त मनै हो। मन मार्न खोज्ने मान्छेहरु खोज्न कतै जानु पर्दैन। मनका हत्याराहरु वरपर घुमेका हुन्छ्न। आफ्नो मन आफैले सम्हाल्नु पर्छ। अरुलाई दोष दिएर मन सम्हाल्न सकिन्न। मन मरेको मान्छे भन्नेले भन्दै गरून् । आफ्नो मन आफ्नै हुन्छ। अस्तु।

Tuesday, 30 May 2023

उमेर

बुढी: उफ! कस्तो टाउको दुखेको होला! बिहान, बिहान! आज त मैले केही पनि गर्न सक्दिन है बुढा! 

बुढा: हुन्छ! कहिले काहिँ यस्तो त भै रहन्छ नि। उमेर पनि त भो नि बुढी! अब उमेरले भर्खर ३ बीस मात्रै छोएसी क्यार्नु र बुढी। म पनि तिम्रै उमेरको हो क्यारे! आफुलाई भने अझै आफ्नो उमेर चैं १ बीस र पांच जस्तो नै लाग्छ। त्यै पसलमा जांदा साथीको छोरोले अंकल भन्यो भने त खुशी नै लाग्छ। अनि पसलमा आएकी नानीहरुले ए बा! अलि यस्सो गर्नुस त भन्यो भने मेरो उमेर निकै बढेछ कि क्या हो! जस्तो लाग्छ। 
अस्ति अस्पतालमा जांदा भर्खर कि डाक्टर नानीले, बाको दांत त किराले खाए जस्तो छ, भन्यो। अनि एक्छिन पछि सिस्टर नानीले पनि बा! त्यो औषधि पानी मुखमा हालेर एक्छिन कुचुकुचु गरेर बेसिनमा नै कुल्ला गर्नुस है, अरु तिर न थुक्नुस नि! भन्यो बा!
एक्छिन त! म मनै होइन कि क्या हो? जस्तो पो लाग्यो बुढी!

बुढी: किन भनेको होला भनेर अनुमान लायौ कि लाएनौ त! मैले त भनेकै हो नि दारी काट, कपाल कोर, मुख पनि साबुन पानीले धोउ भनेर। ऐना हेरेका थियौ। आफ्नो अनुहार चैं कस्तो भैसक्यो हेर्नु सेर्नु छैन। जैले नि १ बीस र ५ बर्ष भन्दै बस। अनुहार न दनुहार खोइ कुन्नी के भने झैँ। 

बुढा: त्यो त हो। अस्ति आर्को अस्पतालमा पनि अब बा को उमेर पनि ख्याल गर्नु परो नि भनेर फिजियो गर्ने डाक्टर नानीले भनेथ्यो। त्यै बेला नै आफुलाई चसक्क चैं भाकोथ्यो। तिमीलाई नभनेको मात्रै हो। बुढेसकालमा हात गोडा दुख्ने त भै हाल्छ नि बा! अनि जोर्नीहरु पनि सुक्दै जान्छ नि। उमेर अन्सार पार्ट पुर्जा खराब भै हाल्छ नि! पुरानो गाडी जस्तै सामान नपाउने जस्तै हाम्रो शरीरमा परिबर्तन हुन्छ। यो त सामान्य नै हो नि, भन्यो। 

बुढी: अनि अस्ति आँखा अस्पतालमा पनि त आँखामा मोतिबिन्दु आयो भनेको बिर्स्यो? अब सबै पार्ट पुर्जाहरु पाउनु पनि त पर्‍यो नि। पाएन भने उई, रसान ससान लाएर सामान मरम्मत गरे जस्तै काटकुट गरेर मिलाई देलान नि सर्जन डाक्टरहरुले।
लौ! जति कुरा गरेनी मेरो टाउको दुखेको निको भाको छैन क्यारे! तिमी आफै खाना बनाएर मलाई पनि ल्याई देउ है। इत्ति खान्छु। अस्तु।

Saturday, 20 May 2023

फोन उठेन

ग्वांचेले आफ्नै पारामा ड्यास दियो, "के पारा हो ? तेरो फोन नै उठ्दैन। फोन नउठाउने भए किन किनेको?"

"रनक्क रिस उठ्छ हो यस्तो कुरा गर्ने मान्छे हो कि बनमान्छे? अनि फोन चैं तिमीले किन्देको हो? तिम्रो लागि भनेर मैले किनेको हो?" 

"तिमीले फोन गर्छौ र उठाउंछु भनेर कुरेर बसेको भन्ठानेका छौ कि क्या हो? मेरो कै काम छैन भन्ठानेका छौ कि क्या हो?" ग्वांग्रेले आफ्नो भए भरको रिस पोखायो। 
ग्वांग्रेले फेरि थप्यो, "फोन नउठे पछि मेसेज गर्न जान्दैनस? एउटा मेसेज लेख्न नजान्ने मान्छेले आइफोन किन बोक्छस ए बोका?" 

"स्मार्ट फोनले मान्छेलाई डल बनाउंछ भन्थ्यो, हो रैछ।"

"तंलाई त्यस्सै ग्वांचे भनेको हैन रैछ। सुर्ती खाएर फुर्ती लाउने बोका!"

"हुन त तंलाई मेसेज लेख्न पनि त आउन पर्‍यो नि!" 

"तं जस्ता ग्वांचेको संगत लागेकोले नै मलाई, मान्छेहरुले ग्वांग्रे भन्छन् । संगत गुणाको फल रे!" ग्वांग्रेल चित्त बुझायो। अस्तु। 

Wednesday, 17 May 2023

खुराफात

ग्वांग्रे: हाम्रो नेपालाँ खुराफाती दिमाग चाहिने रैछ।
ल्वांगे: के भो ग्वांग्रे?
ग्वांग्रे: के मात्रै भएन भन न! याँ। एक ठाममा काम गर्दैथें, एक हुल गोज्यांग्रे नेताहरु जम्मा भएर हाम्रो मिटिङ गर्नुछ भनेर मेरै अफिसाँ, मलाई नै नसोधी मेरै टेबुलमा रहेको कागज च्यात्दै तेसैमा लेख्दै गर्न थाल्यो। अनि तेतिमात्रै काँ हो र भन्याँ। मेरो रंगीन फोटोकपी मेसिनाँ फोटो पेपर राखिरा ठाममा त्यो गोज्यांग्रेहरुको एजेन्डा फोटोकपी गर्नी भनेर मलाई सोध्दै नसोधी ठ्यास्स पार्दियो। 
मेरो कम्पारा चड्यो, तर आफुलाई सम्हालेर एक्छिन है भनेर फोटो पेपर चैं निकाल्न भ्याइय्यो। अनि नर्मल पेपर राख्दिएँ। एजेन्डाहरु लेख्न कापी कलम ल्याउन नसक्ने गोज्यांग्रेहरुले फेरि फेरि फोटोकपी मेसिनको दुरुपयोग गरेको ग्वांग्रेले सहन सकेन। त्यसपछि ग्वांग्रेले दिमाग लगायो, अनि बिजुलीको लाईन चेट पार्दियो। पेपर अड्कियो। निस्केन। आनन्द भो।

गोज्यांग्रेहरुले त्यो पेपर किन निस्केन भन्ने भेउ यो कथा पढे पछि मात्रै ठा पाउने भा छ। खुराफात वाद जिन्दाबाद। अस्तु।

Tuesday, 16 May 2023

साडी

म्याम: आम्मामा यस्तो गर्मी छ, साडी त लगाउन सकिन्न होला सर!
सर: ठिकै छ, नि! हाम्लाई त जे गरे नि हुन्छ, लाएनि हुन्छ, नलाए पनि हुन्छ, म त कै भन्दिन बा...! यस्तो गर्मी छ? रमाइलै हुन्छ।

म्याम: ह्या ... ! सर नि !! साडी पो लाउन्न भनेको नि आर्को लुगा त लगाई हाल्छौं नि। 
सर: म्याम ! नि कस्तो कुरा गर्नु हुन्छ, मैले नि त्यै त भन्न ला त हो नि! कां? लुगै नलाई आउनु हुन्छ र ! त्यो त म नि बुझ्छु नि म्याम! जे लायनि राम्री नै देखिनु भै हाल्छ क्यारे! चिटिक्क ! 

Monday, 15 May 2023

Buddhist International Travel Mart (BITM)

The Buddhist International Travel Mart (BITM) is an event that promotes tourism and pilgrimage to Buddhist sites in different countries. It is a platform for travel agencies, tour operators, hoteliers, and other stakeholders in the tourism industry to showcase their offerings and engage with potential customers. BITM provides a space for people to network, exchange ideas, and learn about the latest trends in Buddhist tourism.

The BITM Nepal is held annually in Nepal that have significant Buddhist sites. The event is organized by Nepal Association of Tour and Travel Agents (NATTA) and hosted by Ministry of Culture Tourism and Civil Aviation (MOCTCA) supported by Nepal Tourism Board (NTB). The first BITM was held in Nepal in 2019 at Lumbini and was inaugurated by the then Minister for Culture Tourism and Civil Aviation Mr. Rabindra Adhikari. Since then, it has been held in Lumbini, Nepal in 11-13 May 2023.

The objective of BITM is to promote, spiritual, Buddhist tourism and pilgrimage, which contributes to the preservation and conservation of Buddhist sites. The event also aims to create awareness about the rich history and culture of Buddhism and foster intercultural dialogue and understanding. BITM attracts a diverse audience that includes travel professionals, tourism enthusiasts, scholars, and representatives from the Buddhist community.

BITM features various activities such as exhibitions, presentations, seminars, and cultural performances. Participants have the opportunity to showcase their products and services, attend academic sessions on various topics related to Buddhist tourism, and interact with other stakeholders in the industry. BITM also includes field trips to important Buddhist sites in the host country, providing an opportunity for participants to experience the richness and diversity of Buddhist heritage.

In conclusion, BITM is an important event that promotes tourism and pilgrimage to Buddhist sites and contributes to the preservation and conservation of Buddhist heritage. The event brings together various stakeholders in the tourism industry and provides a platform for networking, learning, and exchange of ideas. Through BITM, people can explore the beauty and significance of Buddhist heritage and contribute to the promotion of sustainable tourism.

Sunday, 14 May 2023

तमासा

जंगलका जंगली जनावरलाई मडारीले तालिम दिईसके पछि बजारमा तमासा देखाउने मडारीले ब्यापारिक लाभ उठाउंनु स्वभाबिक हो। तर शहर भित्र मान्छेरुपी जनावरहरुले सार्वजनिक समारोहमा तमासा देखाउनेहरु कतै न कतै ब्यक्तिगत स्वार्थको गन्ध रहने रैछ। 
एकादेशमा आफ्नो ब्यक्तिगत स्वार्थ पुर्ति हुने नदेखे पछि जसरी भए पनि काम बिथोल्न खोज्ने लन्ठुहरु सक्रिय भएको देखेर ग्वांग्रे छक्क परेका थिए। हरेक कुरामा छिड्की लगाउन नछाड्ने लन्ठुहरुले अन्तिम प्रहर सम्म खुट्टा तान्न छाडेनन्। यो भएन, त्यो भएन भन्ने तर के गर्न पर्छ भनेर भन्न नसक्ने नीच स्वभावका पानी मरुवा जन्तुहरुले समस्या सिर्जना गर्ने बाहेक कहिले पनि समाधानको कुरा गरेनन् । 

सामान्य छलफल गरेर समाधान हुने काम कुराहरु पनि एक आर्कामा आरोप, प्रत्यारोप र सरापेर बसेर तमासा हेर्न मन पराउनेहरु घरभित्र नै बसेर राजनीति गरेका रहेछन् । गोरुहरुलाई जुदाएर "तमासा" हेर्ने लन्ठुहरु घर बाहिर बसेर राजनीति गरिरहेका छन् । कतिपय बेलामा ग्वांग्रेले अनुमान पनि लगाउन नसक्दा धोती फुस्काउने र फुस्कनेहरुले ग्वांग्रेलाई पनि धम्काएर गएको देख्दा ल्वांगे त्वाँ परेको थियो। अस्तु।

कचकच

रमाइलो भो जिन्दगी
बिहान सबेरै उठ्दा, घरमा कचकच, 
बाटोमा हिंडदा, सडकका कुकुरहरूको कचकच
बसमा चड्दा, यात्रीहरु संग कचकच,
कलेज गयो, बिद्यार्थीहरुको कचकच,
अफिसमा गयो, हाकिम संग कचकच,
मन्त्रालय गयो, मन्त्रीको कचकच,
कार्यक्रममा गयो, पदाधिकारीहरु संग कचकच,
रेस्टुरेन्टमा गयो वेटर संग कचकच,
चारखाल गयो, लेखन्दासको कचकच,
अब त मान्छे नै कचकच 
कचकच हुंदा हुँदै रमाइलो भो जिन्दगी।

What is a travel mart?

A travel mart is essentially a marketplace where various stakeholders in the tourism industry converge to conduct business. These stakeholders typically include producers, sellers, and buyers of tourism products and services, such as travel agencies, hotels, airlines, tour operators, and tourism boards.
The main purpose of a travel mart is to facilitate face-to-face interactions between these stakeholders. This can include everything from negotiations and agreements between buyers and sellers to the showcasing of new products and services to potential buyers.

One of the primary benefits of a travel mart is that it allows for more efficient and effective business transactions. Instead of relying solely on email or phone communication, stakeholders can meet in person to discuss their needs and negotiate deals. This can lead to more productive conversations and ultimately more successful business outcomes.

In addition to facilitating business transactions, travel marts are also important forums for discussing new trends in the tourism industry. As new trends emerge, they can have significant impacts on the demand and supply structures of the industry. For example, the rise of sustainable tourism has led to increased demand for eco-friendly accommodations and activities. By discussing these trends and their impacts at travel marts, stakeholders can better understand how to adapt and respond to changing market conditions.

Overall, travel marts play a critical role in the tourism industry by bringing together various stakeholders and facilitating more efficient and effective business transactions. They also serve as important forums for discussing new trends and their impacts on the industry, helping stakeholders stay ahead of the curve and remain competitive in a constantly evolving market.

Friday, 12 May 2023

के भो जिन्दगी

खोइ के भो जिन्दगी?
जस्ले जे पायो त्यही भन्दै हिंडेकोछ,
यो पृथ्वीको भार सबै मैले नै बोक्नु पर्ने?
आफुले कौडी काम नगर्ने, 
अनि यो भएन र त्यो भएन भनेर ढाक जमाउने, 
नर्क भो जिन्दगी, 
सारा लन्ठुहरुको डम्पिङ साइट भो जिन्दगी,
हाकिम बन्ने धेरै भए।
काम जानेको केही छैन।
अधिकार चाहिने,
नाम चाहिने,
पत्रिकामा फोटो चाहिने,
अनि काम चाहिँ एक दामको पनि नगर्ने,
कुलंघारहरुको घेरामा भो जिन्दगी,
दु:खको भण्डार भो जिन्दगी,
नर्क भो जिन्दगी।
एक अक्षर पढ्नु छैन, 
बुझ्ने त परै जाओस,
तै पनि आर्काको रिस गरेर नथाक्ने मान्छेहरु देखेर,
घाँडो भो जिन्दगी।
खोइ के भो? के भो जिन्दगी?

Wednesday, 10 May 2023

भद्रगोल


हिंजो आज के भो? के भो? सबै भद्रगोल भो। 
कसरी नि? 
खोइ कसरी ? कसरी? भद्रगोल छ जिन्दगी! भद्रगोल छ जमाना!
के गरीस त?
के गर्नु नि! आफुले नै गर्छु भनेको त झन भद्रगोल पो भएछ, यार ! अनि अरुले थाहा नपाउने गरि गरेको काम पनि भद्रगोल भो! 
अनि थाहा दिएको भए त हुन्थ्यो त!
थाहा दिएर गरेको पनि भद्रगोल भो! शंका लाग्छ, बिगार्ला कि भनेर!
तै पनि भद्रगोल छ। 
अनि लुकाएर गरेको भए पनि त हुन्थ्यो नि!
के हुनु यार! लुकाएर गरेको काम पनि भद्रगोल भो।
थुइय्या! त्यस्तो हो भने देखाएर गरेको भए हुन्थ्यो, सोधेको भए हुन्थ्यो। 
अहँ ! भएन नि ! देखाएर गरेको काम पनि भद्रगोल भो, सोधेर गरेको काम पनि भद्रगोल भो।
के भो? के भो?
भद्रगोल भो !
हिजो आज के भो? के भो? सबै भद्रगोल भो।

Saturday, 6 May 2023

अनिश्चित यात्रा

यस्तो यात्रामा लम्किरहेको छु,
जस्मा कुनै निश्चितता छैन।
न आउने मान्छेको ठेगान लाको छ,
न जाने मान्छेको ठेगान लाको छ,
न बस्ने ठामको ठेगान लाको छ,
न खाने के हो भन्ने ठेगान लाको छ,
न हिड्ने भरियाको ठेगान लाको छ,
न बिमा गरेको छ,
न यात्रा खर्च बोकेको छ,
न के कसरी जाने भन्ने ठेगान लाको छ,
न कस्ले के गर्ने भन्ने ठेगान लाको छ,
दिन भरी 
एकाअर्कालाई काम गरेन भनेर आरोप, प्रत्यारोप लाको छ।
समस्या मात्रै निकाल्ने बुंदाहरु कोट्याएको छ,
समाधानको उपाय भन्न सक्दैनन् ।
लेख्नेहरु लेख्दै छन् ,
काम गर्नेहरु गर्दै छन्,
सामानको माग फाराम भर्देको छ,
अग्रिम भुक्तानी मागेको छ,
सुक्को छैन,
तर यात्रा तय गरेको छ,
एक दिन त सबै ठीक होलान् नि भन्ने आशा लिएका छन्, 
जस्मा कुनै निश्चितता छैन, 
निर्णय छैन,
आंट छैन
सम्मान छैन,
दृढता छैन,
धैर्यता छैन,
मात्रै छ त अनिश्चितता।
अधुरा,
अपुरा।
कस्ले, किन रोकेको?
कस्ले, किन छेकेको?
अदृश्य शक्ति लागेको छ?
असफल होस भन्ने खेला खेलेको छ?
अगाडि ठिक्क पारेको छ,
पछाडीबाट सियोले घोचेको छ,
मुखमा राम राम बगलीमा छुरावाजी भै रहेको छ,
थाहा छैन, अझै,
कस्ले, किन, के स्वार्थमा के गर्दैछ?
सायद, कति कुम्ल्याउने भन्ने कुरा नमिले जस्तो छ।
सत्ता समीकरण जस्तै 
काले काले मिलेर खाउँ भाले भने जस्तै 
बजेट पो मिलेन कि?
ब्यक्तिगत स्वार्थ पो हो कि?
थाहा छैन,
यात्रा जारी छ,
अझै हिंडिरहेको छु,
गन्तव्य खोज्दैछु,
अनिश्चित यात्रामा लम्किरहेको छु।

Monday, 1 May 2023

ख्याक

जाने भए एक्लै जाने नि के को डर! हाकुचाले फुर्ती गर्‍यो।
काले: अनि एक्लै जांदा कहिले काहिँ जंगलमा बास बस्नु पर्ने हुन्छ रे नि। तर्साउंछ रे !

हाकु: बस्न परे बसम्ला। रमाइलो नै होला नि। एउटा एडभेन्चर पनि त हो नि। ह्या ! जिन्दगीमा के छ र पासा मरिलानु ? मरेको भोलि पल्त टिम्ले पनि दुई दिन भनेर गन्ने मात्रै ट हो नि। हाकुचाले फुर्तिका साथ भन्यो। लौ टिमी नि जाने भए जाम के रे ! पासा ! मज्जा आउँछ क्या ! नत्र म ट एक्लै भएनी जान्छु। टिमी के गर्छस भन्।

काले ले आनाकानी गरेपछि हाकुचाले एक्लै पदयात्रा गर्ने निधो गर्‍यो। आफुलाई चाहिने सामानहरु ठमेलमा गएर किन्यो र जिन्दगीमा पहिलो पटक एक्लै घर छाडेर रसुवा तिर हिंड्यो। 

दिनभरको बसको यात्रा पछि बास खोज्न गाउँ तिर जाने सोच पलायो। फस्ट टाइम एक्लै घरबाट काठमाडौं खाल्डो छाडेर बाहिर जांदा त्रिशुली नदीको किनारै किनार उत्तर तिर लाग्दा नै मन मनै रोमान्चित भै सकेका हाकुचाले एड्भेन्चर भन्ने बिषय पनि ब्याचलरमा पढेकाले आज सांच्चैको एड्भेन्चर गर्ने मन गर्‍यो। र बसपार्कबाट सिधै रसुवाको गाउँमा जाने निधो गर्‍यो। 

रात छिप्पिंदै जांदा झन मन रोमान्चित भयो। आकाशमा चन्द्रमा, सिर सिर बतास, उकालो चड्दै गर्दा ज्यानमा गरमाहत अनौठो अनुभाब बटुल्दै हिडेको हिंदै गर्दा बल्ल तल्ल डांडा पारी एउटा घरमा बत्ति बलेको देखे पछि, आज त्यै घरमा बास बस्नु पर्ला भनेर लम्कियो। राती अबेला आएको पाहुनालाई देवता सरी मान्ने चलन अझै रहेछ। त्यो गाउंमा ।

त्यो घरकी बुढी आमाले दैलो खोल्दै, को हं ? यति राती यस्तो अनकन्तार गाममा? भन्दै दैलो खोली।

हाकु: म हाकुचा आमा! काठमाडौंबात गाउँ घुम्न आको अनि ट्रेकिङ गर्दै आको राट पर्‍यो। बास पाइन्छ कि आमा?

बुढी आमा: ओहो! नेपाल खाल्डोबाट आएका? म पनि स्यानैमा नेपाल पुगेको थिएं। 

हाकु: नेपाल त सबै नेपाल नै हो नि आमा काठमाडौं पनि नेपाल यो गाउँ पनि नेपाल नै हैन र?

बुढी आमा: हुन त हो! तर हाम्ले काठमाडौं खाल्डोलाई स्यानै बेला देखि नेपाल भन्ने गरेकोले नेपाल भनेको काठमाडौं मात्रै जस्तो लाग्छ। अनि नानी! याँ हाम्रो गाममा पराई पाउनालाई घर भित्र बास दिन मिल्दैन। तिमी यतै आंगनमा सुट्नु, म मकै भुटेको मकै ल्याइ दिम्ला। भनेर घरभित्र जानू भयो । 

केहीबेरमा एउटा बटुकोमा मकै र मोही ल्याई दिनु भयो। हाकुचाले पहिलो पटक यस्तो खानेकुरा रमाउंदै खायो अनि बटुको र गिलास सफा गरेर राख्यो। बुढी आमाले एउटा सुकुल आंगनमा राखेर ल नानी सुत है भनेर दैलो लगायो ।

रात छिप्पिंदै गयो, हाकुचाले त्यो पहाडमा पहिलो रात, एक्लो रात, प्रकृति संगको सामीप्यता महसुस गर्दैथ्यो, कुन बेला निदायो हेक्का नै भएन।

मध्यरातमा चिसो बढदै गयो, राती मोही खाएकोथ्यो, पिसाब च्याप्यो, तर आफ्नो गोडामा कसैले थिचे जस्तो लाग्यो, गोडा तान्न खोज्दा झन गार्‍हो भयो। 

आम्मा, का छु जुल? के भयो मलाई! खुट्टा तान्न नै सकिएन, हाकुचाको मनमा चिसो पस्यो, र चिट चिट पसिना आयो, जुनेली रातमा घर बाहिर पहिलो पटक एक्लो एड्भेन्चर गर्न हिंडेका हाकुचाको खल खल पसिना आयो।

का.. ! पिसाब च्यापेर ल्यायो, यै बेला छि मबु, के ले थिचेर ल्यायो! भन्दै अलि कोशिश गर्‍यो, खुट्टा उचाल्नै सकेन केहिले थिचेको जस्तो भान भयो, अहिले भने हाकुचालाई डर लाग्यो, बिस्तारै आँखा उघार्‍यो, कालो डल्लो, गोलो चिज उसको गोडामा नै देख्यो। अनि मन मनै भन्यो, का...! ख्याक पो रैछ, आ ! छि मबु के गर्ने होला ?
घरबाट निस्कने बेलामा आमाले बाहिर बाहिर सुट्दा ख्याल गर्नु, ख्याक श्याक हुन्छ, तर्साउने गर्छ, त भन्नू भाको थ्यो! फुर्ती गरेर ख्याक श्याक कै हुन्न, आमा ! खाली डराउनु हुन्छ भनेर फुर्ति लाएको थिएं। अब आफ्नै खुट्टामा ख्याक आएर सुतेको रैछ। 

के गर्ने होला भन्दै खुट्टा बिस्तारै तान्यो। ए! खुट्टा त निस्क्यो भाई ! अब यो डराएर काम छैन, पिसाब पनि च्यापेर ल्याको छ, यो ख्याकलाई लात्तीले हानेर पठाउनु पर्ला भनेर न्वारान देखिको बल निकालेर भ्वा....क्क लात्तीले हान्यो। त्यो ख्याक एकै पटक आर्को भित्तामा ठोक्कियो, तेस्ले यस्तो हबिगत होला भनेर अनुमान पनि लाएको थिएन होला, क्वाईं क्वाइँ कराउंदै भाग्यो। 

हाकु: थुक्क! कुकुर पो रैछ, बेकारमा ख्याक श्याक भनेर डराएर पसिना पसिना हुन पर्‍यो। हाकुचा, खुल्ला आकाश मुनी खेतको डिलमा उठेरै मुत्रत्याग गर्‍यो र आनन्द मानेर फेरि सुत्यो। अस्तु!

Wednesday, 26 April 2023

दुई जिब्रे!

ए बाउ! मुख आँ गर त! 
किन र बा!
तिम्रो मुख भित्र दुइटा जिब्रो छ कि नाईं भनेर हेर्न लाको नि!
हे...! बा नि कस्तो कुरा गर्नु हुन्छ? मान्छेको पनि दुइटा जिब्रो हुन्छ र?
खोइ हुन्छ कि नाइँ ! त्यो त थाहा भएन। मैले चिनेको एक जना तोरी लाउरे छ। मेरो अगाडि एउटा कुरा गर्छ, अनि सबैको अगाडि आर्को कुरा गर्छ। तं पनि कम छैनस नि, मेरो अगाडि एउटा कुरा गर्छस। अनि तेरी आमाको सामुन्ने मलाई नै उल्लु बनाउंछ्स। अनि तेरो कुरो कसरी पट्याउने? त्यसैले तेरो पनि दुई जिब्रे कुरो, अनि त्यो तोरी लाउरेको पनि दुई जिब्रे कुरो मिलेकोले तेरो मुखमा दुइटा जिब्रो छ कि भनेर हेर्‍या नि। अस्तु!

Tuesday, 25 April 2023

जांड रक्सी खानु हुन्छ?

ओहो! नाम बोलाएछ। बल्ल आफ्नो पालो आएछ। एक जना डा. नानीले लामो कुर्सीमा जुत्ता फुकालेर बस्नुस भने पछि त बस्नै परो क्यार।
अनि अन्तरबार्ता सुरु भो।
डा.: औषधि के के खानु हुन्छ? बा!
बा: आबु उमेर गायो भान्छ! खोइ के पो हो, बलडपेसर, कोलेसटर, चिनी हो कि सु गर को आउषधी खान्छ।
डा: खैनी, चुरोट खानु हुन्छ?
बा: आबु बुरो भायो भन्छ, नखानु भनेकोले किनेर चैं खान्न, आरुले लेई दियो भने खान्छ, किनिदिनुस न डाक्टर नानी, खान मन लाईरा छ। पान, छ मैना भो, खान दिन्नन, नातिहरुले!
डा.: हैट बाजे! कां किन्ने भनेको हो र? मैले त सोधेको मात्रै हो, अनि जांड रक्सी खानु हुन्छ?
बा: लेई दियो भने त खान्छु नि। बरु क्वाटर भए पुग्छ, अनि लोकल भए मज्जाले लाग्छ। काइले खान दिनु हुन्छ नानी, अहिले नै खाने हो भाने, अलिकति सितन पनि माग्दिनु होला है! बारु नातिले न ठापाउने गरेर ल्याई दिनुस है! हैरान नै पार्छन् ।
डा.: ए बा! तपाइँ काँ हुनुहुन्छ थाहा छ?
बा: छ नि नानी! अस्पतालको होटलमा होला नि, नत्र तापाईँले खाने कि भनेर किन पो सोद्नु हुन्छ र होइन र नानी?
डा.: ए बा! तपाईं अहिले अस्पतालमा उपचारको लागि आउनु भा छ। खानको लागि होइन!
बा: ए....! त्यसो पो!
(कान्तिपुर डेन्टल अस्पतालमा पालो कुर्दा कुर्दै तयार भाको कथा)

दाँतको कमाल

तिमीलाई कति मायां गर्नु पर्ने हं? तिमिलाई मुलायम जिब्रोले चलाउंदा नि छ्या कति चलाईरा भन्ने? तिमी त सार्‍है नै कठोर भै सक्यो रैछ। निष्ठुरी बनेका रैछौ, गम्केर बसेका रैछौ। छुन पनि नहुने भएका रैछौ। अब तिम्रो चाकडी गरेर बस्ने वाला छैन। हेर दांते! अब अस्पताल गइन्छ तिम्रो उपचार गरिन्छ। 
क्यार्ने र? यो आफ्नै मुख भित्रको दांत र जिब्रोको प्रेमालाप पनि कष्टकर नै हुने भो बाबै! दांत दुख्दा सहन नसक्ने अवस्थामा हाड नभएको जिब्रोले दांतलाई मायाँ गर्दा पनि आंखालाई असर हुने पो रैछ बाबै। बरर आँसु आउँछ त! आम्मामा दांत दुखेर हैरान, भए पनि गाला मोटाएछ भन्ठानेको त सुन्निएको पो रैछ। नाकको डांदी नै बांङ्गो देखिएछ त। हेर त दांतको कमाल। अझै तिमीलाई कति मायाँ गर्नु? मेरो दाँत!

Thursday, 20 April 2023

हैसियत हराएको मान्छे

खै कुन्नी कुन बेला हो, हुन्छ भन्देको थिएं, काम पाईहालियो भनेर दंग परेर काममा लागियो। कुन जुनीमा यस्तो मान्छेको ऋण खाएको रैछु, साला कुकुरले नपाएको दु:ख पाइयो यार! गोज्यांग्रेले गुनासो सुनाइंदैथ्यो।

मुन्द्रे: के भयो पासा! भनेर फ्याट्ट सोधी हाल्यो, फेरि गुनासोको भकारी नै फुकाल्यो गोज्यांग्रेले। हेर न मुन्द्रे ! साला तं त मुन्द्रा लायो, लखर लखर डुलेर हिंड्यो, बस पार्कमा दलाली गर्‍यो, पेट पाल्यो सिद्दिगो। तेरो जत्तिको पनि हैसियत भएन यार !
मैले काम गरेको ठाममा मान्छेहरु कुकुर बिरालो झैं झगडा गरेर हैरान पार्छन यार! साहु हुन कि राहु? मुलाहरुको चाला बुझ्नै नसकिने भो यार! एक जना आउँछ, यो कुरो कसैलाई नभन है, तं र मेरो बिचमा मात्रै हो, भन्छ। आर्को आउँछ, अरुको कुरा नै नसुन्नु मैले जे गर भन्छु त्यै मात्रै गर्नु भन्छ। अनि जब सबै जना हुन्छ नि! त्यो बेला सबै जना मिलेर मैले, गोज्यांग्रेलाई भनेकै थिएं, तंहरुलाई भनेन रैछ भन्छ बा! आजकाल गोज्यांग्रेले काम ढीला गर्छ। अर्‍हाएको अन्सार नि काम गर्दैन भनेर पो भन्छ बा! 

तेरिमा बज्ज्या! भन्ने बेलामा कसैलाई न भन्नु है भन्ने, तं र मेरो बिचको मात्रै कुरा हो भन्ने, अइले आएर फेरि मैले नै भनेन भनेर दोष लाउने? त्यो पनि सबैको सामुन्ने दोष लाएर आफु मुला भद्र बन्ने? 

अनि काम गर्‍यो भने किन नसोधीकन काम गरेको भन्छ, सोध्यो भने यस्तो कामहरु सबै सोधिराख्यो भने तंलाई तलब दिएको के मतलब भो र भन्छ! आफै गर्नु पर्दैन? भन्छ, बा! मुलाहरुको दुई जिब्रे पाराले मेरो दिमाग खराब भै सक्यो। यार! त्यसै त, सबले आफ्नो नाम नै गोज्यांग्रे राख्दी सक्यो। अब त सांच्चै कै गोज्यांग्रे नै भै सक्यो यार! मानसिक तनाबले गर्दा साला हैसियत हराएको मान्छे पो भइएछ, बा! 

मुन्द्रे: यस्ताहरुको कुरो पट्याएर बस्न हुंदैन। आफ्नो काम खुरुखुरु गर्ने, आफ्नो जिम्मेवारी खुरुखुरु गर्ने। यस्ता तोरिहरुको कुरा एउटा कानले सुन्ने अनि आर्को कानले उडाउने। आफुलाई पक्का लागेको काम गर्ने। अनि सबै तनाब मुक्त हुने। लौ अब घर जा है! अस्तु।

Tuesday, 18 April 2023

निदाएको बुढा उठेन

बुढा कुन बेला निदाएको रहेछ, थाहै भएन! बुढी उठेर गै सकेको रहिछे। थाहै भएन। जब अबेर सम्म पनि उठेन, तब मात्रै बुढीले खोज्दै आई! के भो बुढा? उठ न उठ! अबेर भयो, अब त उठ!

बुढा निदाएको बेला! बुढाको कानले सुन्ने चेष्टा नगरेको बेला, बुढाले सुन्ने नै भएन। चेत हराएको बेला बुढाले सुन्ने नै भएन। बुढा अचेत भएछ। अब चेत गुमेको बेला सुन्ने नै भएन। 

बुढीले आफ्नो कामको बिचैमा एक पटक उठाउन आवाज लगाएर गई। अनि अझै पनि नउठे पछि, फ़ेरि झर्किएर उठाई, ए बुढा! उठ है उठ! हिजो अस्ति बेलैमा उठ्ने बुढा आज के सारो हो? उठ ए बुढा उठ। 
बुढा उठेन। अत्ति नै भए पछि बुढिले बुढालाई झक्झक्याउन थाली, मनमा चिसो लाग्यो, बुढाको शरीर त चिसो भै सकेको रहेछ। कति बेला चेत उडेछ, बुढा कहिले न उठ्ने गरी निदाएको रहेछ। बुढा कुन बेला निदाएको रहेछ। अब नउठ्ने गरी निदाएको रहेछ। बुढी इन्तु न चिन्तु भइ। 

अब बुढालाई हकार्ने दिन गएछ। कति मात्रै दु:ख दिने बुढा रैछ भन्न नपाउने भएछ। ढीला आयो भनेर गनगन गर्न नपाइने भो! सुगर र प्रेसरको मान्छे जे पायो त्यही खाएर आउँछ भनेर गाली गर्न नपाउने भएछ। लुगा कति फोहोर गरेको हं, भन्न नपाइने भएछ। जहिले पनि गोडा दुख्यो, मिच्दे भन्ने शब्द सुन्न न पाउने भएछ। अब बुढा निश्चिन्त निदाएछ। दांत दुखेर हैरान भो औषधि लेरा त बुढी भन्ने शब्द सुन्न नपाइने भो। बुढा! तिम्रो स्वर्गमा बास होस। अस्तु। 

Saturday, 15 April 2023

ए बुढी च्या खाम न!

बुढा: ए बुढी च्या खाम न!
बुढी: ओहो बुढा! च्या त ल्याउनै बिर्सियो नि,
जाउ त किनेर ल्याउ।
बुढा: आच्या, भरखर त आएको छु, 
जाउ न जाउ किनेर ल्याउ।
बुढी: ए बुढा! के बोलेको? हं?
घरमा बसेकी भनेर सुतेर बसेकी भन्ठान्यौकी क्याहो?
तिम्लाई भात ख्वाएको भांडा कस्ले माझेको छ?
तिम्लाई खाजा कस्ले बनाएर ख्वाएको छ?
बेलुकीको खाना कस्ले पकाएर दिएको छ?
दिनभर लगाएर मैलो बनाएको 
तिम्रो लुगा कपडा कस्ले धोएको छ?
अफिस जान लुगामा इस्ट्री कस्ले गर्देको छ?
नानी बाबुलाई कस्ले स्कुलमा पुर्‍याएको छ?
उनीहरुको नास्ता कस्ले बनाएको छ?
होमवर्क कस्ले गर्देको छ?
तिम्रो बाउ माउलाई कस्ले ख्वाएर स्याहारेको छ?
तिमी त दिनभर बाहिर गएर कमाएर ल्याएको मात्रै घरमा कति काम हुन्छ? देख्छौ!
यहाँ घरमा दिनभरको काम कस्ले गरेको छ?
अझै मै पसलमा गएर च्या किन्न जानु पर्ने? 
तिमी गए हुन्न?
तिम्रो खुट्टा के भएको छ?
बांउडिएको छ?
मर्केको छ?
मसल फर्केको छ?
बुढा: (टाउकोमा हात राखेर) मलाई माफ गर बुढी यति धेरै काम गरेकी छौ, तिम्रो फेहरिस्तले मेरो दिमागमा रहेको च्या सबै पोखिएर गै सक्यो। आज च्या नखाम भो! भोलि खाम्ला। तिम्लाई पनि ख्वाउंला। अस्तु।
#मेरोसमाज 

Friday, 14 April 2023

कर्म

तिमीलाई नभने कस्लाई भन्ने?
तिमीले नगरे कस्ले गर्ने?
तिमी नभए हाम्ले के गर्ने?
सरकार ! 
तिमी पनि हौ,
म पनि हो, 
सरकार !
मेरो ठाउँमा तिमीले सहयोग नगरे पछि,
तिम्रो ठाउँमा मैले मात्रै सहयोग गर्नु पर्ने?
समस्या मेरो पनि हो
तिम्रो पनि हो।
तर तिम्रो आँखा खुलेन
कानले सुनेन
अब, हेर ! 
तिम्रो आँखा पनि खुल्छ,
कान पनि खुल्छ,
नाक पनि खुल्छ।
होस पनि आउँछ।
हेप्नी?
#बालेन 

Monday, 10 April 2023

त्यो नेता मरेको दिन!

त्यो नेता मरेको दिन! 
त्यस्को परिवारले के गर्लान? 
हिंजो सम्म त ठिकै थियो, आज यस्तो भयो। 

त्यसलाई चिन्नेहरुले के भन्लान?
अस्ति मात्रै भेटेको थिएं, सामान्य नै थियो, आज यस्तो सुन्न पर्‍यो।

त्यस्को इस्टमित्रले के भन्लान? 
मान्छे त ठिक ठाक नै थियो, के भएर मरेछ?

आउरे बाउरेहरुले के भन्लान?
बरु पैसा चैं कता कता मात्रै राखेका होलान हगि?

पैसा चलाउने बेपारीहरुले के भन्लान?
चर्को ब्याज तिरिय्याथ्यो अब सांवा चैं चट पार्न पाईय्यो। फाइदा नै भो।

घुस ख्वाएकाहरुले के भन्लान?
त्यो त डांका नै हो नि! मेरो फाइल सदर गर्न ... लाख/ करोड लियो बज्जियाले। के गर्नु नत्र पर्मिट नै पाइंदैन्थ्यो। मरेछ, ठिकै भएछ।

त्यसलाई मन नपराउनेहरुले चैं यस्तो भनिरहेका थिए।
साला, खुब जान्ने सुन्ने भनाउंदा हुन, मरेको ठिकै भो। बल्ल अब हाम्रो पालो आउने भो!
यो मेरो समाज हो, यहाँ यस्तै त हो नि ब्रो!

Sunday, 9 April 2023

साइमन डिप्रेसनको शिकार भएको बेला।

त्यो बेला सम्झंदा अझै मेरो आङग सिरिङ हुन्छ सर! जब म डिप्रेसनमा गएको थिएं, ट्रेकिङमा भेटेको साइमनले कुराकानीको सिलसिलामा ढुक्क संग खुलेर भन्यो।

साइमन: मलाई सबै जना बेठीक, म मात्रै ठिक लाग्थ्यो। जस्ले जे भने पनि आइ एम राईट, यू आर रंग भन्ने नै लाग्थ्यो। यति झर्को लाग्थ्यो कि मान्छे देख्दा नि रिस, जनावर देख्दा नि रिस, हुंदा हुंदा आफ्नै साथीभाइ र परिवार सदस्य देख्दा नि रिस उठ्थ्यो। कैले काहीं झ्याल ढोका थुनेर एकलै बस्दा पनि, खुल्लम खुल्ला बाटोमा हिंड्दा पनि मेरो रिस मर्दैनथ्यो।

सर: रिसको आगो निभाउन के गर्नु भो त ब्रो?

साइमन: मेरो डिप्रेसनको एक्स्ट्रीम केसमा पुगे पछि भीर पाखामा जान मन लाग्थ्यो, कतै हाम्फालम कि जस्तो लाग्थ्यो, अनि घरमा बस्न मन नलागे पछि घरबाट हिंडे। अनि तपाई जस्तै सर भेटे पछि बल्ल मैले आफ्नो कुरा पोख्न पाएं। कुरा पोख्न पाए पछि मन हल्का हुंदोरहेछ। शान्ति हुंदो रहेछ। आफै रमाउन पाइंदो रहेछ।

बास्तबमा मेरो मनका कुराहरु मनमा नै राखेर उम्लिरहेको रहेछ। मैले तपाईंलाई मेरा मनका कुराहरु सुनाउंदा एकछिन पनि हिच्किचाउनु भएन। आरामले सुन्नु भयो। मेरा परिवार, साथीहरू कसैले मेरो कुरा नै सुनी दिएनन। अनि म झन झन चिड्चिडाउन थालें। मेरो चिड्चिडापनले मेरा नजीकका सबै बिराना बने। 

म पागल भयो भनेर समाजले ठप्पा लगाइ दियो। समाजले पागलखानामा भर्ना गर्दियो। रिह्याब सेन्टरमा राख्दियो। तर मेरो समस्या समाधान भएन। डाक्टरको सरसल्लाह सुने पछि मैले मेरा मनका कुराहरु ब्यक्त गर्न लेख्न थालें, सामाजिक सन्जालमा मेरा भावनाहरुको सम्मान पाउँदा खुशी लाग्छ। अब म सामाजिक अभियन्ता र ब्लगर भएको छु। आफ्नो भावनाको कदर संगै मैले आफ्नो कमाई पनि गर्न थालेको छु। त्यही कमाईले नेपाल घुम्न आएको छु। मलाई एड्भेन्चर मन पर्छ। समाज संग संघर्ष र प्रकृति संगको सामिप्यताबाट मैले जीवनमा साहसिक सफलता पाएको छु।

सर: ओहो! तिमीले आफुले आफैलाई जितेर आएका रहेछौ। अब तिमीलाई मैले भनेका कुराहरु रंग त लाग्दैन होला नि? 

साइमन: लाग्दैन सर! आफुले आफैलाई सम्हाल्ने हो डिप्रेसनमा। जब सम्म आफुमा मै हुं भन्ने भावना हुन्छ, तब सम्म गार्‍हो हुन्छ। जीवनमा कम्प्रोमाइज गर्नु नै पर्छ । म मात्रै राइट तिमी रंग भन्ने भावनालाई त्याग्न सक्यो भने समस्या समाधान हुन्छ। यसलाई आफैले बदल्नु पर्छ। बदलाको भावना हटाउनु पर्छ। 
पदयात्राको क्रममा साइमनको जीवनको अनुभवले हामीले पनि सिक्ने अवसर पाएका छौ। तनाव तपाई हामी सबै संग हुने सामाजिक समस्या हो। हाम्रो भावनाको कदर भएन भने हामीलाई गार्‍हो हुने भएकोले कुरा सुनिदिने मानिसलाई मनका बह पोख्न सकिन्छ। मनो चिकित्सकहरुको सहयोग लिन सकिन्छ। अनि लेखेर, सुनाएर, तनाव मुक्त हुनु पर्छ। कतिपय ठाउँमा समझदारी अपनाउन पर्छ, कम्प्रोमाइज गरेर नै यसबाट मुक्त हुन सकिन्छ। मेरो गोरुको बार्‍ह टक्का भन्नु हुंदैन । यो कुरा हामीले पनि अनुसरण गरेको खण्डमा मानसिक तनाब डिप्रेसनबाट मुक्त हुन सकिन्छ। अस्तु।

Saturday, 8 April 2023

हामी जस्तै भो नि ब्रो!

आज बिहानै पशुपति घुम्न जांदा एक जना बांदर दौडेर आएर भन्यो, के छ ब्रो! आजकाल यतातिर आंउदैनौ कि क्या हो? देख्दिन त! 

मान्छेले भन्यो: के गर्ने ब्रो! आजकाल मन्दी चलेको छ, दिमाग खराब भै रहन्छ, बिहान, बेलुकी, सांझ पैसा छिट्टै फर्काउ, ब्याज ले र आ भनेर फोन आ को आई हुन्छ। अनि कतै जान पनि मन लाग्दैन, फोन उठाउन पनि मन लाग्दैन। पसलमा बस्यो, ग्राहक आउंदैन, महिना कट्यो, घरबेटी बा आउनु हुन्छ। सुक्को आम्दानी छैन, पसलको भाडा तिर्न सकेको छैन। अनि क्यार्नु र ब्रो!

बांदर: हुन त हो ब्रो! आजकाल यतातिर आउने मान्छेहरु पनि तिमी जस्तै मन्दी ले मन मरेकाहरुको संख्या बढ्दै गएको देख्छु। अनि हाम्लाई देख्ने बित्तिकै आँखा तरेर हिंद्छन। पहिले पहिले त खानेकुरा ल्याइ दिन्थ्यो, आजकाल आफै खाएर बांकी रहेको बोक्राहरु मात्रै फ्यांकेर दिन्छ्न। त्यै पनि हाम्ले लुछाचुंडी गरेर पेट भर्छम।

बांदर: खैर! त्यस्ता कुरा छाडम, मैले देखेको तिम्रो देश अब हाम्ले चलाउन पर्ला जस्तो भै सक्यो ब्रो! हाम्रो बानी र नीति, तिम्रो सर्खारले लिएको जस्तो देख्छु। 

मान्छे: त्यस्तो कुरा नगर न ब्रो! के बोलेको? हं?

बांदर: हेर ब्रो! तिम्रो सर्खार र हाम्रो बानी एउटै छ। हाम्ले न आफ्नो घर बनाम्छ्म, न आर्काको घर बनाम्न दिन्छ्म। त्यस्तै त छ, तिम्रो सर्खार! होइन र ब्रो? न आफ्नो पार्टी बनाम्छ, न आर्काको पार्टी, न देश, न राष्ट्र बनाम्छ। यस्ता निकम्मा र हामीमा के नै फरक छ र? हामी जस्तै त भो नि ब्रो! हाम्लाई तलब भत्ता पनि चाहिन्न, पेन्सन पनि चाहिन्न। तिम्रो देशको आर्थिक बिकासमा हाम्ले सहयोग पुर्‍याउन सक्छ्म ब्रो।

(झल्यांस्स बिउँझेको त खाटमा नै रहेछु। मेरा भगवान! ) अस्तु।