Grab the widget  Get Widgets

Tuesday 5 January 2016

हाम्रो नेपाल

हाम्रो देशमा आउने पर्यटकले भन्यो, कस्तो देश हो तिम्रो यार ! तिम्रो देशमा बिजुली, बत्ती, पानी केही पनि छैन?
मैले भने त्यो सबै भयो भने नेपाल आएको र तिम्रो देश गएको फरक कसरी छुट्याउने? हामी नेपाली स्वाभिमानी, प्रकृति प्रेमी हौं।
Back to nature हाम्रो concept हो।
कुनै पनि सुबिधा बिना कसरी बाच्न सकिन्छ भन्ने सिक्न नेपालमा घुम्न आउने हो। सबै सुबिधा भोग्न परे, तिम्रो देश नै छ नि।
पर्यटक: तिम्रो देशको सरकारले के गर्छ त?
मैले भने, हाम्रो तथ्यांक लिएर बस्छ। जलविद्युत, सौर्य उर्जा, बायो ग्यास, बाटो, यस्तै यस्तै कुरामा गम्भीरताका साथ सोचेर बस्छ। जनताहरुलाई के सुबिधा दिए प्राकृतिक रुपमै बाच्न सक्छ्न, पर निर्भर हुदैनन् भनेर बिचारेर बस्छन।
पर्यटक: बिचार त राम्रै रैछ।
त्यसैले त हामी हाम्रो स्वाभिमानको अभिमानमा हाम्रो सरकारलाई साथ दिई रहेका छौं नि। जति मन्त्री थपे नि, जतिसुकै घण्टा बिजुली नभए नि हामीलाई परापुर्ब कालमा हाम्रा पुर्बजहरु जसरी बाचेका थिए त्यसै गरी बाच्न सिकाएका छन। हाम्रो सरकारले ।
पर्यटक: राम्रो बडा राम्रो। अब Live Human History हेर्न नेपाल भ्रमण गर्नु पर्छ भनेर मैले प्याकेज बनाउछु है।
मैले पनि भने हुन्छ । त्यो प्याकेज मेरो कम्पनीबाट चलाम है । अस्तु ।
भवतु सब्ब मङ्गलम ।

Monday 4 January 2016

नयाँ बर्ष २०१६

नयाँ बर्ष २०१६ (इस्वी सम्बत)  

नयाँ बर्ष त कति हो कति हाम्रो नेपालमा | तैपनि अन्तराष्ट्रिय सम्बत मनाउने भनेर अनेक नाटक गर्छौं हामी | आफ्नो संकारको अलावा कमसेकम हामीले बाहिरकै भए पनि एउटा संस्कार सिक्ने जान्ने मौका पाएका छौं | कमसेकम शुभकामना आदान प्रदान गरेर भए पनि आफन्तलाई सम्झने कामको निरन्तरता दिने गरेकै छौं | यो राम्रै लाग्छ मलाई पनि | शिष्टाचार आदान प्रदान पनि सामाजिक प्राणीको अभिन्न अंग नै हो |

सबै नयाँ बर्षहरुमा हाम्रा नेताहरुले शुभकामना दिएकै हुन्छन | खुशी लाग्छ | तर बिहान बेलुकी खाना पकाउने बेलामा ग्यास नहुँदा, नुहाउने बेलामा पानी नहुँदा, काम गर्ने बेलामा बिजुली नहुँदा, कतै जान खोज्दा सवारीसाधनमा इन्धन नहुँदा भने यो देशमा किन जन्मिए होला जस्तो पनि लाग्छ |

यति हुँदा हुँदै पनि हामीले यो देशको शासन चलाउने सरकार भन्ने के कुन्नी लाई हामीले गाली गर्न पनि सकेका छैनम | बिचरा भनेर छाडेका छम् |

लाग्छ हामी सबै जनताहरु लाटो र यो देशhका शासकहरु गांडो | भन्छन नि लाटो देशमा गांडो तन्नेरी | यो उखाने बाजेलाई ठ्याक्कै मिल्छ |

नयाँ सालमा नयाँ काम सुरुवात गर्न आधारभूत कुरा नै ब्यबस्था गर्न नसके पछि के का लागि यो प्रधान मन्त्री, छ छ जना उप प्रधानमन्त्री चाहियो ? हाम्रो अर्थतन्त्रले नै धान्न नसक्ने गरेर पाल्नु पार्ने ?

नयाँ उखान टुक्का चाहिएको छैन हामीलाई प्रधानमन्त्री ज्यू | नयाँ सोचमा काम गरोस सरकारले | 

हाम्रो शुभकामना छ सबैलाई | अस्तु | 

भवतु सब्ब मङ्गलम |