Showing posts with label Depression. Show all posts
Showing posts with label Depression. Show all posts
28 January 2026
07 October 2025
कालेको मनगढन्ते तनाव
शनिबारको दिन, सुन्दरीजलको पदयात्राको उकालो बाटोमा हिँड्दै गर्दा कालेको अनुहारमा गुनासोको भारी देखियो। उस्ले आफ्नो भारी मनका कुरा संगै हिंड्ने साथीलाई बताउने बिचार गर्यो र भन्यो, “रामु, म तंलाई मेरा मनका कुरा भन्छु, अनर्थ नलगा है! मलाई त अहिले कोही कसैले वास्ता ब्यास्ता नै गर्दैन जस्तो लाग्छ। यार! अस्ति मामा आइपुग्नु भयो हगि! ‘सन्चै छ?’ भनेर पनि सोधेनन्। आजकाल मेरी प्यारी साली ले पनि फोन समेत गर्दिनन्, पहिले त समय समयमा के छ भेना? भनेर कुरा गरिरहन्थिन। अनि त्यो च्या पसलको साहुजीले त अनुहारै नहेरी चिया दिन्छ, यार! हुंदा हुंदा त्यो दूध बेच्ने केटीले पनि ‘दाइ’ भनेर सम्बोधन गर्न छोडी सकि भन्या! त्यस्तै त्यो मन्दिर अगाडि तरकारी बेच्ने च्याखुरीले त अस्ति बाटोमा नमस्ते धरी गरेन।” यस्तो कुरा मैले पहिले याद गर्दिन थिएं। अहिले मनमा आउँछ।
रामु हाँस्यो, “अरे काले, तैंले त मनमा भाँडाकुँडाको पसल जस्तै मनगढन्ते पसल खोलेछस् जस्तो छ। मान्छेले नमस्ते नगरेकोमा तं यस्तो चिन्ता गर्छस्? तं को होस्, गाउँको प्रधान मन्त्री हो?”
काले अझ गम्भीर, “तर यस्ता कुरा मनमा अड्किएपछि राति निद्रा पनि आउँदैन। सबैले बेवास्ता गरेको जस्तो लाग्छ।” क्यार्ने?
रामुले काँध थप्थपाउंदै भन्यो, “काले, यो त तेरो मनको खेला हो। अरुले के गरे, के भने भनेर अल्झिनु हुन्न, नत अल्झेर बस्नु पर्छ। तं आफ्नै सुरमा आफ्नै काममा मन लगाएर काम गर्न यार! अनि दुनियाँको पछि लागेर उस्ले यो गरे हुन्छ, तेस्ले त्यो किन गरेन? भनेर संसारको ठेक्का लिएर हिंडेर हुन्छ? यो सब छाडी दे, अनि सबै कुरा सामान्य लाग्छ। अरुले नमस्ते नगरेर दुःखी हुनु भनेको मानसिक तनाब बोक्नु हो, किन बोक्छस् हं!” थुक्क!
काले केही बेर मौन रह्यो, अनि हाँस्यो, “हैन नि, तेरो कुरा सुन्दा लाग्यो, म त आफ्नै दिमागको हाटबजारमा अनावश्यक कुरा किनबेच गर्दैछु, कि क्या हो?”
त्यो हाईकिंगबाट फर्केर आउँदा कालेले रामुलाई भन्यो, “हो यार! तैंले भनेको कुरो ठिक लाग्यो, अब देखि म अरुले के गर्यो, गरेन भनेर होइन, म आफैंले के गर्न सक्छु भनेर सोच्ने र काम गर्ने गर्छु।”
वास्तवमा मनगढन्ते कुराले मन बिगार्छ रैछ। बेकारमा अरुले वास्ता गरेनन् भनेर दिमाग खराब गरेर बसेछ। आफ्नो मूल्य आफैले बुझ्ने हो, सकारात्मक सोच राख्ने र आफ्नो काममा आफैले ध्यान दिने हो, आर्काको कुरा सुनेर वा अन्दाज लगाएर मनमा कुरा खेलाएर बस्ने हैन। अनि मात्रै मानसिक तनावबाट उम्कन सकिन्छ। यहि नै असली उपाय हो। अस्तु।
09 April 2023
साइमन डिप्रेसनको शिकार भएको बेला।
त्यो बेला सम्झंदा अझै मेरो आङग सिरिङ हुन्छ सर! जब म डिप्रेसनमा गएको थिएं, ट्रेकिङमा भेटेको साइमनले कुराकानीको सिलसिलामा ढुक्क संग खुलेर भन्यो।
साइमन: मलाई सबै जना बेठीक, म मात्रै ठिक लाग्थ्यो। जस्ले जे भने पनि आइ एम राईट, यू आर रंग भन्ने नै लाग्थ्यो। यति झर्को लाग्थ्यो कि मान्छे देख्दा नि रिस, जनावर देख्दा नि रिस, हुंदा हुंदा आफ्नै साथीभाइ र परिवार सदस्य देख्दा नि रिस उठ्थ्यो। कैले काहीं झ्याल ढोका थुनेर एकलै बस्दा पनि, खुल्लम खुल्ला बाटोमा हिंड्दा पनि मेरो रिस मर्दैनथ्यो।
सर: रिसको आगो निभाउन के गर्नु भो त ब्रो?
साइमन: मेरो डिप्रेसनको एक्स्ट्रीम केसमा पुगे पछि भीर पाखामा जान मन लाग्थ्यो, कतै हाम्फालम कि जस्तो लाग्थ्यो, अनि घरमा बस्न मन नलागे पछि घरबाट हिंडे। अनि तपाई जस्तै सर भेटे पछि बल्ल मैले आफ्नो कुरा पोख्न पाएं। कुरा पोख्न पाए पछि मन हल्का हुंदोरहेछ। शान्ति हुंदो रहेछ। आफै रमाउन पाइंदो रहेछ।
बास्तबमा मेरो मनका कुराहरु मनमा नै राखेर उम्लिरहेको रहेछ। मैले तपाईंलाई मेरा मनका कुराहरु सुनाउंदा एकछिन पनि हिच्किचाउनु भएन। आरामले सुन्नु भयो। मेरा परिवार, साथीहरू कसैले मेरो कुरा नै सुनी दिएनन। अनि म झन झन चिड्चिडाउन थालें। मेरो चिड्चिडापनले मेरा नजीकका सबै बिराना बने।
म पागल भयो भनेर समाजले ठप्पा लगाइ दियो। समाजले पागलखानामा भर्ना गर्दियो। रिह्याब सेन्टरमा राख्दियो। तर मेरो समस्या समाधान भएन। डाक्टरको सरसल्लाह सुने पछि मैले मेरा मनका कुराहरु ब्यक्त गर्न लेख्न थालें, सामाजिक सन्जालमा मेरा भावनाहरुको सम्मान पाउँदा खुशी लाग्छ। अब म सामाजिक अभियन्ता र ब्लगर भएको छु। आफ्नो भावनाको कदर संगै मैले आफ्नो कमाई पनि गर्न थालेको छु। त्यही कमाईले नेपाल घुम्न आएको छु। मलाई एड्भेन्चर मन पर्छ। समाज संग संघर्ष र प्रकृति संगको सामिप्यताबाट मैले जीवनमा साहसिक सफलता पाएको छु।
सर: ओहो! तिमीले आफुले आफैलाई जितेर आएका रहेछौ। अब तिमीलाई मैले भनेका कुराहरु रंग त लाग्दैन होला नि?
साइमन: लाग्दैन सर! आफुले आफैलाई सम्हाल्ने हो डिप्रेसनमा। जब सम्म आफुमा मै हुं भन्ने भावना हुन्छ, तब सम्म गार्हो हुन्छ। जीवनमा कम्प्रोमाइज गर्नु नै पर्छ । म मात्रै राइट तिमी रंग भन्ने भावनालाई त्याग्न सक्यो भने समस्या समाधान हुन्छ। यसलाई आफैले बदल्नु पर्छ। बदलाको भावना हटाउनु पर्छ।
पदयात्राको क्रममा साइमनको जीवनको अनुभवले हामीले पनि सिक्ने अवसर पाएका छौ। तनाव तपाई हामी सबै संग हुने सामाजिक समस्या हो। हाम्रो भावनाको कदर भएन भने हामीलाई गार्हो हुने भएकोले कुरा सुनिदिने मानिसलाई मनका बह पोख्न सकिन्छ। मनो चिकित्सकहरुको सहयोग लिन सकिन्छ। अनि लेखेर, सुनाएर, तनाव मुक्त हुनु पर्छ। कतिपय ठाउँमा समझदारी अपनाउन पर्छ, कम्प्रोमाइज गरेर नै यसबाट मुक्त हुन सकिन्छ। मेरो गोरुको बार्ह टक्का भन्नु हुंदैन । यो कुरा हामीले पनि अनुसरण गरेको खण्डमा मानसिक तनाब डिप्रेसनबाट मुक्त हुन सकिन्छ। अस्तु।
29 June 2022
फेरि रुन मन लागेको छ।
फेरि रुन मन लागेको छ।
किन किन आजकाल मलाई भारी बोक्दा पनि रुन मन लाग्छ। फेरि रुन मन लागेको छ, उज्यालो देखि टाढा भाग्न मन लागेको छ। बाटोमा कसै संग बोल्न मन लाग्दैन, मान्छेहरु हिंडेको देख्दा नि झर्को लाग्छ, न्यास्रो लाग्छ, गहभरी आँसु आई रहन्छ, भारीले किचेर पो मार्छ कि जस्तो हुन्छ, कतै भीरमा खसेर दुर्घटना पो हुन्छ कि जस्तो लाग्छ, ट्रेकिङ गाइडले गाली गरिहाल्छ कि जस्तो लाग्छ, हिंड्दा हिंड्दै खसेरै मरिन्छ कि जस्तो लाग्छ, निक्कै डर लाग्छ। पर्यटक वा गाइड सरहरुले केही भन्यो भने पनि सार्है नै मन दुख्छ। डाक्टर साहेब! मलाई के भाको? कतै मलाई डिप्रेसन भन्ने रोग त भएको छैन? कतै म पागल त भएको छैन? के गरुम म?
डाक्टर साब: तपाईंलाई एङ्जाईटी भन्ने रोग भएको हो, डिप्रेसनको बारेमा धेरै सोच्नु हुंदैन, साधारण लेखा पढी गरेको भरमा डिप्रेसन हो होइन छुट्टाउन सकिँदैन। मनमा धेरै कुरा खेलाएर बस्न हुंदैन। उज्यालोमा बस्नु पर्छ! अनि मन प्रफुल्ल हुने काम आफैले गर्नु पर्छ। घरमा भएको दु:ख जे जति छन त्यसमा अरुलाई दोष दिएर बस्यो भने यस्तो तनाबको शिकार हुने चान्स हुन्छ। ध्यान दिएर भारी बोक्नुस, चिन्ता नगर्नुस, बर्तमानमा बस्नुस। पीर नलिनुस। भोलि के हुन्छ न सोच्नुस। समय बलवान हुन्छ। संधै यस्तै हुंदैन। आफुलाई भएको कुराहरु मिल्ने साथीहरू संग सेयर गर्नुस है। मन हल्का हुनु पर्छ। सफा हुनु पर्छ। अस्तु।
05 June 2020
कोरोनाको डरले सिर्जना भएको उदासिनता
आजकाल मलाई अति डर लाग्छ। समाचार सुन्दा पनि रिस उठ्छ। सामाजिक संजालमा आएको झुठो सांचो समाचार पढ्दा पनि चित्त दुख्छ। दुखभरी गीत सुनेर आँसु आउँछ। दुर्घटनाको समाचार सुन्दा यो मन बहकिन्छ। बोल्न पनि मन लाग्दैन। एकै ठाउँमा पनि बस्न मन लाग्दैन। मनोचिकित्सकको कुरा सुन्दा अलि सहज हुन्छ।
घर परिवार, साथीहरू संग कुरा गर्दा मलाई गिज्याए जस्तो हुन्छ। यो किन गरेको ? भनेर सामान्य प्रश्न सोधे भने नि जिरिङ रीस उठ्छ। हुंदा हुंदा, मोबाइल र टेलिफोनको घण्टी बज्दा पनि यो मन भारी हुन्छ। कोरोना लागेको छ भनेर दुखद समाचार आउने हो कि? भनेर। धेरै संका लाग्छ। मेरो बारेमा कसैले जासुसी गरेको छ कि भनेर।
कसैले काम अर्हाए भने त ठ्याक्कै उल्टो काम गरुम या वास्ता नै नगरुम जस्तो लाग्छ। कसैले बोल्यो भने जिब्रो थुत्दिम जस्तो लाग्छ।म तिर हेरेर अरु कसै संग कुरा गरेको देख्दा मेरै कुरा काटेर बसेको जस्तो लाग्छ। अनि झन रिस उठ्छ।
डाक्टर साहेब ! मलाई के भएको हो। तपाईं संग मैले यति भने। अरुलाई हो भने त अहिले सम्म भुत्ल्याइ सक्थें होला। तपाईंले मेरो कुरो सुन्नु भयो। तर अरुले मेरो कुरो नै सुन्दैन र बुझ्दैन पनि, के गर्ने ? यस्तो जीन्दगी कसरी बांच्ने?
आफ्नो परिवारमा यस्तो व्यवहार देख्नु भएमा मनोचिकित्सक संग सल्लाह लिएर, मनमा आएका कुराहरु शेयर गर्न सघाउनु पर्छ। अहिले कोरोनाको संक्रमणले गर्दा एकान्तबासमा बस्नु पर्दा र दिनभरी कोरोनाको समाचार सुन्दा सुन्दा संसारभर मानसिक बिरामीको समस्या बढेकोछ।
(नोट: एक जना बिरामीले मनोचिकित्सक संग गरेको बार्तालापमा आधारित कथा हो कसै संग मिल्न गए संयोग मात्रै हुनेछ)
02 May 2019
Corporate Depression
Am I having a corporate depression?
I don't know why I feel I will be harassed by my colleagues at the club? I feel that my juniors are more competent than myself. I feel the inferiority complex while I go to my club, though I am the chairperson. Why I feel my secretary is smarter than my self? Sometimes I feel, I have lost the confidence. Knowingly and unknowingly I blame the juniors staff of the club said the chairperson of a club. After blaming I feel very sorry, that I blamed them without any adequate reason. I don't feel relaxed though I have spilt out all my negative thought on them.
The doctor says: feeling depressed without no reason means you are under extreme depression. If you can't express your feeling to anybody and feel shy to explain the reason why are you feeling so, then you should visit counsellor without hesitation. You shouldn't stay aloof within you, taking such a negative feeling.
I do shout the staff of the club if I can't blame my secretary and other officials. Sometimes I feel I lost the respect to get and to give. This may be my psychology. Having my lesser knowledge on the subject matter than my colleagues, and having a high position at the club, I still do feel inferior complex to get support from the expert too. What is this?
This is corporate depression. Doctor says. Better get a consultation from the psychologist as soon as possible.
(Note: If you are suffering from such situation, consult your doctor at the earliest.)
12 November 2013
डिप्रेसन (Depression)
डिप्रेसन
डिप्रेसन भनेको के होला कस्तो बेलामा हुन्छ, कसलाई हुन्छ, किन हुन्छ भन्ने निक्कै खुल्दुली लाग्ने गर्थ्यो । थाहा थिएन मलाई पनि डिप्रेसन भएको भन्ने । कुनै समय थियो, जुनबेला मलाई कार्यालय जाने समय भयो कि टाउको निक्कै भारी हुने, रिंगटा लाग्ने, नाडी को धड्कन नै हराउने, पसिना आउने, ज्वरो नै आए जस्तो हुने, रक्तचाप (ब्लडप्रेसर), कहिले निक्कै कम हुने कहिले निक्कै बढ्ने हुने भयो ।
मोटरसाइकल चढेर कार्यालय सम्म पुग्न पनि हम्मे हम्मे हुन्थ्यो। बाटोमा कसैले धक्का दिन्छ कि, गाडीले झ्याम्म हिर्काउछ कि भन्ने डर हुन्थ्यो । कहिले काहीं अगाडीको गाडीलाई धक्का दिएर उछिनेर जाउकि जस्तो लाग्थ्यो । कसैले ओभरटेक गर्यो भने पनि झनक्क रिस उठ्ने पनि हुन्थ्यो ।
घरमा पनि पुगे पछि एकान्तमा बस्न मन् लाग्ने, कसै संग कुरा गर्न मन नलाग्ने, आफ्नो मनमै थुप्रै कुरा खेलाएर बस्न मन लाग्ने भयो ।
मनमा त्रास
कार्यालयमा सामान्य कुरा पनि गाह्रो लाग्ने, अझ टेलिफोनको घन्टी बज्योकी मलाई फुटेको आँखाले पनि हेर्न मन नलाग्ने हाकिमले फेरी किन बोलायो होला भन्ने मनमा त्रास हुने भयो । ग्राहक हरु पनि कहिले जाला जस्तो लाग्ने, त्यो हाकिम को त नाम मात्र लिंदा पनि मलाई रनक्क रिस उठ्थ्यो । हुँदा हुँदा कलेजमा पढाउन पनि जान मन नलाग्ने, गए पनि एकाग्र हुन नसक्ने । क्लास् नै छाडेर जान मन लाग्ने भयो ।
हुन त मैले कर्मचारीहरुलाई डिप्रेसन भयो भने यस्तो हुन्छ उस्तो हुन्छ, फ्रस्त्रेसनबाट कसरी उम्किने भनेर सल्लाह सुझाब समेत दिने गर्ने भएकोलेमा म आफै डिप्रेसनमा जान्छु जस्तो लागेको थिएन ।
स्वास्थ्य जांच
एकदिन गंगालाल अस्पतालमा गएर सबै स्वास्थ्य जांच गराउंदा शारीरिक हिसाबमा सबै ठिक छ । एकपटक पल्लो कोठामा गएर काउन्सेलिङ्ग गर्नु पर्छ भनेर डाक्टर साहेबले भन्नु भयो । म संग गएकी मेरी अर्धाङ्गिनिले भनिन " के भयो डाक्टर साहेब मेरो बुढा त खुस्क्यो कि क्या हो?"
डाक्टर: त्यस्तो त होइन एक पटक सर सल्लाह लिंदा के बिग्रिन्छ र भनेर नि! तपाईको बुढालाई शारीरिक रोग केहि लागेको छैन ।
अर्धाङ्गिनि: मतलब मानसिक रोग हुन सक्छ ? ए बुढा ! खुस्क्यो जस्तो छ है मलाई त शंका नै लागेको छ है!
"नकरा बुढी, खुस्के के गर्ने नि! "एकछिनमा हामी काउन्सेलिंग गर्ने कोठामा पुग्यौं । तरुनी डाक्टर साहेबले हामी दुबैलाई भित्र बोलायो । मलाई हुने र भएका कुराहरु सबै खोतल्दै सुनीन ।
डाक्टर: तपाई माइल्ड डिप्रेसनमा जानु भएछ। "आफैलाई सबै थाहा छ भनेर हुन्न । मूल जड के हो? पत्ता लगाउनु पर्छ। के कुरा चित्त बुझ्दैन त्यो स्पष्ट राखिदिनुस। जागिर भनेको आफुलाई मन लागे सम्म खाने हो, बाताबरण छैन भने स्वास्थ्य भन्दा ठुलो कुरा केहि हुँदैन। स्वाथ्य छ, स्वस्थ्य हुनुहुन्छ भने जत्ति पनि काम पाइन्छ, स्वास्थ्य नै छैन भने काम को के महत्व? जिन्दगी रमाएर बाँच्नु पर्छ।" भन्नु भए पछि मात्र म झसंग भएँ । बास्तब मै म डिप्रेसनमा गएको रहेछु।
अन्तमा
त्यस पछी मेरो घैटो मा पनि घाम लाग्यो । हरेक दिन रसरंग गरेर काम गर्नु पर्ने मेरो जीबनमा एक्कासी नकरात्मक सोचले जकड्न थाल्नु नै डिप्रेसनमा जानु हो भन्ने मैले बुझे पछि मैले काम छाड्नु नै बेस माने र काम छाडे पछी सबै ठिक ठाक। अचम्म के भने, मेरो रक्तचाप देखि मुटुको धड्कन सबै ठिक भयो। नकरात्मक सोंचबाट सकारात्मक सोंचमा आएँ । मेरो दैनिक जीबन सामान्य भयो ।
मेरो भनाईको मतलब सबैले जागिर नै छाड्नु पर्छ भन्ने होइन। मन नलागेको काम गरेर डिप्रेसनमा जानु भन्दा आफुलाई मन परेको काम गरेर खुशी खुशी रमाई रमाई काम गर्दा आफ्नो वृत्ति विकासका साथै आफुले काम गरेको कम्पनीको पनि विकास हुन्छ भन्न खोजेको मात्रै हो। अस्तु।
Subscribe to:
Posts (Atom)