Grab the widget  Get Widgets
Showing posts with label Meditation. Show all posts
Showing posts with label Meditation. Show all posts

28 November 2025

Healing Adventure

What is a Healing Adventure?

A healing adventure is a conscious, often courageous, journey you undertake to restore, rediscover, or redefine your whole self, body, mind, and spirit. Unlike passive recovery, it's framed not as a problem to be solved, but as an exploration to be experienced.

It's the process of moving from a state of dis-ease (which could be physical illness, emotional pain, burnout, grief, or a general sense of being lost) towards a state of greater wholeness, peace, and vitality. The "adventure" part implies that there will be unknowns, challenges, discoveries, and ultimately, growth.

The Essential Elements of a Healing Adventure

Think of it like a hero's journey for your own well-being.

The Call to Adventure (The Awakening):
This is the initial spark. It might be a diagnosis, a heartbreak, a burnout, a profound sense of emptiness, or simply a deep inner knowing that says, "There must be more to life than this."

Crossing the Threshold (The Commitment):
This is the moment you decide to answer the call. You commit to the journey, even though you don't have the full map. This might mean booking that therapy session, signing up for a yoga class, buying a journal, or simply deciding to change your diet.

The Road of Trials (The Work):
This is the core of the adventure. It's where you face challenges, learn new skills, and gather "tools" for your toolkit. This phase can be messy and non-linear. It includes:


Exploring Modalities:

Trying therapy, meditation, acupressure, breathwork, sound healing, forest bathing, etc.

Confronting Shadows:
Facing old wounds, limiting beliefs, and fears.

Acquiring Allies:
Finding therapists, healers, supportive friends, or a community who understand and support your journey.

The Revelation (The Insight):
Somewhere along the path, you have breakthroughs. You gain a new understanding of yourself, your past, or your patterns. It's the "Aha!" moment that shifts your entire perspective.

The Transformation (The Return):
You integrate your lessons and return to your daily life, but you are changed. You have new tools, a stronger sense of self, and a different way of being in the world. The healing isn't about going "back" to who you were, but forward into a more resilient, authentic, and whole version of yourself.

Where Can Your Healing Adventure Take Place?

The landscape of your adventure is vast and deeply personal:

An Inner Journey:
Through meditation, journaling, and shadow work. Exploring your mind, emotions, and subconscious beliefs.

A Journey into Nature:
Through hiking, forest bathing, gardening, or simply sitting by the ocean. Reconnecting with the earth's rhythms to find your own.

A Physical Journey:
Through yoga, dance, martial arts, or a new fitness routine. Learning to listen to, respect, and empower your body.

A Creative Journey:
Through painting, writing, music, or cooking. Using expression as a way to process and release what words cannot capture.

A Pilgrimage:
Travelling to a sacred place, a mountain in the Himalayas, a temple and monasteries, viharas in Nepal, or even a quiet spot in your local park that feels holy to you, with the intention of healing.

How to Begin Your Own Healing Adventure

Set a Gentle Intention:
Instead of a rigid goal like "be happy," try "I intend to explore what brings me peace" or "I am open to understanding my pain."

Start with One Small Step:
You don't need to overhaul your life today. Commit to a 5-minute meditation, a walk in the park, or writing one page in a journal.

Follow Your Curiosity:
What calls to you? Is it a book on mindfulness? A friend's story about Reiki? A desire to learn to cook healthy food? Your intuition is your best guide.

Embrace the Unknown:
Be willing to be a beginner. Be open to things that might seem unconventional. The path will reveal itself as you walk it.

Practice Self-Compassion:
There will be difficult days. The adventure isn't about being perfect. It's about being kind to yourself through all the twists and turns.

A Final Thought

A healing adventure is ultimately a journey home to the truth of who you are beneath the pain, the conditioning, and the noise of the world. It's about reclaiming your vitality, your voice, and your inner peace.

It is one of the most worthy journeys you will ever undertake. May your path be filled with courage, discovery, and profound grace.

#healingadventure #healing #meditation #vinayashakyablog #adventurehealing

17 April 2025

चिया पिउने बेलामा ध्यान (Tea Meditation)

एक कप चियाको चुस्कीको अद्भुत अनुभूति 

त्यो एक कप चियाको चुस्की, सतिपठान ध्यानको अभ्यासमा डुबेर जब लिइयो, त्यसले मेरो चेतनाको ढोका फराकिलो पारिदियो। चियाको कप समात्ने बित्तिकै औंलाहरूले तातोपनको अनुभूति गरे | हरेक औंलाले छुट्टाछुट्टै तरिकाले तातोपन महसुस गर्यो, कोहीले बढी, कोहीले कम। मानौं मेरो हातका पञ्चेन्द्रियहरूले आ–आफ्नो लयमा तातोपनाको अनुभव गरिरहेका थिए।

चियाको कप मुखतिर लैजाँदा, अनायासै त्यसको तौल महसुस हुन थाल्यो। यसअघि कहिल्यै अनुभव नगरेको भारीपन थियो | सायद सधैं त्यही नै  तौलको थियो, तर चेतनाको उपस्थितिमा त्यो तौलले पनि आफ्नै कथा सुनायो। हातको सुस्त गति, नाडीको झुकाव, सन्तुलनको प्रयास सबैथोक फरक थियो, मेरो अनुभूतिमा।

अझ चियाले जिब्रोलाई छुने बेलासम्म त भर्खर ओंठले चियालाई स्वागत गरेको जस्तो अनुभव भएको थियो। त्यो हल्का तातो बाफ, जसले जिब्रोभन्दा पहिला नै ओंठमा कोमल स्पर्श गर्‍यो, जसले मलाई समयमै सतर्क गरायो, ‘अब चियाको ताप आउनेछ।’ भनेर, अनि बल्ल जिब्रोले चियाको स्वाद चाख्न पायो | त्यो स्वाद पनि सामान्यभन्दा गहिरो लाग्यो, त्यो तातोपन शरीरभित्र फैलिएको जस्तो, एक किसिमको आनन्दित तरल प्रसाद जस्तो।

त्यो एक चियाको चुस्कीमा, मैले केवल चिया पिएको होइन, मैले चियालाई महसुस गरेको थिएँ। हरेक स्पर्श, हरेक बाफ, हरेक स्वादमा जीवनको सूक्ष्मता भेटिएको थियो। जुन चिया हिजोका दिनहरुसम्म केवल पिउने मात्रै  बानी थियो, आजको दिनमा त्यो नै पूजा जस्तो लाग्यो | ध्यान गरेर सचेत भएर चिया पिउँदाको क्षण पनि कति पवित्र र गहिरो हुन्छ भन्ने जीवन्त प्रमाण सतिपठान ध्यान गरेर चिया पिउँदा अनुभव भयो | अस्तु 

03 April 2025

मेरो त पाँच मिनेट!

त्यो सरको त एक मिनेट मात्रै रे, तिम्रो कति मिनेट पासा? पहिलो म्यामले भन्नु भयो।

आर्को म्याम: ह्या मेरो त पाँच मिनेट!

पहिलो म्याम: हावा कुरा नगर न! काँ, पाँच मिनेट सम्म सक्छ भन्या!

आर्को म्याम: सक्छु नि, ल नपट्याए, स्टप वाच खोल। म गरेरै देखाउंछु।

पहिलो म्याम: लौ, लौ! गरेर देखाउ त! म पनि हेर्छु नि!

सरले स्टप वाच खोल्नु र "स्टार्ट" भन्नु भयो।

सबै जना चुपचाप हेरि रह्यो।

आर्को म्याम: ल सुरु गरें है भन्नु भयो र म्यामले श्वास टक्क रोक्नु भयो। अनि १५ सेकेन्डमा श्वास फुलेर पसिना पसिना हुनु भएछ। आम्मामा! म त ५ मिनेट भन्थानेको त १५ सेकेन्डमा नै खतम? नसकिने रैछ बाबै! यो श्वास प्रस्वासको ध्यान त गार्‍हो पो र छ बाबै! 

सर: दिनका दिन प्राक्टीस गर्दा त बल्ल एक मिनेट सम्म श्वास रोक्न अझै गार्‍हो हुन्छ, तपाईं पाँच मिनेट भन्नु हुन्छ। बात कर्ता हे!

यो श्वास प्रस्वासको ध्यानले एकचित्त बनाउन सहयोग गर्छ। तर प्रत्येक दिन प्रयास जारी रहनु पर्छ है पासाहरु। के सोचेको के भयो। भन्नु होला। अस्तु।

29 October 2024

ध्यानमा झिंगाको महत्त्व

सतिपठान ध्यानको गहिराइमा पुगेको थिएँ। आँखा चिम्म गरेर, श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्दै, आफ्नै शरीरका अंगहरुलाई नजिकबाट हेर्दै थिएँ। एक्कासि, मुखको कुनामा हल्का केही चलायमान भएझैं महसुस भयो। आँखा खोलेर हेर्नु त भएन! तर मेरो अनुहारमा केही चीजले कुस्ती खेल्न थालेछ। मनमा एकछिन त झर्को पनि लाग्यो। अनि ध्यान गरेर महसुस गर्दा त झिंगा पो रैछ। अहिले मस्त ध्यान गरिराखेको समयमा यति सानो झिंगाले पनि डिस्टर्ब गर्दो रैछ। तर हात चलाउन मिलेन।  

अनि फेरि सोचेँ, आखिर सतिपठान ध्यान भनेकै हरेक अंग अंगमा हुने क्रियाकलापलाई गहन रुपमा नियालेर महसुस गर्ने त हो। हरेक क्षण क्षणका अनुभवलाई पूर्ण रुपमा नजिकबाट अनुभूत गर्नु नै ध्यान हो। त्यसैले यो झिंगालाई पनि मेरो ध्यानको एउटा हिस्सा बनाउन पर्‍यो भनेर म निर्णयमा पुगेँ।

झिंगाले मेरो ओठको माथिल्लो भागमा पखेटा चलाउँदै बस्दै उड्दै अनि भुं भुं गर्दै घुम्दै थियो। मलाई उसका स-साना पाइलाहरू मुखको छालामा नाचिरहेको अनुभव हुन थाल्यो। त्यसको हल्का वजनले मलाई आफ्नो अनुहारको संवेदनालाई अझ प्रस्ट बुझ्न सहयोग गर्‍यो। यो सानो झिंगाको स्पर्श पनि कति सूक्ष्म तरिकाले मेरो धैर्यता र सजगता परीक्षण गरिरहेको रहेछ।

त्यसपछि झिंगाले नाकको डाँडीमा उफ्र्यो। म शान्त थिएँ, अनुहारमा हाँसोको रेखा खिचियो। झिंगाले ध्यान भंग गर्न खोजेको होइन, उ त उसको संसारमा रमाई रहेको हो। त्यसैबेला आर्को झिंगा भुरुर उडेर हेलिकप्टर झैं नाकाकै डांडीमा ल्याण्ड गर्‍यो। अब एउटा होइन दुइटा झिंगा मेरो नाकको डांडीमा बसेको थियो। तर ती दुई जना भाले र पोथी झिंगा परेछन। कतै ठाउँ नपाएर मेरो नाकको डांडीमा रोमान्स गर्‍यो जस्तो लाग्यो, आँखा खोल्न मिलेन, हेर्न पनि मिलेन। तर उनीहरुको चाल भने नाकैमा अनुभुती भै रह्यो। झिंगाको रंगमञ्च भएछ मेरो नाकको डांडी। मेरो नाकको संसारमा उनीहरुले छोटो रोमान्टिक यात्रा गरिरहेको मात्र रहेछ, भनेर म आफैँलाई सम्झाउँदै थिएँ। उनीहरुको सानो शरीरमा रहेका अघिल्ला हातहरु चलाएको, पखेटा हल्लाएको, हल्का स्पर्श — यी सबै मेरा अनुभवको अभिन्न हिस्सा भए। यो झिंगाले मेरो ध्यानमा नयाँ आयाम थपिदियो। अनि अबिस्मरणीय पनि रह्यो।

त्यसपछिको केही पलहरूमा मैले सोचेँ, "झिंगाको पनि महत्त्व रहेछ। हाम्रो संसारमा सधैं उपेक्षित यो प्राणी र संसारको जीबहरुमध्येको एउटा हिस्सा, झिंगा। अनि कति साना साना चिजहरूले पनि हाम्रो जीवनलाई फरक पार्छन्।" भन्ने कुरा बुझियो।

झिंगाको झर्कोलाग्दो उपस्थितिले मलाई अनुहारका प्रत्येक स्नायु, प्रत्येक संवेदनाको साक्षी बनायो। उसले पनि आफ्नो जीवनको अभिव्यक्ति देखाउन खोजिरहेको थियो, शायद उसले सोचेको थिएन होला कि उसको स्पर्शले मलाई ध्यानको अर्को तहमा पुर्‍याउँछ, भनेर। म झिंगालाई धन्यवाद दिन चाहन्छु, किनकी उसले मलाई सतिपठान ध्यानको वास्तविक अर्थ अझ गहिरोसँग अनुभव गर्न मद्दत पुर्‍यायो। 

झिंगाको साथमा मेरो ध्यानको यात्रा यसरी सम्पन्न भयो — जहाँ साना साना चिजहरू पनि ठूलो अर्थ राख्छन्। अस्तु।

29 September 2024

उभिने ध्यान (Standing Meditation)

उभिने ध्यान: 
उभिएर ध्यान गर्दा शरीरको सजगता बढाउन आवश्यक छ। यसका लागि तौल समान रूपमा खुट्टामा बाँड्ने, आरामदायी ठाउँ रोज्ने, शान्त वातावरणमा ध्यान गर्ने र मनको विकार हटाउनको लागि ध्यानपूर्वक रहनु उपयुक्त हुन्छ।

ध्यान गर्ने तरिका:
उभिएर ध्यान गर्दा शरीरको सजगता र सन्तुलनलाई ध्यानमा राखिन्छ। तलका चरणहरू पालना गर्न सकिन्छ:

१. सिधा उभिने: आफुलाई अनुकुल हुने गरि जमीनमा मजबुत भएर उभिनुहोस्। ढाड सिधा हुनुपर्छ र शरीरलाई आरामदायी बनाउनुस्।

२. सासको ध्यान: ध्यानपूर्वक सास लिनुहोस् र निकाल्नुहोस्। सासको गति र यसको गहिराइलाई ध्यान दिनुहोस्। पेट फुलेको र सुकेको ध्यान दिनुहोस्।

३. शरीरको अनुभव: खुट्टाले जमीनमा टेक्दा, जमीनको स्पर्श, मस्तिष्कसम्मको सम्पूर्ण शरीरको अनुभव गर्नुहोस्। शरीरको कुनै अंगमा कस्तो ठाउँमा कस्तो अनुभूति भइरहेको छ भनेर सजग हुनुहोस्।

४. चेतनाको प्रवाह: शरीरको पांच इन्द्रियहरुमा भएका संबेदनाहरुमा ध्यान केन्द्रित गर्दै क्रमशः मनलाई शान्त पार्नुहोस्।

५. समय: सुरुमा ५-१० मिनेट जति उभिएर ध्यान गर्न सकिन्छ, विस्तारै यो समय बढाउन सकिन्छ।

फाइदा:
१. सजगता बढ्छ: सतिपठान ध्यानले शरीरको हरेक गतिविधिमा सजगता ल्याउँछ।
२. सन्तुलन: शारीरिक र मानसिक सन्तुलन राख्न मद्दत गर्छ।
३. सांसारिक तनाव कम गर्छ: दैनिक तनाव र चिन्ताबाट मुक्ति दिलाउँछ।
४. एकाग्रता: ध्यानले मनको एकाग्रता र शान्ति ल्याउँछ।

साबधानी:

१. नयाँ व्यक्तिहरूका लागि कठिनाई: उभिएर लामो समय ध्यान गर्दा सुरुमा असहज हुन सक्छ।

२. शरीरमा थकान: शारीरिक रूपमा बलियो नभएको खण्डमा लामो समयसम्म उभिएर ध्यान गर्दा शरीरमा थकान हुन सक्छ।

३. सुरुवाती अवस्थामा ध्यान भङ्ग: उभिएको अवस्थामा मनलाई स्थिर राख्न गाह्रो हुन सक्छ, जुन समयसँगै सुध्रिन्छ।

कस्तो ठाउँमा गर्ने?
शान्त र स्वच्छ वातावरणमा उभिएर ध्यान गर्न उपयुक्त हुन्छ। माटो, घाँस वा काठको सतहमा उभिएर ध्यान गर्दा शरीरको ऊर्जा सन्तुलित रहन मद्दत गर्छ। अर्थिङ अथवा पृथ्वी तत्वसंग सिधा सम्पर्कमा आउने हुंदा शरीरको उर्जालाई उजागर गर्न मद्दत गर्ने ठाउँमा उभिने ध्यान गर्न उपयुक्त हुन्छ।

को-कस्ले गर्ने?

साधकहरू: जो नियमित ध्यान गर्छन्।

व्यस्त मानिसहरू: छोटो समयमा सजगता र एकाग्रता बढाउन चाहनेहरूले गर्न सक्छन्।

योगीहरू: उभिएर ध्यानले शरीरलाई बलियो बनाउन र आत्म-चेतना बढाउन मद्दत गर्छ।

प्रत्येक व्यक्ति: जो सजगता र शान्ति खोज्छन्, सबैले उभिएर ध्यान गर्न सक्छन्।

किन गर्ने?

सजगता विकास: शरीर, मन र श्वासप्रश्वासमा सजगता ल्याउन।

स्वास्थ्य सुधार: मानसिक र शारीरिक स्वास्थ्यलाई राम्रो बनाउन।

मानसिक शान्ति: मानसिक शान्ति प्राप्त गर्न।

ध्यानको प्रगति: ध्यानलाई थप गहिरो र शक्तिशाली बनाउन।

सतिपठान ध्यानको यो विधि नयाँ र अनुभवी साधकहरूका लागि उपयोगी मानिन्छ।

चङ्क्रमण ध्यान: अनौठो र रोमाञ्चक अनुभव

माझखण्डको बुद्ध बिहारमा नाङ्गै खुट्टा चङ्क्रमण ध्यान: अनौठो र रोमाञ्चक अनुभव

२०८१ को जेष्ठको अन्तिम साता ध्यान गर्ने नै भनेर म ललितपुर र मकवानपुरको सांधमा रहेको माझखण्ड गाउँको बुद्ध बिहारमा सतिपठान ध्यान गर्न पुगेँ। यो ध्यान केन्द्र प्राकृतिक सुन्दरताले भरिपूर्ण थियो। वरिपरि हरियाली, स-साना पाखाहरू, र शान्त वातावरणले ध्यान गर्न उपयुक्त रहेको महसुस गरायो। सतिपठानको विभिन्न विधामध्ये मैले यो पटक चङ्क्रमण ध्यान (हिंडेर गरिने ध्यान) गर्न सक्ने अवसर पाएको थिएँ, जुन मेरो लागि एकदमै नयाँ र अनौठो अनुभव हुन गइरहेको थियो।

ध्यानको दिन, बिहानको सुमधुर वातावरणमा, हामीलाई नाङ्गो खुट्टामा चङ्क्रमण ध्यान गर्ने भनियो। चङ्क्रमण ध्यान भनेको बिस्तारै, होस गरेर हिँड्दै शरीरका हरेक अङ्गहरूको गतिविधिलाई गहिरोसँग महसुस गर्नु हो। नाङ्गो खुट्टामा जमिनको स्पर्श गर्दै ध्यान गर्नु भनेको जमिनसँग प्रत्यक्ष रूपमा जोडिनु हो, जसले अझ गहिरो आत्मानुभूति दिन्छ। अंग्रेजीमा अर्थिङ र ग्राउन्डिंग भन्दो रहेछ।

मैले पहिलो पाइला राख्दा नै हावाको शीतल स्पर्श र जमिनको कोमलता महसुस गरें। जमिनमा पर्ने हरेक खुट्टाको चाललाई ध्यानपूर्वक अवलोकन गर्दै अघि बढ्न थालेँ। प्रत्येक पाइला निकै होशियारीपूर्वक राखिन्थ्यो, ताकि मैले प्रत्येक क्षणको साक्षी बन्न सकूँ। खुट्टाको पैतालामा चिसो जमिनको स्पर्श, घाँसको सितलता, बालुवाको घोचाई, न्यानोपन, र स-साना ढुंगाको घोचाइ मैले एकसाथ अनुभव गरिरहेको थिएँ। हरेक पाइला राख्ने क्रममा ध्यान गहिरिँदै गयो, र मैले मेरो सम्पूर्ण शरीरमा ऊर्जा प्रवाह भइरहेको महसुस गरें।

चङ्क्रमण ध्यान गर्दा हरेक पटक सास फेर्नु, खुट्टा उठाउनु, अगाडि सार्नु, जमिनमा राख्नु, यी सबै क्रियाकलापहरुलाई पूर्ण रुपमा ध्यानका साथ दिब्य चक्षुले हेर्नु र महसूस गर्नु जरुरी हुन्छ। सुरूमा म अलिकति अलमलिन्थेँ, ध्यान बाहिर भागिरहेको थियो। तर बिस्तारै, शरीर र मनको तालमेल मिल्दै गयो। खुट्टाहरूले जमिनको प्रत्येक स्पर्शलाई मनमा रेकर्ड गर्दै थिए। म हिँड्दै गर्दा शरीरको गति मात्र नभई वातावरणसँग पनि एकाकार भइरहेको अनुभव भयो। हावाको झोंकाहरु, रूखहरूको ससराहट, चराहरुको चिरबिराहट सबै कुरामा ध्यान केन्द्रित गर्दै अघि बढिरहेँ।

यस्तो नाङ्गो खुट्टाले जमिनको स्पर्श गर्दै चङ्क्रमण गर्नु साह्रै अनौठो र रोमाञ्चक लागिरहेको थियो। खुट्टाको प्रत्येक चालमा बाँचिरहेको जस्तो महसुस हुँदै गयो। हरेक पाइला एक नयाँ अनुभव जस्तो लाग्दै थियो, मानौँ म जमिनको ऊर्जा ग्रहण गर्दै थिएँ।

तर, यो ध्यान गर्दा सावधानी अपनाउनु अनिवार्य छ। चङ्क्रमण ध्यानमा निम्न कुराहरू ख्याल गर्नुपर्छ:

१. बिस्तारै हिँड्नुपर्छ: चङ्क्रमण ध्यानको उद्देश्य हरेक पाइला पूर्ण रूपमा बोध गर्ने हो। त्यसैले पाइला बिस्तारै राख्नुपर्छ, कुनै किसिमको हतार गर्नु पर्दैन। जसले गर्दा हामीलाई शरीरको हरेक अंशको गतिविधिलाई स्पष्ट महसुस गर्न सजिलो हुन्छ।

२. मनको एकाग्रता: मनलाई अहिलेको बर्तमान क्षणमा ल्याउन जरूरी हुन्छ। ध्यान गर्दा मन यताउता भाग्न सक्छ, तर ध्यानलाई सास, शरीरको चाल, र खुट्टाको हरेक पाइला तर्फ मन लगाएर केन्द्रित गर्न सक्नुपर्छ।

३. खतराहरूबाट सतर्क: नाङ्गो खुट्टामा ध्यान गर्दा जमिनमा भएका स-साना ढुंगा, काँडा, वा अन्य बाधाहरूबाट सचेत रहनुपर्छ। हिँड्दै गर्दा हरेक पाइला वरिपरिका खतराहरूलाई ध्यान दिएर पाइला राख्नु आवश्यक हुन्छ।

४. शरीरको संकेतहरू बुझ्नु: यदि चङ्क्रमण गर्दा शरीरमा कुनै असजिलो महसुस भएमा, वा खुट्टामा केही बाधा आएमा तुरुन्तै ध्यान दिएर समाधान गर्नु पर्छ। चङ्क्रमण ध्यानलाई शारीरिक र मानसिक शान्तिका लागि गरिने भएकाले अनावश्यक रूपमा दबाब दिनु हुँदैन।

चङ्क्रमण ध्यानको यो अनुभवले मलाई भौतिक शरीर र मनको तालमेल बुझ्न निकै मद्दत गर्‍यो। नाङ्गो खुट्टामा जमिनको प्रत्यक्ष स्पर्शले जीवनलाई झन् बोधमय बनायो। यो यात्राले मलाई केवल ध्यान गर्ने मात्र होइन, शरीरको गहिराइ सम्म पुग्न सहयोग पुर्‍यायो। माझखण्डको बुद्ध बिहार र वरपरको बन जंगलमा गरेको यो ध्यान मेरो जीवनभरकै अविस्मरणीय अनुभव बन्यो। यो ध्यान गर्ने अवसर प्रदान गरिदिनु भएकोमा विश्व शान्ति बिहार, मिन भवन, नयाँ बानेश्वरका भिक्षु बोधिज्ञान महास्थवीरज्यू प्रति साधुबाद सहित कृतज्ञता ज्ञापन गर्दछु| अस्तु |

22 September 2024

विपश्यना ध्यान

विपश्यना ध्यान प्राचीन बौद्ध ध्यान प्रविधि हो, जसले वस्तुहरूलाई तिनीहरू जस्तो छ, ठीक त्यसरी नै अवलोकन गर्न सिकाउँछ। "विपश्यना" शब्दको अर्थ "विशेष रूपमा देख्नु" अथवा "दृष्टिकोणको स्पष्टता" हो। यसको उद्देश्य वास्तविकताको साक्षात्कार गर्न र मनको अशुद्धता हटाई पूर्ण शुद्धता, अर्थात् निर्वाण प्राप्त गर्नु हो। विपश्यना ध्यान गौतम बुद्धले दिएको ध्यान विधि मानिन्छ, र यसलाई दुःखबाट मुक्तिको मार्ग मानिन्छ।

किन गर्ने?

१. दुःखको कारण पत्ता लगाउने: विपश्यना ध्यानले हामीलाई हाम्रो दुःख, तनाव, र समस्याहरूको जरा के हो भनेर बुझ्न मद्दत गर्छ।

२. चित्तको शुद्धि: मनको अशुद्धता, लोभ, द्वेष, र अज्ञानता जस्ता नकारात्मकताहरूलाई पन्छाउन सहयोग गर्छ।

३. मनोवैज्ञानिक र भावनात्मक स्वास्थ्य: ध्यान गर्दा मन शान्त हुन्छ, जसले तनाव, चिन्ता र मानसिक असन्तुलन कम गर्न मद्दत गर्दछ।

४. आध्यात्मिक उन्नति: यो अभ्यासले व्यक्ति आफ्नै अस्तित्व र संसारलाई गहिरो रूपमा बुझ्न मद्दत गर्छ, जसबाट मोक्षको मार्ग खुल्छ।

कसरी गर्ने?

विपश्यना ध्यान दुई प्रमुख चरणहरूमा गरिन्छ:

१. आनापान सति (श्वासको सजगता):

ध्यानको प्रारम्भिक चरणमा, साधक आफ्नो श्वासप्रश्वासमा पूर्ण ध्यान दिन्छ। यो सजगता (सति) अभ्यास हो, जहाँ श्वास भित्र र बाहिर जाने प्रक्रियामा अवलोकन गरिन्छ।

श्वासलाई नियन्त्रण गर्ने होइन, केवल सजग भएर श्वास लिँदा र छोड्दा मनमा आउने कुनै पनि विचार वा भावना बिना सजग रहनु हो।

२. विपश्यना (सजगता र निरीक्षण):

एक पटक साधकले आफ्नो श्वासप्रश्वासमा ध्यान केन्द्रित गर्न सक्षम भएपछि, शरीरका विभिन्न भागहरूमा संवेदनाहरूको सजग अवलोकन गर्न थालिन्छ।

यहाँ हामी शरीरको प्रत्येक भागमा आएका सुखद, दुःखद, तटस्थ, चिसो, तातो आदि संवेदनाहरूको निरीक्षण गर्छौं। यी सबै परिवर्तनशील र क्षणिक (अनित्य) हुन्छन्, जसलाई बुझ्न र मनमा कुनै प्रतिक्रिया नगरी अवलोकन गर्नु नै विपश्यना हो।

यो अभ्यासले मनलाई वस्तुगत बनाउन र अनुभवहरूलाई अज्ञानताको पर्दाबाट देख्न नदिन सिकाउँछ।

कुन बेला गर्ने?

बिहानपख: शान्त वातावरणमा अभ्यास गर्न उपयुक्त समय हो, जब मन स्पष्ट र एकाग्र हुन्छ।

राति सुत्नुअघि: यसले दिनभरको तनावलाई कम गर्न र शान्त निद्रामा मद्दत गर्छ।

विशेष ध्यान सत्रहरूमा: धेरैजसो विपश्यना ध्यान सत्रहरू १० दिनको लामो अवधिमा गरिन्छ। यो अवधिमा साधकले गहिरो ध्यान अभ्यास गरेर चित्तको गहिराइमा पुग्न सक्छ।

ध्यान गर्ने तरिका:

१. सही आसनमा बस्ने: ध्यान गर्दा साधकले आरामदायक आसनमा बस्नुपर्छ। ध्यानको समयमा शरीर स्थिर राख्न प्रयास गरिन्छ।

२. श्वासप्रश्वासको अवलोकन गर्ने: पहिलो चरणमा, श्वासलाई निरीक्षण गर्दै ध्यानमा प्रवेश गरिन्छ। श्वासको लयलाई बिना हस्तक्षेप सजग भएर अनुभव गरिन्छ।

३. संवेदनाहरूको अवलोकन गर्ने: जब मन स्थिर हुन्छ, शरीरमा उत्पन्न भएका संवेदनाहरूको सजग रूपमा अवलोकन गरिन्छ। सुखद, दुःखद वा तटस्थ संवेदनाहरूलाई प्रतिक्रिया नगरीकन तिनीहरूको निरीक्षण गरिन्छ।

४. निर्णय नगर्ने र प्रतिक्रिया नजनाउने: ध्यानको सबैभन्दा महत्त्वपूर्ण कुरा हो—आफ्नो अनुभवहरूलाई प्रतिक्रिया नगर्नु। चाहे ती सुखद हुन् या दुःखद, तिनलाई तटस्थ रूपमा अवलोकन गर्नुपर्छ।

५. अनित्यता बुझ्ने: प्रत्येक संवेदना क्षणिक हुन्छ। विपश्यना अभ्यासको मुख्य उद्देश्य यो हो कि सबै अनुभवहरू परिवर्तनशील छन् (अनित्य), र तिनलाई स्थायी रूपमा नसम्झनु।

विपश्यना ध्यानले नियमित अभ्यासमा मानसिक शुद्धता, आत्म-समझ, र जीवनमा गहिरो शान्ति र सन्तुलन ल्याउन मद्दत गर्छ।

21 September 2024

सतिपठान ध्यान (Satipathan Meditation)

सतिपठान ध्यान बौद्ध धर्मको आधारभूत ध्यान प्रविधि हो जसमा चित्तलाई शुद्ध गर्न, वास्तविकता बुझ्न र मुक्ति प्राप्त गर्न अभ्यास गरिन्छ। यसको मुख्य उद्देश्य मनलाई वर्तमान क्षणमा एकाग्र गराउनु हो, जसबाट दुःखको कारणहरू पहिचान गरिन्छ र अन्ततः उनीहरूबाट मुक्ती प्राप्त हुन्छ।

किन गर्ने?

१. मनको शान्ति: सतिपठान ध्यानले मनलाई एकाग्र र शान्त बनाउन मद्दत गर्छ।

२. दुःखको अन्त्य: यस ध्यानको अभ्यासले हाम्रो जीवनमा दुःखको वास्तविक कारण पत्ता लगाउन र उनीहरूलाई हल गर्न मद्दत गर्दछ।

३. सम्पूर्ण चेतनशीलता: यसले आफ्नो शरीर, भावना, मन, र वास्तविकता प्रति गहिरो समझ र चेतनशीलता विकसित गर्न सहयोग गर्छ।

४. आध्यात्मिक मुक्ति: अन्ततः सतिपठान ध्यानको अभ्यासले निर्वाण (मुक्ति) को प्राप्तिमा सहयोग पुर्‍याउँछ।

कसरी गर्ने?

सतिपठान ध्यान चार प्रमुख आधारमा ध्यान केन्द्रित गरिन्छ:

१. कायानुपश्यना (शरीरमा ध्यान): श्वासप्रश्वासको निरीक्षण गर्ने, शरीरका हरेक भागको अनुभूति गर्ने, चालचलनको सजगता राख्ने।

श्वासप्रश्वासलाई प्राकृतिक रूपमा लिइन्छ। आफ्नो श्वासलाई बाहिर र भित्र जाँदा सजगता राखिन्छ। शरीरमा भएका विभिन्न संवेदनाहरूलाई ध्यानपूर्वक निरीक्षण गरिन्छ।

२. वेदनानुपश्यना (भावनामा ध्यान): आफूले अनुभव गरिरहेको सुख, दुःख, वा तटस्थ भावनाहरूलाई सजग रूपमा अवलोकन गर्ने।

यो अभ्यासले मनोवैज्ञानिक प्रतिक्रिया र ती भावनाहरूको उत्पत्तिलाई बुझ्न सहयोग गर्दछ।

३. चित्तानुपश्यना (मनमा ध्यान): आफ्ना विचार, भावना र मानसिक अवस्थाहरूको निरीक्षण गर्ने।

यहाँ मनमा आएका विभिन्न विचारहरू, आवेगहरू र मानसिक अवस्थाहरूलाई कुनै पनि प्रकारको मूल्याङ्कन नगरी निरीक्षण गरिन्छ।

४. धम्मानुपश्यना (धर्ममा ध्यान): मनमा उठ्ने विचार, प्रवृत्ति र विषयहरूको निरीक्षण गर्ने।

यसमा सांसारिक सत्यहरूको गहिरो अध्ययन गरिन्छ, विशेषगरी दुःखको सत्य, यसको कारण र अन्त्य।

कुन बेला गर्ने?

सतिपठान ध्यान दिनको कुनै पनि समयमा गर्न सकिन्छ। तर, बिहानको शान्त वातावरणमा ध्यान गर्ने धेरैले प्रभावकारी ठान्छन्। केही महत्वपूर्ण समय यस प्रकार छन्:

बिहानपख: बिहानको समयमा मन शान्त र एकाग्र हुन्छ।

सुत्नुअघि: यसले दिनभरको तनाव कम गर्न र शान्त निद्रामा मद्दत गर्छ।

तनाव वा चिन्ता हुँदा: जब मनमा तनाव वा चिन्ता हुन्छ, ध्यान गर्नाले मनलाई शान्त र स्थिर राख्न मद्दत गर्दछ।

ध्यान गर्ने तरिका:

१. सही आसनमा बस्ने: ध्यान गर्दा आरामदायक आसनमा बस्ने, शरीर सीधा राख्ने, र लामो समयसम्म आरामसँग बस्न मिल्ने।

२. श्वासप्रश्वासको अवलोकन: आफ्नो श्वासप्रश्वासमा ध्यान दिने। श्वासलाई जबरजस्ती नियन्त्रण नगर्ने, श्वास भित्र र बाहिर जानुलाई सजग भएर अनुभव गर्ने।

३. ध्यानको वस्तु छनोट गर्ने: शरीर, भावना, मन, वा धर्म (विचार वा सत्य) लाई ध्यानको केन्द्र बनाउने।

४. ध्यानको अभ्यास जारी राख्ने: सुरुवातमा केही मिनेट, अनि विस्तारै समय बढाउँदै लैजाने। नियमित अभ्यासले ध्यानको प्रभावकारिता बढाउँछ।

सतिपठान ध्यान निरन्तर अभ्यासको माध्यम हो। यसले जीवनमा गहिरो परिवर्तन ल्याउन सक्छ।

20 September 2024

चङ्क्रमण ध्यान (Walking Meditation)

चङ्क्रमण ध्यान (चलिरहेको ध्यान) शारीरिक गतिविधिमा आधारित ध्यानको एक प्रकार हो। यसको नाम "चङ्क्रमण" बाट लिइएको हो, जसको अर्थ "हिँड्नु" हो। चङ्क्रमण ध्यान, सामान्यतया, चलिरहेको वा हिँड्ने ध्यानको रूपमा बुझिन्छ। यस ध्यानमा ध्यानकर्ताले हिँड्दा वा चल्दा आफ्नो हरेक पाइलामा पूर्ण सजगता राख्छ, जसले उनीहरूको चित्तलाई वर्तमान क्षणमा एकाग्र गर्न मद्दत गर्दछ।

किन गर्ने?

चङ्क्रमण ध्यानको धेरै फाइदाहरू छन्:

१. वर्तमानमा बस्न मद्दत गर्ने: यस ध्यानले हरेक पाइलामा सजगता र चनाखोपन ल्याउँछ, जसले मनलाई वर्तमान क्षणमा एकाग्र बनाउन मद्दत गर्दछ।

२. तनाव कम गर्ने: शारीरिक गतिविधिमा आधारित ध्यान गर्दा मन र शरीरमा उत्पन्न भएको तनावलाई कम गर्न मद्दत हुन्छ।

३. शारीरिक स्वस्थता: यो ध्यान शारीरिक चलायमान क्रियाकलापमा आधारित छ, जसले शरीरलाई हलचलमा राख्न र स्वस्थ राख्न मद्दत गर्छ।

४. दिमागलाई शान्त पार्ने: चल्दा श्वासप्रश्वासमा र शरीरका चालचलनमा ध्यान दिनाले मनलाई शान्त पार्न र बेचैनी वा चिन्तालाई घटाउन मद्दत गर्छ।

५. ध्यानको निरन्तरता: लामो समयसम्म बसेर ध्यान गर्न कठिन भएमा, चङ्क्रमण ध्यानले सरल तर प्रभावकारी तरिकाले ध्यानको अभ्यास जारी राख्न मद्दत गर्दछ।

कसले गर्ने?

चङ्क्रमण ध्यान सबै उमेरका व्यक्तिहरूले गर्न सक्छन्। विशेष गरी:

ध्यानको सुरुवाती साधक: ध्यानमा नौसिखुवा भएका व्यक्तिहरूले यस ध्यानको सजिलो विधि अपनाउन सक्छन्।

ध्यानमा लामो समयसम्म बस्न कठिनाई भएको व्यक्तिहरू: कुनै कारणले लामो समयसम्म बस्न नसक्ने व्यक्तिहरूले चङ्क्रमण ध्यान गर्दा शारीरिक सक्रियता कायम राखेर ध्यान गर्न सक्छन्।

शारीरिक रूपमा सक्रिय रहन चाहनेहरू: शारीरिक स्वस्थता र ध्यानको संयोजन खोज्ने व्यक्तिहरूले यसलाई गर्न सक्छन्।

कसरी गर्ने?

१. सही स्थान चयन गर्ने: शान्त र खुल्ला ठाउँ जहाँ सजिलै हिँड्न सकिन्छ। बगैंचा, पार्क, वा खुला क्षेत्रमा यो ध्यान गर्न उपयुक्त हुन्छ।

२. सजग भएर हिँड्न सुरु गर्ने: चङ्क्रमण ध्यानमा पहिलो पाइला सजग भएर हिँड्न थाल्नु हो। हरेक पाइलामा आफ्नो खुट्टा जमीनमा कसरी स्पर्श गर्छ भन्ने कुरामा ध्यान दिनुहोस्।

३. शरीरको चालचलनमा ध्यान केन्द्रित गर्ने: हिँड्दा आफ्नो खुट्टा कसरी उठ्छ, कसरी अघि बढ्छ र जमीनमा स्पर्श हुन्छ भन्ने कुरालाई सजग भएर अवलोकन गर्नुहोस्।

४. श्वासप्रश्वासको अवलोकन गर्ने: हिँड्दै गर्दा श्वासप्रश्वासको लयमा ध्यान दिनुहोस्। श्वासलाई कुनै बल नगरी प्राकृतिक रूपमा लिने र छोड्ने काम गर्नुहोस्।

५. मनमा आएका विचारहरूलाई नजरअन्दाज गर्ने: हिँड्दा मनमा आएका विचारहरूलाई प्रतिक्रिया नगरी तिनीहरूलाई जान दिनुहोस्। केवल वर्तमान क्षणमा रहन प्रयास गर्नुहोस्।

६. बिस्तारै गति परिवर्तन गर्ने: सुरुमा विस्तारै हिँड्न थाल्नुहोस् र अभ्यासअनुसार गति परिवर्तन गर्न सक्नुहुन्छ। मुख्य कुरा सजगता कायम राख्नु हो।
कुन बेला गर्ने?

चङ्क्रमण ध्यान दिनको कुनै पनि समयमा गर्न सकिन्छ। तर केही विशेष समय यसप्रकार छन्:

बिहानपख: शान्त वातावरणमा अभ्यास गर्दा मन र शरीरलाई ताजगी महसुस हुन्छ।

लामो समय बस्ने ध्यानपछि: ध्यानको सत्रको बीचमा छोटो चङ्क्रमण ध्यान गरेर ध्यानको अभ्यासलाई ताजा राख्न सकिन्छ।

विश्राम लिन चाहिँदा: यदि मानसिक थकान छ भने, हिँडेर ध्यान गर्नाले दिमागलाई ताजगी दिन्छ।

फाइदा:

१. शारीरिक र मानसिक लाभ: यसले शारीरिक रूपमा सक्रिय रहन मद्दत गर्छ भने, मानसिक रूपमा चनाखो र स्थिर राख्छ।

२. तनाव र चिन्ता घटाउने: हिँड्दा शारीरिक चलायमानतासँगै मनलाई शान्त राख्न यसले सहयोग गर्छ।

३. मनलाई एकाग्र गर्ने: मनमा आउने अनावश्यक विचारहरूलाई कम गर्दै मनलाई वर्तमान क्षणमा एकाग्र राख्न मद्दत गर्छ।

४. ध्यानको निरन्तरता: लामो ध्यान सत्रमा विश्रामका लागि चङ्क्रमण ध्यान गर्नाले ध्यानको निरन्तरता कायम राख्न मद्दत गर्दछ।

साबधानी:

१. प्रारम्भिक रूपमा सजिलो भए पनि गहिराइमा प्रवेश गर्न कठिन: लामो समयसम्म हिँड्दा शरीर थाक्न सक्छ, जसले ध्यानमा बाधा पुर्‍याउन सक्छ।

२. स्थानको आवश्यकता: चङ्क्रमण ध्यानका लागि खुला ठाउँ आवश्यक हुन्छ, जुन सधैं उपलब्ध नहुन सक्छ।

३. शुरुआतीका लागि सजगता कायम राख्न कठिनाई: यो ध्यान गर्दा हिँड्न र मनलाई पूर्ण सजग राख्न गाह्रो हुन सक्छ, विशेष गरी नवप्रवेशीहरूका लागि।

चङ्क्रमण ध्यान साधारण तरिकाले वर्तमानमा रहन सिकाउने ध्यान प्रविधि हो, जसले शारीरिक र मानसिक रूपमा सन्तुलित रहन मद्दत गर्छ।