एक कप चियाको चुस्कीको अद्भुत अनुभूति
त्यो एक कप चियाको चुस्की, सतिपठान ध्यानको अभ्यासमा डुबेर जब लिइयो, त्यसले मेरो चेतनाको ढोका फराकिलो पारिदियो। चियाको कप समात्ने बित्तिकै औंलाहरूले तातोपनको अनुभूति गरे | हरेक औंलाले छुट्टाछुट्टै तरिकाले तातोपन महसुस गर्यो, कोहीले बढी, कोहीले कम। मानौं मेरो हातका पञ्चेन्द्रियहरूले आ–आफ्नो लयमा तातोपनाको अनुभव गरिरहेका थिए।

त्यो एक चियाको चुस्कीमा, मैले केवल चिया पिएको होइन, मैले चियालाई महसुस गरेको थिएँ। हरेक स्पर्श, हरेक बाफ, हरेक स्वादमा जीवनको सूक्ष्मता भेटिएको थियो। जुन चिया हिजोका दिनहरुसम्म केवल पिउने मात्रै बानी थियो, आजको दिनमा त्यो नै पूजा जस्तो लाग्यो | ध्यान गरेर सचेत भएर चिया पिउँदाको क्षण पनि कति पवित्र र गहिरो हुन्छ भन्ने जीवन्त प्रमाण सतिपठान ध्यान गरेर चिया पिउँदा अनुभव भयो | अस्तु
No comments:
Post a Comment