Grab the widget  Get Widgets

Wednesday 24 February 2016

गोबरमेन्ट

बिदेशी: अरे काठमाडौंमे कति आवर लोडसेडिङ हुन्छ ?
नेपाली: कति भन्नु खै , बत्ति गा को गइ हुन्छ |
बिदेशी: अनि पब्लिकले के भन्छ?
नेपाली: के भन्नु नि ! कति बेला बत्ति आउँछ भनेर लोडसेडिङको टेबुल हेरेर बस्छ |
बिदेशी: अनि नेपालको गोबरमेन्ट ले के गर्छ त?
नेपाली: गभरमेंट भएको भए त काम गर्छ होला | तर हाम्रो देशमा तपाइले भने जस्तै गोबरमेन्ट  भएकोले कहिले समस्या सुल्झाउने भनेर सोचेर बस्छ | काम कैले गर्ने भनेर सल्लाह मात्रै गरेर बस्छ | सहमति हुनु पर्छ भनेर भन्छ | अब सहमति हुन लाग्यो भनेर जनता छक्याएर बस्छ | त्यो सब हामीलाई पनि अब रमाइलो लाग्न थालेको छ | किन भने यो गभरमेन्ट होइन फ्यूज गाको बत्ति जस्तै लोडसेडिङको गोबरमेन्ट नै हो |
#वाक्कदिक्कहाक्कथुक्क

Monday 22 February 2016

गज्जब छ बा २ !

मेरो घरको आगनमा एक जना मानिस तहल्दै थियो । के हो ? भनेर त्यो मानिसको ध्यान आकर्षण गर्ने जमर्को गरियो ।

मेरो कम्पनीको साइन बोर्ड हेरेर त्यो मान्छेलाई दया जागेछ । बिचरा ! यस्तो कुनामा रहेको कम्पनीको प्रबर्द्धन गरिदिनु पर्‍यो । अहिले यस्तो अनिकाल परेको समयमा आफुले पनि काम पाउने आर्काको पैसामा घुम्न पनि पाउने भन्ने मनसाय आएछ ।

खास के काम गर्नु हुन्छ ? मैले सोधेँ ।

पाहुना: मार्केटिङ ।

ए ! अनि कस्तो टाइपको मार्केटिङ गर्नु हुन्छ नि?

पाहुना: म बिदेशमा रहेको University मा मार्केटिङ गर्छु।

म पनि एकदम Excited. अनि कुन University मा जानु हुन्छ त ?

पाहुना: म सबै टाइपको University मा जान्छु यो त्यो भन्ने चै छैन । Singapore, Malaysia, Thailand, South east सबै तिर मेरो चिनजान छ ।

कुनै एउटा University को नाम भन्नुस न त !

पाहुना : त्यो चै यही नै भन्ने छैन । तपाईंले टिकट दिनुस म Singapore को सबै University मा मार्केटिङ गरिदिन्छु ।

मलाई मनमनै डाको छाडेर रुने कि दात निकालेर हास्ने कि भयो। चिन्नु न जान्नु त्यो बटुवालाई मैले के भनेर टिकट दिने? किन दिने? न त्यो मनुष्यलाई मैले चिनेको, न त नाता परेको। न आमा पट्टीको न त बाउ पट्टीको। तर त्यो मान्छेको मानसिकतालाई चै मैले माने ।

मैले कत्रो कत्रो कम्पनीमा काम गर्दा त माग्न नसकेको बिदेश यात्राको टिकट, त्यो बटुवाले एक पल मै म संग माग्यो ।

गज्जब छ बा ।

Friday 19 February 2016

यमराजको बहान

पर्यटक : तिम्रो देशमा गाई गोरुलाई पूजा गर्छ । तर राङ्गोको मासु चै खान्छ । किन ?

नेपाली : राङ्गो यमराजको बहान हो । अर्थात् यमराजको गाडी हो । त्यो गाडीमा चढेर नेपाली मान्छेहरुलाई खोजी खोजी लैजान्छ । त्यो कुरा नेपालीले राम्रै संग बुझेको छ । त्यसैले त्यस्को गाडी नै काटेर खाइ दिए पछि यमराज के मा चडेर आउला ? भनेर खाइ दिएका हुन । कम्ता छन नेपालीहरु ? हामी त निक्कै बाठा छम नि यमराजलाई नै Challenge गर्ने ।
पर्यटक डङ्रङ्ग ढलेछ ।

Wednesday 10 February 2016

मागी मागी छोरोको बिहे

सर मेरो छोराको बिहेमा नआइ भएन है |

कहिले ?

यही हप्तामा |

ओहो यो हप्तामा त गाह्रो पो हुने भो त | मेरो त कार्यक्रम तय भइ सकेको छ | ल तिमीलाई बधाई छ अनि तिम्रो छोरालाई पनि |

बधाई त ठिकै छ सर | तपाई नै नआउने भएपछी चै नरमाइलो लाग्यो |

किन नरमाइलो मान्नु र ! रमाइलो गरे भइ हाल्छ नि | म नै किन चाहियो र ?

सरलाई के कुरा लुकाउने र ! रमाईलो गर्न खर्च चाहियो, खर्च गर्न सर चाहियो | खासमा कुरा के भने नि, मेरो सम्धी अलि टाढाका हुन् | अलि राम्रै बन्दोबस्त गर्छु, खर्च चै मज्जाले ल्याउनु भनेथ्यो | तर आफु संग सुको पैसा छैन | 

त्यसो भए खर्च कम गर्ने । टिका टालो गरेर सिध्याए भै हाल्छ नि । किन टन टन टेन्सन लिने ।

कहाँ हुन्छ सर ! अलि अलि भाको जाड रक्सी किन्न मै सकियो, अब बुहारीलाई अलि अलि गर गहना किन्नु पर्ने, त्यसैले सरलाई सम्झेको | सर आउन नभ्याउने भए बरु म नै आउकि ?

यसलाई चै पक्कै मागी मागी छोराको बिहे भन्न ठिकै होला कि ?

अस्तु ।

Friday 5 February 2016

पेट्रोलका कुरा

आज पेट्रोल दिने रे। लौ है दाजु छिट्टै जाम। लाइन लागम। भाइ दौडेर मोटरसाइकल लिएर पेट्रोल पम्पको लाइनमा बसे। पालो राखेको एक घण्टा पछि पो थाहा पाएछन, आज त आफ्नो पालो नै हैन रेछ। थुक्क !
हत्तपत्त दाजुलाई फोन गरेछ। ए दाजु ! आज त तपाईंको पालो पो रछ। मेरो हैन रछ। ल झत्तै आउ है! दाजु चै पालो सालो कैले आउने हैन, जैले नि लाइनमा बस्यो, रित्तै फर्कियो भाछ।

आ ...! ल ल पाउन चै पाउने नै हो भने आज आइ दिम्ला। ल! एक छिन बस्दै गर है।
आधा घण्टा पछि दाजु आइ पुग्छ।

भाइ र दाजुको भट्भटे साट्न खोज्दा पछाडि पाच पट्टीको लाइनवालाहरु कराउन आउछन। तर भाइले छाडेको ठाममा दाजु बस्ने भनेसी कुरा मिल्छ।

कुराकानी
हैन यो कुपन चै कैले दिन्छ?
खै कैले कैले। ९ बजे दिन्छ भन्ने सुन्या हो।
कति वटा दिन्छ क्यारे?
खै १००० त दिन्छ होला।
पेट्रोल कि कुपन?
१००० को पेट्रोल दिने कि १००० कुपन बाड्ने?
खोइ के खोइ के।
लाइन चै बसम क्यारे पाए लैजाम्ला नपाए फर्किम्ला।
कहाँ फर्किने कुरा गर्नु हुन्छ।
लाइन बसेसी जसरी भए नि पेट्रोल चै लानै पर्छ। झगडा गरेर भएनी, तर्साएर भएनी, थर्काएर भएनी पेट्रोल चै लानु पर्छ है। तपाईंहरु नि यत्रो दुख गरेर लाइन बसेसी तेस्सै फर्किने कुरा चै नगर्नुस है! म छु नि। मलाई सपोर्ट गर्नुस न। बाकी मैले पेट्रोल लिने काम गरि हाल्छु नि।

तीन घण्टा पछि लाइन सर्ला जस्तो गरेथ्यो, चार पाच वटा घुसपैठ भै हाल्यो।
हल्ला आयो।
आज पान सयको मात्र बाड्ने रे।
कुपन कि पेट्रोल ?
खै !
कुपन हो कि पेट्रोल हो कि। था पाए त मार्दिम!
ओहो दाइ त कस्तो बाठो, म भन्दा पछाडि हुनु हुन्थ्यो अगाडि पो आइ पुग्नु भएछ।
यस्तैमा कुपन बाड्न आयो। दाजु को भन्दा ५ जना अगाडि सम्म मात्र दियो। दाजु त हिस्स बुढी खिस्स दात भयो। नारायण भयो। आज पनि पाइएन। लौ पेट्रोल महाराज कि जय !
अस्तु।