Grab the widget  Get Widgets
Showing posts with label Stress. Show all posts
Showing posts with label Stress. Show all posts

10 August 2023

त्रिगर

यो "त्रिगर" भन्ने पनि अचम्म नै रैछ। मलाई चित्त नबुझेको बेलामा कसैले पेट दुख्यो मात्रै भन्यो भने पनि "त्रिगर" हुन्छ यार! के भा को होला? ट्रेकिङ हिंडिरहेको केटोले आफ्नो पदयात्री सहयात्रीलाई सुनायो।

सहयात्री: यो त मलाई पनि हुन्छ। कैले काहिँ, मेरा बाले यसो नगर, त्यसो गर भने पनि "त्रिगर" हुन्छ मलाई त। सायद सबैलाई हुन्छ होला चित्त बुझेन भने।

केटो: खोइ! के हो? के हो? एकै छिन रिस उठेर, साम्य भए त हुने हो। मलाई त दिनभर नै एउटा "त्रिगर" ले दिमाग खराब गर्छ यार!
अनि टाउको दुखेर हैरान नै हुन्छ। आज बिहान त्यो खाजा खाने ठाउँमा साहुनीले याँ त बार्गेन गर्न पाउन्न सार! भन्यो। मलाई त्यो साहुनीको कुरोले अहिले सम्म "त्रिगर" भैराछ। कति हेपेको होला जस्तो पो भा छ त हो! 

सहयात्री: हैट! त्यस्तो सानो सानो कुरालाई पनि "त्रिगर" मान्न थाल्यो भने त तिमीले दु:ख दिन्छौ कि क्या हो पासा? यही भीरबाट हाम्फालम कि जस्तो त हुन्न?

केटो: कस्तो ठ्याक्कै मेरो मनको कुरो भनेको पासा! मलाई अहिले नै यस्तै भैराछ। 

सहयात्री: ओहो! हेर पासा! यस्तो पहाडमा हामी घुमीरा छम। यस्तो सुन्दर प्रकृति नजीक आ छम। तिम्रो "त्रिगर" लाई यहीँ छाडेर जाम। जिन्दगीमा धेरै हेर्नु छ, अ थाहा काम गर्नु छ, मरेर समस्या समाधान हुने हैन क्यारे! मरिलानु के छ र यार? यस्तो "त्रिगर" सिगरलाई परित्याग गरेर स्वच्छ जीवन बांच्नु पर्छ, अरुको मात्रै गल्ति देखेर हुन्न नि पासा! तिम्रो कस्ले, के बिगारेको छ र "त्रिगर" हुनलाई?

केटो: हो पासा! हो! तिम्ले वास्तविक कुरा भन्यौ। तिमी संग ट्रेकिङ आएको पनि फाइदै भो। वास्तवमा मेरो घरमा कुरा बुझ्दिने मान्छे नै छैन जस्तो लाग्थ्यो, मलाई! जैले नि सान्सानो कुरामा "त्रिगर" भै रहन्थ्यो। अब मैले आफैलाई बुझ्दैछु। यो पदयात्रामा देखेका कुरा र भोगेका परिश्रमहरुले मेरो मनको बोझ हल्का हुंदैछ। अनि तिम्रो साथले झन मेरो मन चंगा भएको छ।

पदयात्राले मानसिक तनावलाई हटाउन र परिश्रम गर्न सिकाउंछ भन्ने अनुभवमा आधारित यो कथा तपाईंहरुलाई कस्तो लाग्यो कमेन्ट गर्नु होला। अस्तु।

17 May 2022

रेबिजको तनाब

मलाई १३ नम्बर खुशी र दु:ख लाग्ने दिन हो। धेरैले १३ गते अथवा १३ तारिख १३ तल्ला १३ औं कोठा १३औं घरमा बस्न डर मान्ने र केही घटना, दुर्घटना हुने भएको कथाहरु सुन्न पाइन्छ। सायद तेह्रौं दिन पनि यसरी नै राख्ने गरेको होकि। 

तर मेरो केशमा प्राय १३ गते र तारीख तिर बितेको दिनहरुमा मेरो काम जुट्ने र छुट्ने गरेको छ। यसपाली मे महिनाको १३ तारिखको दिनमा पशुपति आर्यघाटमा मलामीमा सहभागी हुन जाँदा एउटा बांदरले खम्बा चढ्ने क्रममा मेरो दायाँ हातमा टेकेर माथी चढ्ने क्रममा हातमा कोपार्‍यो। सुरुमा सामान्य देखिएको त्यो घाउबाट केहिबेर पछि रगत बग्न थाल्यो। रगत बगेको देखिसकपछि मैले स्यानीटाइजरले घाउ सफा गरें। मलामीमा सहभागी सदस्यहरुले एउटा  टिटानसको सुइ चैं लगाउ है भन्नुभयो। मैले पनि त्यो त लगाउनै पर्ला भनेर त्रि. वि. शिक्षण अस्पताल, महाराजगन्जमा गएर इमेर्जेन्सीमा जांदा, डाक्टर साबले यो टिटानस लाएर मात्रै हुंदैन भोलि बिहान एकपटक टेकु अस्पतालमा गएर सरुवा रोग विशेषज्ञ डाक्टर संग सल्लाह लिनु पर्छ भन्नू भयो। शिक्षण अस्पतालका डाक्टरलाई धन्यवाद।

रेबिजको खोप भन्ने बित्तिकै मेरो दिमागमा अनेक कुराहरू खेल्न थाल्यो। हालसालै मात्रै मैले चिनेको एकजना मान्छेले गरेको लापरबाही र उसका अन्तिम दिनहरुमा गरेका भएको घटनाको परिदृश्य सिनेमा झैँ फ्लासब्याक भयो। अस्पतालबाट घर सम्म आइपुग्दा मानौं म रेबिजको बिरामी भएर कुकुर जस्तै व्यबहार भएको कल्पनाले तनावग्रस्त भएँ। घरमा आएर खाना समेत बाहिरै बसेर खाएँ। राती निद्रा लाग्न गार्‍हो भयो। टेकु अस्पतालले राती फोन उठाएको भए सायद मेरो तनाब कम हुन्थ्यो कि? तर फोन उठेन। भोलिपल्ट बिहान विभिन्न अस्पतालमा फोन गर्दा पहिलो डोज टेकु अस्पतालमा नै लगाउँदा बेस हुने थाहा पाइयो।
इमर्जेन्सीमा गएर रु. १७०/- को टिकट काटेर रेबिज विशेषज्ञ डाक्टर संग परामर्श गर्दा मैले डाक्टर साब, बांदरले खोस्रेको मात्रै हो, रेबिजको खोप नै लाउन पर्छ र? भनेर सोधेको त गज्जबको जवाफ दिनु भयो, बांदरले कहिले हात धोएको देख्नु भएछ? त्यो हात, कैले मुखमा, कैले छालामा, कैले कता, कहिले त्यता लाने भएकोले फोहोरले इन्फेक्सन हुने चान्स धेरै हुन्छ, अहिले सम्म बांदरबाट रेबिज लागेको केश हामी संग छैन, तर रिस्क नलिनुस मजाले खोप लिएर जानुस भन्नु भए पछि ढुक्क भएर पहिलो डोज लगाए पछि बल्ल मेरो तनाव कम भयो। एक हप्तामा ३ डोज लगाउन पर्छ भन्नु भएको छ, आज दोश्रो डोज लगाइयो। 

त्यसैले यसपालिको १३ तारिख मेरो लागि अशुभ भयो। तर मेरो विचारमा यो सबै संयोग मात्रै हो। अस्तु।

05 June 2020

कोरोनाको डरले सिर्जना भएको उदासिनता

आजकाल मलाई अति डर लाग्छ। समाचार सुन्दा पनि रिस उठ्छ। सामाजिक संजालमा आएको झुठो सांचो समाचार पढ्दा पनि चित्त दुख्छ। दुखभरी गीत सुनेर आँसु आउँछ। दुर्घटनाको समाचार सुन्दा यो मन बहकिन्छ। बोल्न पनि मन लाग्दैन। एकै ठाउँमा पनि बस्न मन लाग्दैन। मनोचिकित्सकको कुरा सुन्दा अलि सहज हुन्छ। 

घर परिवार, साथीहरू संग कुरा गर्दा मलाई गिज्याए जस्तो हुन्छ। यो किन गरेको ? भनेर सामान्य प्रश्न सोधे भने नि जिरिङ रीस उठ्छ। हुंदा हुंदा, मोबाइल र टेलिफोनको घण्टी बज्दा पनि यो मन भारी हुन्छ। कोरोना लागेको छ भनेर दुखद समाचार आउने हो कि? भनेर। धेरै संका लाग्छ। मेरो बारेमा कसैले जासुसी गरेको छ कि भनेर।

कसैले काम अर्‍हाए भने त ठ्याक्कै उल्टो काम गरुम या वास्ता नै नगरुम जस्तो लाग्छ। कसैले बोल्यो भने जिब्रो थुत्दिम जस्तो लाग्छ।म तिर हेरेर अरु कसै संग कुरा गरेको देख्दा मेरै कुरा काटेर बसेको जस्तो लाग्छ। अनि झन रिस उठ्छ। 

डाक्टर साहेब ! मलाई के भएको हो। तपाईं संग मैले यति भने। अरुलाई हो भने त अहिले सम्म भुत्ल्याइ सक्थें होला। तपाईंले मेरो कुरो सुन्नु भयो। तर अरुले मेरो कुरो नै सुन्दैन र बुझ्दैन पनि, के गर्ने ? यस्तो जीन्दगी कसरी बांच्ने? 

आफ्नो परिवारमा यस्तो व्यवहार देख्नु भएमा मनोचिकित्सक संग सल्लाह लिएर, मनमा आएका कुराहरु शेयर गर्न सघाउनु पर्छ। अहिले कोरोनाको संक्रमणले गर्दा एकान्तबासमा बस्नु पर्दा र दिनभरी कोरोनाको समाचार सुन्दा सुन्दा संसारभर मानसिक बिरामीको समस्या बढेकोछ।

(नोट: एक जना बिरामीले मनोचिकित्सक संग गरेको बार्तालापमा आधारित कथा हो कसै संग मिल्न गए संयोग मात्रै हुनेछ)


11 April 2019

चिन्ता

एक जनाले भन्यो । नाम उल्लेख नगर तर मैले भोगेको कुरो अरुले पनि भोगेकै होला ।

बिहान देखि कमाउ धन्दा चलाएर दुई छाक जसो तसो खाने गरेकै हो। परिवार भए पछि त्यस्को पनि जिम्मेवारी लिनै पर्‍यो।

काम नहुंदा काम छैन, दाम छैन भन्ने चिन्ता,
कर्मचारी हुँदा हाकिमले हकार्ने चिन्ता,
हाकिम हुँदा कनिष्ठ कर्मचारीहरुले अटेर गर्दाको चिन्ता,
जागिर छाड्यो, खानेको चिन्ता,
आफ्नै काम गर्‍यो, कर तिर्न चिन्ता,
भाडामा दियो, पैसा समयमै नदेला भन्ने चिन्ता,
आफै भाडामा बस्दा साहुजीको भनाई को चिन्ता,
हावा जहाजमा उड्यो, खस्ला भन्ने चिन्ता,
गाडीमा हिंड्यो, दुर्घटनाको चिन्ता,
भोकै बस्यो, ग्यास्ट्रीकको चिन्ता,
बेस्सरी खायो, अपचको चिन्ता,

वास्तवमा यो सब मन गढन्ते चिन्ता पो रहेछ,
मनो चिकित्सक भेटेर कुरो गरेसी पो थाहा भयो,
यो सब बेकार को चिन्ता।

चिन्ताले चितामा लान्छ भनेको यस्तो पो रहेछ।
#चेतनाभया

30 March 2017

Stress

Why do you get stress?
I think, no body wants stress, but it comes automatically. Dr. says do not take stress, stay stress free. Easy for him to say. But very difficult for us to stay away from stress. I think you do agree with me. Aren't you ?

We get headache, nausea, allergy, high blood pressure, and list goes on and on. Lots of diseases, we get from stress, Dr. says.

So, we are aware that we shouldn't take stress, but it happens.

Why ?
May be because of friends and family surrounding.
May be, of your relationship.
May be your profession.
May be your business.
May be your habit.
May be work alcoholic.
May be work load.
May be no work load.
May be working hour.
May be working environment.
May be cyber addiction.
May be drug addiction.
May be taking high risk.
May be not taking any risk.
May be your salary.
May be your property.
May be less sleeping.
May be over sleeping.
May be no exercise.
May be over exercise.
List goes on.

How to get rid of STRESS?
Find out why do you get stress and try to get action against it.

Some tips for Stress Management are as follows:
Meditation.
Yoga.
Mild exercise.
Involve in gardening.
Go for biking.
Go for walking.
Go for holiday.
Go for long drive.

Then only you can stay free from stress. 

Always think positive, be positive. 

Stay free of hustle & bustle..