Grab the widget  Get Widgets

Monday 29 July 2019

अङ्ग्रेजी

एक दिन मेरा हाकिमले बडो गर्भका साथ भन्नु भयो: सुन्यौ बिनय ! त्यो केटाले गज्जबको अङ्ग्रेजी बोल्दो रहेछ नि ! पूरा बेलायती टोनमा ! कस्तो राम्रो !

अनि के बोलेछ त सर त्यो केटाले ?

अङ्ग्रेजी नि !

अङ्ग्रेजी त बुझें, मैले तर बोल्यो के त?

खोइ कुन्नी ? के बोलेको त्यो त मैले बुझिन । तर अङ्ग्रेजी त चैं गज्जब नै बोल्यो ।

#मेरिबास्सै #तेस्काबाजे #गज्जब

Saturday 27 July 2019

फलो गर्ने बटन थप गरिएको बारे

नमस्कार ब्लग पाठकज्यूहरू !

मेरो ब्लग पढ्न रुचाउनु हुने पाठकहरुलाई यो ब्लगको बायाँ तिर मैले एउटा फलो बटन थप गरेको छु | कृपया क्लिक गरेर फलो गर्नु हुन अनुरोध छ | साथै मेरो ब्लग इमेलबाट र सोझै ब्लगबाट पनि Subscribe गर्न मिल्छ भन्ने जानकारी दिन चाहन्छु | प्रबिधीको प्रयोग गरेर तपाइँहरु समक्ष नियमित रुपमा नयाँ नयाँ ब्लगहरु प्रस्तुत गर्ने जमर्को गरेको छु | यहाँहरुको साथ र समर्थन आगामी दिनहरुमा पनि रही रहने आशा गरेको छु |

विनय शाक्य 

Thursday 25 July 2019

समाबेशी

एउटा झुण्डमा चन्द मुन्दहरुको भेला भएको ठाममा समाबेशीको कुरो चलेछ। तीन पार्टीका चुच्चेहरु मध्ये एक जनाले हुललाई उक्साएर झगडा गरेझैं गरेछ। यसै बीच थेप्चे, नेप्टेहरु एक आपसमा हात हालाहाल गरेछ्न। बडा कच् कच् भए पछी सबै पार्टीका चुच्चेहरु मिलेर समाबेशी पार्टि समिति गठन गर्ने भनेछन । सबैजनाले सहमत पनि गरेछ्न । तीनै जना चुच्चेहरुले तीनै पार्टीको नेतृत्व लिने गरी तीन पार्टी समाबेश भएछन । ती सबैलाई त्यहाँ उपस्थित नेप्टे र थेप्चेहरुले जोडदार ताली बजाएछन ।

ती नेप्टे र थेप्चेहरुले ती चलाख चुच्चेहरुको न ताल बुझेछन न कुनै राजनैतिक चाल बुझेछन । तर सबैजना दङ्ग परेछन । यस्तो लाई नि समाबेशी भन्दा रहेछन यो देशमा । त्यो दृश्य देखेर यो पंक्तिकारलाई दिक्क लाग्यो । अस्तु|
#वाक्कदिक्कहाक्कथुक्क

Saturday 6 July 2019

पैसा बचाउने उपाय रे

धेरै बर्ष पछि भेट भएका एक जना अवकाश प्राप्त सरले भन्नु भयो: के छ हाल खबर? अहिले कता तिर हो?
मैले भने: यस्सो बिहान बिहान कलेज पढाउँछु, दिउँसो यस्तै संघ संस्थामा आफुले जानेको कुराहरु शेयर गर्ने गर्छु सर ।
सर: भनेसी कमाई राम्रै छ ! अहिले ३०-४० हजार जति त भेट्छ होला नि !
मैले नि सहज भएर भने: ऊमं ! खान पुग्छ सर !
सर: मैले देख्दा तिमीले खासै कमाउन चैं सकेनौ बाबु ! खोई तेत्रो पैसा कमाउँदा नि केहि गरेका देख्दिन त ।
मैले भने: त्यस्तो खासै गर्न सकिएन सर तपाइंले जस्तो |
सर: अलिकति पैसा मलाई सापट देउ न त, तिम्रो कमाई त राम्रै छ जस्तो लाग्छ ।
मैले भने : तपाइंले अनुमान गर्नु भएकै छ नि त । मैले कति कमायो भनेर । अनि मैले नकमाए नि तपाईंलाई अप्ठेरो त परेको छैन नि !
सर: त्यस्तो त होइन, तिमीले कमाएर पनि बचाउन सकेन । मलाई अलि सापट दियो भने मेरो काम पनि टर्ने तिम्रो पैसा नि बच्ने उपाय छ भनेर भनेको नि ।
मैले भने: त्यसो भए मैले के गर्नु प-यो त ?
सर: त्यस्तै पान दश लाख देउ न! तिम्रो पैसा पान दश बर्षमा जस्ताको तस्तै फर्काइ दिम्ला । तिमीले सबै खर्च गरेरै सिध्याउँछौ रहेछ । तिम्रो पैसा नि बच्ने मेरो काम नि टर्ने ।
म एकछिन त्वां परें: त्यत्रो पैसा तपाईंलाई किन चाहियो र यो बुढेसकालमा ?
सर: यस्सो जग्गा सग्गा किनेर राख्ने नि अनि बेचेर तिम्रो पैसा फर्काउने । तिम्रो पैसा नि फिर्ता मेरो जग्गा को इच्छा नि पूरा हुने, साँप पनि मर्ने लठ्ठी पनि नभाँच्ने उपाय भनेको नि ।
मैले भने: मलाई के फाइदा त ?
सर: तिम्रो पैसा मैले चलाए पनि जस्ताको तस्तै सग्लै फिर्ता । कमसे कम तिमीले खर्च गर्न त पाएन नि ! तिम्रो पैसा पनि  बच्यो । मेरो जग्गा किन्ने रहर नि पूरा हुने ।
मलाई के कुन्नि ले टोकेको छ कि क्या हो? त्यो अवकाश प्राप्त बुढोलाई पैसा राख्न दिन। न आमा पट्टीको न बाउ पट्टिको । न त त्यसरी नै पैसा बचाउनु छ। धन्य ! अवकाश प्राप्त सरको बुद्धि । अनि मेरो अनुहार ! अस्तु ।
#गज्जब छ बा !