Grab the widget  Get Widgets
Showing posts with label CSR. Show all posts
Showing posts with label CSR. Show all posts

19 December 2013

ब्यबसायिक सामाजिक उत्तरदायित्व (Corporate Social Responsibility)

निजी कम्पनीहरुले समाजबाट कमाएको रकमलाई समाजकै उत्थानको लागि लगानी गरी ब्यबसायिक उत्तरदायित्व निर्वाह गर्ने चलन बढ्दै आएको छ | समाजमा नाम पनि रहने दाम पनि कमाउने हुनुको साथै आफ्नो ब्यबसायको इज्जत पनि बढेर ब्यबसाय प्रबर्धन हुने राम्रो उपकरणको रुपमा प्रयोग आजकाल सामजिक उत्तरदायित्व प्रति ब्यबसायीहरुको ध्यान गएको छ, जुन समाजको लागि राम्रो उपलब्धि हो भन्नमा अतिसयोक्ति नहोला |

रक्तदान, आँखा दान, मोतिविन्दुको सल्यक्रिया, स्वास्थ्य शिबिर, बिजुली, पानी, बाटो, बिध्यालय भवन, पुस्तकालय,  सौचालय, बादिपीडित, प्राकृतिक प्रकोपमा परेकाहरुको उद्धार, अनाथ, बृद्ध आश्रम, चेलीबेटी बेचबिखनमा परेका महिलाहरुको उद्धार गरेका प्रसस्त उदाहरण भेटिन्छन | कृषिमा लगानी, शीपमूलक तालिममा पनि लगानी गरेर समाजप्रतिको उत्तरदायित्व निर्वाह गरेको भेटिन्छ |

यसै सन्दर्भमा एकपटक ट्राफिक प्रहरीलाई यती एअरलाइन्सले १०० वटा ट्राफिक ज्याकेट उपलब्ध गराएको थियो । सुरुमा यो प्रहरीलाई ज्याकेट दिएर कम्पनीलाई के फाइदा हुन्छ र भन्ने एक समूह भेटियो । कसै कसैले प्रहरीलाई किन्यो पनि भन्यो । कतिले कम्पनीको हावा फुस्क्यो । पैसा बढी भयो भन्यो । कतिले कुन चाहिंले मज्जाले  कमिसन बजायो पनि  भन्यो । भन्नेको मुख टाल्न सकिएन । 

जब ट्राफिक प्रहरीले चट्ट यती एअरलाइन्सको लोगो सहितको ज्याकेट लगाएर ट्राफिक पोस्टमा देखा पर्यो, कत्तिले यतीले ट्राफिक चोक चोकमा आफ्नै ट्राफिक राख्न थालेछ भन्यो । कतिले ओहो यस्तो फोकटको प्रचार प्रसार भन्यो । अनि बल्ल थाहा पायो यो त बडा गज्जबको सामाजिक उत्तर दायित्व रहेछ । त्यस पछि यो विज्ञापनको सिको गर्दै थुप्रै कम्पनिहरुले ट्राफिकलाई ज्याकेट नै सहयोग गरे । 

मलाई गज्जब लाग्छ हाम्रो मानसिकता देखेर । एउटाले जे गर्यो त्यहि कुरा आर्कोले तुरुन्त गर्न पर्ने । नया कुरा गरे पनि हुन्थ्यो । केही महिना सकेर गरेको भए पनि सबैको उत्तिकै प्रबर्धन हुन्थ्यो होला। तर त्यस्तो सहयोग बाढि पहिरो जस्तै आयो गयो । त्यहि ज्याकेटमा कत्तिले कमिसन पनि बजायो।

खैर, सामाजिक उत्तरदायित्वको काम गर्दा कम्पनीलाई फाइदा त पक्का नै हुन्छ। अस्तु ।