Grab the widget  Get Widgets

Monday 9 May 2022

जस बहादुर

नाम चै जस बहादुर रे उसको! तर कहिले पनि जस पाएको देख्दिन भन्छन उस्का छिमेकी हस बहादुर। हस बहादुरलाई गाउंलेहरु हसे भन्छ्न र जस बहादुरलाई गाउंलेहरु जसे भन्छ्न। यीनीहरु दुबै लंगुटिया यार हुन त्यो गाउँको। ऊनीहरुको यो जिन्दगीभरको सम्बन्धलाई देखेर कतिले त ईर्ष्या पनि गर्छ। साथी होस त हसे र जसे जस्तो। गाउंलेहरुको मन जितेका छन दुबैले। हरेक काम कुरामा सघाएका पनि छ्न। कतिले त्यो हसे त काम नै लाग्दैन हस चाहिँ भन्छ काम चाहिँ गर्दिन्न पनि भन्छन। कतिले जसेलाई जतिसुकै कामलाए पनि जस दिंदैनन। तर दुबैले कसैको मन दुखाउने काम चैं जानी जानी गर्दैनन। यो कुरो गाउंले सबैलाई थाहा छ।

हस बहादुरले नाईं भन्न जानेन, जस्तोसुकै काम लाए पनि हस भन्दिहाल्ने। काम हुन्छ हुन्न थाहा हुन्न हसेलाई। त्यस्तै जसेलाई कामफत्ते भएर पनि कसैले जस देला भन्ने आशा पनि छैन। किनभने जसलिने मान्छे हजार हुन्छ्न। तिनीहरुको पछि लाग्ने मन छैन जस बहादुरलाई।


No comments:

Post a Comment