Showing posts with label Satire. Show all posts
Showing posts with label Satire. Show all posts
05 December 2025
25 February 2025
शक्तिशाली मदारी
लघुकथा: शक्तिशाली मदारी
विनय शाक्य, कपन मार्ग, महाराजगञ्ज, काठमाडौँ |
गज्जब छ बा! त्यो शक्तिशाली मदारीले संसारभरका बांदरहरुलाई नचाउंदै शक्ति संचय गरिराखेको रहेछ। अस्ति त्यो मदारीलाई के झोंक चलेछ, सबै बांदर र बांदरका नाईकेहरुलाई एकै पटक लखेटेर आ-आफ्नो जंगलमा जा भनेर दानापानी बन्द गरेर बाटा बाटोमै नै छाडिदिएछ।
हाम्रा तिर पनि त्यै बांदरको जमातहरु आका रछन्। हाम्रो तिरको जंगलाँ आ का ती बांदरहरु त्यो मदारीले दिएको दानापानी खाएर आफ्नो अस्तित्व बनाई राखेका रछन्। अइले आफ्नो अस्तित्व नै हराइसकेकोले हाम्रो खेतबारीमा जे भेट्यो, त्यै टिप्ने, झम्टिने गर्न लाएका रछन्। गाउंलेहरुले त्यस्ता बांदरलाई गुलेली हानेर धपाउने काम सुरु गरिसकेछन्। बिचरा पनि भन्न मन नलाग्ने! कति बांदरहरु त अहिले झोंक्राएर बोल्न पनि सकिरा छैनन्।
बोल्न पनि के बोल्नु? जे सिकायो, त्यै बोलिरा बानी ! अब त झन त्यो मदारीले नै बाटोमा नै छोडेर गए पछि कस्को बाउको के लाग्छ र? अनि कस्को पछि लाग्नु? त्यो मदारीको पछि पछि लाग्यो भने त लात्ताले हान्दिई हाल्छ, घिच्नु घिचाए, अघाउन्जेल घिचाउंछु भनेथे, त्यै भएर आफ्नो बानी बिग्रीसकेको छ भन्दै एउटा बांदरले आर्को सित गुनासो गर्दै रछ।
अनि बांदरे बानी अनुसार अहिले सम्म आफुले नि घर नबनाउने, अरुलाई नि घर बनाउन दिन्नौं भन्दै, बनिरा घर पनि बिगार्दै हिंडिराथे। अहिले फ्याट्ट फ्यांकिदिए, बाटा मैं। हेर त बिजोग! संधै दानापानी दिएर, घिच भनेसी मात्रै घिचिरा बांदरहरु अइले घिच्! भन्ने आदेश नै नपाएसी क्यार्छन्? अनि घिच्न दानापानी पनि त हुन परो नि! घिचेको कुरो नपच्दो र छ। बाबै! टाउकोमा हात राखेर एउटो बांदरले भन्दै रछ।
अब गाउंलेहरु पनि बुझ्न थाले, यी बांदरहरुले लोकल भएर पनि किन बुरुक बुरुक गरिराथे? भनेको त त्यो मदारीले पालेका पो रहेछन्! त्यै भएर मदारीले जे भन्यो, त्यै गर्थे रै छन् ।
हाम्रो गाउँमा छिमेकी देशको मदारीले बांदर नचाएको हेरेर रमाउने मान्छेहरु पनि थिए। अहिले सबै भेंडा भैसकेका रछन्। कुरो बुझियो।
अनि उहिले त कुन्निके बिस्तारबाद मुर्दाबाद भनेर देखावटी चिच्याएर हिंड्थे, भाषण गरेर हिंड्थे, अनि त्यो भेंडाहरुको जमातलाई उक्साएर मोज गरिराथे, अहिले कुन्नीके पुछेर फालेको ढुंगा जस्तो भो जिन्दगी भनेर एउटा बांदरले आर्को बांदरलाई भनिराछन्। अस्तु।
10 April 2023
त्यो नेता मरेको दिन!
त्यो नेता मरेको दिन!
त्यस्को परिवारले के गर्लान?
हिंजो सम्म त ठिकै थियो, आज यस्तो भयो।
त्यसलाई चिन्नेहरुले के भन्लान?
अस्ति मात्रै भेटेको थिएं, सामान्य नै थियो, आज यस्तो सुन्न पर्यो।
त्यस्को इस्टमित्रले के भन्लान?
मान्छे त ठिक ठाक नै थियो, के भएर मरेछ?
आउरे बाउरेहरुले के भन्लान?
बरु पैसा चैं कता कता मात्रै राखेका होलान हगि?
पैसा चलाउने बेपारीहरुले के भन्लान?
चर्को ब्याज तिरिय्याथ्यो अब सांवा चैं चट पार्न पाईय्यो। फाइदा नै भो।
घुस ख्वाएकाहरुले के भन्लान?
त्यो त डांका नै हो नि! मेरो फाइल सदर गर्न ... लाख/ करोड लियो बज्जियाले। के गर्नु नत्र पर्मिट नै पाइंदैन्थ्यो। मरेछ, ठिकै भएछ।
त्यसलाई मन नपराउनेहरुले चैं यस्तो भनिरहेका थिए।
साला, खुब जान्ने सुन्ने भनाउंदा हुन, मरेको ठिकै भो। बल्ल अब हाम्रो पालो आउने भो!
यो मेरो समाज हो, यहाँ यस्तै त हो नि ब्रो!
08 April 2023
हामी जस्तै भो नि ब्रो!
आज बिहानै पशुपति घुम्न जांदा एक जना बांदर दौडेर आएर भन्यो, के छ ब्रो! आजकाल यतातिर आंउदैनौ कि क्या हो? देख्दिन त!
मान्छेले भन्यो: के गर्ने ब्रो! आजकाल मन्दी चलेको छ, दिमाग खराब भै रहन्छ, बिहान, बेलुकी, सांझ पैसा छिट्टै फर्काउ, ब्याज ले र आ भनेर फोन आ को आई हुन्छ। अनि कतै जान पनि मन लाग्दैन, फोन उठाउन पनि मन लाग्दैन। पसलमा बस्यो, ग्राहक आउंदैन, महिना कट्यो, घरबेटी बा आउनु हुन्छ। सुक्को आम्दानी छैन, पसलको भाडा तिर्न सकेको छैन। अनि क्यार्नु र ब्रो!
बांदर: हुन त हो ब्रो! आजकाल यतातिर आउने मान्छेहरु पनि तिमी जस्तै मन्दी ले मन मरेकाहरुको संख्या बढ्दै गएको देख्छु। अनि हाम्लाई देख्ने बित्तिकै आँखा तरेर हिंद्छन। पहिले पहिले त खानेकुरा ल्याइ दिन्थ्यो, आजकाल आफै खाएर बांकी रहेको बोक्राहरु मात्रै फ्यांकेर दिन्छ्न। त्यै पनि हाम्ले लुछाचुंडी गरेर पेट भर्छम।
बांदर: खैर! त्यस्ता कुरा छाडम, मैले देखेको तिम्रो देश अब हाम्ले चलाउन पर्ला जस्तो भै सक्यो ब्रो! हाम्रो बानी र नीति, तिम्रो सर्खारले लिएको जस्तो देख्छु।
मान्छे: त्यस्तो कुरा नगर न ब्रो! के बोलेको? हं?
बांदर: हेर ब्रो! तिम्रो सर्खार र हाम्रो बानी एउटै छ। हाम्ले न आफ्नो घर बनाम्छ्म, न आर्काको घर बनाम्न दिन्छ्म। त्यस्तै त छ, तिम्रो सर्खार! होइन र ब्रो? न आफ्नो पार्टी बनाम्छ, न आर्काको पार्टी, न देश, न राष्ट्र बनाम्छ। यस्ता निकम्मा र हामीमा के नै फरक छ र? हामी जस्तै त भो नि ब्रो! हाम्लाई तलब भत्ता पनि चाहिन्न, पेन्सन पनि चाहिन्न। तिम्रो देशको आर्थिक बिकासमा हाम्ले सहयोग पुर्याउन सक्छ्म ब्रो।
(झल्यांस्स बिउँझेको त खाटमा नै रहेछु। मेरा भगवान! ) अस्तु।
02 July 2021
म मनको राजा
तैंले भनेको म गर्दिन
तैंंले भनेको म सुन्दिन
तैंले भनेको म मान्दिन
तैंले गरेको म हेर्दिन
म यो देशैको ठूलो मान्छे
तं हिंजोको भुतप्रेत
म आजको बर्तमान
भोलि कस्ले देखेको छ र?
मैले सोचेर बस्न भ्याउँदिन।
म जे गर्छु ठिक गर्छु
मेरो लागि गर्छु
म भनेको देश हो
म भनेको राष्ट्र हो
म भनेको संसद हो
म भनेको कार्यपालिका हो
म भनेको न्यायालय हो
म भनेको सर्बेसर्बा हो
त्यसैले तं नकरा!
तेरो केही हुने वाला छैन
म भनेको स्वघोषित राजा हो
मान्ने नमान्ने तेरो अधिकार हो।
तं
तंलाई मैले के भन्ने?
राजा?
राजकुमार?
राक्षस?
डंकिनी?
कुकुर?
गधा?
भात्ते?
चोर?
डाँका?
अलक्षीना?
पागल?
बौलाहा?
नेता?
कै भन्न मन लाग्दैन!
तेरो बुद्धि भएपो?
तं मान्छे भएपो?
तं मा सम्बेदना भएपो?
तंइले मेरो कुरो बुझे पो?
तंलाई तं भन्ने!
28 May 2021
06 May 2020
16 January 2019
Subscribe to:
Posts (Atom)
