Grab the widget  Get Widgets

Sunday 27 November 2022

असिद्धी मान्छे म

आजकाल म असिद्धी भएको छु। 
बिहान उठ्न मन लाग्दैन। 
उठे पछि च्या पिउन मन लाग्दैन। 
नास्ता पनि अरुले नै बनाई दिए हुन्छ जस्तो लाग्छ।
खाने बेलामा टुप्लुक्क पुग्न पाए जस्तो लाग्छ। 
आजकाल म असिद्धी भएको छु। 

काममा जान मन लाग्दैन। 
काम सबै अरुले नै गर्दिए हुन्छ जस्तो लाग्छ।
तलब पनि घरै ल्याइदे हुन्थ्यो जस्तो लाग्छ। 
महिनामा दुई पटक तलब ल्याई दिए हुन्छ जस्तो लाग्छ।
आजकाल म असिद्धी भएको छु। 

यो जाडोमा पानी छुन मन लाग्दैन।
आफ्नै अनुहार पनि,
आफ्नो सट्टा अरुले नै धोई दिए हुन्छ जस्तो लाग्छ। 
नुहाउने त परै जाओस, 
कतै बाहिर गएर आउँदा,
हात गोडा पनि अरुले नै धोइ दियोस झैं लाग्छ। 
आजकाल म असिद्धी भएको छु।