Grab the widget  Get Widgets

Saturday 24 September 2022

नजान्ने मान्छे!

उहिले पदयात्रा बाट फर्कंदा बुढी दंग परेर स्वागत गर्थी । बेलैमा घर आयो भनेर दंग पर्थी । आजकालको जमाना के भाको कुन्नी ! ए! बूढो पनि समय अनुसार चल्नु पर्‍यो भन्छे ! तर जे गरे नि उल्टो उल्टो मात्रै गर्छ ! असिद्धी मोरो ! भनेर पनि भन्छे।

बुढोले बुढिलाई ट्रेकिङबाट केही सामान ल्याइ दियो भने बुढीले बाढी पैर्‍हो नै गए जस्तो गरेर कराएर धुमधाम गर्छ, त्यो त नल्याएको भए हुन्थ्यो भन्छ । ल्याएन भने त्यति त आफ्नै बुध्दिले ल्याइ देको भए पनि त हुन्थ्यो नि भन्छ ।

कहिलेको एक पटक बाबाले पुजा गरेको फोटो खिच्यो भने, फोटो सोटो खिच्नु पर्दैन भन्नु हुन्छ, जे पनि फेसबुकाँ राखेर के पर्चार पर्सार गर्नु पर्ने ? जे पनि हल्ला गर्नु पर्ने ? भन्नुहुन्छ । उता बाबाको साथीहरूले तिमीहरुले तिम्रा बा आमाको फोटो खिचेर राख न हाम्लाई पनि हेर्न मनलाछ नि हउ ! भन्नु हुन्छ । त्यति त गर्न हुन्छ नि भन्नुहुन्छ । 
फोटो नराखे, हाम्री आमाले क्यामेरा हात हातमा भएर के गर्ने ? हाम्ले त फोटो सोटो खिच्न जान्दैन क्यारे भन्नुहुन्छ। जान्नेहरुले खिचेर राख्देको भए हुन्छ क्यारे भन्नुहुन्छ । खिचेर राख्यो भने कति पर्चार गर्नु पर्ने भन्नु हुन्छ । आ..! राख्दिन भन्यो भने, हाम्लाई राख्न आउंदैन क्यारे, जान्नेहरुले राख्देको भए हुन्थ्यो क्यारे, भन्नुहुन्छ। बेलैमा फोटो राखे, जे पनि तुरुन्तै राख्नु पर्ने यिनीहरूलाई कति देखाउन पर्ने भ्वास्सीहरु भन्नुहुन्छ । 

खोइ आजकाल के भाको कुन्नी ! धेरै जानेर पनि नजान्ने भाको छु यो मान्छे ! अस्तु !

Friday 23 September 2022

बाउ होस त यस्तो!

म लाहुरे होइन, पदयात्रा पर्यटनको कर्मचारी हो। मेरो काम देखेर छिमेकीहरु दंग पर्छन्। कति रमाउंछन, कति अचम्म मान्छन्। मेरो काम कति कठिन छ, भन्ने अनुमान लगाउन नसक्नेहरु चैं मैले पैसा भेट्टाएर ल्याउंछ कि जस्तो ठान्छ्न। कसैले कुइरेलाई ठगेर ल्यायो होला पनि भन्न भ्याउंछन। के गर्ने? आफ्नो काम आफैलाई!

तर मेरो लवाई खवाई देखेर ईर्ष्या गर्नेहरुको पनि कमी छैन। मेरो काम बारे थाहा नहुनेहरुले सोध्छन् , घुमेर पनि पैसा आउने हे हे! कस्तो काम होला? हगी! अचम्म! हामी जति घुमे पनि पैसा आउंदैन, बरु उल्टो खर्च पो हुन्छ, वहाँ दाइचाको त कति आनन्द! घुमेर पैसा कमाउंछ। छिमेकी दिदीले सुनाउनु हुन्छ।

ए दाइचा! मेरो बुरोलाई पनि टिम जस्तै घुमेर पैसा कमाउने काममा लाई देउन! यो पसलाँ बसेर दिन भरी टाकन टुकन गरेर २०००/- रुप्पे कमाउँछ, सामान भाउ बेसा सबै मंगो भै सक्यो, काट्कुट गरेर पान सय पनि बच्दैन अनि के खाने? के लाउने? तै पनि भोज खान छुटाउनै भेन।

मेरो कमाईलाई के कमाई भन्ने खोइ? तर दुईछाक खान लाउन पुगेकै छ, छोराले मोटरसाइकल किनेर, कलेज गाकै छ, पेट्रोल बरु मांगो भेछ। आजकाल बरी बरी खर्च निस्किरा छ, केटो कलेज गैरानै छ त होला नि! कतै कलेज भनेर अन्तै अन्तै घुम्न पो गा छ कि? शंका गर्न हुन्न भन्छ्न। खर्च अलि बरी बरी नै आएकोले सोध्न मिल्छ कि? न रिसाउने पोन्हो कि? अलि संकाहा छ छोरा? डर लाग्छ, आजकालका केटाहरु संग बोल्न पनि नहुने!
ए बा! अब शनिबार घुम्न जानु पर्छ है, संधै तिमी घुमेर पैसा कमाउंथ्यो, यसपाली खर्च गर्न सुन्दरीजलमा क्यान्योनिङ गर्न जाम है। ओ हो! जाम जाम! बाउ छोरा साहसिक खेल खेलम। 
बाउ होस त यस्तो! अस्तु!