बिहे पछि अनेक समस्या आउँदा तं त छोरो मान्छे, छोरो मान्छे कैले पनि रुनु हुन्न! जे जस्तो परिस्थिति संग पनि भिड्न तयार हुन पर्छ। भन्दिने। हाम्रो सामाजिक परिवेश हेर्दा तंलाई अनेक मान्छेहरुले सित्तैमा सरसल्लाह दिने छन्।
तैंले श्रीमतीको कुरो सुन्यो जोइटिंग्रे भन्ने नातेदारहरुको लर्को नै आउँछ, आमाको पक्ष लियो, ए! यो त हुत्तिहारा नै हो नि! आफुले केहि गर्न सक्ने होइन, जहिले पनि आमा बाउको कुरा मात्रै सुन्ने त हो नि! बिचरा बुहारीले दु:ख पाउने भइ! भनेर कुरा काट्न बसेका आन्टीहरुको लाईन।
काम गर्न गयो, घरमा तेरो श्रीमतीलाई समय दिनु पर्दैन, आर्को संग सल्केला नि भन्दीहाल्ने। घरमा बस्यो, निकम्मा, यस्तो काम साम नगर्ने भन्ने थाहा पाएको भए, खुरुक्क त्यो लाहुरे संग पोइला गएको भए हुन्थ्यो भन्न भ्याउने। अफिसमा गयो, सेक्रेटरी संग सल्किन पाएछी घरकी किन चाहियो र? भन्दिने। ट्रेकिङ हिंड्यो, आफू मात्रै गयो, रमायो बस्यो, आर्काको के मतलब भन्दिने। समाज सेवामा लाग्यो, समाजको मात्रै सेवा गरेर बस, घरको काम धन्दा कस्ले गर्दिन्छ? कुन्नी! भन्दिने।
तरवारको धारमा बसेको मान्छेलाई दुबै पक्षबाट मानसिक तनाब हुंदा पनि रुन हुन्न, आखिरमा छोरो मान्छे त रह्यो। छोरो भएर नि रुन्छ?
म के गरुम! सरकार! कस्लाई भनुम? कस्को कुरा सुनुम? को कस्लाई जवाफ फर्काम? यो मेरो समाजमा आफ्नो घरको भन्दा आर्काको घरमा चियो चर्चो गरेर समाजलाई बिषाक्त पार्ने मानब परजीबीहरुको बुद्धि चांडै पलाओस। अस्तु!
No comments:
Post a Comment