Grab the widget  Get Widgets

08 February 2023

डाक्टर साब ! इज हि अलाईभ?

डाक्टर: हामीले धेरै कोशिश गरेका हौं। खुट्टाका नशा नशा छानेर मुटुको शल्यक्रिया गरेका हौं। दायाँ खुट्टामा रहेको नशामा चुना जमेकोले बायाँ खुट्टाको नशा निकाल्नु परेको थियो। तर त्यो नशामा पनि चुना जमेको रहेछ। ९० % ब्लक भएको नशा सफा गर्न समय लाग्यो। सामान्यतया एउटा नशाले अपरेसन सफल हुनेमा तपाईंको बिरामीमा त्यो कुरो लागु भएन। 

यति कुरो भने पछि हामीले के अनुमान लगाउने?
डाक्टर: बिरामीको ब्लड प्रेसर असामान्य गिरेको छ। मुटुको चाल आएको छैन। अपरेसन पछि पिसाब आउन पर्ने त्यो पनि आएको छैन। मतलब शरीरको पार्ट पुर्जाले काम गरेको छैन। औषधि र मेसिनको भरमा मुटु चलाएका छौं। सि पि आर रेस्पोन्स छैन। 

यो खबर डाक्टर साबले हाम्रो अनुहार नहेरी भन्नु भयो। अनि फुपुले सिधै सोध्नु भयो, ईज हि अलाइभ? 

एकछिनको सन्नाटा पछि बल्ल डाक्टर साबले भन्नु भयो, हि इज नो मोर! म भाउन्न भएँ। भक्कानिएँ। फुपुलाई सम्हाल्न गएको मान्छे म आफै भावबिहोल भएँ। हाम्ले शरन कुमार बज्राचार्य अजालाई बचाउन सकेनम। अजा हाम्लाई माफ गरि दिनुस।

No comments:

Post a Comment