Grab the widget  Get Widgets

27 February 2023

अ निर्णित लडाइँ

एउटा लडाइँ लड्दै छु
बिना हतियार लड्दै छु
तर हतियारको धारमा पर्दैछु
बिना अख्तियार लड्दै छु
अ निर्णित लडाइँमा होम्मिएको छु
एक जना आउँछ
लड्नु पर्छ भन्छ
आर्को आउँछ
लड्नु पर्छ भन्छ
तर
तर कसैले हतियार दिन्नन
तै पनि लड्नु पर्छ भन्छन् 
एउटा अनिर्णयको जालोमा पर्दैछु
अनि बिना हतियार र
बिना अख्तियार लडदै छु
एउटा लडाइँ लड्दै छु। अस्तु।

No comments:

Post a Comment