Grab the widget  Get Widgets

07 February 2023

हराएको मान्छे

खोइ कता जान्छ जान्छ?
के हो फोन सोन छैन?
के हो खबर सबर छैन?
पाउरोटी पनि ल्याइ दिएन?
नाना पनि ल्याइ दिएन?
ससुराली पनि नआउने?
साथी पनि नभेट्ने?
बिहान पनि भेटिन्न,
सांझ पनि भेटिन्न,
दिउँसो भेट्ने चान्सै छैन,
खाली मिटिङ भनेको छ,
कैले मन्त्रालय,
कैले क्लाइन्ट,
कैले स्टाफ मिटिङ
कैले अन लाईन?
अनि तिम्लाई 
हराएको नभने
के भन्ने?
हो !
म हराएको मान्छे,
आजकाल त्यस्तै भएको छ।
म हराएको छु,
आफैमा हराएको छु।
मलाई नखोजे हुन्छ,
म हराउन चाहन्छु।
म आफैमा हराउन चाहन्छु।
म हराएको मान्छे।

No comments:

Post a Comment