Grab the widget  Get Widgets

Wednesday 3 August 2022

दोषी म!

 अचम्मको जन्तु परेछु। स्कूलमा पढाउने मास्टर म बिद्यार्थी कक्षामा आएन भने मैले राम्ररी पढाएन होला र मेरो क्लासमा बिद्यार्थी आएनन होला। दोषी म मास्टर ! व्यावसायिक बेपारीको पसलमा काम गर्ने कामदार म, पसलमा ग्राहक आएन भने दोषी म मैले किनकि मैले ग्राहक तान्न सकेन। साउजीले गर्न नसकेर मलाई काममा लाएका रछन। सक्ने भए आफै गर्थें तंलाई किन काम लाउंथें भन्छ्न साहु। दोषी म काम्दार ! दिन भरी ठेलागाडा चलाएर केहि कमाएर मेरा लालाबालालाई केही खानेकुरा किनेर लग्दिन्छु अनि मेरो खाली पेटमा पानी ठेलेर खाना सम्झेर सुट्ने काम्दार म, दोषी म। मलाई पनि पुग्ने गरेर कमाएर ल्याउने पर्ने हो। ल्याउन नसके पछि म भोकै नसुते को सुट्छ त।

सानै उमेरमा बिहे गर्ने म, कमाएर खुवाउन नसक्ने बेलामा नै मैले बिहे गरेछु। दोषी म। कमाएर खुवाउन नसक्नेले किन बिहे गर्नु पर्ने? बिहे म एक्लैले गरेछु क्यारे दोषी म मात्रै भएछु। परिवार बढ्यो, दोषी म, पाल्न नसक्नेले किन बाल बच्चा पाउन पर्ने? भनेर श्रीमतीले मलाई नै दोषी मान्छे, म एक्लैले बच्चा जन्माएछु क्यारे। दोषी म। खाना पकाउंदा खाना राम्ररी पाकेन भने, मैले ल्याएको चामल नै कमसल राम्ररी नपाक्ने, पकाउन नजान्नु पनि मेरो गल्ती, भए पछि दोषी म। खानामा नुन चर्को भयो भने मेरै दोष, मैले किनेर ल्याएको नुन कडा खालको परेछ। कस्तो नुन ल्याएको भन्छे, दोषी म। नुन पनि छानेर ल्याउन नसक्ने म।
साइकल चडेर, मेरो छोरा बजार गयो, साइकलबाट चिप्लियो, दोषी म, साइकल किन किनेर ल्याएको होला? नल्याएको भए मेरो छोरा चिप्लिने नै थिएन। अलि कमाएर मोटरसाइकल किन्दियो। छोराले बाटोबाट फोन गरेर ल्यायो, कस्तो मोटरसाइकल किन्दिएको होला? पेट्रोल नै सकियो। दोषी म। पेट्रोल नसकिने मोटरसाइकल पो किन्दिनु पर्ने रैछ। यस्तो लाईन नै छ। बांकी तपाईंले पनि थप्नुस न! अस्तु।