श्री मेयरज्यू,
श्री वडा अध्यक्षज्यू,
काठमाडौं महानगरपालिका, काठमाडौं !
नमस्कार!
आज एकजना म्याडम घरमा आएर गरिबी निवारणको तथ्यांक संकलन गर्नको लागि आएको, नागरिकता नम्बर दिनुस भन्नु भो?
हाम्रो नागरिकता नम्बर किन दिने? हाम्ले कर तिरेकै छम। पान
नम्बरबाट तथ्यांक संकलन गर्न मिलि हाल्छ, उतैबाट लिनुस भनें।
त्यो त हो! हाम्रो काम विवरण भर्नु हो, तपाइँको घरमा कति जना परिवार छन् ? घरको कोठामा को को बसेका छन् ? उहाँहरुको विवरण पनि चाहियो ।
हाम्ले नागरिकता नम्बर दियो भने गरिब भनेर पैसा पाइन्छ? कति रकम पाइन्छ? म त बेरोजगार हो। म त मेरो बाको घरमा पैसा नतिरी कोठामा बसेको छु।
मैले काम गरेका सबै ठाममा सबैले पारिश्रमिक दिने बेलामा अग्रिम कर काटेर मात्रै बांकी रकम मलाई दिएका थिए। अब फेरि यो के को सर्बेक्षण हो?
अनि डाटा संकलन गर्न अघि हाम्लाई पनि थाहा हुनु पर्यो नि। नागरिकता जस्तो संबेदनसिल डकुमेन्ट घरमा एउटा आई. डि. कार्ड बोकेको भरमा दिन मिल्च र हजूर! अहिले नागरिकताको दुरुपयोग गरेर अपराध गरेको घट्नाहरु धमाधम सार्बजनिक भै राछ। तपाईंहरुको Application र कुनै website मा सूचना पनि छैन।
त्यसैले तथ्यांक संकलन गर्न फिल्डमा कर्मचारी पठाउनु अघि सार्बजनिक सूचना निकाल्नुस र देखिने ठाममा पोस्ट गर्नु अनि हाम्ले हाम्रोनागरिकता दिन्छम।
धन्यवाद!
विनय शाक्य
कपन मार्ग, महाराजगञ्ज, काठमाडौं