Grab the widget  Get Widgets

Friday 25 December 2020

जब उनी घाइते भइन

बाराको कोल्हबिको सुन्दर र मनोरम बिहानीको दृश्यलाई तिमी र म मिलेर कैद गर्ने उत्सुकतामा उत्ताउलो बनेर हिंडेको त्यो दिनमा तिम्रो त्यो दुर्घटनालाई मैले बिर्सन सकिन।

हामी संगै हिंडेका हाम्रा पथप्रदर्शक समीप नभएको भए सायद हाम्रो सम्बन्ध समेत अन्तिम हुंदो हो। त्यो बिहानीको शीतलता, शिर्शिरे हावा, बाटाको छेउछाउमा ठिंग उभिएर हामीलाई हेरीरहेका बटुवाहरु र बांसका घारीले सुशेली हालेर सुमधुर संगीतका धुनहरुको स्वागतले गदगद भएर हिंडी रहंदा तिमीलाई अचानक के भयो र तिमी हाम्फालेकी? 

तिमीलाई एकोहोरो मायां गरेकै हो, तिमी बिना एकैछिन पनि बांच्न सक्दिन भनेर मैले भनिरहनु पनि पर्दैन। तिम्रो साथ नहुंदा कति छ्ट्पटाहत हुन्छ तिमीले देखेकै छौ। तिम्रो अनुपस्थितिमा मेरो अनुहारको रंग फेरिएको तिमीले देखेकै छौ। तै पनि त्यो दिन मैले के बिगार गरेको थिएं ? अनि म संग रिसाएर हाम्फालेर नै हिंड्नु पर्ने के बाध्यता आई पर्‍यो ?

बुझ्यौ, तिम्रो त्यो हर्कतले मेरो हंश नै उड्यो, मेरो मात्रै होइन समीप पनि हत्तारियो। धन्न ! तिमीलाई घाइते अवस्थामा उद्दार गरियो। तिम्रो त्यो बिक्षिप्त अनुहार, बेहोस भएको अवस्था देख्दा, हाम्रो मन धुरु धुरु रोयो। तिमीलाई एम्बुलेन्समा राखेर समयमै अस्पताल पुर्याउन नपाएको दुखेसो छ, हामीलाई ! तर त्यस्तो अवस्थामा पनि तिमीले  त्यो बिहानीको सम्झना आफुले कैद गर्न नपाएनी के भयो र हामी संगै जाउँ, आफ्नो मक्सद पूरा गर भनेर तिमी पछि हटेनौ, तिम्रो उत्कट इच्छा र उक्साहट नभएको भए सायद त्यो दिनको सम्झना हामीबीच रहने थिएन।

तिमी घाइते भएर सुतेकी अवस्थामा तिमी बिनाका ती दिनहरु काट्न मलाई असाध्यै गार्‍हो भयो। तिम्रा साथीहरूले साथ दिन त कोशिश गरेका नै थिए, तर पनि तिम्रो साथको मज्जा बेग्लै हुन्छ, त्यो समय, त्यो क्षण, त्यो सामीप्यता, मैले अरु संग कसरी बिताउन सक्छु, कल्पना समेत गर्न सक्दिन।

बाराबाट काठमाडौं आएर तिम्रो त्यो बिक्षिप्त अनुहारको प्लास्टिक सर्जरी गरे पछि बल्ल तिमीलाई मैले स्पर्श गर्न पाएं। तिम्रो नयाँ जीबनलाई बधाई छ, मेरी प्यारी "मोबाईल" जीन्दगी। तिमी बिना बांच्न गार्‍हो छ। अब देखि म पनि धेरै सतर्क छु, सेल्फी खिच्नु अगाडि तिमीलाई कस्सेर बांध्ने गरेको छु। फेरि फेरि त्यस्तो गल्ती गर्ने छैन मेरी प्यारी "मोबाइल"! अस्तु।

Sunday 22 November 2020

मेरो समाज

यो कथा कसै संग मिल्न गएमा संयोग मात्रै हुनेछ। कसैलाई लान्छना लगाउने उध्देश्यले लेखेको पनि होइन। मेरो समाज, हाम्रो समाजमा भएका पात्रहरुले मन छोएकोले मलाई यो कथा लेख्ने प्रसंग आएको हो। 

डाक्टर साहेब यो के भएको? छोराहरु सबै बिदेश जान्छु भन्छ। जेठो गयो अमेरिका, माइलो गयो अस्ट्रेलिया, छोरी गयो बेलायत अब एउटा कान्छो भरखरै १२ किलासाँ छ, त्यो पनि चुर फुर गर्दैछ। हामी बुढेसकालमा बुढा र बुढी मात्रै टुहुरो हुने भइयो। पहिला पहिला हामी बिदेशमा गए छोराछोरी टुहुरा होला भन्थे, अहिले हामी बुढा बुढी टुहुरा भैसकेका छौं। 


हामी बिरामी हुंदा बिदेशबाट भाइबर र मेसेन्जरमा बा, आमा बिरामी हुनु भएछ, लौ औषधि खानुस भनेर मैले पैसा पठाइ दिएछु भन्छन, तर त्यो पैसा बैंकमा आउंछ, औषधि किन्न को जान्छ? छिमेकमा पनि त्यही हालत छ। अस्ति घर संगैको मेरो साथीको घरमा एउटा एम्बुलेन्सको आवाज आएथ्यो, के रहेछ भनेर हेर्दा त सबबहान पो रहेछ। मनमा चिसो परेर फोन गर्दा, फोन उठेन। फोन उठाउने मेरो साथी नै यो संसार छाडी गएछ। अब त्यो घर सुनसान छ। कोरोनाले गर्दा छोरा र छोरीले त्यस्का बाउको अनुहार समेत हेर्न पनि पाएनन।अन्तिम संस्कारको लागी सेना प्रहरीले सदगत गरेछन।  

त्यस्तो परिस्थिति देख्दा मेरो पनि त्यही हालत हुने त होला नि भनेर मनमा धेरै कुरा खेल्छ। सानामा छोराछोरीहरु मर्लान भनेर कैयौं दिन रात अनिदो बसियो, मिहेनत गरियो, पढाइयो, बुढेसकालमा सहारा मिल्ला भनेर आशाको दियो बालेको, अहिले सबै दियोहरु निभिसके। हामी डांडा पारीको घाम, आज हो कि भोलि यो संसार त्याग्ने बेलामा मनमा शान्ति भएन। 

तर के गर्ने? मेरो समाजले नै प्रोत्साहन दिएर र बिदेशमा अवसर देखेर गएका हाम्रा सन्तानहरु फर्केनन र फर्कला भनेर झिनो आशा पनि त्याग्नु पर्ने बाध्यता आएको छ। अस्तु!


Friday 18 September 2020

अल्छिलाई बल्छि

खोइ केही काम गरौँ भन्छु, भोलि गरे पनि हुन्छ जस्तो लाग्छ, आज चैं त पक्का सुरु गर्छु भन्छु, फेरि बादल लागेछ, हिजो सुरु गर्न खोजेको, टन्टलापुर घाम लागेर मुड अफ, आज बादल, फेरि भोलि पानी पर्ने होला।

हत्तेरीका! कैले होला फ्रेस हुने! केही गर्न खोज्यो, कैले लकडाउन, कैले सट्डाउन, कैले कर्फ्यु, कैले के? कैले के? कति झ्याउ लागि सक्यो, तर काम चैं सुरु नै गर्न सकिएको छैन। के गर्ने होला?

फ्रेस भएको मुडमा सुरु गर्छु भन्छु, कैले फोन आएर डिस्टर्ब, कैले टाउको दुख्ने, कैले पेट दुख्ने, ह्या...! के हो? के हो? 

यस्सो अल्छि नगरम भनेर यो क्वारेन्टिनमा एउटा काम गरुम भनेको, यस्तो अल्छि लाग्छ? दिमाग खराब! मलाई मात्रै हुन्छ कि तंलाई पनि हुन्छ पासा? भनेर सोधेर ल्यायो त पासाले। 

मैले पनि भन्दिएँ, अल्छिलाई बल्छि भनेको यहि हो पासा! बरु माछा मार्न गए अहिले सम्म कति वटा माछा परि सक्थ्यो होला। अस्तु!

Thursday 3 September 2020

लौका

आज लौकाले सान दिएर भन्यो, "देखिस, ह्या ! यो लौका पनि के खाने? भनेर भन्थिस नि! मनुवा! अहिले मेरो भाउ कति पुग्यो? था पाइस?"

मनुवा: त्वाँ परेर, लौका तिर हेर्दै, मनमनै हांसेर भन्यो, "हुंदा हुंदा, अब लौकाले पनि हेप्ने दिन देख्नु पर्‍यो। तेस्काबाजे!" 

यो कोरोनाले गर्नु गर्‍यो, महंगो नि कति हो? पैसा त कागज पो भएछ। यो सरकार, के सरकार भन्ने! यो दुई तिहाईले नेपाली पैसालाई कागज सरह भनाइ सकेछ। कता हो अनुगमन? कता हो नियन्त्रण? जथाभावी बजारभाउ भैसकेको छ। सरकारको दिमागमा कोरोनाले सिथिल बनाएछ कि क्या हो? पैसा आउने बाटोमा कोरोना लागेको छ। खर्च गर्ने बाटो खुला चौर जस्तो मात्रै होइन बाढी पैर्‍होको खोलो जस्तो भैसक्यो। खर्चको खर्च।

जे पनि प्रधानमन्त्रीले नै भन्नु पर्ने? हाम्ले भनेको कुरा नसुन्ने? 

यो लौकाको भाउ पनि प्रधानमन्त्रीले नै तय गर्नु पर्ने? अस्तु!

Friday 7 August 2020

अनलाइन क्लास

आर्को बिहान मैले तलब आयो भनेर पैसा गन्दै थिएं । बुढी औंलामा थुक राख्दै यति धेरै समय पछि बल्ल पढाएको पैसा पाएं भनेर दङ परेर नोट गनिरा त !

आयो ! आयो ! खुब आयो ? लकडाउन अघि पढाएको त पैसा ल्याउन नसक्ने मार्सापले अनलाइन पढाएको पैसा पाएं भएर गन्दै रेछ। कैले पो पैसो गन्ने हो ? अनि अनलाइन भनेर घण्टौं घण्टा घरको ढोका थुनेर पढाएर नि हुन्छ ? कस्ले बुझ्छ ? मैले त बुझ्दिन ! तिम्रा ति बिद्यार्थीहरु सुतेर बसेका छन कि उठेर डुलेका छन, तिम्ले देख्छौ र? कुरा गर्छ ! के के न गरें भन्दा हुन यी बुढा! तिम्रो यो अनलाइन पढाइ त एक छेउ नि पट्याउन सक्दिन । क्लासमा पढाए जस्तो हुन्छ र? हामी स्कूलां पढदा संगैको केटोलाई हैरान खेलाउदै पढ्दा जस्तो, त्यो कोठाको ढोका थुनेर पढाउदा रमाइलो हुन्छ ? कुरो गर्छ ! तिम्रो कलेजको हाकिमले त पट्याउंछ कि पट्याउंदैन ? 

हैन ! तिमि संधै ढोका लाएर अनलाइन क्लास छ भनेर बस्छौ । पढाएको छौ कि त्यो सामाजिक संजाल चलाएर के के समाचार हेरेर बस्छौ हं ? मलाइ त शंका लाग्छ है बुढा !

Online Class


त्यो तिम्रा बिद्यार्थीहरुका बाउ आमाहरुलाई पनि शंका नै लाग्दा हुन । अनि किन फिस तिर्ने ? छोरा छोरी घरमा ढोका लाएर के के गर्छन के के ? के गर्छ ? भनेर सोध्यो भने जहिले नि अनलाइन क्लास छ भन्छ्न। यस्सो पसलमा जा ! तरकारी किनेर ल्या भन्दा पनि क्लास नै छ भन्छ । अनि यो अनलाइन क्लास भन्ने जतिखेर नि क्लास भै रहने हो ? मैले हेर्दा त दिनैभरी कोठामा धुम्धुती बसेका मात्रै देख्छु। अनि केहि भन्न पनि नहुने । झर्केर बोलेका छन, जवाफ फर्काएका छन । मान्छे पनि हो कि होइन ? खोइ के हो ? के हो ? छ्या के चलन आएछ। यो अनलाइन भन्ने बस्तु ? अस्तु।

Thursday 6 August 2020

सरकारी नियुक्ति

बल्ल बल्ल सरकारमा बस्ने महान नेताहरुको बुध्दिले काम गरेछ। अनि हाम्रो मान्छे होइन राम्रोको चयन भएछ। सरकारले मलाई पनि ठुलै पदमा नियुक्ति दिने जमर्को गरेको रेछ। अहिले भने अलि पट्याउन गार्‍हो भयो। तै तै नियुक्तिमा आफ्नो नाम गएको थाहा पाए पछि म पनि जबरजस्ती दङ्ग पर्नै पर्‍यो। 

नियुक्तिको कुरो भन्दा नि ठुलो कुरो मेरो लागि त तलब नै भयो। आम्ममा ! यो देशमा बौध्दिक सम्मान हुन्न भनेर अब कस्ले भन्छ? मलाई बिश्वास नलागे पनि बिश्वास गर्नै पर्ने भयो। अब चै पट्याएं है।

मैले तलब मेरो हातमा आउंदाको अवस्था अनुमान गरेर पैसा गन्दै थिएं। बुढीले ठ्याक्कै उठायो। ए बुढा ! के गरेको ? के हो ? निकै तलब पाए जस्तो पैसा गन्दै छौ त ! खोइ पैसा ? 

हत्तेरीका बुढी ! अलिक पछि ब्युंझाउनु पर्ने नि ! पैसा गन्न नै पुगेको थिएन ! सरकारले मलाई ठुलै पदमा नियुक्ति दिइराथ्यो ! उठाइ हाल्यो । अनि तलब नि कति कति ! आहा ! कति मीठो सपना पो देखिएछ। होइन बुढी ! यो बिहानको सपनाको कुरो सांचो हुन्छ भन्छ। नयाँ नियुक्तिमा पर्छु कि क्या हो ? अस्तु!

Monday 3 August 2020

धुर्त मान्छे

हैट! पासा त बडो धोकेबाज पो रेछ। खत्तम नै पार्‍यो नि, बर्बाद नै पार्‍यो नि बाबै! झण्डै खाल्डोमा जाकेको। अस्ति त्यो मुला पासाले एक ठाममा जाम भन्यो। म पनि सोजो मान्छे खुरु खुरु गैदेको है, अनि त्यो मान्छेलाई चिनाइ पनि देको है! कुरो मिलुन्जेल त म संग ज्यान फालेरै मिलेको जस्तो नाटक गर्‍यो। 

मैले पनि ओहो पासा त क्या खासा रेछ, भनेर दङ्ग परेर ल्याको त लौ, त्यस्ले त गर्ल्याम गुर्लुम पारेर मलाई त झण्डै खसालेन। त्यो मुलाको के कुरा मिलेन कुन्नी! मलाई नै खत्तम पार्न पोल्टिस पो गरेछ त। खातेले त के के कुरा लाएछ मेरो मान्छे संग। मैले नै चिनाई देको मान्छेलाई मेरो बारेमा अन्तसन्त कुरा गरेर मलाई नै खत्तम बनाएछ भन्या! अनि मेरो अगाडि मलाई चै सब ठिकठाक! भन्दो रेछ। #तेस्काबाजे! भन्दै दिक्क मानेर मेरो साथीले मलाई गुनासो गर्‍यो। 

साथीलाई कस्ले के गर्‍यो? भन न भनेर मैले पनि ढाडस दिंदै भने। हेर साथी म छु नि भन न के गर्नु पर्‍यो? कस्ले तिमिलाई खाल्डोमा राख्न थाल्यो? अनि तिमी जस्तो बाठो मान्छेले पनि कसरी चाल नपाएको नि?

साथी: कसरी चाल पाउने यार! संधै संगै खाने बस्ने पासा हो त्यो पासा। तिमिलाई जस्तै नै बिश्वास गर्ने गरेको। तर त्यो पासा त ज्यादै स्वार्थी निस्क्यो यार। म संग संगै हिंड्ने, खाने डुल्ने गर्दा गर्दै पनि मेरै बारेमा अरु मेरा साथीहरूलाई अर्थको अनर्थ लाग्ने गरेर कुरो लाएर  षड्यन्त्र गरेछ। मेरो हुनै लागेको काम पनि बिगार्देछ। पासा त गए गुज्रेकै रहेछ।

थुक्क! त्यस्ता पासा पनि पासा हुन्छ। त्यो मुलालाई धुलो चटाउन लाउनु पर्ने। काममा नै धक्का दिने गरेर नि धोका दिने? लौ साथी त्यस्ता साथीलाई अहिले नै छाड्देउ। पासालाई तिमिले चिनिहाल्यौ केरे! अनि पहिले पहिले बुढा पाकाले भन्ने गरेको उखान टुक्का छ नि, हरेक टुक्कामा कारण हुन्छ? "मान्छे तौलिने एक पटक, सुन तौलिने सय पटक भन्न्छ। 

अब त्यो पासा संग दोस्ति छाड्देउ। अस्तु!!!

Friday 19 June 2020

हत्तेरिका ईन्टरनेट !

आज त झन बिहानै देखि अनलाईन क्लास लिनु पर्‍यो भनेर मेरा विद्यार्थीहरुसंग पहिला मेसेन्जर मै खबर गर्दै जूममा ठिक्क समयमा आउनु है भन्दै जानकारी दिंदै थिएं, क्लास सुरु हुने बेलामा यो ईन्टरनेट भन्ने चीज स्वाट्टै हरायो। पहिला त मेरो ल्यापटपलाई के भयो? भनेर एताउता हेरेर Restart गरें। Zoom App पनि Restart गरें। तर पनि आएन। अनलाईन क्लासमा आएका विद्यार्थीहरुले के भने होलान! कस्तो मास्टर साब होला! अनलाइनमा आउँदा आउंदै गायब भयो भने होलान, कतिले कुरेर बसे होलान, कतिले सुतेर बसे भने होलान, यतिले नपुगेर कतिले बल्ल बल्ल क्लास ज्वाईन गरेको आजै मास्टर साब त बेपत्ता भने होलान।

अनि यो ईन्टरनेट दातालाई फोन गर्दा त पटक्कै उठेन। अरु बेलामा तुरुन्तै उठाउने मर्मतका स्टाफहरुलाई सायद भ्याइ नभाइ भयो कि? वा तलब नपाएर वास्ता गरेनन कि? वा आ...! छु मतलब भनेर हुन कि? फोन लागेर पनि उठेन। मलाई भने उकुस मुकुस भयो। सन्देश दिन पनि भ्याएन। हामी कति निर्भर रहेछौं यो ईन्टरनेटमा! ओहो! कहिले काहिँ विद्यार्थीहरु गाएब भयो भने किन हराएको भनेर सोध्ने मास्टर साबलाई आज भने अचाक्ली टेन्सन भयो। 

बल्ल एस एम एस आयो ईन्टरनेट दाताले सिस्टम डाउन भन्यो। भने पछि मैले लिएको दाता सप्लाएरका सबैको ईन्टरनेटले साथ नदिने भयो। अचम्म त के भने मेरो एरियामा बिजुली गुल भए पनि ईन्टरनेट पनि गुल। सोलार ले पनि नचल्ने।

क्या बोर भयो। अब कुरो के भनेनि काठमाडौंमा ईन्टरनेटको यस्तो हालत छ। बाहिर प्रदेशमा यो सेवा कति भर पर्दो होला? सरकारले दुर शिक्षाको कल्पना गरीरा बेलामा यस्ता आधारभुत ब्यबस्थालाई प्राथमिकता दिनु पर्छ। नत्र सरकारको योजना किताबमा मात्रै सिमित रहने हुन सक्छ। बेलैमा सचेत हुन सेवा दायक र सरकारलाई अनुरोध छ। अस्तु।

Monday 15 June 2020

पब्जी

अब त पसल पनि घरमै आएर दैनिक खाध्य सामान भान्सा सम्म पुर्‍याइ दिने भएछ, हाम्रो घर पनि अटोमेटिक भएछ, बाथरुम पनि स्वचालित भएछ। नुहाउंछु भन्ने मनमा आउनासाथ स्याम्पू रेडि, साबुन रेडि, पानी आउने धाराको तापक्रम पनि मेरो ज्यानको तापक्रम संग मिल्ने, अनि बाथरुममा जाने बित्तिकै लुगा पनि आफसे आफ फुकालिने जमाना आएछ। स्याम्पू सरर टाउकोमा फिंज फिंज, ज्यानमा साबुन र पानीले मसाज अनि बाथटबमा मनतातो पानी, खै कता कताको प्वालहरुबाट तातो चिसो पानीको फोहरा। आहा ! क्या आनन्द !

यो गर्मीमा जैले नुहाउंदा नि आकाशे पानीको भरमा मात्रै कति नुहाउने ! बल्ल आज मौका मिल्यो, यो स्वचालित भन्ने पनि गज्जब नै हुने रहेछ। यो कोरोनाले यस्तो अल्छी बनाउला जस्तो लागेको थिएन।

खास गरी यो महत्त्वपूर्ण खेल पब्जी खेलेको बेलामा कसैले बोलायो भने दिमाग नै खराब हुन्छ हो। ठ्याक्कै आफुले मज्जाले जित्ने, खाने बेलामा खाना खान बोलाइ दि रा भने। आफुले बल्ल बल्ल कोरोनाको समय सदुपयोग गरीरा बेलामा बिच बिचमा डिस्टर्ब हुने गरेर घरका मान्छेहरुले बोलाइ दिने गर्दा त, ओहो यस्तो झ्याउ लाग्छ कि। अनि हेड फोन लाएर खेलिराछ, भन्ने थाहा हुंदा हुँदै पनि चिच्याएर पो बोलाउंछ्न। कस्तो नबुझ्ने भने ! यसपाली त पब्जीमा टप हुन्छु भनेर बिहान देखि दिशा पिसाब नै नगरी खेलिरा है, ठ्याक्कै जित्ने बेलामा खान आइजे आइजे भनेर क्या डिस्टर्ब गर्दिरा भने। खत्तम नै हो क्या ! 

अनि भन पासा! तेरो घरमा के छ? तेरो बौले नेटको पैसा त तिर्दिरा छ नि। मेरो त कस्तो लोभी बौ छ भने नेटको पैसा नै तिरिदिन्न पो भन्दिरा भने। न दिने भए यो लकडाउन सकडाउन मलाई था छैन साथीको घरमा गएर खेल्दिन्छु भनेर धम्की देको त बौ त थरर भएर एक बर्ष कै रिन्यू गर्दिरा भने। अनि फेरि पब्जी नखेल रे क्या ! क्या भन्दिरा मेरो बौ त कुरै नबुझ्ने क्या! अब त बाथरुम पनि अटोमेटिक छ मेरो, पब्जी खेल्दै नुहाइन्छ। 

ए लम्फु! के गर्दैछ्स! छिट्टो आइजे। हैट! क्या मजाको बाथरुम थियो! नुहाउन नपाई नै ब्युंझाइ दियो। आ ! अब के नुहाउने यो आकाशे धारामा। अस्तु।

Sunday 14 June 2020

क्वारेन्टाइन जिन्दगी

बल्ल तल्ल नेपाल आइयो! क्वारेन्टाइनमा बस्नु पर्‍यो। क्वारेन्टाइनमा सरकारले राख्ने भनेसी मनमा अनेक कुरो आयो। कति पैसा लिने हुन वा सित्तैमा खुवाउने हुन। यतिका दिन सम्म, न खाना, न पानी, न घर, न घाट भएर बसेको। बल्ल बल्ल आफ्नो देश आउन पाएको छ। बाटोमा कैयन दु:ख पीडा सहेर आएको छु । 

नेपाल आउंदा, क्वारेन्टाइन त गज्जब नै रहेछ। आम्मामा ! दिनको दुई पल्ट खाना बिहान बेलुकी खाजा र चिया। क्या ! आनन्द ! अब हरेक बिहान दुध, दुधको चिया, अण्डा दुइटा, अम्लेट, आलु चट्ट फ्राइ गरेको, दुइटा जति प्यान केक, अलिकति बिन्स, दुईवटा जति टोस्ट पाउरोटी अनि फ्रुट जुस पनि चट्ट खान पाए त १४ दिन भन्दा बढी क्वारेन्टाइनमा बस भने पनि कम्पप्लेन चैं गर्दिन बा! अनि दिउँसो यस्सो फ्रेस फलफूल अनि चिसो जुस अथवा चिया, कफी पाए त धरोधर्म यो सरकारको जय जयकार गरेर बस्छु|

बाटोमा खाना खान नपाएर जिन्दगी नै ध्वस्त भयो जस्तो लागेको थियो अब घर आइपुग्ने बेलामा खातिरदारी राम्रो भयो भनेसी आनन्द भो| यो गर्मी चैं सरकारले नियन्त्रण नै गर्न नसकेको अवास्था छ| पंखाको सट्टा ए सी, म्याट्रेसको सट्टा राम्रो खालको खात अनि भेन्टिलेसन सहितको कोठा भएको क्वारेन्टाइन भए त यो मेयर सेयर र सरकारको राजिनामा माग्ने नै छैन|  

ओ भाइ ! कता हराएको ? लौ यो पाउरोटी खाउ, अनि यो कालो चिया पनि राख्देको छु है ! दिउंसै सपना देखेर बस्छ्न यो क्वारेन्टाइनमा पनि। अझै दिन गनेर बस बांकी छ। अलि दुरि मिलाएर पनि बस। यो तिम्रो घर हो र? 

बिचरा झसङ्ग भएछ। ब्युंझिदा त तहरोमा पो रहेछ। तै तै सपना देखि हालेका छ्न हाम्रो सरकारले क्वारेन्टाइनको रुप बदलिदिन्छ कि? अस्तु।


Friday 5 June 2020

कोरोना न सोरोना

एक दिन मेरो जिग्रीले फोन गर्‍यो। 
ए जिग्री! आजकाल तेरो काम छैन होला मेरो काम गर्दे न! म यता उता हिंडी राख्नु पर्छ। समाज सेवा गरीराछु। कोरोनाले डराएका छर छिमेकीहरुको सेवामा छु। औषधि लिन जान न सकेकाहरुलाई औषधि पसलमा गएर किनेर घर घर पुर्‍याइ दिने गरेकोछु। तरकारी छिमेकीहरुलाई पनि घर घर पुर्‍याइ दिने गरेको छु। के गर्ने? जिग्री! समाज सेवा गर्नै पर्‍यो? भोलिको भोटर हो। एक दिन कस्सो नजितिएला यो जीवनमा! 

हेर पासा! म तेरो जिग्री त पक्कै हो। तर तेरो चाला मलाई निको लागेन है! घर घर डुल्ने काम छोड। कोरोनाले तंलाई छुंदैन र? यसरी डुलेर हिंड्न हुंदैन। अनि तंलाई यसरी हिंड्न कस्ले अनुमति दियो?

हेर जिग्री! यस्तो अनुमती सनुमती भन्ने मलाई नसिका। एक दिन दुइ दिन पो घर बसिन्छ। यसरी महिनौं सम्म नि घर बस्छ? तेस्का बाजे! घर बस्दा बस्दा पागल हुन लागि सक्यो। बरु यसरी समाज सेवा गर्दा मन आनन्द हुन्छ। मान्छेहरु पनि कति डराएका? 

धत! यसरी डराएर नि काम हुन्छ? खोइ ! म त यता उता सहर बजार जतासुकै हिंडेकै छु। अस्ति आर्को जिल्ला पनि गएर आएं। तं मुला त डरपोक रहेछ। थुइक्क ! तेस्ता कोरोना सोरोना हाम्लाई लाग्दैन बुझिस। ढुंगा खाएको जिन्दगी हो। ढुंगा ! यस्ता कोरोनाले केही हुन्न।

हेर पासा! तैंले जे गरेर हिंडेका छ्स नि मलाई त ठिक लागेको छैन है! अनि तेरो कोरोनाको जाँच गरीस त?

हे मुला ! कति डराएको? म तेरो घर आएर भेटेर देखाइ दिम्ला मलाई कोरोना ले मलाई छुन्न भन्ने कुरो।

भो भो पासा! तं मेरो घर आउने कष्ट नगर! यो फोन बाटै सर्ला जस्तो भै सक्यो। बरु फोन राख। अस्तु!

कोरोनाको डरले सिर्जना भएको उदासिनता

आजकाल मलाई अति डर लाग्छ। समाचार सुन्दा पनि रिस उठ्छ। सामाजिक संजालमा आएको झुठो सांचो समाचार पढ्दा पनि चित्त दुख्छ। दुखभरी गीत सुनेर आँसु आउँछ। दुर्घटनाको समाचार सुन्दा यो मन बहकिन्छ। बोल्न पनि मन लाग्दैन। एकै ठाउँमा पनि बस्न मन लाग्दैन। मनोचिकित्सकको कुरा सुन्दा अलि सहज हुन्छ। 

घर परिवार, साथीहरू संग कुरा गर्दा मलाई गिज्याए जस्तो हुन्छ। यो किन गरेको ? भनेर सामान्य प्रश्न सोधे भने नि जिरिङ रीस उठ्छ। हुंदा हुंदा, मोबाइल र टेलिफोनको घण्टी बज्दा पनि यो मन भारी हुन्छ। कोरोना लागेको छ भनेर दुखद समाचार आउने हो कि? भनेर। धेरै संका लाग्छ। मेरो बारेमा कसैले जासुसी गरेको छ कि भनेर।

कसैले काम अर्‍हाए भने त ठ्याक्कै उल्टो काम गरुम या वास्ता नै नगरुम जस्तो लाग्छ। कसैले बोल्यो भने जिब्रो थुत्दिम जस्तो लाग्छ।म तिर हेरेर अरु कसै संग कुरा गरेको देख्दा मेरै कुरा काटेर बसेको जस्तो लाग्छ। अनि झन रिस उठ्छ। 

डाक्टर साहेब ! मलाई के भएको हो। तपाईं संग मैले यति भने। अरुलाई हो भने त अहिले सम्म भुत्ल्याइ सक्थें होला। तपाईंले मेरो कुरो सुन्नु भयो। तर अरुले मेरो कुरो नै सुन्दैन र बुझ्दैन पनि, के गर्ने ? यस्तो जीन्दगी कसरी बांच्ने? 

आफ्नो परिवारमा यस्तो व्यवहार देख्नु भएमा मनोचिकित्सक संग सल्लाह लिएर, मनमा आएका कुराहरु शेयर गर्न सघाउनु पर्छ। अहिले कोरोनाको संक्रमणले गर्दा एकान्तबासमा बस्नु पर्दा र दिनभरी कोरोनाको समाचार सुन्दा सुन्दा संसारभर मानसिक बिरामीको समस्या बढेकोछ।

(नोट: एक जना बिरामीले मनोचिकित्सक संग गरेको बार्तालापमा आधारित कथा हो कसै संग मिल्न गए संयोग मात्रै हुनेछ)


Friday 22 May 2020

टाइम पास कसरी गर्ने?

यो लकडाउनको समय कटाउन अनेक उपाय आउँछ यो खाली दिमाग सैतानको घर भन्थ्यो हो कि क्या हो?

तपाईं आफ्नै श्रीमान र आफ्नै श्रीमतीको दैनिक मुख हेर्दा हेर्दा वाक्क दिक्क हाक्क थुक्क हुनु भएछ भने एकले आर्कालाई यसो गरे कसो होला? 

बिहान बिहान मर्निङ वाक जान नमिले पछि घरकै कौसी वा वारि वा आंगनमा डुल्न थाल्यो भने किन बिहान बिहानै डुलेको होला अफिस जानु छ र? भन्नुस। 

सुतेरै बसेछ भने कति सुतिरा काममा जानु छैन भने यसरी सुतेरै बिहानको समय खेर फाल्छ भन्नुस।

बारीमा चल्न गए किन चल्नु पर्ने होला बिहान बिहान भन्नुस। नगए यस्तै हो अफिस गए नि नगए नि सबै मैले मात्रै घरको काम गर्नु पर्ने आफु चैं थपक्क मोबाइल चलाएर बस्नुस भन्नुस।

फुलबारीमा पानी हाल्न गए किन पानी चलाउनु पर्ने होला भन्नुस पानी नदिए जैले नि मैले मात्रै पानी हाल्नु पर्ने ? भन्नुस। यो घरको काम गर्ने त म मात्रै होनि भन्न नछाड्नुस। 

यस्सो भान्छामा काममा सघाए, ओहो आज के भयो भनेर निकै चाकडी गर्न आछ नि भनी हाल्नुस, सहयोग नगरे, अब यो लकडाउन आए नि न आए नि हाम्लाई के छ र ? यो घरमा कसैलाई मतलब नै छैन भनिहाल्नुस।

टिभी हेरेको बेलामा कति टिभी हेर्नु पर्ने भन्नुस, मोबाइल चलाए कति मोबाइल चलाएर बस्न सकेको भन्नुस। 

केही सहयोग गर्न आयो भने किन गर्न आएको भन्नुस । जे गरे नि किन गरीस भन्नुस नगरे किन नगरेको भन्नुस । यो लकडाउन तीन महिना चले नि तपाईंको समय मजाले कटाउन सकिन्छ। यो रामबाण औषधि प्रयोग गर्नुस घरमै बस्नुस, कोरोनाबाट बच्नुस।

नोट: यो ब्यंग बाणले कसैलाई लागेको छ भने संयोग मात्रै हुनेछ। अस्तु!

Thursday 7 May 2020

Buddha Purnima Celebration at Tripitak Holidays during Isolation

२६४४ औं बुद्धकाे जन्म वर्ष, 
२६०९ औं बुद्धत्व लाभ वर्ष र 
२५६४ औं महापरिनिर्वाण वर्ष 

Wednesday 6 May 2020

मानसिक अस्पतालमा नेताजी

गोरु जुधाई ब्वांसोलाई मोज

लकडाउन खुकुलो पार्न सकिन्न र?

हुन त म साधारण मान्छे! लकडाउन बिज्ञ होइन। तर पनि समाचार हेर्दाहेर्दै र समस्यामा अल्झिंदा अल्झिंदै मेरो दिमागमा चलेको कुरो यहाँ व्यक्त गर्दैछु। यो मेरो नितान्त नीजि बिचार हो। आफ्नो असहमति भए तपाईंले पनि पोख्नुस के गर्दा हुन्छ भनेर। दिनभर घर भित्र बसेर सामाजिक सन्जालमा कताक्ष गरेर दिन बिताउंदाको कष्ट हामीले भोग्दै आएका छौं। आफु पनि केही नगर्ने अनि अरुले गरेकोमा पनि यो भएन त्यो भएन मात्रै भनेर आफुले आफैलाई ठग्ने ठगहरु यो संसारमा कमी छैन। त्यो बर्गमा हामी पनि कम छैनौं।

अति आवश्यक आधारभुत आवश्यकता भनेको खानेकुरो नै रहेछ भन्ने चमत्कारिक कोरोनाले देखाइ दिएको छ। गाँस, बास र कपास तथा नाना, छाना र खाना जे भनेर नारा दिए पनि हुन्छ, पैसाको पोको खल्तिमा राखेर मान्छे जिउन सक्दैन। जतिसुकै धनी मानिस पनि एक छाक खानको लागि तड्पिएको हामीले देख्यौं हेर्यौं।

त्यसैले
१. कृषि उत्पादन, खाध्य सामग्री ओसारपसारमा कडाइका साथ चेक जाँच गरेर पालिकाको सिमा वरपर गर्न दिनु पर्छ। 
२. उत्पादन मुलक कल कारखानामा स्वास्थ्य जाँच कडाइका साथ लागु गरेर सम्भव भए सम्म सामाजिक दुरी कायम गराउने प्रत्याभूति गराएर खुला गरिनु पर्छ।
३. स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, पत्रकार, एम्बुलेन्सका चालक र सहचालकहरूलाई अनिवार्य PPE लगाउन सहयोग गर्नु पर्छ।
४. गाउँ गाउँमा सिंह दरबार भएकोले आफ्नो कर्तव्यबोध गरेर उत्तरदायी भुमिका निभाएर, जो जहाँ छ, त्यहिं खाने र बस्ने ब्यबस्था गर्नै पर्छ।
५. सम्भब भए सम्म घर घरबाट कार्यालय सञ्चालन गर्नु पर्छ।
६. सामाजिक भेटघाट बिल्कुल बन्द गर्नै पर्छ हामी सचेत नागरिकहरुले।
७. नक्कली पास बोकेर डुल्नेहरुको सवारी महिना दिन सम्म चलाउन नपाउने गरी बन्देज लगाउन पर्छ।
८. बिना काम हावा खान निस्कनेहरुलाई श्रमदानको काममा लगाइ दिए हुन्छ।
अरु पाठकहरुले पनि थप गर्नुस है। 
यसो गर्दा अलिकति भए पनि लकडाउन खुकुलो गर्न सकिन्न र?
अस्तु।

Sunday 3 May 2020

Pepino melon in Kathmandu, Nepal

लकडाउनमा अभिभावक र सन्तानको बार्तालाप

आमा: होइन छोरा ! कति मोबाईल मात्रै हेर्छस? यस्सो घरको काममा पनि सघाई दे न। हेर त ! उ त्यो घरको बाबुले कति मजा संग काम गरेको छ। गमला गोडेको छ, फूलहरु कति मजाले फुलाएको छ। उ खेर गएको प्लास्टिकका बोटलहरुमा तरकारी फलाएको छ । कहिले पनि खेलेर बसेको पनि देख्दिन, मोबाईल चलाएर बसेको पनि देख्दिन । 

छोरा: अं, हो ! हो ! अनि त्यो घर कति ठूलो छ, नि ! हाम्रो जस्तो सानो घर हो र ! अनि त्यहाँ एयरकन्डिसन पनि छ । हाम्रोमा एउटा पंखा राखम भन्दा नि बर्षौं भैसक्यो, किन चाहियो भन्नू हुन्छ त। त्यो केटाले आइफोन चलाउँछ, म चै यहि थोत्रो एन्ड्रोइड। कति बर्ष भैसक्यो। एउटा लेटेस्ट किनम भन्दा नि दांतबाट पसिना आउँछ, तपाईंको !

आमा: अनि त्यो घरको कुरो गरेर साध्य हुन्छ त ? 

छोरा: त्यसो भए त्यो केटाको पनि किन कुरा गर्ने त?

बुबा: होइन हो छोरी! घरको काममा तिम्री आमालाई सघाउन हुन्न? दिनभर हा हा हि हि गरेछ। बसेछ। भोलि पोईको घरमा कसरी काम गर्ला खोइ !

छोरी: सबै मैले मात्रै गर्नु पर्छ ? त्यो तपाईंको छोरोले चाहिँ केही गर्नु हुन्न ? त्यो मोबाईल खेलेर बसे पनि पब्जी खेलेर बसे पनि कोठामै खाना पुर्‍याउन पर्ने, म एक्छीन साथीहरू संग कुरा गर्‍यो भने बाउ नि आमा नि कराउने ! हामी अहिले स्यानो बच्चा हो र ? देख्यो कि यो भएन, त्यो भएन, भोलि पोइको घरमा यसो होला, त्यसो होला मात्रै भन्छ्न। मोबाइलमा कुरा गर्दै हैन साथी! मेरो बा आमा मात्रै हो कि तिम्रो पनि ! यो बुढाबुढीहरुको काम नै यस्तै हो कि क्या हो ! संधै कचकच मात्रै गर्छ्न ।

उताबाट साथीको जवाफ्: ह्या ! तिम्रो मात्रै होइन ! हाम्रो पनि यस्तै हो! नाटक चली रहन्छ । यो त घर घरको कहानी हो नि !

बुबा, आमा: ट्वाँ !
अस्तु !

(अहिलेको समाज कतातिर जांदैछ ! पाठकबृन्दहरुले मनन गर्नु होला र समाज सुधारको लागि आफुले सक्ने सद्भाव देखाउन सबैमा अनुरोध छ।)

Tuesday 14 April 2020

Happy New Year 2077 B.S.

लोकडाउनमा मदिरा छारम

ए च्याङ्बा आजकाल यो लोकडाउनमा टिम्ले कसरी दिन काट्ने गरिरा छ्स भन् ट ! ह्यां मलाई वाक्क दिक्क लाइरा छ।

आ कासरी भन्ने, हेर हाकुचा! दिन कात्न सजिलै छ, आफू ट बिहान देखि तीन पाने धोक्ने हो अनि बिहान देखि आफै डाउन भएसि के को लोकडाउन न साउन। मोइले ट योसारी नै 
दिन कात्दै छ हो। बरु टिम्ले चैं कासरी काट्दै छ ट हं!

पैले ट मैले नि टेसरी नै कातथ्यो, होइ! अइले ट्यो झोल नै सक्यो भन्यां, अनि टं संग एक दुई ट्वाक छ कि भनेर सोद्न आएको। खोइ टं जस्तो ट्वाके जंड्याले दिन्छस कि दिन्नस?

(स्वर ठूलो गराउंदै) ए हाकु! टेरो बाउले राख्न ड्या छ र लिन आको? अनि कस्लाइ जंड्या, ट्वाके भनेको? हेर हाकुचा, म जंड्या भएनि, ट्वाके भएनी! भए ट के गर्छस! टेरो बाउको सम्पति खाको छैन क्यारे। यसरी ट्वाके स्वाके भन्छस, भने चैं म त दिन्न जा! के गर्छस?

के गर्नु नि च्याङबा! मैले त पैले नै ठा ठ्यो नि, टं जस्तो गराचाले दिन्न भन्ने कुरो! म नै मूर्ख नि, बेमान! एक दुई ट्वाक झोल ले न, भन्दा नि, टेस्का बाजे! सुन नै माग्न आए जस्तो पो गर्छ बा! म संग भा भे टं जस्तो ट्वाकेलाई ट्यै झोलले न्वाइ दिन्थें। (द हे मरु सिनि न्ह्यागु धा सां जिल नि ठो ख्वा...स चित) बुजिस? 

अब के गर्छस ट हाकु! म ट दिन्न दिन्न, तोइले मोलाई ट्वाके भनिस, जंड्या नि भनिस, हेर मो पनि मान्छे हो मान्छे! मेरो पनि ह्यां... निर दिल छ। हुन ट, तों जस्तो माग्ने संग यास्तो कुर गरेर के बुझ्छ्स र तोइले आज मेरो दिल दुखाइस।

का! बेमान टंइले मलाई माग्ने भन्ठानेको, छि म बु! टेस्का बाजे! मलाई हेपेको? माग्ने भनेको? का स्याट। ख्वा...स न जि त फोग्गिं हे धाल। बेमान ठो एलां याना थौं, थप्यारिम्ह जि हाकुमान चा या! त धंगु हे बिज्जट जुल। हट्टेरिका! थौं हे निसें ठो एला, ठोँ जिं टोने मखु त। साफें हे धाल ठो च्याङ्बा चां! जिगु न्ह्यलं चाएका बिल। 

हेर च्याङ्बा! म आज मुरमा छैन! झग्रा सग्रा गर्न हुन्न! बरु टं पनि यो जाँर साँर छोर डे। टेरो बाउको सम्पटी पनि बच्ने, अनि मैले पनि तैंले जंड्या, ट्वाके भन्न नपर्ने! ल नयाँ बर्षमा हाम्ले त यो मदिरा पान सान छोर्ने निर्नय गरम है च्याङबा! 

ओहो हाकुमान दाई! टिम्रो बुदि कसरी परिवर्तन भयो आज अचानक? 
टिम्ले नै दे को ट हो नि। टिम्ले माग्ने भने पछि! म त झल्याँस्स भयो होइ! अनि यस्तो बिज्जत गरेर यो जांर सांर खान्न भनेको नि! बरु अलिकति छ भने दे न! सार्‍है खसखस भै रा छ। भोलि देखि धरोधर्म खान्न।

टेसो नभनम हाकुमान! छोरे पछि अइले नै छोरम। म संग नि छैन अहिले। अब यो लोकडाउन मा खोज्न जान पनि मिलेन। होस। अब देखि हाम्ले जांर सांर छाड्यो। अस्तु।

 

Saturday 11 April 2020

लकडाउनमा सपना

लक डाउनमा रोमान्टिक

हैन ए बुढा ! तिमिले त आज निकै रोमान्टिक गाना सुनछौ। मलाई सम्झेर पुरानो दिन याद आयो कि क्या हो?

हो नि बुढी ! मन त रोमान्चित भएकै हो । पुरानो दिनको याद पनि आको हो । तर त्यो सिनमा चैं तिमी हैन मेरीवाली पो आयो त !

थुइक्क बुढो ! अहिले सम्म त्यो मोरीलाई बिर्सन सके छैनो ? र पो म संग ट्याम ट्याममा ठ्याँस्स परेर निहु खोज्दो रेछ । छि: के भाको यो बुढो, उमेरले डांडो काटी सक्यो। तै पनि...!

छोरा छोरीको बिहे भएर नाति, नातिनी खेलाउने बेलामा, अझै त्यो चाउरीलाई सम्झेर रोमान्चित भएर बस्छ । तै तै म पनि के कम छु र ? त्यस्तै हो! तिम्रो कुरो बुझेरै म पनि तिमी देखेर रोमान्चित भाको चैं हैन है !

कुन बेलाको साइट निकाल्देछ त्यो ज्योतिष बाजेले, तिमी जस्तो काले पोइ पर्‍यो ! नत्र त म पनि सुब्बा साबको छोरी हुंनी। गाउँमा खान लाउन केही कमि थिएन । एक से एक हिरो र राम्रा ठिटोहरुको लर्को नै थियो । के मोहनी लायौ कुन्नी त्यो बेला, तिम्रो काले अनुहार नि राम्रै लाग्यो । अस्तु !

अबको पर्यटन भनेको कृषिमा आधारित हुन पर्छ।

Tuesday 31 March 2020

कोरोना

ओ गोरुचा! गुलि जक उखे थुके याय मागु हाँ? न्हापा न्हापा धासा न्हिँच्छी चच्छी दें जक देना च्वनेम्ह गोरुचा! थौं कन्हे गन जक वने मागु हँ? घायँ नैम्ह।

उखुनु उखुनु धासा छें च्वन, दें जक देना च्वन धका ब्व बिगु बुरा चाँ, थौं कन्हे छाय पिने वने मब्युसें छें जक गार्‍हे जुया च्वं धागु खनि, जिं ला थ्व बुरा चिया खं हे मथु या वल धयां! छु छु का! बुरा जुसाँ निसें थथे जुइगुला!

ए बा! छ्या छें च्वनेगु जि? जिगु मानव अधिकार छं छ्या हनन यागेगु कुत याना च्वना?

छिमबु! थौं कन्हे लक डाउन जुया च्वंगु मस्युला ए!कुलंघार घायँ नै म्ह गोरु!

मस्यु बा जिंला! गथे सिइ केगु? न्ह्याबलें घायँ नै म्ह गोरु गोरु धका जुइम्ह अबु दु सिनि, जि गोरुं गथे याना सिका कायगु हाँ बुरा?

छिमबु यात बुरा धाएगुला? बेमान! पिन्हे पिहाँ वने बले कोरोनां ज्वनी धका वनेमते धयागु का। न्ह्यागु घायँ नैम्ह जुसाँ आखिर छ जिगु हे मचा ख नि गोरुचा!

ए बा! जिं छगु खं जक मखु यक्को हे खं मथु, थौं कन्हे! छगु ल थ्व कोरोना कोरोना धागु छु? अले पिन्हे पिहाँ वने मजुगु कारण छु? अले जि गोरु ख सा जिम्ह अबु सु खले? 

अबु: वा तां च्वना च्वन ! धाथें! जिगु मचा ला ज्ञानि जुल खनि, आ धासा! जिगु न्ह्यलं चायेका बिल बाबु छं। थौं निसें छ गोरुचा मखु, बाबुचा का।

धन्य कोरोना! जिम्ह गोरु मचा, थौं निसें बाबुचा जुल।

उखे थुके मजुसें, सकल परिवार नापं छें च्वना, कोरोनां बचे जुया दिसं, बिज्याहुं। 

भवतु सब्ब मंगलम!

Friday 20 March 2020

झगडा

कलेजमा केटाहरुको सानो सानो कुरामा झगडा हुने सामान्य नै हो। एक दिन केही जातिय ग्रुप केटाहरुको झगडाको दृश्य यस्तो भयो। कसै संग मिल्न जान सक्छ। मिल्यो भने संयोग हुन सक्छ।
दृश्य:
ल छु ट बेमान?
छुन्छु! ला! के गर्छस?
ल फेरि छु ट, टैंले देख्छ्स! 
छुन्छु, छुन्छु ल मुक्का नि हान्छु। ढीस्सुम ...
आएया बाबा! बेमान ले हानेर पो ल्यायो, छिमिअबुलाई!
ल भयो भयो जा, टेरो बाउलाई धेरै नजिस्का, फेरि हान ट, अनि देख्लास टेरो बाउको टाउको।
आर्कोलाई झन रिस उठ्यो, अनि नाकबाट रगत झर्ने गरेर हिर्काइ दिएछ।
का! नाकबाटै रगत आयो! ए पासाहरु भाग भाग! भागेर साथीहरू भएको ठाउँमा पुगेछ र साथीहरूसंग गफ लडाउंदै भनेछ: हामीहरु पाँच जना एक्लै है, तिनीहरु दुईजना हुल बांडेर आइरा भने झगडा गर्न टेस्का बाजे! 
अनि के गरिस त?
के गर्नु नि टेस्टा संग झगडा गरेर साद्दे हुन्न भनेर फर्केर आयो नि नत्र?
नत्र, के त?
के न के नि, नत्र फेरि उस्को नि नाक साक फुट्ठ्यो कि के ठा? टेस्का बाजेको बिहे देखाइ दिन्ठें। हामी अलि सोजो पर्‍यो क्या। अलि मूर्ख परेको भए त हानाहान नै हुन्थ्यो नि छि मबु को बाउको बिहे देखाइ दिन्ठें! 
अइय्या! क्या दुखिरा छ भन्या। ट्यो केटा सम्झ्यो कि झन दुख्छ। बेकारमा त्यो बेमान संग निउ खोजेको पासा। आफुलाई घाटा नै भयो नि। अब देखि यस्तो झगडा सगदा नगर्ने है पासा। ट्यो केटा संग पनि कम्प्रोमाइज गर्नु पर्ला। अस्तु!

Thursday 19 March 2020

खाना पकाउने ग्यास

हेल्लो ! तपाइँको ग्यांस आयो। सिलिन्डर लिएर आउनुस। आज अचम्मै भो त! ग्यांस साउजीले ग्यांस लिन आउनुस भनेर फोन गरेर ल्यायो ।

का...! म ट गजबै भयो बा ! संधै बोल्न गाह्रो मान्ने साउबाले ग्यास लिन आउ भनेर ल्यायो भने। हे हे म ट झ्वाम्म हाम्फालेर ग्यास पसलमा गयो हई ! छि मबु ! ट्यां ट म भन्दा अगारी, ए ! कटिका मान्छेहरु लाइनमा बसिरा भन्या। म ट ट्वां। ए साउ ! टिम्ले ग्यास लिन आउ भनेर म हाम्फालेर डौडेर आयो हइ ! याँ ट यत्रो लाइन पो रेछ।

तेइ त ! अरे म पनि डेराबाट अफिस जान लागेको मन्छे। काम छ्डेर आएको छु हजूर। अब एकछिन धीला भएर के भो ? अफुले खानको सट्टा साटु खएर अफिस जानू परेछ हजूर।

ए साउबा ! अलि छिनमा आन्छु नि। एउट सिलिन्डर राखी दिनुस न है!


तेस्का बाजे ! मेरो बाउलाई त राखी दे को छैन, तँ चाहिँ कुन ससुरा हो? राख्दिन। चाहिन्छ भने अइले नै लिएर जा नत्र बैशाखमा लिन आ। 

मेरो भन्दा अगाडिको पालो आएको ग्राहकले एक सिलिन्डरको पैसा दियो। साउजिले पांच रुप्पे माग्यो। किन थप पाँच? भनेर पालो ग्राहकले सोध्य्यो। 

साउजी जंगिदै, तेरो बाउलाई फोन गर्दा सित्तैमा गर्छ? यत्रो मान्छेहरुलाई फोन गर्दा पैसा लाग्दैन? हुन पनि फोन गरि गरि बोलाएको यो पहिलो अवसर हो त्यो पनि यस्तो क्राइसिसमा। 

मेरो पालोमा खुरुक्क केही नभनी साउजी धन्यवाद भनेर पैसा बुझाएर ग्यास लिएर आउंदा, एउटी दिदिले ओहो यस्तो संकटको बेलां ग्यांस पाउदाको छुट्टै मज्जा आउँछ हगि बाबू भन्नू भो। मैले नि उम! भनेर आएं।

भवतु सब्ब मंगलम।

Sunday 5 January 2020

चन्दा चक्र

एकजना उधमीले आफ्नो ब्यबसाय चलाउन के के गर्नु पर्छ होला?
१. उधोग दर्ता
२. अनुमती पत्र
३. अर्थको जोहो
४. कर्मचारी ब्यबस्थापन 
५. कर 
६. अन्य

यसमा सबैभन्दा पुछारमा रहेको अन्यले सबैभन्दा ठुलो रोल खेलेको हुने रहेछ। साम, दाम, दण्ड, भेद। जस्ले गर्न सक्छ उहि सक्षम रे।
सन्दर्भ उखु बेपारीहरु।

स्वनामधन्य बेपारीहरुले विभिन्न पार्टीहरुलाई चन्दा दिन्छ्न, राजनैतिक संरक्षणमा बस्छन। त्यो चन्दा कताबाट आउँछ रहेछ भनेर यस्सो हेर्दा त चन्दा चक्रपो भेटियो बा! बिचरा उखु किसानहरुको पैसा जति जम्मा गरेर ति बेपारीले जम्मा गरेर राख्दा रहेछन, अनि त्यै पैसा चन्दा स्वरूप तिर्दा रहेछन भन्दा अति सयोक्ती नहोला।उखु किसान भन्छन अरे। अनि किसानहरुले सरकारलाई किसानमारा भन्यो भनेर किन रिसाउनु। बेपारीहरु त बिचको बिचौलिया मात्रै भएछन र ठुलाबडा बनेर हिंडेका रहेछन। 

अनि उखु बेपारी र उखु किसानको बीचमा बसेर सरकारले सम्झौता गरेछन अरे। अचम्म लाग्छ, मेरो देश! के स्वादको सरकार हो? उखु मन्त्रीले पैसा तिराइ दिन्छु भनेर कागज गराउछन, भोलि आएर त्यो स्वनाम धन्य उखु बेपारीले मैले त पार्टिलाई चन्दा दिएको छु, किन किसानलाई पैसा दिने भन्यो भने के हुन्छ? चिन्ता ब्यक्त गरेका छन उखु किसानहरुले।

सरकारले उचित कदम उठाएर उखु किसानको रकम नतिर्ने उखु बेपारीलाई आवश्यक कार्यबाही गर्नु पर्छ भन्छन उखु किसान। 

के गर्छौ सरकार ?