Grab the widget  Get Widgets

06 August 2020

सरकारी नियुक्ति

बल्ल बल्ल सरकारमा बस्ने महान नेताहरुको बुध्दिले काम गरेछ। अनि हाम्रो मान्छे होइन राम्रोको चयन भएछ। सरकारले मलाई पनि ठुलै पदमा नियुक्ति दिने जमर्को गरेको रेछ। अहिले भने अलि पट्याउन गार्‍हो भयो। तै तै नियुक्तिमा आफ्नो नाम गएको थाहा पाए पछि म पनि जबरजस्ती दङ्ग पर्नै पर्‍यो। 

नियुक्तिको कुरो भन्दा नि ठुलो कुरो मेरो लागि त तलब नै भयो। आम्ममा ! यो देशमा बौध्दिक सम्मान हुन्न भनेर अब कस्ले भन्छ? मलाई बिश्वास नलागे पनि बिश्वास गर्नै पर्ने भयो। अब चै पट्याएं है।

मैले तलब मेरो हातमा आउंदाको अवस्था अनुमान गरेर पैसा गन्दै थिएं। बुढीले ठ्याक्कै उठायो। ए बुढा ! के गरेको ? के हो ? निकै तलब पाए जस्तो पैसा गन्दै छौ त ! खोइ पैसा ? 

हत्तेरीका बुढी ! अलिक पछि ब्युंझाउनु पर्ने नि ! पैसा गन्न नै पुगेको थिएन ! सरकारले मलाई ठुलै पदमा नियुक्ति दिइराथ्यो ! उठाइ हाल्यो । अनि तलब नि कति कति ! आहा ! कति मीठो सपना पो देखिएछ। होइन बुढी ! यो बिहानको सपनाको कुरो सांचो हुन्छ भन्छ। नयाँ नियुक्तिमा पर्छु कि क्या हो ? अस्तु!

No comments:

Post a Comment