Grab the widget  Get Widgets

Tuesday 26 February 2019

Tourist & Toilet

कन्डक्टरको ज्याला

गैरिधाराको चिया पसलमा दुई जना कुरा गर्दै थिए ।
कन्डक्टर: हैन हो डाइबर साहेब, मेरो ज्याला कैले दिने हो ?
डाइबर: आ...! कति भो र ज्याला नपाएको ?
कन्डक्टर: कति हुनु नि ! दुई महिना त ट्याक्कै कटिसक्यो नि ! यस्तो खाते साउजी संग नि के काम गर्नु र हो ? यस्सो गाडिको पांग्रा बेचेर पुरानो पांग्रा हालेर पैसा असूलुम कि क्या हो ?
डाइबर: हुन्न हुन्न, अहं हुन्न, यो साउजी त ठिकै छ क्या ! त्यो साउजी को आउरे बाउरे अलि बाङ्गो छ जस्तो लाग्छ ! दिई हाल्छ नि !  हतार नगर न।
कन्डक्टर: के को हतार नगर्ने नि यत्रो मैना भैसक्यो, त्यस्का बाजे ! पैसा दिने त कुरै गर्दैन । काम नगरेको भए त ठिकै होला, हाम्ले त काम गरेरै पैसा मागेको हो नि । कि त दिन्न भन्न पर्‍यो होइन ! पैसा छैन भने, नत्र ! त्यो अगाडिको पांग्रा चै तपाईंले बेच्न सक्नु हुन्न भने म चाहिँ बेच्दिन्छु है । त्यो खाते साउजीले जस्तो बेबार गर्छ हाम्ले नि त्यस्तै गर्छम ।
डाइबर: धेरै नकरा डांका ! चुप लाग, उ साउजी आउंदैछ । म कुरा गर्दिम्ला । मोरा ! जाबो दुई मैनाको पैसा नपाउँदा आकाश खसे झैं ठान्छ ।
#चेतनाभया