दर्शन बुढा आज भान्साकोठाबाट उठेर आफ्नो कोठामा गएका थिए। तर उनी किन कोठामा गएका हुन् भन्ने कुरो सम्झनै सकेनन्। सामान लिन गएका हुन् कि अर्थोक नै कुनै काम? के सोच्दै गएका थिए कुन्नि? घरीघरी आफैंसँग प्रश्न गर्थे, तर उत्तर फेला पर्थेन। कोठामा केही बेर अनकनाएर उभिए। फेरि त्यहाँ केही भेटिएला कि भन्ने आशामा पल्लोबाट ओल्लो कोठामा गए। तर त्यो कोठामा पुगेपछि पनि उनले किन त्यहाँ गएका हुन् भन्ने कुरा सम्झन सकेनन्।
आफ्नो कमजोर स्मरणशक्तिबाट हैरान भएका दर्शन बुढाले अन्ततः "ए बुढी, सुन त!" भनेर बोलाए।
भान्साकोठाबाट हात पुछ्दै आएकी बुढीले सोधिन्, "हजूर, किन बोलाइस्या?"
दर्शन बुढाले टोपी फुकालेर निधार कन्याउँदै भने, "किन बोलाएको हो, मलाई नै थाहा छैन, हत्तेरिका!"
बुढी मुसुक्क हाँसिन्। "हजूर, सठिया लागेछ, यो बुढेसकाल हो। यस्तो त हुँदै जान्छ। चिन्ता नगर्नुस्। भुल्नु पनि जिन्दगीको एउटा भाग हो।"
छेउमै बसेकी नातिले यो दृश्य हेरिरहेको थियो। उसले हजुरआमाको कुरा सुनेर हाँस्दै भनिन्, "हजुरबुबाको बिर्सने बानी त कति रमाइलो लाग्छ, बाबै! तर अब हामीले हजुरलाई झर्किने होइन, सघाउनुपर्छ हैन र, हजूरआमा?"
दर्शन बुढाले हाँस्दै भने, "हो, यही त हो जिन्दगी। आखिर सारा कुरा सम्झिनै पर्ने कहाँ छ र! केही भुल्नु पनि राम्रो हो, नत्र जिन्दगी कति गाह्रो हुन्थ्यो।"
बुढेसकालमा सम्झने र बिर्सने बानी आउनु सामान्य कुरा हो। यस अवस्थामा छोराछोरीले र परिवारले झर्किने होइन, सहयोग गर्ने र बुढाबुढीलाई सहज वातावरण सिर्जना गरिदिनुपर्छ। समयले पुराना कुरा भुलाउने भए पनि माया र साथ कहिल्यै भुल्न हुँदैन। अस्तु।
#लघुकथा
No comments:
Post a Comment