कम्पनीको अफिसमा हाकिमसापको एकदम फरक किसिमको बानी थियो। उहाँ सधैं महिला कर्मचारीहरूसँग बेग्लै "सद्भावना" देखाउनुहुन्थ्यो। बिहान अफिस छिर्ने बित्तिकै, म्याडमहरूको ढाडमा हात राख्दै भन्थे, "ओहो म्याडम! के छ हालखबर?"
म्याडमहरू जबरजस्ती मुस्कुराउँथे, तर अनुहारमा भने असहजता प्रस्टै देखिन्थ्यो। तर, हाकिमसाप भने आफ्नै दुनियाँमा मस्त थिए। सायद मनोरन्जन हुन्थ्यो |
एक दिन सरको साथी अफिसमा आइपुग्नु भयो। त्यहिबेला साथी कै अगाडि एकजना म्याडमलाई हाकिम साबले ढाड मुसार्दै "ओहो! म्याडम के छ हालखबर ?" भन्दै गरेको देख्दा म्याडमको असहजता सरको साथीले प्रष्ट देख्नु भयो।
अनि म्याडम बाहिर निस्कने बित्तिकै सरको साथीले सरलाई जिस्काउंदै भन्नु भयो। "ओ पासा! हाकिम भयो भनेर यसरी महिला कर्मचारीहरुलाई ढाडमा मुसार्दा मोलेस्टेसन भयो भनेर आरोप लगाएर झ्यालखाना जालास है, भन्यो।"
हाकिम सरले, "तँ आफुले पनि गर्न नसक्ने, अनि मैले गर्दा पनि दाहा गर्ने?" भनेर जवाफ दियो।
सरको साथी, "हुन त म्याडमहरुले अप्ठेरो मानेनन् भने त केहि न होला तर मेरो बिचारमा म्याडमहरुले भन्न नसकेको जस्तो लाग्यो है | तेरो ब्यबहार चै ठिक लागेन |"
केही क्षणमा गीता म्याडम अफिसमा आउनु भयो। उनी अलि सिधा-सादा थिइन् तर चलाख थियो। जब हाकिमसापले उनलाई पनि ढाडमा मुसार्दै सोधे, " नमस्ते म्याडम! के छ हाल खबर?"
गीता म्याडमले चतुराईका साथ जवाफ दिइन्, "ओहो हाकिमसाप! म त ठिकै छु, तर तपाईंलाई के भएको छ? हातका औंलाहरू दुख्न थाले कि क्या हो? म्याडमहरुलाई मुसार्नै पर्ने भएको छ कि क्या हो?"
अफिसभरिका कर्मचारीहरू सबै हाँस्न थाले। हाकिमसापको साथीले पनि आँखा तर्यो, अनि हाकिमको अनुहार रातो भयो। आत्मग्लानी महसुस गर्यो, उनले तत्कालै आफ्नो हात पछाडि राखे। "सरी है, म्य्याडम !" भन्यो।
त्यसपछि अफिसमा हाकिमसापको "ओहो म्याडम!" शैली हरायो। सबै म्याडमहरू भित्रभित्रै खुशी भए। गीता म्याडम हाँस्दै सोचिन्— "कहिलेकाहीँ हाकिमलाई पनि हाकिमे पारा मै जवाफ दिनुपर्छ, रैछ !"
यो कथाले प्रभावकारी तरिकाले सन्देश दिनेछ भन्ने आशा गरेको छु। कार्यस्थलमा यस्ता व्यवहार स्वीकार्य छैनन्, र यदि कोही, कसैले असहज ब्यबहार गर्छ भने त्यसको प्रतिरोध / बिरोध र सामना गर्नुपर्छ। अस्तु |
तपाईंलाई कथा कस्तो लाग्यो?
No comments:
Post a Comment