Grab the widget  Get Widgets

Wednesday 26 April 2023

दुई जिब्रे!

ए बाउ! मुख आँ गर त! 
किन र बा!
तिम्रो मुख भित्र दुइटा जिब्रो छ कि नाईं भनेर हेर्न लाको नि!
हे...! बा नि कस्तो कुरा गर्नु हुन्छ? मान्छेको पनि दुइटा जिब्रो हुन्छ र?
खोइ हुन्छ कि नाइँ ! त्यो त थाहा भएन। मैले चिनेको एक जना तोरी लाउरे छ। मेरो अगाडि एउटा कुरा गर्छ, अनि सबैको अगाडि आर्को कुरा गर्छ। तं पनि कम छैनस नि, मेरो अगाडि एउटा कुरा गर्छस। अनि तेरी आमाको सामुन्ने मलाई नै उल्लु बनाउंछ्स। अनि तेरो कुरो कसरी पट्याउने? त्यसैले तेरो पनि दुई जिब्रे कुरो, अनि त्यो तोरी लाउरेको पनि दुई जिब्रे कुरो मिलेकोले तेरो मुखमा दुइटा जिब्रो छ कि भनेर हेर्‍या नि। अस्तु!

Tuesday 25 April 2023

जांड रक्सी खानु हुन्छ?

ओहो! नाम बोलाएछ। बल्ल आफ्नो पालो आएछ। एक जना डा. नानीले लामो कुर्सीमा जुत्ता फुकालेर बस्नुस भने पछि त बस्नै परो क्यार।
अनि अन्तरबार्ता सुरु भो।
डा.: औषधि के के खानु हुन्छ? बा!
बा: आबु उमेर गायो भान्छ! खोइ के पो हो, बलडपेसर, कोलेसटर, चिनी हो कि सु गर को आउषधी खान्छ।
डा: खैनी, चुरोट खानु हुन्छ?
बा: आबु बुरो भायो भन्छ, नखानु भनेकोले किनेर चैं खान्न, आरुले लेई दियो भने खान्छ, किनिदिनुस न डाक्टर नानी, खान मन लाईरा छ। पान, छ मैना भो, खान दिन्नन, नातिहरुले!
डा.: हैट बाजे! कां किन्ने भनेको हो र? मैले त सोधेको मात्रै हो, अनि जांड रक्सी खानु हुन्छ?
बा: लेई दियो भने त खान्छु नि। बरु क्वाटर भए पुग्छ, अनि लोकल भए मज्जाले लाग्छ। काइले खान दिनु हुन्छ नानी, अहिले नै खाने हो भाने, अलिकति सितन पनि माग्दिनु होला है! बारु नातिले न ठापाउने गरेर ल्याई दिनुस है! हैरान नै पार्छन् ।
डा.: ए बा! तपाइँ काँ हुनुहुन्छ थाहा छ?
बा: छ नि नानी! अस्पतालको होटलमा होला नि, नत्र तापाईँले खाने कि भनेर किन पो सोद्नु हुन्छ र होइन र नानी?
डा.: ए बा! तपाईं अहिले अस्पतालमा उपचारको लागि आउनु भा छ। खानको लागि होइन!
बा: ए....! त्यसो पो!
(कान्तिपुर डेन्टल अस्पतालमा पालो कुर्दा कुर्दै तयार भाको कथा)

दाँतको कमाल

तिमीलाई कति मायां गर्नु पर्ने हं? तिमिलाई मुलायम जिब्रोले चलाउंदा नि छ्या कति चलाईरा भन्ने? तिमी त सार्‍है नै कठोर भै सक्यो रैछ। निष्ठुरी बनेका रैछौ, गम्केर बसेका रैछौ। छुन पनि नहुने भएका रैछौ। अब तिम्रो चाकडी गरेर बस्ने वाला छैन। हेर दांते! अब अस्पताल गइन्छ तिम्रो उपचार गरिन्छ। 
क्यार्ने र? यो आफ्नै मुख भित्रको दांत र जिब्रोको प्रेमालाप पनि कष्टकर नै हुने भो बाबै! दांत दुख्दा सहन नसक्ने अवस्थामा हाड नभएको जिब्रोले दांतलाई मायाँ गर्दा पनि आंखालाई असर हुने पो रैछ बाबै। बरर आँसु आउँछ त! आम्मामा दांत दुखेर हैरान, भए पनि गाला मोटाएछ भन्ठानेको त सुन्निएको पो रैछ। नाकको डांदी नै बांङ्गो देखिएछ त। हेर त दांतको कमाल। अझै तिमीलाई कति मायाँ गर्नु? मेरो दाँत!

Thursday 20 April 2023

हैसियत हराएको मान्छे

खै कुन्नी कुन बेला हो, हुन्छ भन्देको थिएं, काम पाईहालियो भनेर दंग परेर काममा लागियो। कुन जुनीमा यस्तो मान्छेको ऋण खाएको रैछु, साला कुकुरले नपाएको दु:ख पाइयो यार! गोज्यांग्रेले गुनासो सुनाइंदैथ्यो।

मुन्द्रे: के भयो पासा! भनेर फ्याट्ट सोधी हाल्यो, फेरि गुनासोको भकारी नै फुकाल्यो गोज्यांग्रेले। हेर न मुन्द्रे ! साला तं त मुन्द्रा लायो, लखर लखर डुलेर हिंड्यो, बस पार्कमा दलाली गर्‍यो, पेट पाल्यो सिद्दिगो। तेरो जत्तिको पनि हैसियत भएन यार !
मैले काम गरेको ठाममा मान्छेहरु कुकुर बिरालो झैं झगडा गरेर हैरान पार्छन यार! साहु हुन कि राहु? मुलाहरुको चाला बुझ्नै नसकिने भो यार! एक जना आउँछ, यो कुरो कसैलाई नभन है, तं र मेरो बिचमा मात्रै हो, भन्छ। आर्को आउँछ, अरुको कुरा नै नसुन्नु मैले जे गर भन्छु त्यै मात्रै गर्नु भन्छ। अनि जब सबै जना हुन्छ नि! त्यो बेला सबै जना मिलेर मैले, गोज्यांग्रेलाई भनेकै थिएं, तंहरुलाई भनेन रैछ भन्छ बा! आजकाल गोज्यांग्रेले काम ढीला गर्छ। अर्‍हाएको अन्सार नि काम गर्दैन भनेर पो भन्छ बा! 

तेरिमा बज्ज्या! भन्ने बेलामा कसैलाई न भन्नु है भन्ने, तं र मेरो बिचको मात्रै कुरा हो भन्ने, अइले आएर फेरि मैले नै भनेन भनेर दोष लाउने? त्यो पनि सबैको सामुन्ने दोष लाएर आफु मुला भद्र बन्ने? 

अनि काम गर्‍यो भने किन नसोधीकन काम गरेको भन्छ, सोध्यो भने यस्तो कामहरु सबै सोधिराख्यो भने तंलाई तलब दिएको के मतलब भो र भन्छ! आफै गर्नु पर्दैन? भन्छ, बा! मुलाहरुको दुई जिब्रे पाराले मेरो दिमाग खराब भै सक्यो। यार! त्यसै त, सबले आफ्नो नाम नै गोज्यांग्रे राख्दी सक्यो। अब त सांच्चै कै गोज्यांग्रे नै भै सक्यो यार! मानसिक तनाबले गर्दा साला हैसियत हराएको मान्छे पो भइएछ, बा! 

मुन्द्रे: यस्ताहरुको कुरो पट्याएर बस्न हुंदैन। आफ्नो काम खुरुखुरु गर्ने, आफ्नो जिम्मेवारी खुरुखुरु गर्ने। यस्ता तोरिहरुको कुरा एउटा कानले सुन्ने अनि आर्को कानले उडाउने। आफुलाई पक्का लागेको काम गर्ने। अनि सबै तनाब मुक्त हुने। लौ अब घर जा है! अस्तु।

Tuesday 18 April 2023

निदाएको बुढा उठेन

बुढा कुन बेला निदाएको रहेछ, थाहै भएन! बुढी उठेर गै सकेको रहिछे। थाहै भएन। जब अबेर सम्म पनि उठेन, तब मात्रै बुढीले खोज्दै आई! के भो बुढा? उठ न उठ! अबेर भयो, अब त उठ!

बुढा निदाएको बेला! बुढाको कानले सुन्ने चेष्टा नगरेको बेला, बुढाले सुन्ने नै भएन। चेत हराएको बेला बुढाले सुन्ने नै भएन। बुढा अचेत भएछ। अब चेत गुमेको बेला सुन्ने नै भएन। 

बुढीले आफ्नो कामको बिचैमा एक पटक उठाउन आवाज लगाएर गई। अनि अझै पनि नउठे पछि, फ़ेरि झर्किएर उठाई, ए बुढा! उठ है उठ! हिजो अस्ति बेलैमा उठ्ने बुढा आज के सारो हो? उठ ए बुढा उठ। 
बुढा उठेन। अत्ति नै भए पछि बुढिले बुढालाई झक्झक्याउन थाली, मनमा चिसो लाग्यो, बुढाको शरीर त चिसो भै सकेको रहेछ। कति बेला चेत उडेछ, बुढा कहिले न उठ्ने गरी निदाएको रहेछ। बुढा कुन बेला निदाएको रहेछ। अब नउठ्ने गरी निदाएको रहेछ। बुढी इन्तु न चिन्तु भइ। 

अब बुढालाई हकार्ने दिन गएछ। कति मात्रै दु:ख दिने बुढा रैछ भन्न नपाउने भएछ। ढीला आयो भनेर गनगन गर्न नपाइने भो! सुगर र प्रेसरको मान्छे जे पायो त्यही खाएर आउँछ भनेर गाली गर्न नपाउने भएछ। लुगा कति फोहोर गरेको हं, भन्न नपाइने भएछ। जहिले पनि गोडा दुख्यो, मिच्दे भन्ने शब्द सुन्न न पाउने भएछ। अब बुढा निश्चिन्त निदाएछ। दांत दुखेर हैरान भो औषधि लेरा त बुढी भन्ने शब्द सुन्न नपाइने भो। बुढा! तिम्रो स्वर्गमा बास होस। अस्तु। 

Saturday 15 April 2023

ए बुढी च्या खाम न!

बुढा: ए बुढी च्या खाम न!
बुढी: ओहो बुढा! च्या त ल्याउनै बिर्सियो नि,
जाउ त किनेर ल्याउ।
बुढा: आच्या, भरखर त आएको छु, 
जाउ न जाउ किनेर ल्याउ।
बुढी: ए बुढा! के बोलेको? हं?
घरमा बसेकी भनेर सुतेर बसेकी भन्ठान्यौकी क्याहो?
तिम्लाई भात ख्वाएको भांडा कस्ले माझेको छ?
तिम्लाई खाजा कस्ले बनाएर ख्वाएको छ?
बेलुकीको खाना कस्ले पकाएर दिएको छ?
दिनभर लगाएर मैलो बनाएको 
तिम्रो लुगा कपडा कस्ले धोएको छ?
अफिस जान लुगामा इस्ट्री कस्ले गर्देको छ?
नानी बाबुलाई कस्ले स्कुलमा पुर्‍याएको छ?
उनीहरुको नास्ता कस्ले बनाएको छ?
होमवर्क कस्ले गर्देको छ?
तिम्रो बाउ माउलाई कस्ले ख्वाएर स्याहारेको छ?
तिमी त दिनभर बाहिर गएर कमाएर ल्याएको मात्रै घरमा कति काम हुन्छ? देख्छौ!
यहाँ घरमा दिनभरको काम कस्ले गरेको छ?
अझै मै पसलमा गएर च्या किन्न जानु पर्ने? 
तिमी गए हुन्न?
तिम्रो खुट्टा के भएको छ?
बांउडिएको छ?
मर्केको छ?
मसल फर्केको छ?
बुढा: (टाउकोमा हात राखेर) मलाई माफ गर बुढी यति धेरै काम गरेकी छौ, तिम्रो फेहरिस्तले मेरो दिमागमा रहेको च्या सबै पोखिएर गै सक्यो। आज च्या नखाम भो! भोलि खाम्ला। तिम्लाई पनि ख्वाउंला। अस्तु।
#मेरोसमाज 

Friday 14 April 2023

कर्म

तिमीलाई नभने कस्लाई भन्ने?
तिमीले नगरे कस्ले गर्ने?
तिमी नभए हाम्ले के गर्ने?
सरकार ! 
तिमी पनि हौ,
म पनि हो, 
सरकार !
मेरो ठाउँमा तिमीले सहयोग नगरे पछि,
तिम्रो ठाउँमा मैले मात्रै सहयोग गर्नु पर्ने?
समस्या मेरो पनि हो
तिम्रो पनि हो।
तर तिम्रो आँखा खुलेन
कानले सुनेन
अब, हेर ! 
तिम्रो आँखा पनि खुल्छ,
कान पनि खुल्छ,
नाक पनि खुल्छ।
होस पनि आउँछ।
हेप्नी?
#बालेन 

Monday 10 April 2023

त्यो नेता मरेको दिन!

त्यो नेता मरेको दिन! 
त्यस्को परिवारले के गर्लान? 
हिंजो सम्म त ठिकै थियो, आज यस्तो भयो। 

त्यसलाई चिन्नेहरुले के भन्लान?
अस्ति मात्रै भेटेको थिएं, सामान्य नै थियो, आज यस्तो सुन्न पर्‍यो।

त्यस्को इस्टमित्रले के भन्लान? 
मान्छे त ठिक ठाक नै थियो, के भएर मरेछ?

आउरे बाउरेहरुले के भन्लान?
बरु पैसा चैं कता कता मात्रै राखेका होलान हगि?

पैसा चलाउने बेपारीहरुले के भन्लान?
चर्को ब्याज तिरिय्याथ्यो अब सांवा चैं चट पार्न पाईय्यो। फाइदा नै भो।

घुस ख्वाएकाहरुले के भन्लान?
त्यो त डांका नै हो नि! मेरो फाइल सदर गर्न ... लाख/ करोड लियो बज्जियाले। के गर्नु नत्र पर्मिट नै पाइंदैन्थ्यो। मरेछ, ठिकै भएछ।

त्यसलाई मन नपराउनेहरुले चैं यस्तो भनिरहेका थिए।
साला, खुब जान्ने सुन्ने भनाउंदा हुन, मरेको ठिकै भो। बल्ल अब हाम्रो पालो आउने भो!
यो मेरो समाज हो, यहाँ यस्तै त हो नि ब्रो!

Sunday 9 April 2023

साइमन डिप्रेसनको शिकार भएको बेला।

त्यो बेला सम्झंदा अझै मेरो आङग सिरिङ हुन्छ सर! जब म डिप्रेसनमा गएको थिएं, ट्रेकिङमा भेटेको साइमनले कुराकानीको सिलसिलामा ढुक्क संग खुलेर भन्यो।

साइमन: मलाई सबै जना बेठीक, म मात्रै ठिक लाग्थ्यो। जस्ले जे भने पनि आइ एम राईट, यू आर रंग भन्ने नै लाग्थ्यो। यति झर्को लाग्थ्यो कि मान्छे देख्दा नि रिस, जनावर देख्दा नि रिस, हुंदा हुंदा आफ्नै साथीभाइ र परिवार सदस्य देख्दा नि रिस उठ्थ्यो। कैले काहीं झ्याल ढोका थुनेर एकलै बस्दा पनि, खुल्लम खुल्ला बाटोमा हिंड्दा पनि मेरो रिस मर्दैनथ्यो।

सर: रिसको आगो निभाउन के गर्नु भो त ब्रो?

साइमन: मेरो डिप्रेसनको एक्स्ट्रीम केसमा पुगे पछि भीर पाखामा जान मन लाग्थ्यो, कतै हाम्फालम कि जस्तो लाग्थ्यो, अनि घरमा बस्न मन नलागे पछि घरबाट हिंडे। अनि तपाई जस्तै सर भेटे पछि बल्ल मैले आफ्नो कुरा पोख्न पाएं। कुरा पोख्न पाए पछि मन हल्का हुंदोरहेछ। शान्ति हुंदो रहेछ। आफै रमाउन पाइंदो रहेछ।

बास्तबमा मेरो मनका कुराहरु मनमा नै राखेर उम्लिरहेको रहेछ। मैले तपाईंलाई मेरा मनका कुराहरु सुनाउंदा एकछिन पनि हिच्किचाउनु भएन। आरामले सुन्नु भयो। मेरा परिवार, साथीहरू कसैले मेरो कुरा नै सुनी दिएनन। अनि म झन झन चिड्चिडाउन थालें। मेरो चिड्चिडापनले मेरा नजीकका सबै बिराना बने। 

म पागल भयो भनेर समाजले ठप्पा लगाइ दियो। समाजले पागलखानामा भर्ना गर्दियो। रिह्याब सेन्टरमा राख्दियो। तर मेरो समस्या समाधान भएन। डाक्टरको सरसल्लाह सुने पछि मैले मेरा मनका कुराहरु ब्यक्त गर्न लेख्न थालें, सामाजिक सन्जालमा मेरा भावनाहरुको सम्मान पाउँदा खुशी लाग्छ। अब म सामाजिक अभियन्ता र ब्लगर भएको छु। आफ्नो भावनाको कदर संगै मैले आफ्नो कमाई पनि गर्न थालेको छु। त्यही कमाईले नेपाल घुम्न आएको छु। मलाई एड्भेन्चर मन पर्छ। समाज संग संघर्ष र प्रकृति संगको सामिप्यताबाट मैले जीवनमा साहसिक सफलता पाएको छु।

सर: ओहो! तिमीले आफुले आफैलाई जितेर आएका रहेछौ। अब तिमीलाई मैले भनेका कुराहरु रंग त लाग्दैन होला नि? 

साइमन: लाग्दैन सर! आफुले आफैलाई सम्हाल्ने हो डिप्रेसनमा। जब सम्म आफुमा मै हुं भन्ने भावना हुन्छ, तब सम्म गार्‍हो हुन्छ। जीवनमा कम्प्रोमाइज गर्नु नै पर्छ । म मात्रै राइट तिमी रंग भन्ने भावनालाई त्याग्न सक्यो भने समस्या समाधान हुन्छ। यसलाई आफैले बदल्नु पर्छ। बदलाको भावना हटाउनु पर्छ। 
पदयात्राको क्रममा साइमनको जीवनको अनुभवले हामीले पनि सिक्ने अवसर पाएका छौ। तनाव तपाई हामी सबै संग हुने सामाजिक समस्या हो। हाम्रो भावनाको कदर भएन भने हामीलाई गार्‍हो हुने भएकोले कुरा सुनिदिने मानिसलाई मनका बह पोख्न सकिन्छ। मनो चिकित्सकहरुको सहयोग लिन सकिन्छ। अनि लेखेर, सुनाएर, तनाव मुक्त हुनु पर्छ। कतिपय ठाउँमा समझदारी अपनाउन पर्छ, कम्प्रोमाइज गरेर नै यसबाट मुक्त हुन सकिन्छ। मेरो गोरुको बार्‍ह टक्का भन्नु हुंदैन । यो कुरा हामीले पनि अनुसरण गरेको खण्डमा मानसिक तनाब डिप्रेसनबाट मुक्त हुन सकिन्छ। अस्तु।

Saturday 8 April 2023

हामी जस्तै भो नि ब्रो!

आज बिहानै पशुपति घुम्न जांदा एक जना बांदर दौडेर आएर भन्यो, के छ ब्रो! आजकाल यतातिर आंउदैनौ कि क्या हो? देख्दिन त! 

मान्छेले भन्यो: के गर्ने ब्रो! आजकाल मन्दी चलेको छ, दिमाग खराब भै रहन्छ, बिहान, बेलुकी, सांझ पैसा छिट्टै फर्काउ, ब्याज ले र आ भनेर फोन आ को आई हुन्छ। अनि कतै जान पनि मन लाग्दैन, फोन उठाउन पनि मन लाग्दैन। पसलमा बस्यो, ग्राहक आउंदैन, महिना कट्यो, घरबेटी बा आउनु हुन्छ। सुक्को आम्दानी छैन, पसलको भाडा तिर्न सकेको छैन। अनि क्यार्नु र ब्रो!

बांदर: हुन त हो ब्रो! आजकाल यतातिर आउने मान्छेहरु पनि तिमी जस्तै मन्दी ले मन मरेकाहरुको संख्या बढ्दै गएको देख्छु। अनि हाम्लाई देख्ने बित्तिकै आँखा तरेर हिंद्छन। पहिले पहिले त खानेकुरा ल्याइ दिन्थ्यो, आजकाल आफै खाएर बांकी रहेको बोक्राहरु मात्रै फ्यांकेर दिन्छ्न। त्यै पनि हाम्ले लुछाचुंडी गरेर पेट भर्छम।

बांदर: खैर! त्यस्ता कुरा छाडम, मैले देखेको तिम्रो देश अब हाम्ले चलाउन पर्ला जस्तो भै सक्यो ब्रो! हाम्रो बानी र नीति, तिम्रो सर्खारले लिएको जस्तो देख्छु। 

मान्छे: त्यस्तो कुरा नगर न ब्रो! के बोलेको? हं?

बांदर: हेर ब्रो! तिम्रो सर्खार र हाम्रो बानी एउटै छ। हाम्ले न आफ्नो घर बनाम्छ्म, न आर्काको घर बनाम्न दिन्छ्म। त्यस्तै त छ, तिम्रो सर्खार! होइन र ब्रो? न आफ्नो पार्टी बनाम्छ, न आर्काको पार्टी, न देश, न राष्ट्र बनाम्छ। यस्ता निकम्मा र हामीमा के नै फरक छ र? हामी जस्तै त भो नि ब्रो! हाम्लाई तलब भत्ता पनि चाहिन्न, पेन्सन पनि चाहिन्न। तिम्रो देशको आर्थिक बिकासमा हाम्ले सहयोग पुर्‍याउन सक्छ्म ब्रो।

(झल्यांस्स बिउँझेको त खाटमा नै रहेछु। मेरा भगवान! ) अस्तु।

Thursday 6 April 2023

ठुलो दादाको समाज

त्यो शहरमा हुर्केको ठुलो दादा आफुले कमाउन थाले देखि नै संधै घरको बिजुली, बत्ति, पानी, ईन्टरनेटको पैसा हरेक बर्ष पचासौं हजारमा तिर्नु हुंदो रहेछ। 

एक दिन माइलो दादाले बिजुलीबाट चल्ने पानी तताउने भांडो किनेर ल्याई दिस्यो। मुआ बुबाहजूरले बखान गरिस्सेर धुमधाम! माइला दादाले पानी तताउने भांडा न ल्याएको भए हाम्ले बिहान बिहान तातो पानी पिउन पनि पाईंदैनथ्यो! अहिले आनन्द भा को छ। 

अनि बुबाहजूरकै पैसामा दिदीहजूरले टेलिभिजन किन्दिस्सेको रैछ, मुआ, बुबाहजूर दंग परिस्सेको छ। छोरीले टेलिभिजन किनेर ल्याइदेसी दिनभरी समय कटाउन आनन्द भाको छ भन्नु हुँदै बखान गरिस्सेको छ। अस्ति वासिङ मेसिन पनि ल्याइदिस्स्यो। मुआ, बुबाहजूर दंग होइसिन्छ। अब कपडा धुन पनि आनन्द नै हुने भो भनेर! अनि माइक्रो ओभन पनि ल्याइदिस्सेको छ। अब घरमा बिजुलीको सामान प्रसस्त छन। सबैलाई आनन्द भाको छ। 
यो सबै सुबिधा ल्याइ दिए पछि सबै छोराछोरीहरु पनि दंग छन। 

अचम्म त के भने नि! ठुलो दादा कसैलाई केहि भनिसिन्न। ठूलो दादाले बिजुली बत्ती, पानी, ईन्टरनेटको पैसा तिरी नदिस्सेको भए, बुबाहजूरको पैसामा किनेर ल्याएको सामानको काम आउंछ? 

अझै सबैले ठुलो दादालाई नै सुनाउंदै भनिसिन्छ, त्यो ठुलेले एक पैसा जोगाउन सकेन, जिन्दगीमा केही गर्न सकेन। अहिले सम्म मुआ, बुबाहजूरलाई केही किन्देको छैन। सबै माईला दादा, र दिज्यूहरुले किनि दिस्सेको छ। मुआ, बुबाहजूर र चेलीबेटीलाई यस्सो सरसामान, गरगहना किन्देपो, तिमीहरुको पनि प्रगति हुन्छ। 

खोइ! तेरो प्रगति कहिले देख्ने होला र? एक पैसा जम्मा गरेको छैन, बुढेसकालमा बिरामी सिरामी पर्‍यो भने के गर्ला यो ठुलेले भनेर दिदीहजूरले भनिस्स्यो। ठुलो दादा ट्वाल्ल परिस्सेकोछ। यस्तो समाजमा ठुलो दादाले कस्तो सहानुभुती पाइस्सेला? कमेन्टमा लेखिस्सेला। अस्तु। 

Saturday 1 April 2023

AI generated biography of me.

Vinaya Shakya is a highly accomplished professional with a wealth of experience in the travel and tourism industry. Born and raised in Nepal, Shakya developed a keen interest in tourism at a young age and pursued a degree in Master of Tourism Administration (MTA) from Pondicherry University in 1998.

After completing his education, Shakya began his career in the travel industry as a travel consultant at Tripitak Holidays, where he quickly rose through the ranks due to his exceptional customer service skills and in-depth knowledge of the travel industry. He soon became a trusted advisor for clients seeking advice on travel destinations and itinerary planning.
Shakya's passion for travel and tourism led him to establish the Buddhist International Travel Mart, which specializes in organizing tours to Buddhist pilgrimage sites around the world. He also served as a consultant for Chhango the Canyoning, a company that offers canyoning adventures in Nepal.

In addition to his work in the travel industry, Shakya is also an accomplished lecturer at several educational institutions in Nepal, including the Nepal Mountain Academy, Nepal Academy of Tourism & Hospitality Management, Kathmandu Academy of Tourism & Hospitality, and Public Youth Campus. He is highly respected by his students for his knowledge and expertise in the field of tourism, and he is known for his ability to inspire and motivate others to pursue careers in the travel industry.

Throughout his career, Shakya has received numerous appreciation for his contributions to the travel industry. He is highly regarded by his colleagues and clients for his professionalism, integrity, and dedication to providing exceptional service.