बुढा: ए बुढी च्या खाम न!
बुढी: ओहो बुढा! च्या त ल्याउनै बिर्सियो नि,
जाउ त किनेर ल्याउ।
बुढा: आच्या, भरखर त आएको छु,
जाउ न जाउ किनेर ल्याउ।
बुढी: ए बुढा! के बोलेको? हं?
घरमा बसेकी भनेर सुतेर बसेकी भन्ठान्यौकी क्याहो?
तिम्लाई भात ख्वाएको भांडा कस्ले माझेको छ?
तिम्लाई खाजा कस्ले बनाएर ख्वाएको छ?
बेलुकीको खाना कस्ले पकाएर दिएको छ?
दिनभर लगाएर मैलो बनाएको
तिम्रो लुगा कपडा कस्ले धोएको छ?
अफिस जान लुगामा इस्ट्री कस्ले गर्देको छ?
नानी बाबुलाई कस्ले स्कुलमा पुर्याएको छ?
उनीहरुको नास्ता कस्ले बनाएको छ?
होमवर्क कस्ले गर्देको छ?
तिम्रो बाउ माउलाई कस्ले ख्वाएर स्याहारेको छ?
तिमी त दिनभर बाहिर गएर कमाएर ल्याएको मात्रै घरमा कति काम हुन्छ? देख्छौ!
यहाँ घरमा दिनभरको काम कस्ले गरेको छ?
अझै मै पसलमा गएर च्या किन्न जानु पर्ने?
तिमी गए हुन्न?
तिम्रो खुट्टा के भएको छ?
बांउडिएको छ?
मर्केको छ?
मसल फर्केको छ?
बुढा: (टाउकोमा हात राखेर) मलाई माफ गर बुढी यति धेरै काम गरेकी छौ, तिम्रो फेहरिस्तले मेरो दिमागमा रहेको च्या सबै पोखिएर गै सक्यो। आज च्या नखाम भो! भोलि खाम्ला। तिम्लाई पनि ख्वाउंला। अस्तु।
#मेरोसमाज
No comments:
Post a Comment