Grab the widget  Get Widgets

07 May 2024

भलादमी कर्मचारी

बडो भलादमी छन् मेरा कर्मचारीहरु ! मेरा दु:खमा साथ दिन्छन् ! गत बर्षको मन्दी देखि मेरा कर्मचारीहरुले तलब सुबिधा केही पनि मागेका छैनन् । बिचराहरुले मेरो दु:ख बुझेका छन् । मेरो घरको ॠण तिर्नु पर्छ भनेर सहयोग गरिदिएका छन् । 

तलब सुबिधा बिना कसरी घर खर्च चलाउंछन होला भनेर मैले सोध्दा, सरलाई गार्‍हो सार्‍हो परेको बेलामा हाम्ले पनि मद्दत गर्न पाउँदा हाम्लाई खुशी लाग्छ भन्छन् । संधै हाम्रो सुखदुःखमा सरले साथ दिनु भएको छ। अब तपाईंको गुण हाम्ले कसरी बिर्सने ? भन्छन् । 

मेरा भगवान्, जस्ता कर्मचारीहरुलाई मेरो लाख लाख नमन!

(यस्तो भै दिए कस्तो मज्जा हुन्थ्यो होला, हगी? अहिले तलब नपाएर दिमाग खराब भैराछ, भन्याँ। कसै संग मिल्न गए संयोग मात्रै भन्थान्नुस है!)
#ग्वांग्रेकोगफ #वाक्कदिक्कहाक्कथुक्क 

No comments:

Post a Comment