Grab the widget  Get Widgets

29 May 2024

आशा

आमाको आशा छोराछोरीले राम्ररी घरबार चलाए हुन्छ। आमाको आश छोरीलाई ज्वाईंले सक्दो सहयोग गर्दिए राम्रो हुन्छ। छोरालाई बुहारीले सक्दो सहयोग गर्दिए हुन्छ। ज्वाईंले खाना पकाई दिंदा देउता जस्तो ज्वाईं हुने तर छोराले खाना पकायो भने जोइटिङ्रे छोरा हुने समाज हो हाम्रो। 

धाराको पानी बोक्न पर्दैन अब पानी तान्ने मेसिन छोराले भन्दा बुहारीले अन गर्दिए हुन्छ भन्ने आश आमाको हुन्छ । त्यस्तै श्रीमती आशा गरेको हुन्छ, अफिसबाट घर आइंदा, यस्सो दुई चार थरीको तरकारी ल्याए के बिग्रन्छ र? 

बाउको आश हुन्छ, छोराले बिजुली बत्तिको पैसा, पानीको पैसा, अनि ईन्टरनेटको पैसा ठिक समयमै तिरीदीए हुन्छ।

छोराको आशा हुन्छ, बाउले पेट्रोल भर्ने पैसा दिए हुन्छ नि। कलेजको फि समयमै तिरिदिए हुन्छ नि। यस्तो आशा कति छ्न? थप्दै जानुस है! अस्तु।


No comments:

Post a Comment