Grab the widget  Get Widgets

Monday 27 May 2024

नारान बाजेको गंजेडी छोरो

नारान बाजेको घरमा रुद्री लाउने पुजा रैछ। नारान बजैले आफ्नो छोरीहरुलाई सम्चार पुर्‍याएर निम्ता दिइसकेका रछन्। पुजाका सामाग्रीहरु सबै छोरीहरुले किनेर ल्याइ दिएछन्। नारान बाजेले छोरीहरुले किनेर ल्याका पूजा सामाग्रीहरुको खरिदारीको पैसा तिरेछन।

पुजा गर्नु दुई दिन अगाडि नारान बजैको एक्लो छोरालाई भनेछन्, को कस्लाई बोलाउन पर्ने हो? फोन गरेर बोला। जैले नि तेरो फुर्सद छैन भनेर हुन्छ? मलाई त केहि थाहा छैन। जे जे गर्नु पर्छ गर! पन्डित बाजेलाई सोध। अनि हाम्रा नातागोतालाई बोला। छुट्यो भने गाल पर्ला!

छोरो गंजेडी रछ। हुन्छ! सबलाई भन्दिन्छु भन्यो। छोरोले थपेछ, अनि बाउले चैं के गर्छ त! बाउ संग हाम्रो नातेदारहरुको फोन छैन? बाउले फोन गर्न हुन्न? म त साथीहरू संग मिटिङमा जानुछ भनेर फुट्ट घरबाट निस्क्यो।

होस हवास गुमाएर झुप्प भएर बेलुकि फर्किएको छोरोलाई, बाउ आमा दुबैले बेस्कन झपारेर भन्यो, फोन गरिस त? तेरो दिदीबहिनीहरुले तैंले फोन नै गरेको छैन, हामी कसरी आउने? भन्दै थियो। मेसेज लेखेर हुन्न, बुझिस! मान सम्मान भन्ने पनि दिन जान्नु पर्छ। उमेर पुगेको छोरो, गंजेडी भएर डुलेर बसेर हाम्रो घरको व्यबहार चल्छ? 

छोरोको कनम्पारा तातेछ, हिजो, अस्ति देखि तिनै दिदिबहिनीहरु यै घरमा तपाईंसंग सरसल्लाह गरेका होइनन? को कस्लाई निम्ता दिने भनेर कुरा पनि गरिसकेको होइन? अनि मलाई भरखरको भरखर  भनेर हुन्छ। खाएं त खाएं आफ्नै बाउको खाएं। अनि सबै कुरा दिदीबहिनी संग गरीरा सुनेछु, देखेछु। फेरि मैले नै सबैजनालाई निम्ता दिन जानु पर्ने? 

छोरोले आमा तिर हेर्दै, अरुबेलां लुखुर लुखुर ससुराली आउन सक्ने तिम्रा ज्वाइँहरुलाई अहिले पूजा लाउने बेलामा चैं मान सम्मान चाहिने? सबै सल्लाह गरेका थाहा भएर पनि मैले नै निम्ता दिनु पर्ने? अस्ति नै के को सरसल्लाह हो? भनेर सोध्दा, मलाई तं गंजेडी संग के सल्लाह गर्नु? भनेको हैन। मेरो पनि सानो मन छ, छातिमा हात राख्दै यस्तो तिमीहरुको ब्यबहारले मेरो पनि मन दुख्छ।    

सानामा म यो घरको वारिस भनेको थियो। अलिक ठूलो भएसी पैसा कमाउन्जेल सबै ठिक चलिरा पनि थियो! कोबिड लागे पछि अब मेरो व्यबहार बिग्रेकोले गांजाको लत पनि लागेकै हो। के गर्नु त तिमीहरूले मलाई छुट्टै व्यबहार गरे देखि मेरो मन दुखेको छ।

No comments:

Post a Comment