बा: हैन ए, लाउरेकी आमा! लाउरेले बिदेशाँ देखेको जस्तो घर बनाएर होटल जस्तो चलाम्छु भन्छ। त्यै लाउरे मात्रै हाम्रा सन्तान होइनन् , जेठी, माइली र कान्छी पनि त छन नि तिन्का दिदीहरु। यीनीहरुलाई हाम्ले एकुन्टा घर बनाएर दिम्ला भनेका थिम! अइले लाउरेले ड्याम्म घर बनाएर होम स्टे चलाम्छु भन्छ। क्यार्नु!
आमा: लाउरे छोरो, एक्लो हो क्यारे ! जे गरे नि हाम्रो सेख पछि उसैले खाने त हो क्यारे। दिए भै गो नि त !
बा: ओ होई! ए होई! उस्को बुद्दिले मात्रै त भ्याउन्न क्यारे! अल्लारे छ! कस्को बुद्दिमा काम गर्न ला हुन् । मलाई त शंका नै ला छ क्यारे!
आमा: आ ! बुढा! संधै शंका मात्रै गर्न हुन्न क्या! त्यस्तो भन्दै जाने हो भने त लाउरेले कैले, के गरेर खाला? जे गर्ला राम्रै गर्ला नि।
बा: ल अब के गर्ने त काम गर्न दिने हुम?
आमा: दिए भै हाल्छ नि!
बा: फेरि छोरीहरु संग नि एक पटक सोध्ने हो कि?
आमा: बिहे भएर गै सकेकी छोरीहरु संग किन सोध्ने? उनीहरु संग सोध्न जरुरी भएन क्या! आमाले भन्नू भयो।
बा: तै पनि आखिराँ हाम्रै छोरीहरु हुन क्यारे, सोधुम न त! के बिग्रिन्छ र?
अनि बा, आमाले छोरीहरु संग सल्लाह गरेछन् । छोरीहरु सबै मिलेर बा, आमाका सबै सन्तानहरुलाई बराबरी सम्पत्ति बांड्दा राम्रो हुने सल्लाह पाएसी बाबु आमाहरुले पनि सहमति जनाए छन्।
अनि एक्लो लाउरेको सपना अनुसार होम स्टे बनाउन जमीन नपुग्ने भएसी आफ्नो सपना देख्न पाइने जस्तै तुहाउन पनि पाइन्छ भनेर चुपचाप घरबाट बाहिर निस्केर गएछ। सम्पर्क बिहिन भएका लाउरेले बनारस पुगेर जोगी भएको एक महिना पछि एउटा पत्र घरमा पठाएछ।
पुजनीय बा, आमा,
ढोग गरें!
मलाई सन्चै छ। मेरो सपना तुहिएको छ। त्यसैले तिमीहरुलाई दु:ख नहोस् , सम्पत्तिको कमी नहोस् भनेर तीनै जना दिदी बहिनीहरुलाई चाहिने जति सम्पत्ति सबै बाडेर दिनु। म त बनारस पुगिसकेको छु।
अब खोज्न पनि न आउनु अनि धेरै शंका पनि नगर्नु बुढेसकालमा दिदीबहिनीहरूले बा आमाको सेवा गर्नु। मेरो नाममा सम्पत्ति पनि नराख्नु।
उही तिमीहरुको कान्छो
लाउरे!
बनारस, भारत।
No comments:
Post a Comment