बिषय वा प्रसङ्गले आर्को अर्थ नलागेमा र कोहि कसै संग मिल्न गएमा संयोग मात्रै भएको मान्नु होला।
एक दिन मलाई कसैले लौ गोर्खा जानू पर्यो सर! तपाइँको समयलाई ध्यानमा दिएर हाम्ले हेलिकप्टरको ब्याबस्था गरेछ्म भनेको थियो। म पनि दङ्ग परेर ठुलै मान्छे भइएछ, भनेर फुरुङग भएँ। घरमा बुढीलाई पनि झट्टै खबर गरीवरी लुगा सुगा ठिक्क पारिदिनु है म भोलि बिहानै गोर्खामा अनुगमनमा जानू पर्छ। भोलि नै फर्किन्छु, यस्पाली त चीलगाडिमा सरर बुझिस। भनेर फुर्ति लाइयो।
त्यो सांझ सम्म दङ्ग। रातको ८ बजे तिर फोनको घंटी टिनिन्न बज्यो। बुढीलाई ल हेर बुढी ! भोलि बिहान सबेरै जानु पर्ने भो भनेर फोन आयो। फोन उठाएँ। उता पट्टीबाट मलिन स्वरमा भन्यो सर जी भोलि त जान नपर्ने भयो। मन्त्रीज्यूको समय मिलेन।
बुढीले भनी, लौ बुढा तिम्रो कुन चाहिँ दौरा सुरुवाल राखम त ?
मैले भने, न राखम बुढी । मौसमको खराबीले गर्दा हेलिकप्टर नउड्नेभो !
अनि यस्पाली नि यस्तै आर्को मौका आयो! ओखलढुंगा जानु पर्ने भो सर! हजूर को समयलाई ध्यानमा राखेर एम आई सेवेन हेलिकप्टरमा मन्त्री संगै जाने भनेर। आधा मात्रै बिश्वास गरेको मैले भोलि पल्टै खबर आयो। मन्त्रीज्यू त सानो हेलिकप्टरमा जाने भो हजूर। गाडीमा जाने भए आजै जाम।
यस्पाली भने बुढीलाई पूरा कुरा भनेकै थिएन। जान पर्ला जस्तो छ मात्रै भनेको थिएं।
हिस्स बुढी खिस्स दाँत भनेको यस्तो रेछ।
No comments:
Post a Comment