एक जनाले भन्यो । नाम उल्लेख नगर तर मैले भोगेको कुरो अरुले पनि भोगेकै होला ।
बिहान देखि कमाउ धन्दा चलाएर दुई छाक जसो तसो खाने गरेकै हो। परिवार भए पछि त्यस्को पनि जिम्मेवारी लिनै पर्यो।
काम नहुंदा काम छैन, दाम छैन भन्ने चिन्ता,
कर्मचारी हुँदा हाकिमले हकार्ने चिन्ता,
हाकिम हुँदा कनिष्ठ कर्मचारीहरुले अटेर गर्दाको चिन्ता,
जागिर छाड्यो, खानेको चिन्ता,
आफ्नै काम गर्यो, कर तिर्न चिन्ता,
भाडामा दियो, पैसा समयमै नदेला भन्ने चिन्ता,
आफै भाडामा बस्दा साहुजीको भनाई को चिन्ता,
हावा जहाजमा उड्यो, खस्ला भन्ने चिन्ता,
गाडीमा हिंड्यो, दुर्घटनाको चिन्ता,
भोकै बस्यो, ग्यास्ट्रीकको चिन्ता,
बेस्सरी खायो, अपचको चिन्ता,
वास्तवमा यो सब मन गढन्ते चिन्ता पो रहेछ,
मनो चिकित्सक भेटेर कुरो गरेसी पो थाहा भयो,
यो सब बेकार को चिन्ता।
चिन्ताले चितामा लान्छ भनेको यस्तो पो रहेछ।
#चेतनाभया
No comments:
Post a Comment