27 September 2019
08 September 2019
चाइनीज पर्यटक
(ठमेलको एउटा कुनामा एक छिन साथी कुर्दा दुइजना पर्यटन ब्यबसायी भेट भएको पृष्ठभुमि)
के छ हो हाल खबर ?
भिजिट नेपाल, खायो कपाल, जय नेपाल!
चिनियाँ पर्यटक हुरुर आयो भने २० लाख पुगिहाल्छ नि।
ह्या ! यस्ता पर्यटक नि के को पर्यटक? जो चिनियाँ कम्पनीले चलाउँछ, चिनियाँ साहुजीको होटलमा बस्छ, चिनियाँ रेष्टुरेन्टमा खान्छ, चिनियाँ पसलमै किन्छ, चिनियाँ गाइड संगै घुम्छ।
हामीले ती चिनियाँ पर्यटकहरुको प्लास्टिक र फोहोरमैला सोहरेर सफा गर्ने त हो नि! अनि चिनियाँ पर्यटक आयो भनेर दंग पर्ने मात्रै त हो नि।
तपाईंलाई थाहा नै छ नि! कतिपय ठाँउमा त चिनियाँहरु पर्यटक भिसामा आएर बिना वर्क परमिट नेपालमा आरामले काम गरि राखेको पनि छ। हाम्रा केटाहरु चैं खाडीमा काम खोज्दैछन।
यो भिजिट नेपाल भन्ने नि के हो? के हो? खोइ हामीले कसरी काम गर्ने हो मैले त केही मेलो मेसो नै पाइन यार!
त्यसैले भिजिट नेपाल, खायो कपाल !
24 August 2019
भ्रमण बर्षमा के गर्ने?
नेपाल भ्रमण बर्ष २०२० र लुम्बिनी भ्रमण बर्ष २०७६ मा नेपालमा के गर्ने?
१. कति ठाउँमा छुट छ?
२. फोटो खिच्ने कामको लागि ड्रोन उडान गर्न पाउँछ कि पाउँदैन?
३. लुम्बिनीमा गएर कति दिन बस्न मिल्छ?
४. कता घुम्ने ठाउँ छ?
५. के के गर्ने सुबिधा छ?
६. ध्यान बस्ने नियमित कार्यक्रम छ कि छैन?
७. गुम्बामा कति दिन बस्न पाउँछ?
८. गौतम बुद्ध एयरपोर्ट कैले देखि खुल्छ?
९. टुरिष्ट बसको सेवा कुन कुन ठाउँमा पाउँछ?
१०. पर्यटन क्षेत्रमा सौचालय सुबिधा छ कि छैन?
११. आराम कुर्सी छ कि छैन?
१२. अपांगमैत्री ठाउँ छ कि छैन?
१३. पानी पिउने ब्यबस्था छ कि छैन?
१४. सुचना पाटी छ कि छैन?
१५. फोटो खिच्न मिल्छ कि मिल्दैन?
यस्ता प्रश्नको जवाफ पाइन्छ? भनेर सोध्छन आजकालका पर्यटक।