Grab the widget  Get Widgets

Tuesday 31 July 2018

जुलुस

बिर्खे: ए हर्के ! आज जुलुस छ रेन्त !
हर्के: ए हो र ! जाने होइन त ! मासु भात त देलान नि ! 
बिर्खे: खोइ कै था छैन यार । पैसा बाँडे जाम्ला, नत्र त जान्न, मासु भात मात्रै खान त !
हर्के: जे सुकै होस न ! ट्याम पास नि हुने, खान नि पाउने, हिंड ! पाए ल्याम्ला नपाए रमिता हेरम्ला ! जाम के !
बिर्खे: ए हर्के ! तेसो भे, एउटा झण्डा चैं उम्काउनु पर्ला है ! अस्ति ल्याको त साइकल पुछदा पुछ्दै च्याटिएछ यार!
हर्के: यस्पाली, तँलाई झ्यालमा पर्दा पुग्ने नै गरी उम्काम्ला नि त ! बरु कुन पार्टीको रेछ, था छ?
बिर्खे: त्यो पार्टी सार्टी त था छैन, सबै रातै देखिन्छ, आजकोमा चैं चार वटा तारा छ क्यारे !
हर्के: ए ! तेसो भे तेरो काम तमाम हुने भो ! पैसा वालकै पार्टी रेछ । जाम हो जाम ।

#जुलुस #चेतनाभया #नेपालीबुद्दि

Monday 30 July 2018

झोला

अस्पतालको कुरुवा कोठामा एक जना पुरुष कुर्सिमा झोला राखेर सिट ओगटेको छ । आर्को एक जना त्यतै तिरको महिलाले त्यो पुरुषलाई अनुरोध गर्‍यो: कृपया त्यो झोला भाको ठाँउमा म बसम ?
पुरुष: यत्रो ठुल्ठुलो आंखाले हेर्दै भन्यो, देखेन त्यां झोला राखेको, मेरो मान्छे अहिले नै आउँछ ।
महिला: ठिक छ, तपाईंको मान्छे आएसी मैले यो ठाम छाड्दिम्ला नि।
पुरुष: ओ हो, हो ! अहिले त्यस्तो कुरा गर्ने एकछिन पछि, छाड्दिन भन्ने, मलाई सब था छ । हुन्न, भनेसी हुन्न, मैले यो ठाम छाड्दिन।
महिला: तिम्रो मान्छे आएसी, मैले छाडि दिन्छु भनेकै छु त, एकै छिन त हो नि!
पुरुष: हुन्न भनेसी हुन्न, हुन्न, हुन्न।
महिला: कस्तो मान्छे रैछ? तिमी त?
पुरुष: कस्तो भन्ने नि, यी यस्तो, (उस्ले आफ्नो ज्यान देखायो) के सम्झेका छौ, हं ? (जुरुक्क उथ्यो, मानौ उसको ठूलो इज्जत नै गयो) ज्यान जाला त्यो झोला त्यो पुरुषले झिकेन। ती दुबै जना बंगाली थिए।
सन्दर्भ स्थान: भेलोर CMC Hospital

Monday 23 July 2018

Janakpur, Nepal


एकादेशको कथा: राजा र मन्त्री

एकादेशमा नेप्टे, चेप्टे र चुच्चेहरु मिलेर समुहमा बसेका रहेछन्। समुहमा बस्दा वर्दा एकदिन सबैले हाम्रो पनि राजा बनाम न भनेछन।

नेप्टे, चेप्टेहरुले समुहमा अलि चलाख चुच्चेलाई तं राजा बन हाम्रा पनि मनुवा, भतुवाहरुलाई मुन्तरी बना है भनेछन। चुच्चेले अलिक नाटक गरेर तंहरु नै बन। ह्या ! मलाई तिमिहरुको पुजारी मात्रै बनाए नि हुन्छ। मर्दा पर्दा, काजकिरिया गरिदिम्ला भनेछन। त्यो नेप्टे, चेप्टेहरुले चुच्चेको राजनीति बुझेनछ।

अलि बल गरेरै तं चै राजा बन्न लायकै रेछ्स। तैं बन हाम्ले भनेको कुरो माने पुगि हाल्छ नि भनेछन। चुच्चेले सर्त अघि सारेछ। बन्न त बन्छु, मैले भनेको पनि तंहरुले मान्नु पर्छ भनेछन र राजा भएछ।

अब राजाले मन्त्री मण्डल बनाउने तरखर गरेछ। नेप्टे, चेप्टेहरु आ आफ्नो नातागोता, आउरे, बाउरे, भतुवाहरुलाई मन्त्री बनाउन भनेर शिफारिस गर्न गएछन।

राजा भएका चुच्चेले सबैलाई सोधेछन, किन आइस? अरुबेला, किन आउनु भा हो भनेर सोध्ने चुच्चेले अचानक भाषा फेरेको देखेर नेप्टेको मनमा चिसो पसेछ।

यो कुकुरलाई घ्यू पच्दैन भन्थे त्यस्तै हुने भो कि क्या हो? यस्ले त अहिले नै यस्तो व्यबहार गर्छ बा! तै पनि मुख खोलेछन। हेर! तंलाई हाम्ले राजा बनाई हालेम अब यो काले, चाउरे, दाउरेलाई नि मुन्तरी बना।

राजा: हेर चेप्टे, नेप्टे, तंहरुले भनेरै म राजा बनें तंहरुको कुरो मैले सुनें। अब म राजा भैसके पछि, मेरो मन फर्केको छ। अब म यो गाउँ बनाउछु। त्यस्को लागि मलाई मेरै जातको मान्छे चाहिन्छ, बुझिस।

नेप्टे: अरुकुरो था छैन! मेरो दाउरेलाई चैं मुन्तरी बनाउनै पर्छ। तंलाई राजा बनाउन मैले कत्रो मिहेनत गरेकोछु तंलाई था छंदैछ नि!

राजा: थाहा छ। तंलाई नि मैले बेला मौकामा धेरै सहयोग गरेकै छु। हिसाब किताब बरोबर। अब म राजा भा बेलामा राम्रो काम गरेन भने तंहरुले नै गालि गर्लास। त्यसैले तेरो मान्छे होइन मेरो मान्छेले मन्त्री पड्काउछ बुझिस! अब आफ्नो बाटो लाग।

नेप्टे र चेप्टेले टाउको समातेर मुखामुख गरेछन । थुक्क यो यस्तोलाई पो राजा बनाएछम, हेर त अहिले हाम्रो बिजोग। 

#दन्त्यकथा