अस्पतालको कुरुवा कोठामा एक जना पुरुष कुर्सिमा झोला राखेर सिट ओगटेको छ । आर्को एक जना त्यतै तिरको महिलाले त्यो पुरुषलाई अनुरोध गर्यो: कृपया त्यो झोला भाको ठाँउमा म बसम ?
पुरुष: यत्रो ठुल्ठुलो आंखाले हेर्दै भन्यो, देखेन त्यां झोला राखेको, मेरो मान्छे अहिले नै आउँछ ।
महिला: ठिक छ, तपाईंको मान्छे आएसी मैले यो ठाम छाड्दिम्ला नि।
पुरुष: ओ हो, हो ! अहिले त्यस्तो कुरा गर्ने एकछिन पछि, छाड्दिन भन्ने, मलाई सब था छ । हुन्न, भनेसी हुन्न, मैले यो ठाम छाड्दिन।
महिला: तिम्रो मान्छे आएसी, मैले छाडि दिन्छु भनेकै छु त, एकै छिन त हो नि!
पुरुष: हुन्न भनेसी हुन्न, हुन्न, हुन्न।
महिला: कस्तो मान्छे रैछ? तिमी त?
पुरुष: कस्तो भन्ने नि, यी यस्तो, (उस्ले आफ्नो ज्यान देखायो) के सम्झेका छौ, हं ? (जुरुक्क उथ्यो, मानौ उसको ठूलो इज्जत नै गयो) ज्यान जाला त्यो झोला त्यो पुरुषले झिकेन। ती दुबै जना बंगाली थिए।
सन्दर्भ स्थान: भेलोर CMC Hospital
Travel Consultant at Tripitak Holidays, Blogger, Lecturer, Content Writer, Story Teller.
Monday, 30 July 2018
झोला
Labels:
India,
Nepali,
Story,
Travelogue,
Vellore
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment