Grab the widget  Get Widgets

Tuesday 30 May 2023

उमेर

बुढी: उफ! कस्तो टाउको दुखेको होला! बिहान, बिहान! आज त मैले केही पनि गर्न सक्दिन है बुढा! 

बुढा: हुन्छ! कहिले काहिँ यस्तो त भै रहन्छ नि। उमेर पनि त भो नि बुढी! अब उमेरले भर्खर ३ बीस मात्रै छोएसी क्यार्नु र बुढी। म पनि तिम्रै उमेरको हो क्यारे! आफुलाई भने अझै आफ्नो उमेर चैं १ बीस र पांच जस्तो नै लाग्छ। त्यै पसलमा जांदा साथीको छोरोले अंकल भन्यो भने त खुशी नै लाग्छ। अनि पसलमा आएकी नानीहरुले ए बा! अलि यस्सो गर्नुस त भन्यो भने मेरो उमेर निकै बढेछ कि क्या हो! जस्तो लाग्छ। 
अस्ति अस्पतालमा जांदा भर्खर कि डाक्टर नानीले, बाको दांत त किराले खाए जस्तो छ, भन्यो। अनि एक्छिन पछि सिस्टर नानीले पनि बा! त्यो औषधि पानी मुखमा हालेर एक्छिन कुचुकुचु गरेर बेसिनमा नै कुल्ला गर्नुस है, अरु तिर न थुक्नुस नि! भन्यो बा!
एक्छिन त! म मनै होइन कि क्या हो? जस्तो पो लाग्यो बुढी!

बुढी: किन भनेको होला भनेर अनुमान लायौ कि लाएनौ त! मैले त भनेकै हो नि दारी काट, कपाल कोर, मुख पनि साबुन पानीले धोउ भनेर। ऐना हेरेका थियौ। आफ्नो अनुहार चैं कस्तो भैसक्यो हेर्नु सेर्नु छैन। जैले नि १ बीस र ५ बर्ष भन्दै बस। अनुहार न दनुहार खोइ कुन्नी के भने झैँ। 

बुढा: त्यो त हो। अस्ति आर्को अस्पतालमा पनि अब बा को उमेर पनि ख्याल गर्नु परो नि भनेर फिजियो गर्ने डाक्टर नानीले भनेथ्यो। त्यै बेला नै आफुलाई चसक्क चैं भाकोथ्यो। तिमीलाई नभनेको मात्रै हो। बुढेसकालमा हात गोडा दुख्ने त भै हाल्छ नि बा! अनि जोर्नीहरु पनि सुक्दै जान्छ नि। उमेर अन्सार पार्ट पुर्जा खराब भै हाल्छ नि! पुरानो गाडी जस्तै सामान नपाउने जस्तै हाम्रो शरीरमा परिबर्तन हुन्छ। यो त सामान्य नै हो नि, भन्यो। 

बुढी: अनि अस्ति आँखा अस्पतालमा पनि त आँखामा मोतिबिन्दु आयो भनेको बिर्स्यो? अब सबै पार्ट पुर्जाहरु पाउनु पनि त पर्‍यो नि। पाएन भने उई, रसान ससान लाएर सामान मरम्मत गरे जस्तै काटकुट गरेर मिलाई देलान नि सर्जन डाक्टरहरुले।
लौ! जति कुरा गरेनी मेरो टाउको दुखेको निको भाको छैन क्यारे! तिमी आफै खाना बनाएर मलाई पनि ल्याई देउ है। इत्ति खान्छु। अस्तु।

Saturday 20 May 2023

फोन उठेन

ग्वांचेले आफ्नै पारामा ड्यास दियो, "के पारा हो ? तेरो फोन नै उठ्दैन। फोन नउठाउने भए किन किनेको?"

"रनक्क रिस उठ्छ हो यस्तो कुरा गर्ने मान्छे हो कि बनमान्छे? अनि फोन चैं तिमीले किन्देको हो? तिम्रो लागि भनेर मैले किनेको हो?" 

"तिमीले फोन गर्छौ र उठाउंछु भनेर कुरेर बसेको भन्ठानेका छौ कि क्या हो? मेरो कै काम छैन भन्ठानेका छौ कि क्या हो?" ग्वांग्रेले आफ्नो भए भरको रिस पोखायो। 
ग्वांग्रेले फेरि थप्यो, "फोन नउठे पछि मेसेज गर्न जान्दैनस? एउटा मेसेज लेख्न नजान्ने मान्छेले आइफोन किन बोक्छस ए बोका?" 

"स्मार्ट फोनले मान्छेलाई डल बनाउंछ भन्थ्यो, हो रैछ।"

"तंलाई त्यस्सै ग्वांचे भनेको हैन रैछ। सुर्ती खाएर फुर्ती लाउने बोका!"

"हुन त तंलाई मेसेज लेख्न पनि त आउन पर्‍यो नि!" 

"तं जस्ता ग्वांचेको संगत लागेकोले नै मलाई, मान्छेहरुले ग्वांग्रे भन्छन् । संगत गुणाको फल रे!" ग्वांग्रेल चित्त बुझायो। अस्तु। 

Wednesday 17 May 2023

खुराफात

ग्वांग्रे: हाम्रो नेपालाँ खुराफाती दिमाग चाहिने रैछ।
ल्वांगे: के भो ग्वांग्रे?
ग्वांग्रे: के मात्रै भएन भन न! याँ। एक ठाममा काम गर्दैथें, एक हुल गोज्यांग्रे नेताहरु जम्मा भएर हाम्रो मिटिङ गर्नुछ भनेर मेरै अफिसाँ, मलाई नै नसोधी मेरै टेबुलमा रहेको कागज च्यात्दै तेसैमा लेख्दै गर्न थाल्यो। अनि तेतिमात्रै काँ हो र भन्याँ। मेरो रंगीन फोटोकपी मेसिनाँ फोटो पेपर राखिरा ठाममा त्यो गोज्यांग्रेहरुको एजेन्डा फोटोकपी गर्नी भनेर मलाई सोध्दै नसोधी ठ्यास्स पार्दियो। 
मेरो कम्पारा चड्यो, तर आफुलाई सम्हालेर एक्छिन है भनेर फोटो पेपर चैं निकाल्न भ्याइय्यो। अनि नर्मल पेपर राख्दिएँ। एजेन्डाहरु लेख्न कापी कलम ल्याउन नसक्ने गोज्यांग्रेहरुले फेरि फेरि फोटोकपी मेसिनको दुरुपयोग गरेको ग्वांग्रेले सहन सकेन। त्यसपछि ग्वांग्रेले दिमाग लगायो, अनि बिजुलीको लाईन चेट पार्दियो। पेपर अड्कियो। निस्केन। आनन्द भो।

गोज्यांग्रेहरुले त्यो पेपर किन निस्केन भन्ने भेउ यो कथा पढे पछि मात्रै ठा पाउने भा छ। खुराफात वाद जिन्दाबाद। अस्तु।

Tuesday 16 May 2023

साडी

म्याम: आम्मामा यस्तो गर्मी छ, साडी त लगाउन सकिन्न होला सर!
सर: ठिकै छ, नि! हाम्लाई त जे गरे नि हुन्छ, लाएनि हुन्छ, नलाए पनि हुन्छ, म त कै भन्दिन बा...! यस्तो गर्मी छ? रमाइलै हुन्छ।

म्याम: ह्या ... ! सर नि !! साडी पो लाउन्न भनेको नि आर्को लुगा त लगाई हाल्छौं नि। 
सर: म्याम ! नि कस्तो कुरा गर्नु हुन्छ, मैले नि त्यै त भन्न ला त हो नि! कां? लुगै नलाई आउनु हुन्छ र ! त्यो त म नि बुझ्छु नि म्याम! जे लायनि राम्री नै देखिनु भै हाल्छ क्यारे! चिटिक्क ! 

Monday 15 May 2023

Buddhist International Travel Mart (BITM)

The Buddhist International Travel Mart (BITM) is an event that promotes tourism and pilgrimage to Buddhist sites in different countries. It is a platform for travel agencies, tour operators, hoteliers, and other stakeholders in the tourism industry to showcase their offerings and engage with potential customers. BITM provides a space for people to network, exchange ideas, and learn about the latest trends in Buddhist tourism.

The BITM Nepal is held annually in Nepal that have significant Buddhist sites. The event is organized by Nepal Association of Tour and Travel Agents (NATTA) and hosted by Ministry of Culture Tourism and Civil Aviation (MOCTCA) supported by Nepal Tourism Board (NTB). The first BITM was held in Nepal in 2019 at Lumbini and was inaugurated by the then Minister for Culture Tourism and Civil Aviation Mr. Rabindra Adhikari. Since then, it has been held in Lumbini, Nepal in 11-13 May 2023.

The objective of BITM is to promote, spiritual, Buddhist tourism and pilgrimage, which contributes to the preservation and conservation of Buddhist sites. The event also aims to create awareness about the rich history and culture of Buddhism and foster intercultural dialogue and understanding. BITM attracts a diverse audience that includes travel professionals, tourism enthusiasts, scholars, and representatives from the Buddhist community.

BITM features various activities such as exhibitions, presentations, seminars, and cultural performances. Participants have the opportunity to showcase their products and services, attend academic sessions on various topics related to Buddhist tourism, and interact with other stakeholders in the industry. BITM also includes field trips to important Buddhist sites in the host country, providing an opportunity for participants to experience the richness and diversity of Buddhist heritage.

In conclusion, BITM is an important event that promotes tourism and pilgrimage to Buddhist sites and contributes to the preservation and conservation of Buddhist heritage. The event brings together various stakeholders in the tourism industry and provides a platform for networking, learning, and exchange of ideas. Through BITM, people can explore the beauty and significance of Buddhist heritage and contribute to the promotion of sustainable tourism.

Sunday 14 May 2023

तमासा

जंगलका जंगली जनावरलाई मडारीले तालिम दिईसके पछि बजारमा तमासा देखाउने मडारीले ब्यापारिक लाभ उठाउंनु स्वभाबिक हो। तर शहर भित्र मान्छेरुपी जनावरहरुले सार्वजनिक समारोहमा तमासा देखाउनेहरु कतै न कतै ब्यक्तिगत स्वार्थको गन्ध रहने रैछ। 
एकादेशमा आफ्नो ब्यक्तिगत स्वार्थ पुर्ति हुने नदेखे पछि जसरी भए पनि काम बिथोल्न खोज्ने लन्ठुहरु सक्रिय भएको देखेर ग्वांग्रे छक्क परेका थिए। हरेक कुरामा छिड्की लगाउन नछाड्ने लन्ठुहरुले अन्तिम प्रहर सम्म खुट्टा तान्न छाडेनन्। यो भएन, त्यो भएन भन्ने तर के गर्न पर्छ भनेर भन्न नसक्ने नीच स्वभावका पानी मरुवा जन्तुहरुले समस्या सिर्जना गर्ने बाहेक कहिले पनि समाधानको कुरा गरेनन् । 

सामान्य छलफल गरेर समाधान हुने काम कुराहरु पनि एक आर्कामा आरोप, प्रत्यारोप र सरापेर बसेर तमासा हेर्न मन पराउनेहरु घरभित्र नै बसेर राजनीति गरेका रहेछन् । गोरुहरुलाई जुदाएर "तमासा" हेर्ने लन्ठुहरु घर बाहिर बसेर राजनीति गरिरहेका छन् । कतिपय बेलामा ग्वांग्रेले अनुमान पनि लगाउन नसक्दा धोती फुस्काउने र फुस्कनेहरुले ग्वांग्रेलाई पनि धम्काएर गएको देख्दा ल्वांगे त्वाँ परेको थियो। अस्तु।

कचकच

रमाइलो भो जिन्दगी
बिहान सबेरै उठ्दा, घरमा कचकच, 
बाटोमा हिंडदा, सडकका कुकुरहरूको कचकच
बसमा चड्दा, यात्रीहरु संग कचकच,
कलेज गयो, बिद्यार्थीहरुको कचकच,
अफिसमा गयो, हाकिम संग कचकच,
मन्त्रालय गयो, मन्त्रीको कचकच,
कार्यक्रममा गयो, पदाधिकारीहरु संग कचकच,
रेस्टुरेन्टमा गयो वेटर संग कचकच,
चारखाल गयो, लेखन्दासको कचकच,
अब त मान्छे नै कचकच 
कचकच हुंदा हुँदै रमाइलो भो जिन्दगी।

What is a travel mart?

A travel mart is essentially a marketplace where various stakeholders in the tourism industry converge to conduct business. These stakeholders typically include producers, sellers, and buyers of tourism products and services, such as travel agencies, hotels, airlines, tour operators, and tourism boards.
The main purpose of a travel mart is to facilitate face-to-face interactions between these stakeholders. This can include everything from negotiations and agreements between buyers and sellers to the showcasing of new products and services to potential buyers.

One of the primary benefits of a travel mart is that it allows for more efficient and effective business transactions. Instead of relying solely on email or phone communication, stakeholders can meet in person to discuss their needs and negotiate deals. This can lead to more productive conversations and ultimately more successful business outcomes.

In addition to facilitating business transactions, travel marts are also important forums for discussing new trends in the tourism industry. As new trends emerge, they can have significant impacts on the demand and supply structures of the industry. For example, the rise of sustainable tourism has led to increased demand for eco-friendly accommodations and activities. By discussing these trends and their impacts at travel marts, stakeholders can better understand how to adapt and respond to changing market conditions.

Overall, travel marts play a critical role in the tourism industry by bringing together various stakeholders and facilitating more efficient and effective business transactions. They also serve as important forums for discussing new trends and their impacts on the industry, helping stakeholders stay ahead of the curve and remain competitive in a constantly evolving market.

Friday 12 May 2023

के भो जिन्दगी

खोइ के भो जिन्दगी?
जस्ले जे पायो त्यही भन्दै हिंडेकोछ,
यो पृथ्वीको भार सबै मैले नै बोक्नु पर्ने?
आफुले कौडी काम नगर्ने, 
अनि यो भएन र त्यो भएन भनेर ढाक जमाउने, 
नर्क भो जिन्दगी, 
सारा लन्ठुहरुको डम्पिङ साइट भो जिन्दगी,
हाकिम बन्ने धेरै भए।
काम जानेको केही छैन।
अधिकार चाहिने,
नाम चाहिने,
पत्रिकामा फोटो चाहिने,
अनि काम चाहिँ एक दामको पनि नगर्ने,
कुलंघारहरुको घेरामा भो जिन्दगी,
दु:खको भण्डार भो जिन्दगी,
नर्क भो जिन्दगी।
एक अक्षर पढ्नु छैन, 
बुझ्ने त परै जाओस,
तै पनि आर्काको रिस गरेर नथाक्ने मान्छेहरु देखेर,
घाँडो भो जिन्दगी।
खोइ के भो? के भो जिन्दगी?

Wednesday 10 May 2023

भद्रगोल


हिंजो आज के भो? के भो? सबै भद्रगोल भो। 
कसरी नि? 
खोइ कसरी ? कसरी? भद्रगोल छ जिन्दगी! भद्रगोल छ जमाना!
के गरीस त?
के गर्नु नि! आफुले नै गर्छु भनेको त झन भद्रगोल पो भएछ, यार ! अनि अरुले थाहा नपाउने गरि गरेको काम पनि भद्रगोल भो! 
अनि थाहा दिएको भए त हुन्थ्यो त!
थाहा दिएर गरेको पनि भद्रगोल भो! शंका लाग्छ, बिगार्ला कि भनेर!
तै पनि भद्रगोल छ। 
अनि लुकाएर गरेको भए पनि त हुन्थ्यो नि!
के हुनु यार! लुकाएर गरेको काम पनि भद्रगोल भो।
थुइय्या! त्यस्तो हो भने देखाएर गरेको भए हुन्थ्यो, सोधेको भए हुन्थ्यो। 
अहँ ! भएन नि ! देखाएर गरेको काम पनि भद्रगोल भो, सोधेर गरेको काम पनि भद्रगोल भो।
के भो? के भो?
भद्रगोल भो !
हिजो आज के भो? के भो? सबै भद्रगोल भो।

Saturday 6 May 2023

अनिश्चित यात्रा

यस्तो यात्रामा लम्किरहेको छु,
जस्मा कुनै निश्चितता छैन।
न आउने मान्छेको ठेगान लाको छ,
न जाने मान्छेको ठेगान लाको छ,
न बस्ने ठामको ठेगान लाको छ,
न खाने के हो भन्ने ठेगान लाको छ,
न हिड्ने भरियाको ठेगान लाको छ,
न बिमा गरेको छ,
न यात्रा खर्च बोकेको छ,
न के कसरी जाने भन्ने ठेगान लाको छ,
न कस्ले के गर्ने भन्ने ठेगान लाको छ,
दिन भरी 
एकाअर्कालाई काम गरेन भनेर आरोप, प्रत्यारोप लाको छ।
समस्या मात्रै निकाल्ने बुंदाहरु कोट्याएको छ,
समाधानको उपाय भन्न सक्दैनन् ।
लेख्नेहरु लेख्दै छन् ,
काम गर्नेहरु गर्दै छन्,
सामानको माग फाराम भर्देको छ,
अग्रिम भुक्तानी मागेको छ,
सुक्को छैन,
तर यात्रा तय गरेको छ,
एक दिन त सबै ठीक होलान् नि भन्ने आशा लिएका छन्, 
जस्मा कुनै निश्चितता छैन, 
निर्णय छैन,
आंट छैन
सम्मान छैन,
दृढता छैन,
धैर्यता छैन,
मात्रै छ त अनिश्चितता।
अधुरा,
अपुरा।
कस्ले, किन रोकेको?
कस्ले, किन छेकेको?
अदृश्य शक्ति लागेको छ?
असफल होस भन्ने खेला खेलेको छ?
अगाडि ठिक्क पारेको छ,
पछाडीबाट सियोले घोचेको छ,
मुखमा राम राम बगलीमा छुरावाजी भै रहेको छ,
थाहा छैन, अझै,
कस्ले, किन, के स्वार्थमा के गर्दैछ?
सायद, कति कुम्ल्याउने भन्ने कुरा नमिले जस्तो छ।
सत्ता समीकरण जस्तै 
काले काले मिलेर खाउँ भाले भने जस्तै 
बजेट पो मिलेन कि?
ब्यक्तिगत स्वार्थ पो हो कि?
थाहा छैन,
यात्रा जारी छ,
अझै हिंडिरहेको छु,
गन्तव्य खोज्दैछु,
अनिश्चित यात्रामा लम्किरहेको छु।

Monday 1 May 2023

ख्याक

जाने भए एक्लै जाने नि के को डर! हाकुचाले फुर्ती गर्‍यो।
काले: अनि एक्लै जांदा कहिले काहिँ जंगलमा बास बस्नु पर्ने हुन्छ रे नि। तर्साउंछ रे !

हाकु: बस्न परे बसम्ला। रमाइलो नै होला नि। एउटा एडभेन्चर पनि त हो नि। ह्या ! जिन्दगीमा के छ र पासा मरिलानु ? मरेको भोलि पल्त टिम्ले पनि दुई दिन भनेर गन्ने मात्रै ट हो नि। हाकुचाले फुर्तिका साथ भन्यो। लौ टिमी नि जाने भए जाम के रे ! पासा ! मज्जा आउँछ क्या ! नत्र म ट एक्लै भएनी जान्छु। टिमी के गर्छस भन्।

काले ले आनाकानी गरेपछि हाकुचाले एक्लै पदयात्रा गर्ने निधो गर्‍यो। आफुलाई चाहिने सामानहरु ठमेलमा गएर किन्यो र जिन्दगीमा पहिलो पटक एक्लै घर छाडेर रसुवा तिर हिंड्यो। 

दिनभरको बसको यात्रा पछि बास खोज्न गाउँ तिर जाने सोच पलायो। फस्ट टाइम एक्लै घरबाट काठमाडौं खाल्डो छाडेर बाहिर जांदा त्रिशुली नदीको किनारै किनार उत्तर तिर लाग्दा नै मन मनै रोमान्चित भै सकेका हाकुचाले एड्भेन्चर भन्ने बिषय पनि ब्याचलरमा पढेकाले आज सांच्चैको एड्भेन्चर गर्ने मन गर्‍यो। र बसपार्कबाट सिधै रसुवाको गाउँमा जाने निधो गर्‍यो। 

रात छिप्पिंदै जांदा झन मन रोमान्चित भयो। आकाशमा चन्द्रमा, सिर सिर बतास, उकालो चड्दै गर्दा ज्यानमा गरमाहत अनौठो अनुभाब बटुल्दै हिडेको हिंदै गर्दा बल्ल तल्ल डांडा पारी एउटा घरमा बत्ति बलेको देखे पछि, आज त्यै घरमा बास बस्नु पर्ला भनेर लम्कियो। राती अबेला आएको पाहुनालाई देवता सरी मान्ने चलन अझै रहेछ। त्यो गाउंमा ।

त्यो घरकी बुढी आमाले दैलो खोल्दै, को हं ? यति राती यस्तो अनकन्तार गाममा? भन्दै दैलो खोली।

हाकु: म हाकुचा आमा! काठमाडौंबात गाउँ घुम्न आको अनि ट्रेकिङ गर्दै आको राट पर्‍यो। बास पाइन्छ कि आमा?

बुढी आमा: ओहो! नेपाल खाल्डोबाट आएका? म पनि स्यानैमा नेपाल पुगेको थिएं। 

हाकु: नेपाल त सबै नेपाल नै हो नि आमा काठमाडौं पनि नेपाल यो गाउँ पनि नेपाल नै हैन र?

बुढी आमा: हुन त हो! तर हाम्ले काठमाडौं खाल्डोलाई स्यानै बेला देखि नेपाल भन्ने गरेकोले नेपाल भनेको काठमाडौं मात्रै जस्तो लाग्छ। अनि नानी! याँ हाम्रो गाममा पराई पाउनालाई घर भित्र बास दिन मिल्दैन। तिमी यतै आंगनमा सुट्नु, म मकै भुटेको मकै ल्याइ दिम्ला। भनेर घरभित्र जानू भयो । 

केहीबेरमा एउटा बटुकोमा मकै र मोही ल्याई दिनु भयो। हाकुचाले पहिलो पटक यस्तो खानेकुरा रमाउंदै खायो अनि बटुको र गिलास सफा गरेर राख्यो। बुढी आमाले एउटा सुकुल आंगनमा राखेर ल नानी सुत है भनेर दैलो लगायो ।

रात छिप्पिंदै गयो, हाकुचाले त्यो पहाडमा पहिलो रात, एक्लो रात, प्रकृति संगको सामीप्यता महसुस गर्दैथ्यो, कुन बेला निदायो हेक्का नै भएन।

मध्यरातमा चिसो बढदै गयो, राती मोही खाएकोथ्यो, पिसाब च्याप्यो, तर आफ्नो गोडामा कसैले थिचे जस्तो लाग्यो, गोडा तान्न खोज्दा झन गार्‍हो भयो। 

आम्मा, का छु जुल? के भयो मलाई! खुट्टा तान्न नै सकिएन, हाकुचाको मनमा चिसो पस्यो, र चिट चिट पसिना आयो, जुनेली रातमा घर बाहिर पहिलो पटक एक्लो एड्भेन्चर गर्न हिंडेका हाकुचाको खल खल पसिना आयो।

का.. ! पिसाब च्यापेर ल्यायो, यै बेला छि मबु, के ले थिचेर ल्यायो! भन्दै अलि कोशिश गर्‍यो, खुट्टा उचाल्नै सकेन केहिले थिचेको जस्तो भान भयो, अहिले भने हाकुचालाई डर लाग्यो, बिस्तारै आँखा उघार्‍यो, कालो डल्लो, गोलो चिज उसको गोडामा नै देख्यो। अनि मन मनै भन्यो, का...! ख्याक पो रैछ, आ ! छि मबु के गर्ने होला ?
घरबाट निस्कने बेलामा आमाले बाहिर बाहिर सुट्दा ख्याल गर्नु, ख्याक श्याक हुन्छ, तर्साउने गर्छ, त भन्नू भाको थ्यो! फुर्ती गरेर ख्याक श्याक कै हुन्न, आमा ! खाली डराउनु हुन्छ भनेर फुर्ति लाएको थिएं। अब आफ्नै खुट्टामा ख्याक आएर सुतेको रैछ। 

के गर्ने होला भन्दै खुट्टा बिस्तारै तान्यो। ए! खुट्टा त निस्क्यो भाई ! अब यो डराएर काम छैन, पिसाब पनि च्यापेर ल्याको छ, यो ख्याकलाई लात्तीले हानेर पठाउनु पर्ला भनेर न्वारान देखिको बल निकालेर भ्वा....क्क लात्तीले हान्यो। त्यो ख्याक एकै पटक आर्को भित्तामा ठोक्कियो, तेस्ले यस्तो हबिगत होला भनेर अनुमान पनि लाएको थिएन होला, क्वाईं क्वाइँ कराउंदै भाग्यो। 

हाकु: थुक्क! कुकुर पो रैछ, बेकारमा ख्याक श्याक भनेर डराएर पसिना पसिना हुन पर्‍यो। हाकुचा, खुल्ला आकाश मुनी खेतको डिलमा उठेरै मुत्रत्याग गर्‍यो र आनन्द मानेर फेरि सुत्यो। अस्तु!