जस्मा कुनै निश्चितता छैन।
न आउने मान्छेको ठेगान लाको छ,
न जाने मान्छेको ठेगान लाको छ,
न बस्ने ठामको ठेगान लाको छ,
न खाने के हो भन्ने ठेगान लाको छ,
न हिड्ने भरियाको ठेगान लाको छ,
न बिमा गरेको छ,
न यात्रा खर्च बोकेको छ,
न के कसरी जाने भन्ने ठेगान लाको छ,
न कस्ले के गर्ने भन्ने ठेगान लाको छ,
एकाअर्कालाई काम गरेन भनेर आरोप, प्रत्यारोप लाको छ।
समस्या मात्रै निकाल्ने बुंदाहरु कोट्याएको छ,
समाधानको उपाय भन्न सक्दैनन् ।
लेख्नेहरु लेख्दै छन् ,
काम गर्नेहरु गर्दै छन्,
सामानको माग फाराम भर्देको छ,
अग्रिम भुक्तानी मागेको छ,
सुक्को छैन,
तर यात्रा तय गरेको छ,
एक दिन त सबै ठीक होलान् नि भन्ने आशा लिएका छन्,
जस्मा कुनै निश्चितता छैन,
निर्णय छैन,
आंट छैन
सम्मान छैन,
दृढता छैन,
धैर्यता छैन,
मात्रै छ त अनिश्चितता।
अधुरा,
अपुरा।
कस्ले, किन रोकेको?
कस्ले, किन छेकेको?
अदृश्य शक्ति लागेको छ?
असफल होस भन्ने खेला खेलेको छ?
अगाडि ठिक्क पारेको छ,
पछाडीबाट सियोले घोचेको छ,
मुखमा राम राम बगलीमा छुरावाजी भै रहेको छ,
थाहा छैन, अझै,
कस्ले, किन, के स्वार्थमा के गर्दैछ?
सायद, कति कुम्ल्याउने भन्ने कुरा नमिले जस्तो छ।
सत्ता समीकरण जस्तै
काले काले मिलेर खाउँ भाले भने जस्तै
बजेट पो मिलेन कि?
ब्यक्तिगत स्वार्थ पो हो कि?
थाहा छैन,
यात्रा जारी छ,
अझै हिंडिरहेको छु,
गन्तव्य खोज्दैछु,
अनिश्चित यात्रामा लम्किरहेको छु।
No comments:
Post a Comment