AI लाई गुरु होइन, सहयोगी बनाऔं
आजकल जहाँ गए पनि AI को चर्चा छ। विद्यार्थीले असाइनमेन्ट गर्न, शिक्षकले सामग्री तयार गर्न, व्यवसायीले योजना बनाउन र यात्रुहरूले जानकारी खोज्न AI प्रयोग गरिरहेका छन्। तर एउटा महत्वपूर्ण प्रश्न के हो थाहा छ? AI हाम्रो गुरु हो की सहयोगी?
हामीले AI लाई गुरु बनाउने होइन, सहयोगी बनाउनु पर्छ\
गुरुले जीवनको अनुभव, मूल्य, नैतिकता र सही दिशाको मार्गदर्शन दिन्छ। AI सँग धेरै जानकारी हुन सक्छ, तर वास्तविक जीवनका अनुभव हुँदैन। त्यसैले AI ले दिएको प्रत्येक उत्तरलाई अन्तिम सत्य मानेर स्वीकार गर्नु नै हुँदैन।
AI लाई सहयोगीको रूपमा प्रयोग गर्दा यसको वास्तविक फाइदा प्राप्त हुन्छ। जानकारी खोज्न, नयाँ विचार प्राप्त गर्न, लेखन सुधार गर्न, भाषा अनुवाद गर्न वा कामलाई छिटो सम्पन्न गर्न AI निकै उपयोगी छ। तर सोच्ने, विश्लेषण गर्ने र निर्णय गर्ने जिम्मेवारी भने मानिसकै हो।
विशेष गरी विद्यार्थीहरूले AI बाट उत्तर मात्र कपी गर्ने होइन, त्यसलाई बुझ्ने, विश्लेषण गर्ने र आफ्नै विचार विकास गर्ने बानी बसाल्नुपर्छ। यही नै वास्तविक सिकाइ हो।
प्रविधि जति उन्नत भए पनि मानव बुद्धि, अनुभव र सिर्जनशीलताको विकल्प बन्न सक्दैन। त्यसैले AI लाई गुरु होइन, एक सक्षम सहयोगीका रूपमा प्रयोग गरौं। अन्तमा AI ले बाटो देखाउन सक्छ, तर हिँड्ने काम हामी आफैले गर्नुपर्छ। अस्तु !

No comments:
Post a Comment