Grab the widget  Get Widgets
Showing posts with label Internet. Show all posts
Showing posts with label Internet. Show all posts

20 January 2022

Vianet प्रयोगकर्ता

नमस्ते VIANET को साहुजी!
रिस उठ्दा त नमस्ते पनि भन्न मन लाग्दैन हो! तपाइँको अफिसको स्टाफहरु बडा कडा रहेछन् । साहुजीको एक्स्टेन्सन नम्बर दिनुस न म सिधै कुरा गर्छु भन्दा नि दिन्नन। अनि हाम्रो कम्लेन नि तपाईंको कान सम्म पुर्‍याई दिन्नन। कति तर्साएको होला बिचरा कर्मचारीहरुलाई! साहु हो कि राहु! नरिसाउनुस है! चित्त नबुझेको कुरो लेख्नै पर्ने भो। क्यार्ने! तपाईं सम्म पुग्न चन्द्रमामा पुग्ने जस्तै रहेछ! यो साहुजी संग चिनजान भएकाहरुको आँखा सम्म पुग्यो भने साहुजीको दृष्टि सम्म पुगिएला कि भन्ने आशा छ।

साहुजीले सायद! यति सानो काम पनि सल्टाउन सक्दैनस भन्नु हुन्छ होला, हुंदैन भन्दे जा भन्नु हुन्छ होला। अथवा त्यो त आफै सल्टाउनु, त्यस्ता साना तिना कुराहरु मैले गर्ने हो भने तिमीहरूको के काम भन्नु हुन्छ होला। यस्तै समस्याको लागि तिमीहरू जस्ता कर्मचारीलाई तलब ख्वाएर राखेको भन्नु हुन्छ होला। समस्या सल्टाउन नसक्ने भए जागीर छाडेर जा! तं गए आर्को आउँछ, भन्नु हुन्छ होला। बेस्सरी तर्साएको जस्तो लाग्यो। बिचराहरु यो कोरोनाको बेलामा मरीमरी काम गरेर पनि जस पाईन्न भन्दा हुन। हामी जस्ता कम्लेनकारीलाई आतंककारी नै सम्झिंदा हुन् ।

मेरो ईन्टरनेट चलेको छैन हेरि दिनुस न! भनेर कम्लेन दर्ज गरेको थिएँ। तपाईंको कर्मचारीले तपाइँको कम्लेन हाकिम सम्म पुर्‍याइ दिएं अब हाकिमको तजबीज भन्नु भयो। यस्ता कम्लेन त कति आए कति गए भनेर सुन्नु चैं भयो होला र घाममा सुकाइ दिने प्लान गर्नु भयो जस्तो लाग्यो। तर समाधान चैं भएन है। 
उल्टै मरम्मत खर्च भनेर मलाई नै डाम्नु भयो। मेरो घर भित्र मेरो कारणले बिग्रेको भए त ठिकै हो भनेर मैले रकम तिर्ने। तपाईंको कम्पनी Vianet को तार सडकमा लन्ड्र्ङ्ग लत्रीने गरेर राख्ने अनि ट्रकले बसले तानेर लग्यो भनेर हामीलाई रकम तिराउने? तपाईं त खत्राको बेपारी रैछ। माने साहुजी माने!

बिजुलीको एउटा खम्बाबाट आर्को खम्बा सम्म तार लैजाँदा कति उचाईमा राखेको हुनु पर्छ? भनेर तपाईइलाई थाहा छैन? हरेक पटक गाडीहरूले तपाईंले लट्राएर ल्याएको तारलाई छोएर चुडेको रकम हामी जस्तो ग्राहकहरुबाट असुल्ने? 

तपाईको नियत माथी नै शंका छ मेरो। तपाईंले यो तारलाई गाडीले भेट्ने गरी झुण्ड्याएर हामीहरुबाट मरम्मत खर्चको नाममा अनियमित तरिकाले रकम असुलेको हामीलाई मन परेन। हामी मर्कामा परेकाछौं। 

पाठकबृन्द! यस्तो समस्याले म मात्रै पीडित हो कि तपाईलाई पनि भएको छ? कमेन्टमा लेख्नुस है। 

सम्बन्धित ईन्टरनेट प्रदायकले समाधान तर्फ ध्यान दिएर हामीहरुको समस्या समाधान गर्नु हुनेछ। तार झुन्ड्याउने ढंग आफुले नपुर्‍याउने अनि हामीलाई ढाड सेक्ने गरी पैसा असुल्ने काम बन्द गर्नु होला। चेतना भया!

विनय शाक्य
हाल #Vianet प्रयोगकर्ता: मर्ता क्या नहिं कर्ता

19 June 2020

हत्तेरिका ईन्टरनेट !

आज त झन बिहानै देखि अनलाईन क्लास लिनु पर्‍यो भनेर मेरा विद्यार्थीहरुसंग पहिला मेसेन्जर मै खबर गर्दै जूममा ठिक्क समयमा आउनु है भन्दै जानकारी दिंदै थिएं, क्लास सुरु हुने बेलामा यो ईन्टरनेट भन्ने चीज स्वाट्टै हरायो। पहिला त मेरो ल्यापटपलाई के भयो? भनेर एताउता हेरेर Restart गरें। Zoom App पनि Restart गरें। तर पनि आएन। अनलाईन क्लासमा आएका विद्यार्थीहरुले के भने होलान! कस्तो मास्टर साब होला! अनलाइनमा आउँदा आउंदै गायब भयो भने होलान, कतिले कुरेर बसे होलान, कतिले सुतेर बसे भने होलान, यतिले नपुगेर कतिले बल्ल बल्ल क्लास ज्वाईन गरेको आजै मास्टर साब त बेपत्ता भने होलान।

अनि यो ईन्टरनेट दातालाई फोन गर्दा त पटक्कै उठेन। अरु बेलामा तुरुन्तै उठाउने मर्मतका स्टाफहरुलाई सायद भ्याइ नभाइ भयो कि? वा तलब नपाएर वास्ता गरेनन कि? वा आ...! छु मतलब भनेर हुन कि? फोन लागेर पनि उठेन। मलाई भने उकुस मुकुस भयो। सन्देश दिन पनि भ्याएन। हामी कति निर्भर रहेछौं यो ईन्टरनेटमा! ओहो! कहिले काहिँ विद्यार्थीहरु गाएब भयो भने किन हराएको भनेर सोध्ने मास्टर साबलाई आज भने अचाक्ली टेन्सन भयो। 

बल्ल एस एम एस आयो ईन्टरनेट दाताले सिस्टम डाउन भन्यो। भने पछि मैले लिएको दाता सप्लाएरका सबैको ईन्टरनेटले साथ नदिने भयो। अचम्म त के भने मेरो एरियामा बिजुली गुल भए पनि ईन्टरनेट पनि गुल। सोलार ले पनि नचल्ने।

क्या बोर भयो। अब कुरो के भनेनि काठमाडौंमा ईन्टरनेटको यस्तो हालत छ। बाहिर प्रदेशमा यो सेवा कति भर पर्दो होला? सरकारले दुर शिक्षाको कल्पना गरीरा बेलामा यस्ता आधारभुत ब्यबस्थालाई प्राथमिकता दिनु पर्छ। नत्र सरकारको योजना किताबमा मात्रै सिमित रहने हुन सक्छ। बेलैमा सचेत हुन सेवा दायक र सरकारलाई अनुरोध छ। अस्तु।