Grab the widget  Get Widgets
Showing posts with label Lockdown. Show all posts
Showing posts with label Lockdown. Show all posts

22 May 2020

टाइम पास कसरी गर्ने?

यो लकडाउनको समय कटाउन अनेक उपाय आउँछ यो खाली दिमाग सैतानको घर भन्थ्यो हो कि क्या हो?

तपाईं आफ्नै श्रीमान र आफ्नै श्रीमतीको दैनिक मुख हेर्दा हेर्दा वाक्क दिक्क हाक्क थुक्क हुनु भएछ भने एकले आर्कालाई यसो गरे कसो होला? 

बिहान बिहान मर्निङ वाक जान नमिले पछि घरकै कौसी वा वारि वा आंगनमा डुल्न थाल्यो भने किन बिहान बिहानै डुलेको होला अफिस जानु छ र? भन्नुस। 

सुतेरै बसेछ भने कति सुतिरा काममा जानु छैन भने यसरी सुतेरै बिहानको समय खेर फाल्छ भन्नुस।

बारीमा चल्न गए किन चल्नु पर्ने होला बिहान बिहान भन्नुस। नगए यस्तै हो अफिस गए नि नगए नि सबै मैले मात्रै घरको काम गर्नु पर्ने आफु चैं थपक्क मोबाइल चलाएर बस्नुस भन्नुस।

फुलबारीमा पानी हाल्न गए किन पानी चलाउनु पर्ने होला भन्नुस पानी नदिए जैले नि मैले मात्रै पानी हाल्नु पर्ने ? भन्नुस। यो घरको काम गर्ने त म मात्रै होनि भन्न नछाड्नुस। 

यस्सो भान्छामा काममा सघाए, ओहो आज के भयो भनेर निकै चाकडी गर्न आछ नि भनी हाल्नुस, सहयोग नगरे, अब यो लकडाउन आए नि न आए नि हाम्लाई के छ र ? यो घरमा कसैलाई मतलब नै छैन भनिहाल्नुस।

टिभी हेरेको बेलामा कति टिभी हेर्नु पर्ने भन्नुस, मोबाइल चलाए कति मोबाइल चलाएर बस्न सकेको भन्नुस। 

केही सहयोग गर्न आयो भने किन गर्न आएको भन्नुस । जे गरे नि किन गरीस भन्नुस नगरे किन नगरेको भन्नुस । यो लकडाउन तीन महिना चले नि तपाईंको समय मजाले कटाउन सकिन्छ। यो रामबाण औषधि प्रयोग गर्नुस घरमै बस्नुस, कोरोनाबाट बच्नुस।

नोट: यो ब्यंग बाणले कसैलाई लागेको छ भने संयोग मात्रै हुनेछ। अस्तु!

06 May 2020

लकडाउन खुकुलो पार्न सकिन्न र?

हुन त म साधारण मान्छे! लकडाउन बिज्ञ होइन। तर पनि समाचार हेर्दाहेर्दै र समस्यामा अल्झिंदा अल्झिंदै मेरो दिमागमा चलेको कुरो यहाँ व्यक्त गर्दैछु। यो मेरो नितान्त नीजि बिचार हो। आफ्नो असहमति भए तपाईंले पनि पोख्नुस के गर्दा हुन्छ भनेर। दिनभर घर भित्र बसेर सामाजिक सन्जालमा कताक्ष गरेर दिन बिताउंदाको कष्ट हामीले भोग्दै आएका छौं। आफु पनि केही नगर्ने अनि अरुले गरेकोमा पनि यो भएन त्यो भएन मात्रै भनेर आफुले आफैलाई ठग्ने ठगहरु यो संसारमा कमी छैन। त्यो बर्गमा हामी पनि कम छैनौं।

अति आवश्यक आधारभुत आवश्यकता भनेको खानेकुरो नै रहेछ भन्ने चमत्कारिक कोरोनाले देखाइ दिएको छ। गाँस, बास र कपास तथा नाना, छाना र खाना जे भनेर नारा दिए पनि हुन्छ, पैसाको पोको खल्तिमा राखेर मान्छे जिउन सक्दैन। जतिसुकै धनी मानिस पनि एक छाक खानको लागि तड्पिएको हामीले देख्यौं हेर्यौं।

त्यसैले
१. कृषि उत्पादन, खाध्य सामग्री ओसारपसारमा कडाइका साथ चेक जाँच गरेर पालिकाको सिमा वरपर गर्न दिनु पर्छ। 
२. उत्पादन मुलक कल कारखानामा स्वास्थ्य जाँच कडाइका साथ लागु गरेर सम्भव भए सम्म सामाजिक दुरी कायम गराउने प्रत्याभूति गराएर खुला गरिनु पर्छ।
३. स्वास्थ्य कर्मी, सुरक्षा कर्मी, पत्रकार, एम्बुलेन्सका चालक र सहचालकहरूलाई अनिवार्य PPE लगाउन सहयोग गर्नु पर्छ।
४. गाउँ गाउँमा सिंह दरबार भएकोले आफ्नो कर्तव्यबोध गरेर उत्तरदायी भुमिका निभाएर, जो जहाँ छ, त्यहिं खाने र बस्ने ब्यबस्था गर्नै पर्छ।
५. सम्भब भए सम्म घर घरबाट कार्यालय सञ्चालन गर्नु पर्छ।
६. सामाजिक भेटघाट बिल्कुल बन्द गर्नै पर्छ हामी सचेत नागरिकहरुले।
७. नक्कली पास बोकेर डुल्नेहरुको सवारी महिना दिन सम्म चलाउन नपाउने गरी बन्देज लगाउन पर्छ।
८. बिना काम हावा खान निस्कनेहरुलाई श्रमदानको काममा लगाइ दिए हुन्छ।
अरु पाठकहरुले पनि थप गर्नुस है। 
यसो गर्दा अलिकति भए पनि लकडाउन खुकुलो गर्न सकिन्न र?
अस्तु।

14 April 2020

लोकडाउनमा मदिरा छारम

ए च्याङ्बा आजकाल यो लोकडाउनमा टिम्ले कसरी दिन काट्ने गरिरा छ्स भन् ट ! ह्यां मलाई वाक्क दिक्क लाइरा छ।

आ कासरी भन्ने, हेर हाकुचा! दिन कात्न सजिलै छ, आफू ट बिहान देखि तीन पाने धोक्ने हो अनि बिहान देखि आफै डाउन भएसि के को लोकडाउन न साउन। मोइले ट योसारी नै 
दिन कात्दै छ हो। बरु टिम्ले चैं कासरी काट्दै छ ट हं!

पैले ट मैले नि टेसरी नै कातथ्यो, होइ! अइले ट्यो झोल नै सक्यो भन्यां, अनि टं संग एक दुई ट्वाक छ कि भनेर सोद्न आएको। खोइ टं जस्तो ट्वाके जंड्याले दिन्छस कि दिन्नस?

(स्वर ठूलो गराउंदै) ए हाकु! टेरो बाउले राख्न ड्या छ र लिन आको? अनि कस्लाइ जंड्या, ट्वाके भनेको? हेर हाकुचा, म जंड्या भएनि, ट्वाके भएनी! भए ट के गर्छस! टेरो बाउको सम्पति खाको छैन क्यारे। यसरी ट्वाके स्वाके भन्छस, भने चैं म त दिन्न जा! के गर्छस?

के गर्नु नि च्याङबा! मैले त पैले नै ठा ठ्यो नि, टं जस्तो गराचाले दिन्न भन्ने कुरो! म नै मूर्ख नि, बेमान! एक दुई ट्वाक झोल ले न, भन्दा नि, टेस्का बाजे! सुन नै माग्न आए जस्तो पो गर्छ बा! म संग भा भे टं जस्तो ट्वाकेलाई ट्यै झोलले न्वाइ दिन्थें। (द हे मरु सिनि न्ह्यागु धा सां जिल नि ठो ख्वा...स चित) बुजिस? 

अब के गर्छस ट हाकु! म ट दिन्न दिन्न, तोइले मोलाई ट्वाके भनिस, जंड्या नि भनिस, हेर मो पनि मान्छे हो मान्छे! मेरो पनि ह्यां... निर दिल छ। हुन ट, तों जस्तो माग्ने संग यास्तो कुर गरेर के बुझ्छ्स र तोइले आज मेरो दिल दुखाइस।

का! बेमान टंइले मलाई माग्ने भन्ठानेको, छि म बु! टेस्का बाजे! मलाई हेपेको? माग्ने भनेको? का स्याट। ख्वा...स न जि त फोग्गिं हे धाल। बेमान ठो एलां याना थौं, थप्यारिम्ह जि हाकुमान चा या! त धंगु हे बिज्जट जुल। हट्टेरिका! थौं हे निसें ठो एला, ठोँ जिं टोने मखु त। साफें हे धाल ठो च्याङ्बा चां! जिगु न्ह्यलं चाएका बिल। 

हेर च्याङ्बा! म आज मुरमा छैन! झग्रा सग्रा गर्न हुन्न! बरु टं पनि यो जाँर साँर छोर डे। टेरो बाउको सम्पटी पनि बच्ने, अनि मैले पनि तैंले जंड्या, ट्वाके भन्न नपर्ने! ल नयाँ बर्षमा हाम्ले त यो मदिरा पान सान छोर्ने निर्नय गरम है च्याङबा! 

ओहो हाकुमान दाई! टिम्रो बुदि कसरी परिवर्तन भयो आज अचानक? 
टिम्ले नै दे को ट हो नि। टिम्ले माग्ने भने पछि! म त झल्याँस्स भयो होइ! अनि यस्तो बिज्जत गरेर यो जांर सांर खान्न भनेको नि! बरु अलिकति छ भने दे न! सार्‍है खसखस भै रा छ। भोलि देखि धरोधर्म खान्न।

टेसो नभनम हाकुमान! छोरे पछि अइले नै छोरम। म संग नि छैन अहिले। अब यो लोकडाउन मा खोज्न जान पनि मिलेन। होस। अब देखि हाम्ले जांर सांर छाड्यो। अस्तु।

 

11 April 2020

लकडाउनमा सपना

लक डाउनमा रोमान्टिक

हैन ए बुढा ! तिमिले त आज निकै रोमान्टिक गाना सुनछौ। मलाई सम्झेर पुरानो दिन याद आयो कि क्या हो?

हो नि बुढी ! मन त रोमान्चित भएकै हो । पुरानो दिनको याद पनि आको हो । तर त्यो सिनमा चैं तिमी हैन मेरीवाली पो आयो त !

थुइक्क बुढो ! अहिले सम्म त्यो मोरीलाई बिर्सन सके छैनो ? र पो म संग ट्याम ट्याममा ठ्याँस्स परेर निहु खोज्दो रेछ । छि: के भाको यो बुढो, उमेरले डांडो काटी सक्यो। तै पनि...!

छोरा छोरीको बिहे भएर नाति, नातिनी खेलाउने बेलामा, अझै त्यो चाउरीलाई सम्झेर रोमान्चित भएर बस्छ । तै तै म पनि के कम छु र ? त्यस्तै हो! तिम्रो कुरो बुझेरै म पनि तिमी देखेर रोमान्चित भाको चैं हैन है !

कुन बेलाको साइट निकाल्देछ त्यो ज्योतिष बाजेले, तिमी जस्तो काले पोइ पर्‍यो ! नत्र त म पनि सुब्बा साबको छोरी हुंनी। गाउँमा खान लाउन केही कमि थिएन । एक से एक हिरो र राम्रा ठिटोहरुको लर्को नै थियो । के मोहनी लायौ कुन्नी त्यो बेला, तिम्रो काले अनुहार नि राम्रै लाग्यो । अस्तु !

31 March 2020

कोरोना

ओ गोरुचा! गुलि जक उखे थुके याय मागु हाँ? न्हापा न्हापा धासा न्हिँच्छी चच्छी दें जक देना च्वनेम्ह गोरुचा! थौं कन्हे गन जक वने मागु हँ? घायँ नैम्ह।

उखुनु उखुनु धासा छें च्वन, दें जक देना च्वन धका ब्व बिगु बुरा चाँ, थौं कन्हे छाय पिने वने मब्युसें छें जक गार्‍हे जुया च्वं धागु खनि, जिं ला थ्व बुरा चिया खं हे मथु या वल धयां! छु छु का! बुरा जुसाँ निसें थथे जुइगुला!

ए बा! छ्या छें च्वनेगु जि? जिगु मानव अधिकार छं छ्या हनन यागेगु कुत याना च्वना?

छिमबु! थौं कन्हे लक डाउन जुया च्वंगु मस्युला ए!कुलंघार घायँ नै म्ह गोरु!

मस्यु बा जिंला! गथे सिइ केगु? न्ह्याबलें घायँ नै म्ह गोरु गोरु धका जुइम्ह अबु दु सिनि, जि गोरुं गथे याना सिका कायगु हाँ बुरा?

छिमबु यात बुरा धाएगुला? बेमान! पिन्हे पिहाँ वने बले कोरोनां ज्वनी धका वनेमते धयागु का। न्ह्यागु घायँ नैम्ह जुसाँ आखिर छ जिगु हे मचा ख नि गोरुचा!

ए बा! जिं छगु खं जक मखु यक्को हे खं मथु, थौं कन्हे! छगु ल थ्व कोरोना कोरोना धागु छु? अले पिन्हे पिहाँ वने मजुगु कारण छु? अले जि गोरु ख सा जिम्ह अबु सु खले? 

अबु: वा तां च्वना च्वन ! धाथें! जिगु मचा ला ज्ञानि जुल खनि, आ धासा! जिगु न्ह्यलं चायेका बिल बाबु छं। थौं निसें छ गोरुचा मखु, बाबुचा का।

धन्य कोरोना! जिम्ह गोरु मचा, थौं निसें बाबुचा जुल।

उखे थुके मजुसें, सकल परिवार नापं छें च्वना, कोरोनां बचे जुया दिसं, बिज्याहुं। 

भवतु सब्ब मंगलम!