Grab the widget  Get Widgets

Monday 29 April 2024

बुढोको मेसिन खराब भएसी

ए साथी ! तिम्रो बुढोको मेसिन खराब भएछ कि? खिया लागेछ? हं। कस्तो जिंग्रीङग परेको? 

हो नि भन्या ! के गर्नु ? बुढो मान्दै मान्दैन ! यस्सो मेन्टेन गर्नु न बुढो! भन्दा नि टेर्दैन। कस्तो झ्याउ लागि सक्यो।

यस्तो बुढो संग तेरो रोमान्स नै हुन्न होला हगी? हेर्दै अल्छि लाग्दो अनुहार! 

अब के गर्ने नि? जे भए नि आफ्नै बुढो हो क्यारे!

अन्त! तिम्रो बुढोको मेसिन ठिक छ त?

ठिकै छ नि, हेर न मेरो बुढो कस्तो ह्याण्ड्सम देखिन्छ, चिटिक्क परेर हिंड्छ। कैले काहीं ब्याट्री चार्ज गर्न बिर्सन्छ र पो! अहिले "ड्युरासेल" राखेर मेसिनले दारी काट्ने भा भेर हिरो देखिन्छ। 

अन्त! तिम्रो बुढो र मेरो बुढोले एकै ठाममा मेसिन किनेको होइन र? त्यो पनि "बाई वान गेट वान" मा फिरी पाको? अनि दुबैले आधा आधा पैसा हालेर किनेको? बिर्स्यौ? 

ए हो त हगी? हाम्रा बुढाहरु कम्ताको कन्जूस छ्न? जे होस सस्तोमा किनेको भएर मेसिन बिग्रे पनि चित्त चाहिँ दुखाएनन। नत्र कचकच गरेर हैरान पार्थे हगी? अस्तु। 

Thursday 25 April 2024

मेयर साब

श्री मेयरज्यू,
श्री वडा अध्यक्षज्यू,
काठमाडौं महानगरपालिका, काठमाडौं !

नमस्कार! 

आज एकजना म्याडम घरमा आएर गरिबी निवारणको तथ्यांक संकलन गर्नको लागि आएको, नागरिकता नम्बर दिनुस भन्नु भो?

हाम्रो नागरिकता नम्बर किन दिने? हाम्ले कर तिरेकै छम। पान 
नम्बरबाट तथ्यांक संकलन गर्न मिलि हाल्छ, उतैबाट लिनुस भनें।

त्यो त हो! हाम्रो काम विवरण भर्नु हो, तपाइँको घरमा कति जना परिवार छन् ? घरको कोठामा को को बसेका छन् ? उहाँहरुको विवरण पनि चाहियो । 

हाम्ले नागरिकता नम्बर दियो भने गरिब भनेर पैसा पाइन्छ? कति रकम पाइन्छ? म त बेरोजगार हो। म त मेरो बाको घरमा पैसा नतिरी कोठामा बसेको छु। 

मैले काम गरेका सबै ठाममा सबैले पारिश्रमिक दिने बेलामा अग्रिम कर काटेर मात्रै बांकी रकम मलाई दिएका थिए। अब फेरि यो के को सर्बेक्षण हो? 

अनि डाटा संकलन गर्न अघि हाम्लाई पनि थाहा हुनु पर्‍यो नि। नागरिकता जस्तो संबेदनसिल डकुमेन्ट घरमा एउटा आई. डि. कार्ड बोकेको भरमा दिन मिल्च र हजूर! अहिले नागरिकताको दुरुपयोग गरेर अपराध गरेको घट्नाहरु धमाधम सार्बजनिक भै राछ। तपाईंहरुको Application र कुनै website मा सूचना पनि छैन।

त्यसैले तथ्यांक संकलन गर्न फिल्डमा कर्मचारी पठाउनु अघि सार्बजनिक सूचना निकाल्नुस र देखिने ठाममा पोस्ट गर्नु अनि हाम्ले हाम्रोनागरिकता दिन्छम।

धन्यवाद!
विनय शाक्य
कपन मार्ग, महाराजगञ्ज, काठमाडौं 


Wednesday 24 April 2024

रानीहार

उस्को बुहारीले रानीहार लगाई सक्यो, फलाना काकाको छोराले घर किन्यो, मेरो साथीको पोइले गाडी किन्यो, ढिस्कानाको छोरी अमेरिका गयो, सन्तेको कान्छो अन्त गयो। तिमीले के नाप्यौ? बुढा!

के नाप्नु र? उई आलु, प्याज, काउली, सिमी, बोडि, फर्सी, कर्कलो, करेला, बरेला त हो नि। 

अनि मैले जाबो एउटा हार लगाउने रहर गर्दा नि ल्याइ दिन्नौ क्यार!

हो है! त्यो जाबो हार मात्रै पनि के लगाउने ? लगाए पछि रानीहार नै लगाउने नि! हुन्न र!

ल्याई दिन्छौ? सांच्चिकै ल्याई दिने हो? 

हो नि! दिनभर तरकारी बेचेर कति नै नाफा खाइन्छ र! अब पसल नै बेचेर तिमीलाई रानीहार ल्याइ दिन्छु। संधै के करकर गरि राख्ने? तिम्रो पनि रहर पूरा हुन्छ, मलाई पनि हाई सन्चो हुन्छ।

एकदिन बुढाले पसल बेचेर बुढीलाई रानीहार उपहार दियो। भोलि पल्ट बिहान आफ्नो फोटोमा फूलको हार राखेर आफु बेपत्ता भयो। अस्तु!