Grab the widget  Get Widgets

24 April 2024

रानीहार

उस्को बुहारीले रानीहार लगाई सक्यो, फलाना काकाको छोराले घर किन्यो, मेरो साथीको पोइले गाडी किन्यो, ढिस्कानाको छोरी अमेरिका गयो, सन्तेको कान्छो अन्त गयो। तिमीले के नाप्यौ? बुढा!

के नाप्नु र? उई आलु, प्याज, काउली, सिमी, बोडि, फर्सी, कर्कलो, करेला, बरेला त हो नि। 

अनि मैले जाबो एउटा हार लगाउने रहर गर्दा नि ल्याइ दिन्नौ क्यार!

हो है! त्यो जाबो हार मात्रै पनि के लगाउने ? लगाए पछि रानीहार नै लगाउने नि! हुन्न र!

ल्याई दिन्छौ? सांच्चिकै ल्याई दिने हो? 

हो नि! दिनभर तरकारी बेचेर कति नै नाफा खाइन्छ र! अब पसल नै बेचेर तिमीलाई रानीहार ल्याइ दिन्छु। संधै के करकर गरि राख्ने? तिम्रो पनि रहर पूरा हुन्छ, मलाई पनि हाई सन्चो हुन्छ।

एकदिन बुढाले पसल बेचेर बुढीलाई रानीहार उपहार दियो। भोलि पल्ट बिहान आफ्नो फोटोमा फूलको हार राखेर आफु बेपत्ता भयो। अस्तु!

No comments:

Post a Comment