घरमा मेरा परिवार बाटो हेरेर बसेका हुन्छन् । मैले खानेकुरा लगेन भने मेरा परिवारले खान पाउंदैनन। बिचराहरु मलाई कुरेर आशा गरेका हुन्छन् । तपाईंहरु पो ब्रेकफास्ट, लन्च, डिनर ज्युनार गरिबक्सनु हुन्छ। हामी त उई सिस्नो र ढींडो बिहान र बेलुकीको दुई छाक हो। दसैंमा तपाईंहरुले दिनु भएको दान दक्षिणाबाट मासु भात खाइन्छ। अरु बेला साकाहारी भनेर टारिन्छ। बिन्ती छ मलाई मानिसको व्यवहार गरिदिनोस न प्रभु! म पनि मानिस नै हो। मलाई पनि थकाई लाग्छ।
Travel Consultant at Tripitak Holidays, Blogger, Lecturer, Content Writer, Story Teller.
Sunday, 14 April 2024
मलाई मानिसको व्यवहार गरिदिनोस, प्रभु!
हाकिम साब! म मान्छे हो, कति जोत्नु हुन्छ? मलाई गोरु जोते जस्तो! बिहान आउने बित्तिकै हजूरको टेबुलमा पानी राख्नु अगाडि अफिसको बडार कुडार गर्नु पर्छ, हजूर आउनु भन्दा पहिले अफिसाँ आई पुग्नु पर्छ, दिनभर चिया र कफि अनि दिउँसो टेबुल टेबुलमा खाजा। भांडा कसैले यताबाट उता सार्दैनन। तीन तला माथी चिया बनाउने कोठा छ। याँको फाइल त्याँ पुर्याउन पनि मलाई नै बोलाउनु हुन्छ। अरे सबै हाकिम साबहरुको गोडा फुस्केको छ कि म सानो जागिरे भनेर सबै काम मलाई नै अर्हाउनु भएको? तपाईंहरु ओल्लो टेबुलबाट पल्लो टेबुलमा पनि जान सक्नु हुन्न कि जान हुंदैन? अनि सबै हाकिमसाबहरुको घर फिर्ती सवारी भए पछि बल्ल म घर जान पाउँछु।
Subscribe to:
Post Comments (Atom)
No comments:
Post a Comment