Grab the widget  Get Widgets

Tuesday 23 April 2024

कान्छो

ए ! तेरो कान्छो पनि बिदेशीयो ?

हो ! मेरो कान्छो बिदेशमा पढ्न गयो ।

भन्ने मात्रै होक्या! आखिरमा काम नै गर्न जाने हो नेपालीहरु सबै।

काम त गर्नै पर्‍यो, नि! दाम संगै कलेजको खर्च पनि निकाल्नु पर्‍यो नि, होइन र?

हुन त हो। तेरो छोराको भिषा आउँछ भनेर मलाई पैले नै थाहा थियो। 

कसरी ?

केटो मिहिनेती छ नि! अनि भलादमी पनि छ।

त्यो त हो! अस्ति भिषा नआई पुग्दा पनि तपाईंले त्यस्तै भन्नु भाको थ्यो त ! त्यस्सै भिषा आउँछ ? के भनेर भिषा दिन्छ? सजिलै दिन्छ? भनेर।

त्यो बेला म निक्कै निराश भएको थिएं, तपाईंको कुरा सुनेर। त्यसैले यसपालि तपाईंलाई कै पनि नभनेको ! प्याच्च बोल्दिनु हुन्छ। मलाई निको लाग्दैन। अरुलाई तनाब भएको बेला झन आगोमा घिउ जस्तो प्याच्च बोलेको मलाई त मन पर्दैन है! तपाईं रिसाए रिसाउनुस! खुसाय खुशी हुनुस। अस्तु।

No comments:

Post a Comment