मेरो घरको आगनमा एक जना मानिस तहल्दै थियो । के हो ? भनेर त्यो मानिसको ध्यान आकर्षण गर्ने जमर्को गरियो ।
मेरो कम्पनीको साइन बोर्ड हेरेर त्यो मान्छेलाई दया जागेछ । बिचरा ! यस्तो कुनामा रहेको कम्पनीको प्रबर्द्धन गरिदिनु पर्यो । अहिले यस्तो अनिकाल परेको समयमा आफुले पनि काम पाउने आर्काको पैसामा घुम्न पनि पाउने भन्ने मनसाय आएछ ।
खास के काम गर्नु हुन्छ ? मैले सोधेँ ।
पाहुना: मार्केटिङ ।
ए ! अनि कस्तो टाइपको मार्केटिङ गर्नु हुन्छ नि?
पाहुना: म बिदेशमा रहेको University मा मार्केटिङ गर्छु।
म पनि एकदम Excited. अनि कुन University मा जानु हुन्छ त ?
पाहुना: म सबै टाइपको University मा जान्छु यो त्यो भन्ने चै छैन । Singapore, Malaysia, Thailand, South east सबै तिर मेरो चिनजान छ ।
कुनै एउटा University को नाम भन्नुस न त !
पाहुना : त्यो चै यही नै भन्ने छैन । तपाईंले टिकट दिनुस म Singapore को सबै University मा मार्केटिङ गरिदिन्छु ।
मलाई मनमनै डाको छाडेर रुने कि दात निकालेर हास्ने कि भयो। चिन्नु न जान्नु त्यो बटुवालाई मैले के भनेर टिकट दिने? किन दिने? न त्यो मनुष्यलाई मैले चिनेको, न त नाता परेको। न आमा पट्टीको न त बाउ पट्टीको। तर त्यो मान्छेको मानसिकतालाई चै मैले माने ।
मैले कत्रो कत्रो कम्पनीमा काम गर्दा त माग्न नसकेको बिदेश यात्राको टिकट, त्यो बटुवाले एक पल मै म संग माग्यो ।
गज्जब छ बा ।
No comments:
Post a Comment