नेपाल भ्रमण बर्ष २०२० र लुम्बिनी भ्रमण बर्ष २०७६ मा नेपालमा के गर्ने?
१. कति ठाउँमा छुट छ?
२. फोटो खिच्ने कामको लागि ड्रोन उडान गर्न पाउँछ कि पाउँदैन?
३. लुम्बिनीमा गएर कति दिन बस्न मिल्छ?
४. कता घुम्ने ठाउँ छ?
५. के के गर्ने सुबिधा छ?
६. ध्यान बस्ने नियमित कार्यक्रम छ कि छैन?
७. गुम्बामा कति दिन बस्न पाउँछ?
८. गौतम बुद्ध एयरपोर्ट कैले देखि खुल्छ?
९. टुरिष्ट बसको सेवा कुन कुन ठाउँमा पाउँछ?
१०. पर्यटन क्षेत्रमा सौचालय सुबिधा छ कि छैन?
११. आराम कुर्सी छ कि छैन?
१२. अपांगमैत्री ठाउँ छ कि छैन?
१३. पानी पिउने ब्यबस्था छ कि छैन?
१४. सुचना पाटी छ कि छैन?
१५. फोटो खिच्न मिल्छ कि मिल्दैन?
यस्ता प्रश्नको जवाफ पाइन्छ? भनेर सोध्छन आजकालका पर्यटक।
Travel Consultant at Tripitak Holidays, Blogger, Lecturer, Content Writer, Story Teller.
Saturday 24 August 2019
भ्रमण बर्षमा के गर्ने?
Friday 23 August 2019
Sunday 11 August 2019
पर्यटनबिद
एकजनाले सोध्यो: यो पर्यटनबिद भनेको कस्तो मान्छेलाई भनिन्छ?
संगै बस्नेले भन्यो: जस्ले पर्यटन जान्यो त्यै पर्यटनबिद हो नि।
आर्कोले भन्यो: जस्ले पर्यटन अध्ययन गरेर स्नातक गर्छ त्यो पर्यटनबिद र स्नातकोत्तर गर्ने मान्छे चै पर्यटन बिज्ञ।
पहिलोले थप्यो: हाम्रो देशमा यस्ता बिज्ञ शिज्ञको काम छैन। हिजो अस्ति बस चलाएको मान्छेले आज हेलिकप्टर चलाएछ्न, होटल चलाएछ्न, त्यस्ता पो पर्यटनबिद र बिज्ञ हुन नि। बडा आयो पढेलेखेका बिज्ञहरु।
संगै बस्नेले भन्यो: त्यै त भन्या नि जस्ले पर्यटनको काम गरेर कुष्ट दाम कमाएका छन त्यस्तो पो पर्यटनबिद। दाम कमाउन नसक्ने पढेलेखेकाहरुलाई नि पर्यटनबिद भन्छ्न र?
आर्कोले भन्यो: मैले जाने अनुसार त स्नातक गरेकाहरु नै पर्यटनबिद हुन र स्नातकोत्तर गरेकाहरु चै बिज्ञ। तिमीहरूले आ-आफ्नो बुद्धिले जे भेट्टाउछौ त्यो नै पर्यटनबिद हो। अरुलाई बुद्धिजीवी नथान्नेहरु अनि आफू मात्रै सबै जान्ने सुन्ने नै पर्यटनबिद होला नि। बांकी सबै पाठकको बिचार। अस्तु।
Friday 9 August 2019
तीन पटक हाँस्ने सर
मेरो एक जना सर हुनुहुन्थ्यो। निक्कै सोझो, मतलब व्यंग्यबाण बुझाएर बुझाउन नसकिने। यस्तैमा हामी पोखरा घुम्न जाँदा संगै बस्ने अवसर पायौं। विभिन्न किसिमका उपद्रो कुरा कानी हुँदा पनि मेरो सर चैं गम्म परेर बस्नु हुन्थ्यो। हामी हाँसेको देखेर दिक्क मान्नु हुन्थ्यो। अनि फेरि मैले मेलै संग बेलि बिस्तारै लगाएर बुझाए पछि बल्ल हाँस्नु हुन्थ्यो।
यस्तैमा एक पटक हामीले कुरा टुंग्याउन नपाउँदै त्यो सर त मज्जाले हाँस्नु भयो। अनि मैले सोधें: सर जी, तपाईंले साँच्चै बुझेर हाँस्नु भयो कि त्यस्सै?
सरले भन्नू भयो: त्यस्सै !
मैले भने: किन?
सर: हाँसेन भने फेरि तिमी मोराहरुले बुझेन अनि हाँसेन भनी हाल्छौ नि।
मैले भने: हाँस्नु त भयो सर तर अलि चाँडो भयो। मेरो कुरो नै टुंगिएको छैन। कुरो टुंगिएसी हाँस्दा बल्ल मीठो हुन्छ क्या! सर!
सर: कस्तो मोरो रहेछ। हाँसेन भने बुझेन भन्छ, हाँस्यो भने चाँडै भो भन्छ। अनि कैले हाँस्ने त?
मैले भने: कुरो टुंगिएसी ।
सर: तेरो कुरो कैले टुंगिने कैले, अनि म कुरेर बस्ने त?
मलाई यो सरको दिमाग चाट्न मन लागेन अनि चुप लागेँ। भोलिपल्ट बिहान ब्रेकफास्ट खाने बेलामा सर हाँस्नु भयो। मलाई काउकुती लागेर सोधेँ । सर आज चैं किन हाँस्नु भयो? मैले त केही कुरो गर्न नि भ्याएको छैन।
सर: हिजोको कुरो मैले हिजो राती नै बुझेँ अनि राती पनि हाँसेँ। अहिले तिमी देख्नासाथ फेरि हाँस्न मन लाग्यो र म चैं हिजै किन न हाँसेको होला भनेर अहिले फेरि हाँसेको नि। तिमीहरु त एक पल्ट हाँस्छौ। म त तीन तीन पटक हाँसें। खोइ कुरो बुझेको? म ट्वाँ ! अस्तु !
Thursday 8 August 2019
खुर्सानीको कमाल
दुईजना पर्यटकहरु सोलुखुम्बुमा पदयात्रा गर्दै नाम्चे बजार पुगेछन। नाम्चेमा खाना खाने बेलामा नेपाली खाना मगाएछन। साउनीले नि भातको चुली बनाएर चुली माथी पीरो खुर्सानी रोपि दिएछ। सगरमाथाको टुप्पोमा झण्डा राखेझै। पर्यटकहरु खाना कसरी खाने रहेछ भनेर दायाँबायाँ हेरेछ्न। धेरैजसोले पहिले जे सुकै खाएनी पहिलो पर्यटकले अन्दाज लगाएर भातको चुलीमा रहेको खुर्सानी नै पहिला क्वाप्प खाएछ। खुर्सानी यत्ति पिरो रहेछ कि खुर्सानी खाएर पहिलो पर्यटकले तुरुक्कै आँसु झारेछ। पहिलो पर्यटकले आँसु झारेको देखेर दोश्रो पर्यटकले सोधेछ: किन रोएको पासा?
पहिलो पर्यटकले जवाफमा: यो भात खांदा खांदै मैले दोश्रो बिश्वयुद्धमा मेरा बा आमा बितेको कुरो सम्झेकोले आँसु आएको भन्यो।
ए! त्यसो पो रहेछ। बिचरा कति संबेदनसिल रहेछ पासा त ! भन्दै दोश्रो पर्यटकले पनि पहिलेकोले जस्तै पहिला खुर्सानी नि नै ताक्यो र खायो। खाने बित्तिकै दोश्रो पर्यटक पनि रोयो अनि पहिलो ले सोध्यो: तिमी चैं किन रोएको नि?
दोश्रो पर्यटकले भन्यो: किन भन्ने नि ! त्यो दोश्रो बिश्व युद्धमा तँ चैं किन मरिनस भनेर नि। मुर्दार! यस्तो पीरो छ भनेर भन्नु पर्दैन? तेस्काबाजे ! स्यु हा ......!
बिचरा पहिलोले पीरोको कथा सुनाएको भए दोश्रोले पीरो भोग्न त पर्दैनथ्यो होला। दुबै जनालाई पीरोले दिमाग खराब गरेको रहेछ। तर पनि एक आर्काले पीरो खुर्सानीको कमालको अनुभव गराउन दुबैले केही नभनेका रहेछ्न। अस्तु!
Sunday 4 August 2019
मोटरसाइकल
साहुजी: छ नि ।
ग्राहक: छ भने के गर्नु पर्यो त मैले ?
साहुजी: केहि गर्नु पर्दैन । यो मोटरसाइकल फाल्ने नयाँ किन्ने । अनि नयाँ मोटरसाइकलले कम पेट्रोल खान्छ ।
ग्राहक ट्वाँ !!!!!