Grab the widget  Get Widgets

Saturday 24 October 2015

Rock Climbing at Nagarjun


Sunday 11 October 2015

रात अझै बाकि छ

इन्धन नपाएर दिमाग खराब ! कहिले छिमेकीलाई गाली गर्यो, कहिले नेताहरुलाई गाली गर्यो | कतै जान नपाए कोहि नभेटे सामाजिक संजालमा सत्तो सराप्यो बस्यो | थुक्क ! यस्तो पनि देश, बरु विदेश नै ठिक यार | के बस्नु यस्तो देशमा, न पानी पाउनु. न नेताको बानी, न जनताको बानी सुध्रिनु, न खान पाउनु, न त कामै पाउनु, न काम गर्ने वातावरण | यस्तो लाग्छ यो देशमा जन्मेर गल्ति गरिएछ |  भनेर फलाक्नेहरु आजकाल यत्र तत्र सर्बत्र भेटिने गर्छन |

सबै तिर समस्या नै समस्या मात्र देख्ने एउटा ठुलो जमात निर्माण भइ सकेको अवस्थामा पनि अहिले त हो नि यति धेरै अवसरहरु छन् भन्ने एउटा सानो जमात पनि यो समाजमा छन् |

समस्या देख्नेहरुले बास्तवमा समाधान पनि देख्छन त्यसैले हरेस खांदैनन |  समस्यामा अवसर देख्नेहरुले समाधानका बाटोहरु सुझाउनु अहिलेको अवस्था हो | आफुले जानेको कुरा अरुलाई पनि सुझाउनु नै सबैको कल्याण गर्नु हो | यो नै मानव धर्म पनि हो |

महा भूकम्पलाई सामना गर्न सक्ने हामी नेपालीले कयौं देशको शान्ति सुरक्षाको लागि काम गरी राखेका छौं | तर देश रोएको अवस्था छ | थोरै लोभीपापीहरुले गर्दा यो स्थितिको सिर्जना भएको हो | रात परे पछि बिहान त हुन्छ नै | संझौ रात अझै बाकि छ |

बिहानीको पर्खाइमा हामी छौं | 

सक्नेले नसक्नेलाई सहयोग गरौँ | इन्धनको बचत गरौँ | ग्यासको सत्ता, ब्रिकेट, दाउरा, बिजुली आएको बखतमा हिटर प्रयोग गरौ | छ भने साइकलमा यात्रा गरौ | छैन भने अलि चांडो निस्केर गन्तब्य तिर लागौं | साबर्जनिक बस कुर्दा कुर्दा समय बर्बाद नगरौ | बृद्ध र बाल बालिकालाई प्राथमिकता दिऊ | 

सके सम्म इमेल, ईन्टरनेट प्रबिधिको प्रयोग गरौं । Skype, Facebook Messenger, G Talk, Viber, Whatsapp जस्ता प्रबिधीको अत्यधिक प्रयोग गरौं । अस्तु |