Grab the widget  Get Widgets
Showing posts with label Jokes. Show all posts
Showing posts with label Jokes. Show all posts

02 February 2025

मुला बहस

रातो मुला: कस्तो मुला रैछ? म भन्दा सस्तोमा बेचिएछ। मुला अमेरिकामा मात्रै रंगभेद हुन्छ भनेको सुनेको, यो मुला बजारमा पनि मलाई किन्ने भन्दा त्यो सेतो मुला किन्ने धेरै रेछ।

सेतो मुला: तं मुला बढी भाउ खोज्छस क्यारे! अनि तं मुलालाई कस्ले किन्छ त!

गान्टे मुला थिच्चिएको रैछ, मुलाको तल्लो बोरा भित्र, उकुस मुकुस भएको रैछ, थिच्चिएको स्वरमा चिच्यायो, ए मुलाहरु! मलाई पनि निकाल त, यो बोरामा कोच्याएर के गर्न लागेको? तं मुलाहरु नेपाली कांग्रेस र एमालेको सपोटर होकि क्या हो? म मुला चैं माउवादी?

खोइ कता गयो? त्यो मुला साउ?

साउजी: लौ आयो! आयो! नेपाली कांग्रेस मुला, एमाले मुला, अनि माउबादी मुला! जो जो पार्टी हो, त्यै अन्सारको मुला हाम्रो नेपालाँ पाइन्छ। खासमा भन्ने हो भने नेपालमा नेपाली जन्ता भन्दा पार्टीका झोले पाउने भएकोले मैले नि यो मुलाहरुलाई ब्राण्डीङ गर्देको लौ जा! 

रातो मुला: मेरो अस्तित्व नै बेच्दिने? साउ मुला!

सेतो मुला: तेसो नगर मुला साउ!

गान्टे मुला: तं मुला साउ, मलाई थिचेर के गर्न लाग्या? झट्ट निकाल त! अस्तु |

01 February 2025

तिमी र कुकुर उस्तै भयो नि!

बिहान बिहान कुकुर डोर्‍याएर हिंडेको दाईलाई सोधेँ "गूड मर्निङ दाई, बिहान बिहान कुकुर संगै हिंड्नु भाछ नि" दाईले भन्नु भन्यो, हो नि यो कुकुरलाई डाक्टर काँ लान लागेको अलि रुघा ज्वरो आएको जस्तो लाग्यो।
ए हो र दाई! मलाई नि रुघाखोकी लागेर डाक्टर कहाँ गएर आएको।
दाईले जिस्काउंदै भन्नु भयो, "ए मेरो कुकुर र तिमी एउटै भएछौ त!" 
मैले पनि भनें, हो नि दाई! तपाईंको लागि म र तपाईंको कुकुर एउटै जस्तो त हो! तर फरक यत्ति हो कि, तपाईं र भाउजुले कुकुरलाई काखमा राखेर खेलाउनु हुन्छ, तर मलाई काखमा राखेर खेलाउन सक्नु हुन्न!
दाईलाई भाउन्न भएर झण्डै बाटोमा ढलेको! 
धत्, मुर्दार ! भाउजुको काखमा खेल्नु परो तंलाई? बज्या!! अस्तु।

06 August 2024

पखाला

एकजना कान कम सुन्ने अंकललाई पखाला लागेर डाक्टर कहाँ जँचाउन जानुभएछ। 
२-४ दिनको औषधि उपचारपछि अंकल फलो-अपमा डाक्टर कहाँ पुग्नु भएछ। 
डाक्टर : तपाईंको दिसा अहिले कस्तो छ?
कान कम सुन्ने अंकल : हँ? के भन्नु भएको? म अलि कम सुन्छु। ठुलो स्वरले बोल्नु न! 
डाक्टर (ठूलो स्वरमा) : अहिले तपाईंको दिसा कस्तो छ, भनेको?
अंकल : एहे! अहिले त खाउँ खाउँ लागिराछ। हिजो अस्ति खानै मन लाग्दैनथ्यो।
डाक्टर बेहोश! 🤣🤣🤣
#ग्वांग्रेकोगफ

खाजा

बुढी: खाजा के पकाउने, बुढा? 
बुढा: जे पकाए नि हुन्छ।
बुढी: आलुको चप बनाम?
बुढा: हुन्छ, भै हाल्छ नि!
आधा घण्टा पछि खाजा तयार भयो। 
बुढी: ए बुढा खाजा खान आउनुस!
बुढा दंग पर्दै, आहा क्या मिठो होला जस्तो छ त, हेर्दा त!
बुढी: हेर्दा मात्रै हैन, खाएर हेर्नुस न!
बुढाले क्वाप्प मुखमा हाल्यो, आलु चप त भित्र पाकेकै छैन रैछ भनुम भने यो पनि खान नपाइएला भनेर चुप लाग्यो। 
बुढी: के भयो बुढा, तपाईं त चुप लाग्नु भयो नि। मीठो छैन?
बुढा: छैन भनुम भने बुढी रिसाउने, छ भनुम भने भित्र भित्र पाकेकै छैन रैछ।
बुढी: जैले नि खोट देखाउन पर्ने है बुढा? आफै पकाए हुन्छ नि! कति मिहेनत गरेर बल्ल बल्ल बनाएं। अझै खोट लाउंदो रैछ। असक्ती !
बुढा: हो! त्यै भएर त पाकेको छैन भन्ने आंट न आएको नि। बुढी! खासमा भन्ने हो भने नि, यो आलु नै खराब हो क्या! अझ त्यो ग्यास चुलो खराब हो कि? नभए आगो खराब होला। आखिराँ तिम्रो हातले बनाएको आलु चप नपाकेको र नमीठो त हुँदै नहुनु पर्ने, होइन र?
बुढी: त्यस्तो होइन होला बाहिर क्रन्ची, भित्र जुसी बनाउन खोजेको हो। सायद तिम्रो जिब्रो नै खराब होला।
बुढा झण्डै बेहोस भएको, खुरुक्क चुप्प लागेर खाएर हिंड्यो। अस्तु।

17 September 2021

पादयात्रा

के लेखेको होला! पदयात्रा लेख्नु पर्नेमा पादयात्रा लेखेछ, भन्नुहोला। तर यो पादयात्रा नै हो। कुरो पदुवाहरुको गर्न लाएसी पादयात्रा लेख्दा के बिग्रेको छ र! पादने मान्छेहरूको बहादुरी बारे लेख्न लागेको हो क्या! 

अनि कै बिषय पाएनस र पाद बारे लेख्ने? भन्नु होला। तर आजको बिषयमा तपाईंको जाँच पनि हुनेछ। थाहा छ? अनुभव छ? भने कमेन्टमा लेख्नु होला।

तपाईंले रेक्जीन सोफामा पाद्नु भएको छ?
तपाईंले सुनसान बाटोमा पाद्नु भएको छ?
अनि पिन ड्रप साइलेन्ट भएको हलमा पाद्नु भएको छ?
माइक लाएर पाद्नु भएको छ?
पोखरीमा पाद्नु भएको छ?
ससुराको अगाडि पाद्नु भएको छ?
अडिटोरियम हलमा पाद्नु भएको छ?
एयर कन्डिसन कोठामा, हवाइ जहाजमा, भान्सामा, कक्षामा, पादनु भएको छ?
पखाला लाग्दा, आउँ परेको बेलामा पाद्नु भएको छ?
अनि पाददा कति मज्जा आउँछ भनेर अनुभव गर्नु भएको छ? कैले काहीं निकै अप्ठ्यारो परेको पनि अनुभव भएको होला नि! छैन र? हो! यस्तै यस्तै कुराहरुको संकलन लेख्ने भनेर यो लेखको नाम पादयात्रा भएको हो। उ.. पुइंक्क पादी हालेछ!

कुरो पदयात्रामा जांदाको हो। मतलव ट्रेकिङ जांदा त बिहान सबेरै उठेर हिंड्नु पर्छ, होइन? कोहि कोहि साथीहरू अलि ढीला उठ्छन, अनि हतारमा नित्य कर्म गर्न पनि भ्याउंदैनन। त्यस्तालाई चै बाटोमा पछ्याएर हिंड्न हुन्न। पादेर हैरान पार्छन। खुला ठाउँमा पाददा रमाउंदै पादछन। पछाडी पछाडी हिंड्दा आवाज पनि अचम्म अचम्म सुनिन्छ। सम्म ठाउँमा हिंड्दा र उकालोमा हिंड्दा पर्ने प्रेसरले पादने मान्छेले पनि ठाउँ अनुसार बल पुर्‍याउने गर्छ। अनि पादको पनि आवाज फरक फरक हुँदै जान्छ। 

तपाईंले भर्‍याङ चढ्दा चढ्दै पादेको याद गर्नु भयो? अस्ति भर्‍याङमा बुहारीले पाददै बढार्दै गरेको ससुरोले सुनेछ। ससुरोको कान अलि बाक्लो रहेछ। झ्यालबाट बाहिर तिर हेरेर को हं? किन कराएको? भनेर खोज्दैथ्यो। धन्न सुनेनछ्न भनेर बुहारी ढुक्क! 

तर आर्को पट्टी सासुले कस्ती लाज नभाकी बुहारी रहेछ! हेर हेर! पाददै बढार्दै रेछ। हरे शिव! के देख्नु पर्‍यो? यो बुढेसकालमा! 
छोरोले सुनेको रहेछ। आफ्नो श्रीमतीको बचाउ गर्दै आमालाई भन्दैथ्यो; ह्या बुढिमाउ के कराई राख्या भने? हिंजो गुन्ड्रुकको झोल खुवाए पछि आज गुन्ड्रुक नै त निस्कन्छ नि! पादेर को सानो भएको छ? बरु पाद्न नपाएर बुहारीहरुको पेट दुखेको छ। आफुले प्यार प्यार पाददा चैं कै नहुने बुहारीले पादयो भनेर कराई राख्नु पर्ने?

ल त्यो घरको पादको कथा त्यैं छाड्दिम। पदयात्राको क्रममा एउटा गाउँमा बास बसेका थियौं। बिहान सबेरै बुहारीले चिया लिएर आइन। चिया ससुरोलाई दिन लागेको बेलामा पुइंक्क.. ! आवाज आयो। बुहारीले हांसो रोक्न सकिन। हातमा भएको चियाको गिलास खसालेर चिया पोखाई। ससुरोले फ्याट्टै सोध्नु भयो, बुहारी! तिमी पाद्न मात्रै आएकी कि? चिया पुर्‍याउन? बुहारी, लाजले भुटुक्कै। हजूर! मात्रै भनेकी थिइ, आर्को आवाज त झन ठुलो पो आयो। भुइँक्क...! बुहारी टाप!

हामीलाई पनि हांसो उठ्यो! हांस्दा हांस्दै एक जना मित्रले पनि आवाज निकाल्यो, पुँ..! तर मुलाको अचार जस्तै ! ओए पासा! ख्वास्सा मुला खाएर पाडेर ल्यायो। आर्को हांसो चल्यो। लौ आजलाई पादयात्रा यति नै! बांकी आफै सम्झनुस अनि हांसेर बस्नुस। अस्तु!

20 March 2020

झगडा

कलेजमा केटाहरुको सानो सानो कुरामा झगडा हुने सामान्य नै हो। एक दिन केही जातिय ग्रुप केटाहरुको झगडाको दृश्य यस्तो भयो। कसै संग मिल्न जान सक्छ। मिल्यो भने संयोग हुन सक्छ।
दृश्य:
ल छु ट बेमान?
छुन्छु! ला! के गर्छस?
ल फेरि छु ट, टैंले देख्छ्स! 
छुन्छु, छुन्छु ल मुक्का नि हान्छु। ढीस्सुम ...
आएया बाबा! बेमान ले हानेर पो ल्यायो, छिमिअबुलाई!
ल भयो भयो जा, टेरो बाउलाई धेरै नजिस्का, फेरि हान ट, अनि देख्लास टेरो बाउको टाउको।
आर्कोलाई झन रिस उठ्यो, अनि नाकबाट रगत झर्ने गरेर हिर्काइ दिएछ।
का! नाकबाटै रगत आयो! ए पासाहरु भाग भाग! भागेर साथीहरू भएको ठाउँमा पुगेछ र साथीहरूसंग गफ लडाउंदै भनेछ: हामीहरु पाँच जना एक्लै है, तिनीहरु दुईजना हुल बांडेर आइरा भने झगडा गर्न टेस्का बाजे! 
अनि के गरिस त?
के गर्नु नि टेस्टा संग झगडा गरेर साद्दे हुन्न भनेर फर्केर आयो नि नत्र?
नत्र, के त?
के न के नि, नत्र फेरि उस्को नि नाक साक फुट्ठ्यो कि के ठा? टेस्का बाजेको बिहे देखाइ दिन्ठें। हामी अलि सोजो पर्‍यो क्या। अलि मूर्ख परेको भए त हानाहान नै हुन्थ्यो नि छि मबु को बाउको बिहे देखाइ दिन्ठें! 
अइय्या! क्या दुखिरा छ भन्या। ट्यो केटा सम्झ्यो कि झन दुख्छ। बेकारमा त्यो बेमान संग निउ खोजेको पासा। आफुलाई घाटा नै भयो नि। अब देखि यस्तो झगडा सगदा नगर्ने है पासा। ट्यो केटा संग पनि कम्प्रोमाइज गर्नु पर्ला। अस्तु!

09 August 2019

तीन पटक हाँस्ने सर

मेरो एक जना सर हुनुहुन्थ्यो। निक्कै सोझो, मतलब व्यंग्यबाण बुझाएर बुझाउन नसकिने। यस्तैमा हामी पोखरा घुम्न जाँदा संगै बस्ने अवसर पायौं। विभिन्न किसिमका उपद्रो कुरा कानी हुँदा पनि मेरो सर चैं गम्म परेर बस्नु हुन्थ्यो। हामी हाँसेको देखेर दिक्क मान्नु हुन्थ्यो। अनि फेरि मैले मेलै संग बेलि बिस्तारै लगाएर बुझाए पछि बल्ल हाँस्नु हुन्थ्यो।

यस्तैमा एक पटक हामीले कुरा टुंग्याउन नपाउँदै त्यो सर त मज्जाले हाँस्नु भयो। अनि मैले सोधें: सर जी, तपाईंले साँच्चै बुझेर हाँस्नु भयो कि त्यस्सै?

सरले भन्नू भयो: त्यस्सै !

मैले भने: किन?

सर: हाँसेन भने फेरि तिमी मोराहरुले बुझेन अनि हाँसेन भनी हाल्छौ नि।

मैले भने: हाँस्नु त भयो सर तर अलि चाँडो भयो। मेरो कुरो नै टुंगिएको छैन। कुरो टुंगिएसी हाँस्दा बल्ल मीठो हुन्छ क्या! सर!

सर: कस्तो मोरो रहेछ। हाँसेन भने बुझेन भन्छ, हाँस्यो भने चाँडै भो भन्छ। अनि कैले हाँस्ने त?

मैले भने: कुरो टुंगिएसी ।

सर: तेरो कुरो कैले टुंगिने कैले, अनि म कुरेर बस्ने त?

मलाई यो सरको दिमाग चाट्न मन लागेन अनि चुप लागेँ। भोलिपल्ट बिहान ब्रेकफास्ट खाने बेलामा सर हाँस्नु भयो। मलाई काउकुती लागेर सोधेँ । सर आज चैं किन हाँस्नु भयो? मैले त केही कुरो गर्न नि भ्याएको छैन।

सर: हिजोको कुरो मैले हिजो राती नै बुझेँ अनि राती पनि हाँसेँ। अहिले तिमी देख्नासाथ फेरि हाँस्न मन लाग्यो र म चैं हिजै किन न हाँसेको होला भनेर अहिले फेरि हाँसेको नि। तिमीहरु त एक पल्ट हाँस्छौ। म त तीन तीन पटक हाँसें। खोइ कुरो बुझेको? म ट्वाँ ! अस्तु !

04 August 2019

मोटरसाइकल

ग्राहक: ए साउजी ! यो मोटरसाइकलले धेरै पेट्रोल खायो, केही उपाय छैन ?
साहुजी: छ नि ।
ग्राहक: छ भने के गर्नु पर्‍यो त मैले ?
साहुजी: केहि गर्नु पर्दैन । यो मोटरसाइकल फाल्ने नयाँ किन्ने । अनि नयाँ मोटरसाइकलले कम पेट्रोल खान्छ ।
ग्राहक ट्वाँ !!!!!

29 July 2019

अङ्ग्रेजी

एक दिन मेरा हाकिमले बडो गर्भका साथ भन्नु भयो: सुन्यौ बिनय ! त्यो केटाले गज्जबको अङ्ग्रेजी बोल्दो रहेछ नि ! पूरा बेलायती टोनमा ! कस्तो राम्रो !

अनि के बोलेछ त सर त्यो केटाले ?

अङ्ग्रेजी नि !

अङ्ग्रेजी त बुझें, मैले तर बोल्यो के त?

खोइ कुन्नी ? के बोलेको त्यो त मैले बुझिन । तर अङ्ग्रेजी त चैं गज्जब नै बोल्यो ।

#मेरिबास्सै #तेस्काबाजे #गज्जब

31 August 2017

स्यालको मासु

कुनै बेला एकादेशमा हवाई जहाजले धावनमार्गमा एउटा जनावरलाई ठक्कर दिएछ | जनावर ठहरै भएछ | जहाजको ठक्करले ठहरै भएको खबर थाहा पाउनासाथ् स्थानीयले त्यो जनावरलाई तुरुन्तै लिएर गएछन्  | नागरिक उड्डयनले चाल नपाउदै गाउलेले त्यो जनावर पोलेरै खाएछन |

त्यो धावनमार्गमा स्याल समय समयमा आएर गाउँको चल्ला पनि सखाप पार्ने रहेछ | त्यो स्याल संग रिस फेर्ने मौका यहि हो भनेर पक्का त्यहि स्यालहो भनेर कुखुरा चोर स्याललाई झ्याप्पै एकै छाक बनाएछन् | स्यालको मासुले के के रोग पनि निको हुन्छ भनेर अरुलाई चालै दिन हुन्न है हामी मात्रै खाम भनेर २-४ जनाले झ्याप पारेछन |

केहि दिन पछी धावनमार्ग रेखदेख गर्ने पाले दाइले गाउलेलाई खबर दिएछन्,| " केहि दिन देखि हाम्रो गाउँमा लुतो लागेको कुकुर हराएको छ, लास पनि भेट्टिएको छैन, के भो होला, खै ?" कतै मरेको भए गन्हाउन पर्ने, त्यो पनि छैन, कतै आर्को गाउँमा गएको भए पनि देखिनु पर्ने, त्यो पनि छैन, के हो, के हो ?

त्यो स्यालको मासु भनेर खानेहरु सबैको मुख हेर्न लायकको भयो |

पाले दाइले भने, "तिमीहरु सबैको मुख किन रातो भएको हँ ? कतै तिमीहरुले स्याल भनेर खाएको त्यै लुतो लागेको कुकुर त होइन?"

खाने मध्ये एकले भन्यो किन नहुनु पक्कै हो त्यहि कुकुर हो | थुक्क स्याल भनेर खाएको त लुतो लागेको कुकुर पो खाइएछ | अस्तु |

20 November 2014

अत्याधुनिक सुबिधा

कुरा सन २००६ जस्तो लाग्छ, मलाई अझै पनि सम्झना झल्झल्ती याद आउंछ | हामी केही पत्रकारहरुसंग लुक्ला हुदै नाम्चे बजार , त्यसपछि श्याङ्बोचे अनि खुम्जुङ पुगेका थियौं।

हामी जुन होटेलमा बस्यौं त्यो होटेलको बिजुली बत्तिको अत्याधुनिक सुबिधाबारे हामीलाई ज्ञान थिएन। होटेलवालाले हामीलाई सायद पढेलेखेका भन्थानेर होला त्यो सुबिधाको बारेमा बताउनु पर्ला भनेर कष्ट पनि गरेन।

दुई दिनको हिडाइ पछि बल्ल बल्ल आराम गर्न पाएका हामीहरुलाई कहिले पुगौला र आराम गरौंला भन्ने भएकोले बिजुली बत्ति के कता भन्ने सोधपुछ सम्म पनि गरेनौं ।

पुग्ने बित्तिकै सबै जना सौर्य उर्जाले तताएको र बिजुलीले तताएको तातो पानीमा न्यानोसंग नुहाउन पाए पछि के चाहियो र। सबै झ्याप्प नुहाए। यात्राका दौरान एकसय एक धुरन्धर पत्रकार साथीहरू संगै अनेक प्रकारका चुट्किला, कथा, घटना, दुर्घटना, बाल्यकालका उपद्रो, कलेजका कुराहरु, माया प्रीतिका कुराहरु गर्दै थकाईको अनुभुत गर्न नपरेकोले होला खुम्जुङ पुगे पछि भने सारै थकित महसुस भयो।

खाना खाइ सके पछी केहि बेरको अन्ताक्षरी पछी सुत्ने चाँजो पाँजो मिलाउने काम भयो र सबै जना सुत्न गयौं | निक्कै नै जाडो भएको बेला एकजना साथीलाई भने मुत्रत्याग गर्न परेछ र साथी जुरुक्क उठेर बाहिर निस्कनको लागि बत्तिको सुइच खोजेछ | तर भेत्ताएन छ | खपी नसके पछी जे पर्ला, पर्ला भनेर बत्ति नबालीकनै जान्छु भनेर बाहिर निस्कने बित्तिकै बत्ति झ्याप्प बल्यो | खुरुर दौडेर जाँदा आर्को कुना सम्म पुग्दा पुग्दै बत्ति झ्याप्प निभ्यो | साथीले सौचालय जाँदा त याद गरेन पछी मुत्रत्याग गरि सके पछी बल्ल याद आएछ | ओहो के भा को होला? कसले बत्ति बाल्ने र निभाउने गरी जिस्क्यौदै होला भनेर सबै साथी को नाम बोलाउदै चिच्याउन थाल्यो | कसैले पनि जवाफ नफर्काए पछी साथीको जिउ त चीसो भएछ | एकछिन पछी फेरी पसिना पसिना भएछ | तर सौचालयबाट त निस्कनै पर्यो | साथी त एक सासले कोठामा आउँदा सबै साथीहरु फस फस निदाएको देख्दा साथीको सात्तो भुत्लो गएछ |

बिहान सबेरै त्यहि साथीको निद्रा खुलेछ | फेरी सौचालय जान परेछ | तर जाने कि नजाने ? हिजो रातिको जस्तै हुने हो कि ? साथीहरुलाई भन्यो भने बेइज्जत पो हुने होकी? कसैले पत्याएन भने झन् झुर हुने भो | फेरी डरछेरुवा भन्ने पो हो कि? के गरम के गरम भएछ |

तै बेइज्जत तै बेईज्जत भनेर साथीले मुख नै फोडेर रात को कुरा फुत्काएछ | सबै गलल हाँसे पछी हत्तेरिका बेकारमा भनेछु जस्तो भएछ | 

बास्तवमा त्यो होटेलमा सबै सेन्सरले बत्ति बाल्ने ब्यबस्था मिलाएको रहेछ | बास्तबिकता थाहा पाए पछी फेरी सबै जना साथीहरु मरिमरी हाँसे | अत्याधुनिक सुबिधाको ज्ञान नभए पछी यस्तो भयो | अस्तु |


14 June 2014

सिंह र हात्ती

एक दिन चितवनको जङ्गलका राजा सिंहलाई सबै जनावर सङ्ग अन्तरबार्ता लिनु पर्यो, के प्रश्न राख्ने होला भनेर मनमनै गुनेछ । केही बेर पछि एउटा प्रश्न फुरेछ । यो जङ्गलको राजा को हो ? मलाई चिन्छौ कि चिन्दैनौ ? त्यसपछि, त्यो सिंह जङ्गलमा आउने सबै जनावरलाई सोध्न हिडेछ ।

सबैभन्दा पहिला खरायो बुद्रुक बुद्रुक उफ्रदै आएको रहेछ ।

सिंह : ए खरायो ! यो जङ्गलको राजा को हो भन त ।
खरायो : (दुबै हात जोडेर लग लग काप्दै, मन मनै ल खत्तम आज यो सिंहले मलाई खाने भो भन्ने लागेछ ) र बिनम्रताका साथ जवाफ फर्काएछ । सरकार ! यो जङ्गलको राजा हजूर त हो नि ।

सिंह : (दङ्ग पर्दै) ल ठिक  छ, जा ।
खरायो दङ पर्दै, बचियो भनेर ताप थोकेछ ।

त्यस पछि स्याल आएछ ।

सिंह : ए स्याल ! (भनेर पुर्ब प्रश्न सोधेछ)
स्याल : सास्टाङ दण्डवत गर्दै, सरकार ! यो जङ्गलमा अरु को हुन सक्छ र सरकार बाहेक ! हजुर नै त हो नि। अरु कस्को हिम्मत । हजुर जस्तो राजा बाहेक अरु हुने चान्स नै छैन ।

सिंह : तैंले झुठो बोलेको त होइन ?

स्याल : धरोधर्म हजुरको मासु खाने मैले झुठो बोलेको छैन ।

सिंह : ल ल ठिक छ । मोरो मेरो कसम खान्छ । जा ।
स्याल कुलेलम थोकेछ ।

घुम्दा घुम्दै सौराहा तिर पुगे पछि हात्ती देखेछ ।

सिंह : ए हात्ती ! यो चितवनको जङ्गलको राजा को हो भन् त ।

हात्तीले जवाफ फर्काएन । थुस्स परेर बसेछ ।

सिंह : (फेरि प्रश्न दोहर्याएछ ) ए हात्ती सुनेन ? यो जङ्गल को राजा को हो ?

फेरि पनि हात्तीले जवाफ फर्काएनछ । तेस्रो पटक सिंह कड्केर बोलेछ । ए हात्ती ! नसुने झैं गर्छस ? यो जङ्गल को राजा को हो ? मलाई चिनेनस ?

हात्ती स्वास्नी सङ्ग झगडा भएर मुड अफ भएर बसेको रहेछ । आफ्नो सुड्ले सिंहलाई च्याप्प समातेर फु......त्त फालिदिएछ । सिंह रुखमा ठोक्किएछ । टाउको फुटेर रगताम्य भएछ ।

सिंह : थाहा छैन भने पुगि हाल्थ्यो नि ! यस्तरी फाल्नु पर्छ । डाका, टाउको साउको नै फुटाइ दियो, भनेर आफ्नो  बाँस स्थान फर्केछ ।अस्तु ।


19 February 2014

My girl friend

She (GF) is slim, white, always energetic. She keeps me active. She follows me, my instructions. She is beautiful. She alerts me. She keeps sending email & sms. When I am online, she feels happy and likes to chat with me and even with my friends & family. She knows every one that I know. Sometimes more than me. She helps me finding clients for my business relationship. Checks my appointment and informs me on time as my personal secretary does.

From early in the morning to late night she stays around with me. Many times she kisses me in a day. My wife gets jealous. One day she left me and was not with me, I was missing her. My younger son came and shattered me,  "See the difference between wife and girl friend. When mom goes to out of town you are not worried, when your GF left for a day, look at your face? It's pale. So sorry dad! We will find either her or another one and convince her not to leave you." Wooo.....hoooo..... !

When she (GF) leaves me, my wife makes fun of me & reminds me "Remember ! I am your wife & only one life partner. GF is temporary. She may leave at any time. You need to keep spending. If you have no energy she will leave. But I will not. I will be with you always and always." I agreed.

But GF is mind blowing, amazing, awesome, keeps me alive. My wife keeps smiling and said, After all she is your girl friend. She doesn't have any responsibility at home. Keep it up, until you break my heart. Ah..! my dear, I will not. Neither I leave my GF nor I break your heart. I will go side by side. You both are important to my life.

Do you want me to declare who is my GF?

Dhaan...tarraaaan......

Oh... !my..... god...she is here.. she is my Samsung...mobile... ha..ha..ha.

23 November 2013

मट्टीतेलको लाइन

एक जमाना थियो | हामी मट्टीतेल लिन लाइनमा बस्नु पर्थ्यो | एक दिन लाइनमा बस्दा खेरि पछाडिको भुंदेवाल महानुभावले अगाडिको दुब्लो पातलो महानुभावलाई  छिन छिनमा धकेलेको भन्ने आरोप प्रत्यारोप भएछ | दुब्ले जीले पछाडिको भुंदेजीलाई पटक पटक आँखा तरे पनि मतलब नै गर्दैनथ्यो |

लाइन अगाडि सरेर एकै छिन टक्क अडयो भने, फेरी धकेलेको महसूस हुने भएकोले, दुब्ले जीले यो त सार्है नै भएन भनेर मुखै फोरेर पछाडिको भुंदेवाल जीलाई पहिलो पटक बिनम्र अनुरोध गरेछ : "ए दाई मलाई यसरी छिनछिनमा किन धकेल्नु हुन्छ हँ ? देख्न्नु भएन यति लामो लाईन छ | तपाइँले धकेलेर लाईन छोत्तिने होइन क्यारे |"

भुंदेवाल : मैले तपाइँलाई धकेलेकै छैन | मेरो पनि आँखा छ नि यत्रो लाईन छ भनेर | खोइ मैले त धकेलेको छैन | तपाईको आँखा, आँखा, मेरो आँखा चाहिं गुच्चा हो र ?

एकछिन पछि फेरी पहिले जस्तै धकेलेको महसूस भयो | " हैन ! यो त सार्है भो दाजु यसरी मलाई दुब्ले भनेर धकेलेको हो कि जिस्काको ?"

एकछिन हंगामा भयो | वरपरका लाइनमा बसेकाहरुले यस्सो छानविन गर्न थाले | दुब्लेले आरोप लगाएको बारे सत्य तथ्य के हो, भुंदेले बिरोध गरेको गर्यै छ | फेरी प्रत्यक्षदर्शीहरुले पनि ठेलेको त छैन है भनेर सहि थपे भुंदेको समर्थनमा | लौ त भैगो भनेर सबै चुपचाप लागे |

लाईन टसमस चल्न नै नसक्ने गरि ठेलमठेल रहेछ | बिचरा भुंदेले सास फेर्दा भुंदेको पेटले त्यो दुब्लेको ढाडमा ठेलेर दुब्ले अगाडि पछाडि ठेलिँदो रहेछ | त्यसैले दुब्लेले ठेलेको महसूस गर्दो रहेछ र फेरी आँखा तरे | बिचरा भुंदे कायल भएर भन्यो "ए भाई त्यस्तो आँखा नटर न, मैले सास पनि फेर्न नपाउने? 

दुब्ले अक्क न बक्क भए | अस्तु |


19 November 2013

फसाउने केटी

एकदिन Trans Himalayan Race, Japan मा सहभागिता हुन लागि नेपालमा पनि त्रिपुरेश्वर देखि नगरकोट सम्मको दौड प्रतियोगिता आयोजना गरेको थियो, नेपाल पर्वतारोहण संघले आयोजना गरेको त्यो प्रतियोगितामा पहिलो हुने महिला नै जापानको प्रतियोगितामा सहभागी हुने मौका पाउँथ्यो | त्यसको लागि मैले संघको तर्फबाट डाइटको व्यवस्था गर्नु पर्ने थियो | त्यसै बखत एकजना महानुभाव मेरो कार्य कक्षमा आएर यसो भन्नु भयो, " त्यो फसाउने केटीलाइ बेवास्ता गर है |"

म एकछिन सोंच मा परें र मनमनै सोचें र सोधें " कसले कसलाई फसाएछ, त्यसलाई फेरी मैले किन वास्ता गर्ने बेवास्ता नै गर्छु नि | 

महानुभाव ले फेरी दोहर्याउँदै भन्नु भयो तो फस आउने केटीलाई बे बस्ता गर्नुस भनेको |

मैले बल्ल बुझें त्यो FIRST आउने केटीलाई डाइटको व्यवस्था गर भन्नु भाको रहेछ | म एकछिन अक्क न बक्क भएँ |

13 September 2013

पर्यटक (Tourist)

छिमेकी राष्ट्रको समुद्रीतटमा रहेको शहरबाट नेपाल घुम्न आएका एक जना पर्यटक रात्री बस चढेर सुनौलीबाट भोलि पल्ट बिहानै झिसमिसेमै पोखरा पुग्यो ।  बस पार्कमा एकजना ट्याक्सी चालक संग भलाकुसारी गर्दै थियो ।

पर्यटक : "मुझे स्विमिंग पुल वाला होटल चाहिए, मिलेगा?"

चालक : " क्यु नहीं, जरूर मिलेगा, यहाँका होटल बहुत अच्छा हे ।" सब होटल से स्विमिंग पुल दिखेगा ।

पर्यटक : "वो तो ठिक है । लेकिन मुझे होटल मे हि स्विमिंग पुल चाहिए, मिलेगा?"

चालक : "ठिक हे । चलिए ।" भनेर होटलमा लग्यो । तर होटल मा स्विमिंग पुल थिएन ।

पर्यटक : किधर है स्विमिंग पुल ? कहाँ है स्विमिंग पुल ? मुझे दिख नही रहा हे ।

चालकले कोठा भित्र लगेर बाथ रूममा रहेको बाथ तब देखायो । "यहि हे स्विमिंग पुल ।" झ्याल बाट फेवाताल देखाउदै उधर देखिए स्विमिंग पुल" भन्यो ।

पर्यटक झोक्किदै : "ये तो बाथ तब है । स्विमिंग पुल तो नहीं हे ना।"

चालकले बाथ तब को पानी झ्वारर्र खोलेर बाथ तबमा पानी टन्न भरि दियो र भन्यो " अब देखो तैरता हे कि नहीं' अब स्विमिंग पुल नही हुवा ?"

पर्यटक : "ओके ओके ठिक है ।"

यत्ति भलाकुसारी गरुन्जेल माछापुछ्रेको शिरमा बिहानी सुनौला घाम झुल्क्यो । सुनौलो र सेतो पहाड जिन्दगीमा नदेखेको त्यो पर्यटक एकदम अचम्म मानेर त्यो चालकलाई सोध्यो । " अरे ड्राइभर साहेब आपका स्विमिंग पुल तो देखा । अब मुझे सच् सच् बताओ । ओ पहाड मे ह्वाइट वाश करने मे कितने दिन लगाया ।"

बिचरा ! त्यो पर्यटकले त्यो हिमालमा सेतो चुना लगाएको जस्तो ठानेछ ।

चालक : "ये ह्वाइट वाश नही हे । ये तो हिमाल हे हिमाल । कस्तो टुरिस्ट रहेछ ?" अस्तु ।