एक जमाना थियो | हामी मट्टीतेल लिन लाइनमा बस्नु पर्थ्यो | एक दिन लाइनमा बस्दा खेरि पछाडिको भुंदेवाल महानुभावले अगाडिको दुब्लो पातलो महानुभावलाई छिन छिनमा धकेलेको भन्ने आरोप प्रत्यारोप भएछ | दुब्ले जीले पछाडिको भुंदेजीलाई पटक पटक आँखा तरे पनि मतलब नै गर्दैनथ्यो |
लाइन अगाडि सरेर एकै छिन टक्क अडयो भने, फेरी धकेलेको महसूस हुने भएकोले, दुब्ले जीले यो त सार्है नै भएन भनेर मुखै फोरेर पछाडिको भुंदेवाल जीलाई पहिलो पटक बिनम्र अनुरोध गरेछ : "ए दाई मलाई यसरी छिनछिनमा किन धकेल्नु हुन्छ हँ ? देख्न्नु भएन यति लामो लाईन छ | तपाइँले धकेलेर लाईन छोत्तिने होइन क्यारे |"
भुंदेवाल : मैले तपाइँलाई धकेलेकै छैन | मेरो पनि आँखा छ नि यत्रो लाईन छ भनेर | खोइ मैले त धकेलेको छैन | तपाईको आँखा, आँखा, मेरो आँखा चाहिं गुच्चा हो र ?
एकछिन पछि फेरी पहिले जस्तै धकेलेको महसूस भयो | " हैन ! यो त सार्है भो दाजु यसरी मलाई दुब्ले भनेर धकेलेको हो कि जिस्काको ?"
एकछिन हंगामा भयो | वरपरका लाइनमा बसेकाहरुले यस्सो छानविन गर्न थाले | दुब्लेले आरोप लगाएको बारे सत्य तथ्य के हो, भुंदेले बिरोध गरेको गर्यै छ | फेरी प्रत्यक्षदर्शीहरुले पनि ठेलेको त छैन है भनेर सहि थपे भुंदेको समर्थनमा | लौ त भैगो भनेर सबै चुपचाप लागे |
लाईन टसमस चल्न नै नसक्ने गरि ठेलमठेल रहेछ | बिचरा भुंदेले सास फेर्दा भुंदेको पेटले त्यो दुब्लेको ढाडमा ठेलेर दुब्ले अगाडि पछाडि ठेलिँदो रहेछ | त्यसैले दुब्लेले ठेलेको महसूस गर्दो रहेछ र फेरी आँखा तरे | बिचरा भुंदे कायल भएर भन्यो "ए भाई त्यस्तो आँखा नटर न, मैले सास पनि फेर्न नपाउने?
दुब्ले अक्क न बक्क भए | अस्तु |
No comments:
Post a Comment