Grab the widget  Get Widgets
Showing posts with label Garden. Show all posts
Showing posts with label Garden. Show all posts

24 March 2021

बगैंचाको फुल चोर

एका बिहानै छिमेकीले ढकमक्क फुलेको फुलबारीको फुल टपक्क टिप्दै गरेको देखे पछि मालीले छिमेकीलाई सम्झाउंदै भनेछ: आन्टी! त्यो फुल नटिपिदिनुस न। त्यो फुल त्यसरी टपक्क टिप्नलाई होइन। यो बगैंचाको शोभा बढाउनको लागि हो। आम्मामा त्यो आन्टीले झण्डै आक्रमण नै गरेकी। 



आन्टी: त्यो फुल मैले मेरो लागि टिपेको हो? कस्तो पापी रहेछ? मैले मेरो आफ्नै पुजा गर्न लागेको हो? भगवानलाई पुजा गर्न पो टिपेको! पाप लाग्छ है तिमिलाई। ओहो! कत्ति न के के फुलाएं भन्दो रेछ।

माली: त्यो त ठिक छ। तपाईंले आफ्नो फुलबारीमा फुलाएको फुलले पुजा गरे भै हाल्छ नि! मेरो बारीमा फुलेको फुल मलाई नै नसोधी त्यसरी चोरेर पुजा गरेर हुन्छ त? अनि पाप तपाईंलाई लाग्छ कि मलाई ?

आन्टी: के खोजेको हँ! तँइले मलाई चोर भन्न खोजेको? के म चोर जस्तो देखिन्छु? अनि तेरो फुल मैले चोरेर के भयो? मैले त भगवानको पुजा गर्न टिपेको हो। अनि मलाई पाप लाग्छ? तं बढी न बोले हुन्छ। हिंजोको चल्ला, आजको फूल। तं जन्मिंदा मैले नै पुजाको सामान जोडेर ल्याइ दे को हो। तंलाई के थाहा, आज तेरो यत्ति फुल टिप्दा यत्रो रडाको गर्नु पर्ने? बेकारमा ! यो केटालाई गुण लाएको रेछ। हरे भगवान! यो के देख्नु पर्‍यो? मैले तिम्रो लागि टिपेको फुल पनि यो मालीले देख्न सकेन। हे भगवान ! यो केटालाई सदबुध्दी देउ।

माली: आन्टी! मलाई माफ गरिदिनोस! मैले ठूलो पाप गरेँ। तपाईंले चोरेको देख्दा देख्दै म चुप लाएर बस्नु पर्ने मा प्वाक्क बोली हालेछु। तपाईंले त मेरो लागि नै पुजा गर्नको लागि मेरो बारीको फुल टिप्नु भएको रेछ। अब जाँ पायो त्याँबाट टपक्क टिपेर लगे पनि मेरो भगवानले मलाई आशिर्वाद नै दिने भयो। लौ माफ पाउँ आन्टी। तपाईंले जाँ पनि फुल टिप्न पाओस। मेरो बुध्दिको त ताला खुल्यो।

मनमनै भुतभुटिंदै, जमाना कता गएछ? फुल नसोधिकन टिप्नेलाई चोर भन्न नहुने रहेछ। अस्तु !